काठमाडौं,असार १७ नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) पद छाड्ने घोषणा गरेकी छिन्। शुक्रबार साँझ ट्विट गर्दै उनले क्रिकेट संघको सम्पुर्ण जिम्मेवारी बाट बाहिर बस्ने निर्णय गरेको बताएकी छिन्। उनले लेखेकी छिन्, 'हालको स्थितिमा क्रिकेट संघमा रहँदा भन्दा क्रिकेट संघ बाहिर बसेर नै नेपाली क्रिकेटलाई बढी योगदान गर्न सक्छु भन्ने मेरो ठहर हो।'

'करोडौँ नेपालीहरुको सपनासँग जोडिएको क्रिकेट यसरी लामो समय बन्दी बनाउनु दुर्भाग्यपूर्ण छ। सबै स्टेकहोल्डरहरु एकजुट भई निकास निकाल्न अपिल गर्दछु', उनले थपेकी छिन्।
आइसिसीले नेपाललाई निलम्बन गर्ने निर्णय अनुमोदन गरेको भोलिपल्ट सिइओ घिमिरेले यस्तो घोषणा गरेकी हुन्।

किन उनले यस्तो निर्णय गरिन् त ? पाँच कारण दिइन्-

१) नेपाली क्रिकेटको अहिलेको अन्योलपूर्ण स्थितिमा संघभित्र रहनु भन्दा बाहिर बसेर नै क्रिकेटलाई सहयोग गर्नु उचित लाग्यो। दुई वटा संघ अहिले अस्तित्वमा छन्। अदालतले पनि अहिलेसम्म निर्णय गरेको छैन। क्रिकेटको वर्तमान अवस्थाले गर्दा नै क्यान छाडेकी हुँ।

२) ६ महिनादेखि क्यानमा केही काम नै भएको छैन।

३) क्यानले राम्रोसँग पारिश्रमिक दिन सकेको छैन। यस्तो अवस्थामा संघभित्र बस्नुको कुनै औचित्य छैन।

आफूले क्रिकेट संघ छाडेपनि समग्र क्रिकेट नछाडेको बताउँदै घिमिरेले आगामी ७ वर्षभित्र नेपालले टेष्ट राष्ट्रको मान्यता प्राप्त गरेको हेर्न चाहेको बताइन्। घिमिरेले आफूले क्यान छाड्ने बारे तदर्थ समितिका अध्यक्ष रमेश सिलवाललाई जानकारी गराएको तर उनले स्वीकृत नगरेको पनि बताइन्।

तपाईलाई पछिल्लो समय क्रिकेट संघमा एकलौटी शासन गरेको आरोप लागेको थियो नि भन्ने जिज्ञासामा उनले भनिन्, 'यदि म बसेर क्रिकेटलाई कुनै समस्या थियो भने अब त्यो पनि प्रष्ट भएको छ।'
'आई डन्ट निड पोजिसन, आई बिलिभ इन परफरमेन्स', घिमिरेले भनिन्।
-पहिलोपोस्ट

एजेन्सी,असार १७ । फ्रान्समा जारी युरोकप २०१६ अन्तर्गत शुक्रबार राती पौन १ बजे हुने दोस्रो क्वाटरफाइनल खेलमा वेल्स र बेल्जियम भिड्दैछन्। सन् १९५८ को वल्र्डकपपछि वेल्सका लागि सबैभन्दा ठूलो प्रतियोगिता हो । विश्व वरियताको २४ औं नम्बरमा वेल्सर दुई स्थानमाथि रहेको बेल्जियमबीचको भिडन्त रोचक रुपमा हेरिएको छ । वेल्समा रियल म्याड्रिडका फरवार्ड गारेथ वेल र आर्सनलका मिडफिल्डर आरोन राम्से जस्ता खेलाडी रहेका छन् । बेल्जियममा चेल्सीका मिडफिल्डर इडन हजार्ड, म्यानचेष्टर सिटीका फरवार्ड केभिन डि बु्रनेर इर्भोटनका स्ट्राइकर रोमेलु लुकाकु जस्ता खेलाडीहरुले भरिएकाले यी दुवै आ आफस बलियो रहेको दाबी गर्दै आएका छन् ।

वेल्स प्रिक्वाटरफाइनलमा उत्तरी आयरल्याण्डलाई पराजित गर्दै पहिलो सहभागितामै क्वाटरफाइनलमा पुगेको हो। बेल्जियमले भने प्रिक्वाटरफाइनलमा हंगेरीलाई हराएको थियो। समूह चरणमा स्लोभाकिया र रसियालाई पराजित गरेको वेल्स इंगल्याण्डसँग पराजित भएको थियो। सन् १९७२ मा युरोमा डेब्यु गरेको बेल्जियमको यो पाँचौ सहभागिता हो। सन् २००० यता भने बेल्जियमले युरो खेलेको यो पहिलो पटक हो।

पहिलो सहभागितामै तेस्रो बनेको बेल्जियम सन् १९८० मा उपविजेता भएको थियो भने १९८४ र २००० मा समूह चरणबाटै बाहिरिएको थियो। यी दुई टोलीबीच अहिलेसम्म भएको १२ खेलमा बेल्जियमले ५ खेल जितेको छ भने वेल्स ४ खेलमा विजयी भएको छ। बाँकी ३ खेल बराबरीमा सकिएको थियो। कम्टिटेटिभ टुर्नामेन्टमा वेल्स र बेल्जियम भिड्न लागेको यो पहिलो पटक हो।

खेल हुने समय : मध्यरात १२:४५ बजे
खेल हुने स्थान : स्टेड पिएरे माउरो, लिले
हेर्नलायक खेलाडी : गारेथ बेल, एडेन हाजार्ड, केभिन डे बु्रएन
हेड टु हेड : वेल्स ४, बेल्जियम ५, बराबरी ३
रेफ्री : दमिर स्कोभिना, स्लोभेनिया
युरो सहभागिता : वेल्स १, बेल्जियम ५
फिफा वरियता : वेल्स २६, बेल्जियम २
मुख्य उपलब्धि : बेल्जियम फाइनल सन् १९८०

पप्पु गुरुङ्, १७ असार, दोधारा चाँदनी । मुलुकभर यसवर्ष बिहीबार देखि मनसुन सक्रिय भए पछि भारी वर्षा सुरु भए पछि दोधारा चाँदनीको शान्ति टोल, बैतिफाँटा र कुतियाकवर टोल डुवानमा परेको छ् । कञ्चनपुरको दोधारा चाँदनी वडा नं. १०, शान्ति टोल, बैतिफाँटा र कुतियाकवर घरधुरी डुवानमा परेको हो । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका करिव २६ घरधुरीमा आँगनमा पानी आएको स्थानिय गग्न खत्रीले जानकारी दिनुभएको छ् । “जगबुडा नदीको पानी बिस्तारै गाउँ पस्दै छ् ” स्थानिय गग्न खत्रीले भने । जगबुडा नदीको पानी ओभरफ्लो भएर नदी गाँउ पस्न थालेको बताईएको छ् । शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका स्थानियहरु सुरक्षित स्थानमा सर्न लागेको खबर प्राप्त भएको छ् । समाचार तयार पारुन्जेल सशस्त्र प्रहरीको टोली उक्त स्थानमा हिडेको छ् । बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुन र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा कारण मुलुकभर वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले गर्दा मुलुकभर अधिकांश स्थानमा हल्का देखि सामान्य वर्षा भई पूर्वी तथा पश्चिमी क्षेत्रका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ । सक्रिय मनसुनका कारण आज दिन भरी वर्षा हुने र अझै केही दिन सम्म वर्षा जारी रहने महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो । भारी वर्षा संगै कृषकहरु समयमै रोपाई हुने आशाले हर्षित देखिएका छन् रोपाई सुरु भएको छ । यद्यपि भारी वर्षाले १५ महिना देखि पाल र अस्थायी टहरामा दिन गुजारी रहेका भूकम्म पीडित जनता भने थप पीडामा पर्नुका साथै पहिरो उच्च जोखिममा परेका छन् ।

१७ असार, काठमाण्डौं । मुलुकभर यसवर्ष बिहीबार देखि मनसुन सक्रिय भए पछि भारी वर्षा सुरु भएको छ । बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुन र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा कारण मुलुकभर वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले गर्दा मुलुकभर अधिकांश स्थानमा हल्का देखि सामान्य वर्षा भई पूर्वी तथा पश्चिमी क्षेत्रका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ । सक्रिय मनसुनका कारण आज दिन भरी वर्षा हुने र अझै केही दिन सम्म वर्षा जारी रहने महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो । भारी वर्षा संगै कृषकहरु समयमै रोपाई हुने आशाले हर्षित देखिएका छन् रोपाई सुरु भएको छ । यद्यपि भारी वर्षाले १५ महिना देखि पाल र अस्थायी टहरामा दिन गुजारी रहेका भूकम्म पीडित जनता भने थप पीडामा पर्नुका साथै पहिरो उच्च जोखिममा परेका छन् ।

पप्पु गुरुङ्, १७ असार, दोधारा चाँदनी । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव आज बिहानबाट बढेको छ । ईलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार केही बेर अघि गरिएको मापन अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ८५ हजार क्युसेक नाघेको छ । पानीको बहाव बढेपछि सीमावर्ती महाकाली नदीमा रहेको शारदा ब्यारेज (वनबासा पुल) मा चार पाङ्ग्रे सवारी साधनलाई बिहान १० बजेदेखि आवागमनमा रोक लगाइएको छ । महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले पुलको अवस्था नाजुक रहेका कारण ठूला सवारी साधनलाई रोक लगाउादै आएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गोकुल बलायरले पुलमा मोटरसाइकल, पैदलयात्रीलाई भने रोक नलगाइएको जानकारी दिनुभयो । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी र दार्चुलामा वर्षा भएका कारण पानीको बहाव बढ्दै गइरहेको छ । यता दोधारा चाँदनी क्षेत्रमा तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुलाई सजग रहन भनिएको छ् ।

१७ असार,काठमाडौं ।

भारतीय दूतावासले चीनको तिब्वतसँग सीमा जोडिएको हुम्लाको हिन्सा विकासमा भारतीय सरकारका तर्फबाट चासो देखाएको छ । मानसरोबर जाने पर्यटकको सुविधानका लागि भन्दौ हिन्ल्सा क्षेत्रमा धर्मशालालगायतका भौतिक पूर्वाधार निर्माणमा भारतले चासो देखाएको हो । तर, चीनले तिब्बतसँग सीमा जोडिएका नेपाली क्षेत्रमा भारतीय आएको मन पराउँदैन् । अर्काेतर्फ नेपालले चीनसँग आफू सधै एक चीन नीतिको पक्षमा रहेको प्रतिबद्धता जनाउँदै आएको छ ।यदि भारतको यो प्रस्ताव स्वीकार गरे चीन नेपालसँग चिढिनेछ । किनकि विकासको बहानामा तिब्बततर्फ सुराकी गर्ने भारतको योजना हुनसक्ने भन्दै चीनले शंका गर्ने ठाउँ प्रशस्त छ । यसअघि विहीबारमात्रै चीनले भारतीय नागरिक देखिएको भन्दै अचानक नेपाली अधिकारीलाई जानकारी नदिएरै कोरला नाका बन्द गरिदिएको थियो ।

अमेरिकासँग हात मिलाएको भारतले चीनविरुद्ध गतिविधि गरिरहेको भन्दै चिनियाँ अधिकारी ज्यादै शर्तक रहने गरेका छन् । हुम्लाका स्थानीय विकास अधिकारी बलदेव जोशीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरी भारतीय सहयोगलाई स्वीकार गर्ने वा नगर्ने भन्नेमा प्रष्ट पार्न आग्रह गरेका छन् ।

असार ५ गते पठाएको पत्रमा चीनसँग सीमा जोडिएको नेपालको हिल्सा बजारमा चौक प्रहरी चौकी, भन्सारलगायतका सरकारी कार्यालय रहेको र उक्त ठाउँमा व्यापारी र स्थानीय नागरिक बसोबास गरिरेको उल्लेख छ । उक्त ठाउँको विकासमा चीन र भारत दुवैले चासो दिएको पत्रमा उल्लेख छ ।

२० देखि ३० घरधधुरी रहेको हिल्सामा चिनियाँ पक्षले विद्युतका लागि सहयोग गर्ने प्रस्ताव आएको र भारतले पनि सोही ठाउँमा धर्मशालालगायतका भौतिक पूर्वाधार निर्माण गरिदिने आश्वासन दिएको पत्रमा उल्लेख छ । कारोबार दैनिकमा समाचार छ ।

१७ असार, काठमाडौं ।

विद्युत् महसुल औसतमा करिब १९ प्रतिशतले बढेको छ । प्राधिकरणको सिफारिसमा साउन १ गते देखि लागू हुनेगरी महसुल निर्धारण आयोगले विहीबार विद्युत महसुल बढाएको हो । यसबाट नेपाल विद्युत् प्राधिकरणको आम्दानी करिब साढे पाँच अर्ब रुपैयाँ बढ्नेछ ।

नयाँ महसुल अनुसार विद्युतको न्युनतम प्रतियुनिट ३ रुपैयाँ पुगेको छ ।

हेर्नुस् सूचीः

२० युनिटसम्मको विद्युतको ३० रुपैयाँ । (प्रतियुनिट ३ रूपैयाँ)

३० युनिटसम्मको विद्युतको ५० रुपैयाँ । (प्रतियुनिट ७ रूपैयाँ)

५० युनिटसम्मको ७५ रुपैयाँ । (प्रतियुनिट ८ रुपैयाँ ५० पैसा)

१५० युनिटसम्म १०० रुपैँया । (प्रतियुनिट १० रुपैँया)

२५० युनिटसम्म १२५ । (प्रतियुनिट ११ रुपैयाँ)

४०० युनिटसम्म १५० रुपैयाँ (प्रतियुनिट १२ रुपैयाँ)

४०० भन्दा माथि युनिटका १७५ रुपैयाँ (प्रतियुनिट १६ रुपैयाँ)

तथ्यांक स्रोतः महसुल निर्धारण आयोग ।

१७ असार, काठमाडौं ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा वरीयताको विषयमा पार्टीभित्र असन्तुष्टि बढेको छ। पार्टीका हालै सम्पन्न सचिवालय बैठकमा तीनजना पार्टी सहसंयोजक चयन भएपछि दोस्रो वरीयताका विषयमा पार्टीभित्र अन्योलता र असन्तुष्टि चुलिएर गएको हो ।नयाँ शक्तिले सह संयोजकहरुमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई चयन गरेको थियो। मधेसी कोटाबाट झा, आदिवासी जनजातिबाट कर्मोचा र महिला तथा दलितबाट समानुपातिक हुने गरी सोबलाई चयन गरेको जनाएपनि यो संरचनाले पार्टी विकास नहुने भन्दै सशस्त्र युद्ध लडेर आएका माओवादी नेताहरु भने असन्तुष्ट रहेको स्रोतले बतायो ।

नयाँ शक्तिका नेता पर्शराम तामाङले बरियताका क्रममा नसोचिएको भएपनि सहसंयोजक बनाएकाले बरियताक्रम त्यही अनुसार हुनसक्ने आजको राजधानी दैनिकमा खबर छ । कतिपय नेताले भने पार्टी सहयसंयोजक चयन नयाँ शक्तिकै अन्तरिम विधान विपरित भएको समेत टिप्पणी गरेकाछन् ।

१७ असार, काठमाडौं ।
डीभी, पीआर र ग्रिनकार्ड लिएका वा लिने प्रक्रियामा रहेका सामूदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई जागिरबाट बर्खास्त गरिने भएको छ। राजधानी दैनिकमा समाचार छ।

बुधवार राष्ट्रपतिबाट प्रमाणीकरण भई कार्यान्वयनमा आएको शिक्षा ऐनले सो ऐन लागू हुनुपूर्व यस्ता आवासीय अनुमति लिएकाको हकमा समेत लागू हुने गरी कानुनी व्यवस्था गरेको छ।

ऐनले भुतलक्षित कानुन निर्माण गर्दै विगतमा यस्तो आवासीय अनुमति लिएकालाई समेत कारबाहीको दायरामा ल्याएको हो ।

निजामती ऐनले सरकारी कर्मचारीलाई डीभी, पीआर र ग्रिनकार्ड लिन रोक लगाएपछि शिक्षा ऐनमा समेत यस्तो व्यवस्था गरी शिक्षकमाथि कडाइ गरिएको हो।

संशोधित ऐनमा आवासीय अनुमति लिएका र लिने प्रक्रियामा रहेकाहरुले दुई महिनाभित्र फिर्ता गरेको अवस्थामा भने माफी दिन सकिने व्यवस्था छ।

‘सामूदायिक विद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि आवेदन दिनु हुँदैन ।

यो दफा प्रारम्भ हुनु अघि कसैले स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि आवेदन गरेको भए त्यस्तो शिक्षक वा कर्मचारीलाई भविष्यमा निजले काम गरेको सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ,’ ऐनको दफा ३० को उपदफा १६ ९ङ१० मा भनिएको छ।

१७ असार, काठमाडौं ।

सरकारले यही असारभित्र अर्थात अबको १५ दिनमा एक खर्ब रुपैयाँ विकास खर्च गर्दैछ। महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म विकास खर्चका लागि ६७ अर्ब रुपैयाँमात्र खर्च भएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।

आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहेका बेला सरकारले विकास खर्चको संशोधित लक्ष्य पूरा गर्न ९२ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ।चालू आर्थिक वर्षको बजेटमा विकास खर्चका लागि दुई खर्ब विनियोजन भएपनि अर्थ मन्त्रालयले संशोधित अनुमानमार्फत एक खर्ब ५९ अर्ब खर्च हुने अनुमान गरेको छ।

झरी सुरु भएसँगै देशभर अहिले सडक पिच र ढल मर्मतका काम भइरहेका छन्। गुणस्तरको हिसावले यसरी पिच गरिने सडकको आयु छोटो हुने र भत्कने क्रम नरोकिए भइपनि आर्थिक वर्षको अन्त्यमा हुने विकास खर्चको गति रोकिएको छैन।

अर्थविद केशव आचार्य आथिएक वषएको अन्त्यमा भौतिक प्रगतिसँगै खर्च पनि बढ्ने बताउँछन्।

१७ असार, काठमाडौं ।
राहदानीका लागि आवेदन दिएको दुई साताभित्रै जिल्लाबाटै साधारण शुल्कमा मेसिन रिडेबल पासपोर्ट 'एमआरपी' उपलब्ध गराउने गरी सरकारले तयारी थालेको छ। कान्तिपुर दैनिकमा समाचार छ।

राहदानी विभागले दोब्बर राजस्व तिरेपछि तीन दिनमा नै पासपोर्ट उपलब्ध गराउने भएपछि जिल्लाबाट पनि जतिसक्दो छिटो दिन दबाब परेको हो।

जिल्लाबाट साधारणतया ५ हजार रुपैयाँ तिरेर ४५ दिनमा दिनुपर्ने पासपोर्ट नियमावलीमा उल्लेख भए पनि पछिल्लो सहजताको कारण जिल्लाले २५ दिनदेखि महिनादिनभित्र एमआरपी उपलब्ध गराउँदै आएका थिए।

राहदानी आवेदन फारम जिल्ला जिल्लाबाट जम्मा गरेका १० दिनमा विभागले ल्याउने र विभागले १० दिनपछि राहदानी दिने गरेकोमा अब ७ दिनमा विभागमा ल्याउनु पर्ने र विभागले फारम आएको भोलिपल्टै दिनुपर्ने व्यवस्था गर्न लागिएको हो।

१७ असार, काठमाडौं ।
गुन्डानाइके दीपक मनाङ्गेलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ ।

प्रहरीले संगठित गुन्डागर्दीको आरोपमा मनाङ्गेलाई बिहीबार राति ठमेलको एक रेष्टुराँबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका एसएसपी विक्रम सिंह थापाका अनुसार मनाङ्गेसँगै उनका केही सहयोगीहरु पनि पक्राउ परेका छन् ।

मनाङ्गेमाथि धेरै उजुरी परेको र विशेषगरि धम्क्याएर पैसा असुल्ने गरेको प्रमाण पाइएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले मनाङ्गेले आफू भूमिगत रुपमा बसेर युवा परिचालन गरी अवैध धन्दा गर्दै आएको बताएको छ ।

प्रहरीले उनीमाथि संगठित अपराधको मुद्दा सहित जर्वजस्ती पैसा असुली, ज्यान मार्ने धम्की लगायत मुद्दा लगाउने तयारी गरेको छ ।