एमालेको नाम फेर्ने प्रस्तावमा बबाल

१८ असार,काठमाडौं  ।

सोसलिस्ट इन्टरनेसनले नेकपा एमालेलाई त्यो संगठनमा सदस्य बन्ने बारे के छ धारणा भन्दै पत्र पठाएको छ । कम्युनिष्ट पार्टीलाई यस्तो प्रश्न आएपछि विदेश विभाग प्रमुख माधव नेपालले स्वभाविक रुपमा स्थायी समिति बैठकमा कुरा राखे । पार्टी अध्यक्ष केपी ओलीले प्रतिक्रिया दिँदै भने, ‘हुन त त्यो संस्था डेट एक्सपायर हुँदैछ । तर, कम्युनिष्ट नै नाम राखेर हामी कति दिन चल्ने हो रु’

झलनाथ खनालले तुरुन्तै प्रतिवाद गरे, ‘खबरदार, हाम्रो पुस्ताभरी हाम्रो पार्टीको नाम फेर्ने, कम्युष्टि शब्द छोड्ने बारे कुरै नगर्नुहोस्, सोच्दै नसोच्नुहोस् ।’माधव नेपालले पनि यो कुरा सम्भव छैन भने । यो संगठनको सदस्यता लिँदा स्वतः कम्युनिष्ट चिन्तन छाडेको र पुर्णरुपमा सोसल डेमोक्र्याटमा परिणत हुने अवस्था आउने हुँदा यसबारे सुक्ष्म रुपमा छलफल गर्ने निर्णय भयो आजको जनआस्था सप्ताहिकमा खबर छ ।

जापानमा गौरी मल्लको उजुरी पत्र र अनोजको माफी, अनोजले खुलाए गौरीसँगको कहानी

गोकर्ण अधिकारी-१८ असार, टोकियो ।
तीन दिन यता जापानमा मात्र होइन नेपालमा समेत कलाकार गौरी मल्ल माथि जापानमा भएको भनिएको यौन दुव्र्यवहार चर्चामा रह्यो ।

लिखित रुपमै नेपाली राजदूतावास जापान र गैर आवासिय नेपाली संघ एनआरएन जापानमा निवेदन दिएर आफुमाथि हिंसा गरेका भनिएका अनोज शाक्यलाई माफी मगाइदिन गौरी मल्ल स्वयंले लिखित पत्र दिएपछि घटना बाहिर आउन पुग्यो ।

तर लिखित उजुरी दिएको महिना दिनसम्म सामसुम रहेको विषयमा नेपालबाबाट सञ्चालित एक अनलाईनले समाचार बनाएपछि मात्र घटना सतहमा आयो ।

पुराना नाम चलेको कलाकारलाई जापान बोलाउनु, जापानी चलचित्र उद्योगमा खेल्ने अवसर दिन्छु भन्नु चानचुने आँट र प्रयास थिएन । तर पनि गौरी मल्लले यस बारेमा आफुलाई बोलाउने मान्छेको हैसियत र चरित्रबारे राम्रोसँग सोच्दै नसोची हाम फालेको भन्दै केही आलोचकले गौरी मल्लमाथि समेत प्रश्न गरे ।

गौरी मल्लले भनेको भन्दै प्रकाशित समाचार पछि टपनेपालन्युजडटकमले विशेष श्रोत मार्फत उजुरी पत्र समेत हात पार्यो । जसमा प्रकाशित समाचारमा गौरीले भनेको भनिएको भाषा उजुरी पत्रमा लेखिएको छ । आश्वासन, जापान यात्रा मात्र होइन कामकै सिलसिलामा झगडा र अपशब्दले दोहोरो गाली गलौज भएको अनोजले टपनेपानन्युजसँगको कुराकानीमा स्विकार गरेका छन् ।

गौरी मल्लले नेपाली राजदूतावास र एनआरएन जापानमा दिएको उजुरी निवेदन पत्र यस्तो छ
उजुरी पत्र र यसअघि प्रकाशित समाचार पढ्नुहोस्

'जापानमा यौन दुर्व्यवहार भयो'-गौरी मल्ल 'हग मात्र गरेको हुँ, जेल हाल्न सक्छु'-अनोज शाक्य

कलाकार गौरी मल्ललाई जापान बोलाउनेदेखी माफी माग्दा सम्मको घटनाबारे अनोज शाक्य यसो भन्छन्
गौरी मल्ललाई मैले नै जापान बोलाएको कुरा सत्य हो । उनलाई जापान आउन टिकट किन्न, अन्य किनमेलको लागि भनेर तीन लाख रुपैयाँ पठाएको पनि सत्य हो । उहाँले भनेजस्तो दिदि नाता जोडेर वा अन्य केही भनेर होइन तपाईलाई जापानमा विज्ञापन लगायत कला क्षेत्रमा अवसर मिलाइदिन्छु भनेरै बोलाएको हो । एउटा विज्ञापनमा खेलेको पनि छ ।
यस्तो छ गौरी मल्ले खेलेको विज्ञापन, भिडियो हेर्नुहोस्

यौन हिंसा बारे
गौरीको शरिरमा मैले छोएको पनि छैन, के को महिला हिंसा ? महिला हिंसा भनेको के ? मैले उनलाई दुई पटक हग कसिलो अंगालो भने गरेको छु । एकपटक जापान आउँदा स्वागतमा एयरपोर्टमा र अर्को पटक एक्लै बस्नुहुँदो रहेछ, एक्लै बस्ने बानी परेको रहेछ है भन्दै गाडीमा चढाउन लाग्दा हग गरेको थिएं ।

गौरीसँग भएको विवाद
गौरीसँग मेरो झगडा गाडीमै भएको हो । झगडा भनेको गाली गलौज । उनले पनि मलाई तँ साले भन्दै बास्टर्ड, फ… यु भन्दै अँगेजीमा गाली गरिन् । अनि मैले पनि त र…, भा.. भन्दै गाली गरेकै हुँ । उसले मलाई त्यस्तो गिरेर गाली गरेपछि मैले पनि आवेशमा आएर गाली गरेको हो । त्यो बेलमा झगडा पर्दा गौरी र म बाहेक कोही थिएन । यो कुरा उसलाई र मलाई बाहेक कसैलाई थाहा थिएन ।
पछि गौरीले नै उसको दिदी भन्ने आईजीमा बस्ने एक महिलालाई सुनाएछ र उसले तिम्ले यस्तो भन्न नहुने भन्दै मलाई फोन गरिन् । मैले त्यतिखेरै उसले पनि मलाई गाली गर्यो अनि मैले पनि आवेशमा आएर भनें सरी भनेको थिएं । यो कुरा सक्की सकेको थियो । यौन हिंसा भन्दै मलाई अरुले पनि बलात्कार यौन सम्पर्कबारे सोधेर हैरान पारिसके । त्यस्तो केही भएको छैन ।

के गरिन् जापानमा गौरीले ?

गौरी मल्ललाई मैले एउटा विज्ञापनमा खेलाएं । त्यो पनि मानेको थिएन । मैले त्यत्त्रो खर्च गरेर त्यतीकै बोलाको हो र भनेर मेरो साथीसँगको कम्पनीले मलाई ताकेता गरेपछि उनलाई विज्ञापन मात्र खेल्न लगाउने सम्झौतामा बल्ल बल्ल विज्ञापन खेलिन् । पछि एउटा कार्यक्रममा भेट भएको थियो । मैले हेलो गौरी जि भनेर बोलाएं । उसले त उहाँ को म चिन्दिन पो भनिन् । मैले बोलाउने मेरो पैसा खर्च गरेर मेरो कम्पनीबाट । उल्टै मलाई चिन्दिन भन्ने ? त्यहाँ पनि सामान्य भनाभन भयो । त्यहाँ एनआरएन अध्यक्ष सुदन थापा पनि थिए ।

गौरी मल्लको फेक जापानीज विवाह के हो ?
गौरी मल्लसँग भनाभन परिरहँदा एक जना गोपाल भुटानी जस्तो मान्छे त्यहाँ आयो । उसले गौरी मल्ल मेरो बुडी हो भन्यो । भनेको उसले फेक म्यारिज गरेको रहेछ । जापानमा बस्नको लागि । कसैले जो पायो त्यसलाई मेरो बुडी भन्न सक्छ ? उ पनि चुप लाग्यो । यसको अर्थ के ?

मैले गौरीको मात्र होइन गौरीले पनि मेरो मानहानी र बेइज्जत गरेको छ
म सँग विवाद भएपछि गौरी मल्ल मलाई नै थाहा नदिइ अप्रिल २१ तारिखमा नेपाल फर्कीएछ । मैले उसलाई भनेर मेरो कम्पनीको भिजिटिंग कार्ड समेत बनाइदिएको थिएं । तर मैले बोलाएको मान्छे मलाई नै नभनी सुटुक्क नेपाल गएछ । त्यसपछि मैले कति पटक नेपालमा उसलाई फोन गरें तर उठाएन । मैले गौरी जि मसँग रिसाएको हो भनेर म्यासेज पनि गरें । तर केही रिप्लाई आएन । यहाँ सम्मकी उ सँग हाम्रो बिवाद जे भयो हामी बिचमै रहने अनि अब एक अर्काले सम्मान गर्ने भएका कुरा जे भयो भयो भनेर सल्टाउने कुरा भएर समझदारी समेत भएको थियो ।

अकस्मात उनी नेपाल गएको दुई महिना पछिपो उनको उजुरी भनेर समाचार आउँछ । उनी नेपालमा छिन् उनको उजुरी कसले लेखेर बुझायो दुतावास र एनआरएनमा ? उनलाई उचाल्ने एकजना मान्छे छ यहाँ । म नाम भन्दिन तपाईहरुनै खोज्नुस् र बुझ्नुस् त्यो मान्छेले किन गौरीको पछि लागेर यस्तो गरिरहेको छ ।

मैले व्यवहार गर्दा उनको सम्मानमा चोट लागेको भए उनले मलाई भन्नु पथ्र्यो म जे गर्नुपर्ने हो गर्थें । अनि समाचार बनाएर ल्याउने र सम्मानमा चोट पर्यो भन्ने ? नाम नलेख्न भन्दै भनेर मेरो नाम नलेखेपनि मैले नै समाचार सेयर गरेर ए मलाई आरोप लगाउने भनेर आफुलाई चिनाएं । मलाई पनि आउँछ को सँग कस्तो व्यवहार गर्नुपर्छ भनेर ।

उसले त्यसरी लेखेर मलाई बदनाम गराउँदा मेरो पनि ईज्जत र सम्मानमा चोट परेको छ । म पनि जापान सरकारको कर्मचारी जस्तो खालको एक लेभलको मान्छे । नेपालबाट प्रशिक्षार्थी कामदार ल्याउने जापानी कम्पनी र सरकारी निकायमा कन्सल्ट्यान्टको काम गर्छ । नेपालमा मेरो पनि परिवार सबैछन् । उनिहरुलाई के भयो होला ? यसको क्षतिपुर्ती कसले तिर्ने । गौरी मल्लले माफी माग्नु पर्दैन ?

ल मानौं मैले माफी मागेर उसको सम्मान बढ्छ त ? यदी मैले उसमाथि अन्याय गरेको भएपनि माफी मागेर मेरो चरित्र सुध्रेन भने त्यसको के अर्थ ? अनि उसको पनि काम लिने अनि आरोप लगाएर अरुको बदनाम गराउने बानी नसुध्रे त्यसको के अर्थ ? त्यसैले मेरो मान सम्मान र यो कुरा उचाल्नेहरुको पनि पर्दाफास हुनुपर्छ ।

अनोज शाक्यसँग गरिएको कुराकानीमा उनले भनेको भनाईको सम्पादीत अंश । शाक्यसँग गरिएको टेलिफोन सम्बादको अडियो टपनेपालसँग सुरक्षित छ ।

यस अघि प्रकाशित समाचार यस्तो छ

'जापानमा यौन दुर्व्यवहार भयो'-गौरी मल्ल 'हग मात्र गरेको हुँ, जेल हाल्न सक्छु'-अनोज शाक्य

अविरल बर्षाले दोधारा चाँदनीमा बाढीको खतरा

पप्पु गुरुङ्, १८ असार, दोधारा चाँदनी । गएराती देखि परेको भीषण वर्षाका जनजिवन प्रभावित बनेको छ । बाढीको खतरा बढेपछि त्यस क्षेत्रमा स्थानीय प्रशासनले सचेत रहन आग्रह गरेको छ । हरेक बर्ष वर्षाको समयमा त्रसित बन्दै आएका दोधारा चाँदनीमा यस बर्ष पनि पीडित बनेका हुन् । दोधारा चाँदनी वडा नं. १०, शान्ति टोल, बैतिफाँटा र कुतियाकवर घरहरुमा हिजो देखि पानी पसेको हो । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका करिव २६ घरधुरीमा पानी पस्न थालेपछि स्थानियहरु आतंकित बन्न थालेका थिए । गाँउमा पानी पस्न थोपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली शान्ति टोल, बैतिफाँटा र कुतियाकवरमा पुगेको थियो । “जगबुडा नदीको पानी बिस्तारै गाउँ पस्दै छ् ” स्थानिय गग्न खत्रीले भने । जगबुडा नदीको पानी ओभरफ्लो भएर नदी गाँउ पस्न थालेपछि दोधारा चाँदनीका शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका २६ घरधुरी प्रभाबित भएका हुन् । शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका स्थानियहरु सुरक्षित स्थानमा सर्न थालेको बताईएको छ् । महाकाली नदीको तिब्र बहाव संगै जगबुडा नदीको बहाव ठोक्कीदा पानी ओभरफ्लो भएर गाँउ भित्रिने संन्त्रासले रातभरी जाग्रम बसदै आएको स्थानिय गग्न खत्रीले बताएका छन् । नदीको पानी कतिबेला गाँउ भित्रिने हो भन्ने चिन्ताले रातभरी जाग्रम बसेको खत्रीको भनाई रहेको छ् । महाकाली नदीको बहाव हिजोको दाँजो घटेर ७२ हजार क्युसेक पुगेको छ् । बनबासा बयारेजमा समेत सवारी साधन आवतजावतमा सुचारु ग्रिएको छ् । राती  देखि परेको वर्षाले दोधारा चाँदनीको जनजीवन अस्तब्यस्त बनाएको हो ।

यातायात रोकिए : इन्धन र खाद्यान्न कति छ मौज्दात ?

काठमाडौं,असार १८ । पहिरोले उपत्यका प्रवेश गर्ने नाका पटकपटक अवरुद्ध हुन थालेका छन् । वर्षासँगै उपभोक्ताले खाद्यान्नको जोहो गर्न थालेका छन् । तर, वर्षाले बाटो छेके पनि खाद्यान्नलगायतको मौज्दात पर्याप्त रहेको खाद्य संस्थानको दाबी छ ।

चामल अभाव हुन्न : खाद्य संस्थान

खाद्य संस्थानले आफ्ना सबै गोदाममा चामल पर्याप्त मौज्दात रहेकाले उपत्यका भित्रिने नाका अवरुद्ध भए पनि अभाव नहुने दाबी गरेको छ । ‘देशभरका हाम्रा सबै गोदाममा अहिले पूर्ण क्षमतामा चामल भण्डारण गरिएको छ,’ संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले भने, ‘आपूर्ति गर्न कठिनाइ हुने स्थानमा यसअघि नै पठाइएको छ । थप आपूर्तिका लागि आपूर्ति मन्त्रालयसँग कुरा भइरहेको छ ।’

संस्थानसँग भूकम्पपीडितका लागि बंगलादेश तथा चीन सरकारले उपलब्ध गराएको चामल पनि मौज्दात रहेको श्रेष्ठले बताए । ‘नियमित मौज्दात राख्नुपर्ने जति राखेका छौँ,’ उनले भने, ‘माग भएका स्थानमा आपूर्ति भइरहेको छ ।’ काठमाडौंसहित झापा, सुर्खेत, नेपालगन्जलगायतका स्थानमा संस्थानका भण्डारण केन्द्र छन् ।

इन्धन अभाव हुन दिन्नौँ : निगम

नेपाल आयल निगमका निगमका प्रवक्ता मुकुन्द घिमिरेले नियमित आयात भइरहेकाले राजमार्ग एक–दुई दिन अवरोध हुँदैमा इन्धन अभाव नहुने बताए । ‘काठमाडौंमा एक थोपा पनि इन्धन भित्रिएन भने पनि तीन दिनका लागि पर्याप्त मौज्दात छ,’ घिमिरेले भने, ‘राजमार्गबाट आवतजावत भइरहने भएकाले आत्तिनुपर्दैन ।’

तरकारी अभाव नहुने, भाउ बढ्न सक्ने

वर्षा सिजन सुरु भएसँगै तरकारी लगाइएको खेतमा धान लगाउन थालिएकाले आपूर्तिमा केही कमी हुने र भाउ बढ्न सक्ने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । तर, उपत्यकाआसपासका जिल्लाबाट धेरै तरकारी भित्रने भएकाले राजमार्ग अवरोध भए पनि अभाव नहुने समितिका योजना अधिकृत रमेश डंगोलले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

३६ नक्कली डाक्टरविरुद्ध मुद्दा दायर,काउन्सिल बैठक नबस्दा लाइसेन्स भने कायमै

काठमाडौं,असार १८ । नक्कली प्रमाणपत्र भएका ३६ जना चिकित्सकविरुद्ध प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ । तर, उनीहरूको लाइसेन्स भने अझै कायम नै छ । नेपाल मेडिकल काउन्सिलभित्रको नियुक्ति विवादले गर्दा पक्राउ परेका चिकित्सकहरूको लाइसेन्स निलम्बन हुन नसकेको हो । जसका कारण मुद्दा कमजोर हुनसक्ने प्रहरीको आशंका छ । पक्राउ परेकाहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार विभिन्न ११ जिल्लामा मुद्दा दायर गरेको छ । यसअघि पक्राउ परेका १७ जनाको लाइसेन्स भने रद्द भइसकेको छ ।

कारबाहीका लागि कानुन छैन

नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई कारबाही गर्ने प्रस्ट कानुन छैन । मेडिकल काउन्सिल ऐनमा पनि यससम्बन्धी स्पष्ट व्यवस्था छैन । ‘०२० सालमा ऐन बनेको हो, त्यतिवेला डाक्टरलाई भगवान्जस्तो मानिन्थ्यो, कसैको सर्टिफिकेट नक्कली होला भन्ने अनुमान नै गर्न सकिँदैन थियो,’ मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बा“स्कोटाले भने, ‘अब हामी ऐन संशोधनको प्रक्रियामा लागेका छौँ ।’

एमबिबिएसको छानबिनमा समस्या

हालसम्म पक्राउ परेका चिकित्सकहरूको आइएस्सीको शैक्षिक प्रमाणपत्र मात्र छानबिन भएको हो । उनीहरूको एमबिबिएस तथा बिडिएसको प्रमाणपत्र प्रहरीले छानबिन भएको छैन । छानबिनका लागि आर्थिक समस्या रहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

शैक्षिक प्रमाणपत्रको छानबिन सम्बन्धित देशमै गएर गर्नुपर्ने हुन्छ । पक्राउ परेकाहरूले चीन, रसिया, फिलिपिन्स, बंगलादेश, पाकिस्तान, काजकिस्तानलगायतका देशमा एमबिबिएस पढेको देखिन्छ । तर, त्यहाँ गएर छानबिन गर्न स्रोत–साधन नभएको सिआइबीका एसपी लम्सालले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं,असार १८ । बझाङलाई केन्द्रविन्दु बनाएर एका बिहानै भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिवार बिहान ६ बजेर ८ मिनेट जाँदा बझाङको मेलबिसौनी नजिकैको क्षेत्रलार्इ केन्द्रविन्दु बनाएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

दाता सम्मेलनमा घोषणा भएको ५० प्रतिशत रकम पनि आएन

काठमाडौं,असार १८ । भूकम्पपछिको पुनर्निर्माणका लागि विभिन्न मुलुक तथा दातृ निकायले करिब २ खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन् । तर, नेपाल सरकारले भने त्यसको ५० प्रतिशत पनि पाउन सकेको छैन ।पुनर्निर्माणका लागि १० असार ०७२ मा भएको अन्तराष्ट्रिय सम्मेलनमा मित्रराष्ट्र तथा दातृ निकायले झन्डै ४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहायता घोषणा गरेको भएपनि हालसम्म घोषणाको ५० प्रतिशतभन्दा कम रकमको मात्रै प्रतिबद्धता प्राप्त भएको राजधानी दैनिकमा समाचार छ ।

अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशियक सहयोग समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले सहयोगका लागि गत वर्ष गरिएको घोषणअनुरुप प्रतिबद्धता आउने क्रम जारी रहेको र हालसम्म २ खर्ब रुपैयाँबराबरको सहयोग प्रतिबद्धता प्राप्त भएको बताए । घोषणा अनुसारको सहयोग प्रतिवद्धता जनाउने क्रम जारी रहेको जानकारी उनले दिए । यद्यपि दाता सम्मेलनमा गरिएको प्रतिवद्धता उपलव्धिमूलक हुन सकेको छैन।

मुलुकका अधिकांश पहाडी जिल्ला पहिरो जोखिममा

काठमाडौं,असार १८ । मुलुकभर भएको भारी वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण मुलुकका अधिकांश पहाडी जिल्लामा पहिरो जाँदा राजमार्गहरु नै बन्द भएका छन् भने तराईका जिल्लामा डुबान भएको छ । अबिरल वर्षासँगै भूकम्पले कमजोर बनाएको पहाडमा पहिरो जोखिम बढेको हो । बिहीबारदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मुलुकका विभिन्न भागमा ६ जनाको मृत्यु भएको छ ।गृह मन्त्रालयका अनुसार पहिरोबाट दार्चुलामा तीन, ललितपुरमा दुई र सर्लाहीमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । वर्षापछि आएको पहिरोकै कारण नारायाणगढ(मुग्लिन सडकखण्ड अबरुद्ध हुँदै आएको छ भने अन्य क्षेत्रका राजमार्गहरुमा समेत पहिरोले समस्या पारेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

लगातार तीन दिन भारी वर्षा भए पहाडी जिल्लामा भीमकाय पहिरोको सम्भावना रहेको विज्ञले औंलाएका छन् । केही दिनयताको वर्षाले भूकम्प प्रभावित क्षेत्रमा पहिरो जान थालेको छ । ‘पानीको मात्रा बढी भए जमिनले थेग्न सक्ने अवस्था छैन,’भूगर्भविद् डा नरेन्द्र खनालले भने,’भूकम्पले पहाडै हल्लाएर कमजोर बनाएकाले पानी पर्ने बित्तिकै पहिरो जाने सम्भावना हुन्छ ।’उनले पहाडै हल्लाएर कमजोर बनाएकाले पहाडै झेरर नदी थुनिने सम्भावनासमेत रहेको बताए । भूकम्पले हल्लाएको जमिन स्थिर नभएसम्म पहिरो जान सक्ने खनालको तर्क छ ।

बेल्जियमलाई हराउँदै वेल्स सेमिफाइनलमा,अबको भेट पोर्चुगलसँग

एजेन्सी,आसर १८ । विश्व फुटबल वरियतामा दोस्रो नम्बरमा रहेको बेल्जियमलाई  हराउँदै वेल्स युरो २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ। २६ औँ वरियतामा रहेको वेल्सले  शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई ३–१ ले हराएर कुनै पनि मुख्य प्रतियोगिताको अन्तिम चारमा पहिलो पटक स्थान बनाएको हो  ।१३ मिनेटमा नाइनगोलानले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।

३१ औँ मिनेटमा वेल्सका कप्तान एश्ली विलियम्सले गोल गर्दै खेल पहिलो हाफमा १–१ को बराबरीमा ल्याए । मध्यान्तरपछि पहिलो पटक युरो खेल्दै गरेको टिम वेल्सले दुई गोल गर्‍यो र इतिहास बनायो ।  वेल्सका प्रशिक्षक क्रिस कोलेम्यानले क्वाटरफाइनलको खेललाई सन् १९५८ पछिकै वेल्सको सबै भन्दा ठूलो खेल रहेको बताएका थिए ।

वेल्स सन् १९५८ को विश्वकपको क्वाटरफाइनलमा ब्राजिलसँग पराजित भएको थियो । वेल्सले यसअघि प्राप्त गरेको सबै भन्दा ठूलो सफलता भनेको सन् १९५८ को विश्वकपमा हंगेरीलाई २–१ हराउनु हो । यस्तै सन् १९९१ मा विश्व विजेता जर्मनीलाई पनि वेल्सले हराएको थियो ।

वेल्स सन् १९९२ पछि युरोकपको पहिलो सहभागितामै सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । सन् १९९२ मा स्वीडेन पनि पहिलो सहभागितामै युरोकपको सेमिफाइनलमा पुगेको थियो । वेल्सले अब फाइनलमा स्थान बनाउन बुधबार पोर्चुगलसँग खेल्नेछ।

राजदुत रे भन्छन्-‘नेपाल–भारत सम्बन्ध विकासको माध्यमबाट अघि बढ्छ’

धादिङ्ग, असार १७  । नेपालका लागि भारतीय राजदुत रन्जित रेले नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि विगार्न नसक्ने स्पष्ट पारेका छन् । शुक्रबार धादिङ्गमा चामभन्ज्याँङ्ग खानेपानी परियोजनाको शिल्यान्यास गर्दै राजदुत रेले भने,“नेपाल–भारत सम्बन्ध अब विकासको माध्यमबाट अघि बढ्छ, यो प्रगाढ सम्बन्धलाई कसैले चाहेरपनि विर्गान सक्दैन् ।” भारत सरकारको सहयोगमा निमार्ण हुने उक्त खानेपानी परियोजनाको लागत १ करोड ७८ लाख हुनेछ । उक्त परियोजनाबाट १ सय ५९ घरधुरीले प्रत्यक्ष लाभ लिनेछन् ।

शिल्यान्यास समारोहका सभापति स्थानीय विकास अधिकारी भगवान अर्यालको सभापतित्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत रेले नेपाल–भारत सम्बन्ध सामाजिक, साँस्कृति, धार्मिक सबै हिसावले ऐतिहासिक भएको टिप्पणी गरे । उनले भारत नेपालको तिव्र विकास होस भन्ने पक्षमा रहेको बताए । “राजनीतिक स्थायित्वसँगै नेपालको तिव्र विकास होस्, हामी यही हेर्न चाहान्छौं”, उनले भने ।

राजदुत रेले नेपालमा महाविनाशकारी भुकम्प आउँदापनि भारतले आफ्नै देशमा भुकम्प आएको महशुस गर्दै सहयोग गरेको स्मरण गर्दै दोस्तीमा कहिलेकाहीँ सम्बन्ध चिसिएपनि त्यसले झनै मित्रतालाई प्रगाढ बनाउने काम गर्ने दाबी गरे । उनले भारत सरकार नेपालको तिव्र विकासको लागि भौतिक पूर्वाधार, उर्जा, शिक्षा, स्वास्थ्य लगायत खानेपानीमा विशेष सहयोग गर्न तयार रहेको समेत प्रतिबद्धता व्यक्त गरे ।

उनले संविधान जारी भएपछि नेपाल अब आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्दै सबै राजनीतिक दलहरु विकासको एजेण्डालाई लिएर अब एक ढिक्का हुनुपर्ने समेत सुझाव दिए ।

अविरल झरीका कारण सडक हिलाम्य बनेर सवारी आवतजावत ठप्प हुँदा समेत राजदुत रे एक घण्टाको उकालो पैदल हिँडेर कार्यक्रमस्थल पुगेका थिए । राजदुत रेले उक्त खानेपानी परियोजनाका लागि पत्रकार ऋषि धमलाले विशेष रुपमा आफूलाई घचघचाएको हुँदा सवैले उनको योगदानको कदर गर्नुपर्नेमा जोड दिए । उनले पत्रकार धमलाको कार्यशैली र लगनशिलता देखेर आफू निकै प्रभावित भएको समेत बताए ।

उनले भने, “धमलाजी जुन काम गर्न चाहानुहुन्छ, त्यसलाई पूरा गराएरै छाड्नुहुन्छ, उहाँलाई मैले पत्रकार मात्रै नभएर एक विकासप्रेमीको रुपमा लिएको छु ।” उनले धमलालाई नेता भैसकेको भनेर समेत टिप्पणी गरे ।

स्थानीयवासिन्दाहरुले राजदुत रेलाई गोलाभन्ज्याँग, सिम्लेदेखि टोड्केभन्ज्याँगसम्मको बाटो पिच गर्न र ज्यामरुङ्गस्थित् भूकम्पले क्षतिग्रस्त शंकादेवी उमाविको पूर्ननिर्माणको लागि भारत सरकारले सहयोग गरिदिनुपर्ने मागसहितको ज्ञापनपत्र समेत बुझाएका थिए ।  कार्यक्रममा पूर्वमन्त्री एवम् सभासद तथा नेकपा एमालेका प्रभावशाली नेता राजेन्द्र प्रसाद पाण्डेले खानेपानी परियोजनामा भारतले सहयोग गरेकोमा खुशी व्यक्त गरे ।

उनले भारतले नेपालको हरेक क्षेत्रको विकासमा निरन्तर सहयोग गरिरहेको भन्दै आगामी दिनमा समेत सहयोगलाई अझै बढोत्तरीका साथ अघि बढाउन आग्रह गरे ।

नेता पाण्डेले खानेपानी परियोजना गाउँमा ल्याउन पत्रकार ऋषि धमलाको विशेष भूमिका भएको उल्लेख गर्दै धमलालाई आफूले राजनीतिक प्रतिष्पर्धीको रुपमा लिएको उद्धघोष गरे । उनले भने,“हामी विकासको मामिलामा सबै नेताहरु सँगसँगै छौं, अब हुँदाहुँदै धमलाजी पनि यो रिंगमा देखापर्नुभएको छ, कम्तिमा म चाहीँ उहाँको उपस्थितिलाई कमजोर आँक्दिन्, उहाँ बोलेको कुरा पूरा गर्ने मान्छे हो ।”

अर्का एमाले नेता तथा सांसद गुरुप्रसाद बुर्लाकोटीले पनि भारत सरकारले नेपालको भौतिक पूर्वाधारदेखि लिएर शिक्षा, स्वास्थ्य लगायत महत्वपूर्ण क्षेत्रमा सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै खानेपानीको अति आवश्यक रहेको ठाउँ चामभन्ज्याँगमा सहयोग गरेर भारतले पुण्य कमाएको बताए । उनले भारत सरकारलाई विशेष धन्यवाद समेत दिए ।

राप्रपाका नेता तथा सांसद पर्शुराम तामाङ्ले नेपाल भारत सम्बन्ध अत्यन्तै सूमधुर रहेको भन्दै यसलाई अझै मजबुद बनाउने काम विकासको साझेदारी र सहयोगले गरिरहेको टिप्पणी गरे । उनले भारत सरकारले नेपालप्रतिको सहयोगलाई सँधै निरन्तरता दिओस् भन्ने चाहना व्यक्त गरे ।  त्यस्तै, नेपाली काँग्रेस धादिंग जिल्ला सभापति रमेश धमलाले पनि खानेपानी परियोजना ल्याउनमा पत्रकार धमलाको ठूलो हात रहेको भन्दै प्रंशसा गरे । उनले नेपाल भारत सम्बन्ध हरेक हिसावले ऐतिहासिक एवम् महत्वपूर्ण भएको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझै मजबुद एवम् विकासको माध्यम बनाउनुपर्नेमा जोड दिए ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले आफूले २ वर्षअघि नै खानेपानी परियोजना जसरीपनि ल्याएरै छाड्ने भनेर स्थानीवासिन्दासँग प्रण गरेको स्मरण गर्दै आज त्यो सपना साकार भएकोमा निकै खुशी लागेको बताए । उनले स्थानीयवासीन्दाहरु खानेपानीको अभावका कारण एक घण्टा लामो बाटो हिँडेर दुःख गरेको देखेकै कारण आफूले खानेपानीको लागि पहल गर्ने बताएकै कारण आज यो परियोजना सफल भएको स्पष्ट पारे । उनले भने,“मैले यो विचमा अथक प्रयास गरे, आज मेरो प्रयास सफल भएको छ, म यसमा निकै खुशी छु ।”

धमलाले नेपालको विकासको लागि भारतको सहयोगको अनिवार्यतावारे प्रकाश पारेका थिए । नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्षहरु रहेको भन्दै २१ औं शताब्दी एशियाको विकासको शताब्दी भएकोले नेपालको विकासको लागि भारतले निरन्तर सहयोग गर्नुपर्नेमा धमलाले जोड दिए ।

मुलुकमा ठूलठूला राजनीतिक क्रान्तिहरु सम्पन्न भईसकेको र संविधान जारी भएपछि राजनीतिक एजेण्डा गौण भएको र आर्थिक समृद्धिको एजेण्डा अबको अनिवार्य आवश्यकत्ता भएको भन्दै त्यसमा सबै राजनीतिक दलहरु सहमति र एकताका साथ प्रस्तुत हुनुपर्ने धमलाको भनाई थियो ।

उनले स्थानीयहरुसँग कच्ची बाटो पनि पिच भएरै छाड्ने प्रतिबद्धता जनाए । धमलाले आफू धादिंगको विकासको लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको स्पष्ट पारे ।

काँग्रेसकै युवा नेता विष्णु धिताल, पूर्वसभासद एवम् निर्वतमान काँग्रेस जिल्ला सभापति रामनाथ अधिकारी र समाजसेवी एवम् स्थानीयवासी फणिन्द्र धमलाले समेत आ आफ्नो भनाई राखेका थिए ।

दोधारा चाँदनीको शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका स्थानियहरु सुरक्षित स्थानमा सर्न थाले

पप्पु गुरुङ्, १७ असार, दोधारा चाँदनी । मुलुकभर यस वर्ष बिहीबार देखि मनसुन सक्रिय भए पछि भारी वर्षा सुरु भए पछि दोधारा चाँदनीको शान्ति टोल, बैतिफाँटा र कुतियाकवर टोलका घरहरुमा पानी पस्न थालेको छ् । कञ्चनपुरको दोधारा चाँदनी वडा नं. १०, शान्ति टोल, बैतिफाँटा र कुतियाकवर घरहरुमा पानी पसेको हो । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका करिव २६ घरधुरीमा पानी पस्न थालेपछि स्थानियहरु आतंकित बन्न थालेका थिए । गाँउमा पानी पस्न थोपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली शान्ति टोल, बैतिफाँटा र कुतियाकवरमा पुगेको थियो । “जगबुडा नदीको पानी बिस्तारै गाउँ पस्दै छ् ” स्थानिय गग्न खत्रीले भने । जगबुडा नदीको पानी ओभरफ्लो भएर नदी गाँउ पस्न थालेपछि दोधारा चाँदनीका शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका २६ घरधुरी प्रभाबित भएका हुन् । शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका स्थानियहरु सुरक्षित स्थानमा सर्न थालेको बताईएको छ् । पानीको सतह कम हुदै गएको भनिएपनि स्थानियहरु बढीको त्रास ज्युको त्युँ रहेको स्थानियहरु बताउछन् ।

दशरथ चन्द मेधावी खेलाडी पुरस्कार: विराज सर्वोत्कृष्ट खेलाडी

काठमाडौं, असार १७ ।   दशरथ चन्द मेधावी खेलाडी पुरस्कार– २०७२ अन्तर्गत फुटबलर विराज महर्जन शुक्रबार सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भएका छन् ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) र दशरथ चन्द मेमोरियल ट्रष्टद्वारा त्रिपुरेश्वरस्थित राखेप हातामा संयुक्त आयोजित कार्यक्रममा विराजलाई नगद १५ हजार १ रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो । गत वर्ष भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबल तथा बंगलादेशमा भएको बंगबन्धु गोल्ड कप फुटबलमा नेपालले स्वर्ण जित्दा विराज टोलीका कप्तान थिए ।   ट्रष्टले पाँच विकास क्षेत्रको प्रतिनिधित्व हुने गरी प्रत्येक क्षेत्रका खेलाडीलाई सम्मान गर्दै आएको छ । विराज मध्यमाञ्चलबाट छनोट भएका हुन् ।

त्यस्तै पूर्वाञ्चलबाट जुडोकी फुपु ल्हामु खत्री, पश्चिमाञ्चलबाट तेक्वान्दोकी निमा गुरुङ, मध्यपश्चिमाञ्चलबाट उसुकी निमा घर्ती मगर तथा सुदूरपश्चिमाञ्चलबाट उसुकै राजेश चौधरी उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भए । चारै १२ औं सागका पदक विजेता हुन् । फुपु र निमाले स्वर्ण तथा तेक्वान्दोकी निमा र राजेशले रजत पदक जितेका थिए । चारैले १० हजार १ रुपैयाँका दरले नगद र सम्मान पत्र पाए ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, नेपाली कांग्रेसका नेता एनपी साउद, ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्द तथा राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले खेलाडीलाई सम्मान गरे । फुपु प्रशिक्षणका लागि हंगेरीमा रहेका कारण उनकी आमाले पुरस्कार ग्रहण गरेकी थिइन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web