उपत्यकामा ३६ वर्षपछि धेरै वर्षा

काठमाडौं,असार १७ । काठमाडौं उपत्यकामा ३६ वर्षपछि धेरै वर्षा भएको छ । उपत्यकामा बुधबार बिहान ८:४५ देखि बिहीबार बिहान ८:४५ सम्मको २४ घन्टामा ९५ मिलिमिटर वर्षा भएको छ । उपत्यकामा वर्षा भएको २४ घन्टाको रेकर्ड २७ जेठ ०३७ को २४ घन्टाको भन्दा केही कम हो । सो वर्षको २४ घन्टामा १०० दशमलव १ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको तथ्यांक छ ।

उपत्यकामा यस वर्षको मनसुन सुरु भएको २८ जेठदेखि बिहीबारसम्म कुल ३९५ दशमलव २ मिलिलिटर पानी परेको महाशाखाका मौसमविज्ञ सुजन सुवेदीले जानकारी दिए । महाशाखाका अनुसार यसअघि मनसुन सुरु भएपछि उपत्यकामा सामान्यत: २३६ दशमलव ३ मिलिमिटर वर्षा हुने गरेको थियो । सुवेदीका अनुसार यस वर्ष पूर्वी र पश्चिमी क्षेत्रका केही ठाउामा भारी वर्षा हुनसक्ने प्रक्षेपण गरिएको छ । नेपालमा मनसुन सामान्यत: २८ जेठदेखि सुरु भएर असोज पहिलो सातासम्म सकिने अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ । यस वर्षको मनसुनमा क्षेत्रगत रूपमा सुदूरपश्चिमका तराई–पहाडी क्षेत्रमा औसतभन्दा धेरै पानी पर्ने प्रक्षेपण छ । नेपालमा वर्षमा १४ सय मिलिमिटर पानी पर्ने गर्छ ।

पश्चिम नेपालमा ठूलो भूकम्प आउन सक्ने दाबी

सुर्खेत,असार १७ ।  सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा दुई दिनदेखि लगातार भूकम्पको धक्का महसुस भएपछि स्थानीयबासिन्दा त्रसित बनेका छन् । बुधबार दिउँसो २ बजे पहिलोपटक पाँच म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसपछि बभाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । विहीबार दिउँसो ३ बजे सम्ममा २१ पटक पराकम्पन गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

गोरखामा गएको भूकम्पको पराकम्पन नभई बझाङमा नयाँ भूकम्पको धक्का मापन भएको केन्द्रले जनाएको छ । बझाङ सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्व केन्द्र बनाएर भूकम्प गएको र अहिले पनि पराकम्पनहरु नरोकिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक कपिल महर्जनले जानकारी दिए ।

लगातार भूकम्पका धक्काहरु महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् । करिब पाँच सय वर्षदेखि पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले कुनै पनि बेलामा ठूलो धक्का आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

‘बुधबार दिउँसोबाट लगातार बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गइरहेको छ, अहिलेसम्म २१ पटक तीन रेक्टर स्केलभन्दा माथिका धक्का महशुस भएका छन्’ महर्जनले भने,‘भविष्यवाणी गर्न त सकिँदैन, तर कुनै पनि बेलामा पश्चिमक्षेत्रमा ठूलो धक्का आउन सक्छ । लगातार पराकम्पन हुनु पनि यसैको संकेत हो, पूर्वसतर्कता अपनाउनु नै उपयुक्त हुन्छ ।’

करिब पाँच सय वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएकाले पनि जोखिम बढी भएको उनको भनाइ छ । गोरखा र बझाङको भूधरातल र बनावट एउटै प्रकृतिको भएकाले पनि यस क्षेत्रमा भूकम्पको जोखिम बढी भएको केन्द्रले जनाएको छ ।

बझाङमा गइरहेको भूकम्पको मापन गर्दै सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्राविधिक । तस्बिर: ललितबहादुर बुढा

महर्जनले थपे,‘बझाङमा यसअघि बैशाखमा पनि भूकम्प गएको थियो, त्यहाँ आसपासको क्षेत्रमा बेलाबेलामा धक्का महसुस हुने गरेको छ । यसपटक लगातार धक्का आइरहेको छ, सावधानी अपनाउनु हितकर हुनेछ ।’

केन्द्रका अनुसार दुई दिनको अवधिमा पाँच म्याग्निच्यूड भन्दा ठूलो धक्का भने मापन भएको छैन । केन्द्रका अर्का प्राविधिक तीर्थ दाहालले पश्चिमक्षेत्रमा पूर्वसावधानी अपनाउनुपर्ने बताए ।

‘अहिलेसम्म बझाङमा मात्र सामान्य घर र विद्यालय भवनहरु चर्किएका छन्, मानविय क्षती भएको छैन’, उनले भने, ‘तर अब सावधानी अपनाउन आवश्यक छ, कति बेला के हुन्छ ढुक्क हुने अवस्था छैन ।’

उनका अनुसार बझाङमा विस्तारै धक्काहरु कमजोर बन्दै गएका छन् । अहिले दक्षिणतर्फ रहेको इण्डियन प्लेट र उत्तरतर्फ रहेको तिब्वेतियन प्लेट एक आपसमा घर्षण भइरहेका धक्का आइरहेको केन्द्रको भनाइ छ । भूकम्पको जोखिम बढी भएको र पश्चिमक्षेत्र संवेदनशील भएकाले पनि पश्चिम क्षेत्रमा उच्च सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ ।

लगातार भूकम्पको धक्का आउन थालेपछि अहिले वीरेन्द्रनगरमा रहेको भूकम्प मापन केन्द्रमा रहेका प्राविधिक तथा कर्मचारीहरु पनि सतर्क अवस्थामा छन् ।

भूकम्प मापन केन्द्र सुर्खेतले सावधानी अपनाउन आग्रह गर्दै हल्लाको पछि नलाग्न र भागदौड नगर्न सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।

कार्यालयले होसियारीपूर्वक सचेत रहन आग्रह गर्दै नआत्तिन समेत सुझाव दिएको छ । बझाङमा भने सर्वसाधारणहरु त्रसित बनेका छन् ।

स्थानीय प्रशासनले सर्वसाधारणहरुलाई नआत्तिन आग्रह गर्दै सुरक्षाकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बझाङमा लगातार पराकम्पन गएपछि आसपासका जिल्लामा समेत सर्वसाधारणहरु त्रसित बनेका छन् ।

-अन्नपूर्ण पोष्ट

पोल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै हराउँदै पोर्चुगल सेमिफाइनलमा

एजेन्सी,असार १७ । पोल्याण्डलाई पेनाल्टीसुटआउटमा ५–३ ले पराजित गर्दै पोर्चुगल युरोकप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ।  फ्रान्समा जारी युरो २०१६ अन्तर्गत पहिलो क्वाटरफाइनल खेल निर्धारित ९० मिनेटमा अतिरिक्त ३० मिनेटको खेल एक एक गोलको बराबरीमा सकिएपछि खेलको पेनाल्टीसुटआउटमा पुगेको हो। पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टी रोके भने रिकार्डो करिज्माले विजयी पेनाल्टी गोल गरे ।

स्टेड भेलोड्रोनमा भएको खेलको दोस्रो मिनेटमै स्ट्राइकर रोबर्ट लेवान्डास्कीले गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका हुन्। यसअघिका चार खेलमा गोल गर्न नसकेको लेवान्डास्कीको पोल्याण्डका लागि यो ३५ औं गोल हो। लेवान्डास्कीको गोल जारी युरोकै सबैभन्दा छिटो गोल हो। उनले १ मिनेट ४० सकेकेण्डमा गोल गरेका हुन् । यसअघि प्रिकवाटरफाइनलमा आयरल्याण्डका रोबी ब्राडीले फ्रानस विरुद्ध दोस्रो मिनेटमा गोल गरेका थिए।

३६ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। नानीको ब्याक पासमा गोल गरेका हुन्। उक्त गोलसँगै सान्चेज युरोकप को नकआउट राउण्डमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।  पोर्चुगलले अब सेमिफाइनलमा वेल्स र बेल्जियमको विजेतासँग खेल्नेछ।

पोर्चुगलविरुद्ध पोल्यान्डको युरो इतिहासकै दोस्रो छिटो गोल

एजेन्सी,असार १७ । पोर्चुगलविरुद्ध पोल्यान्डले युरो इतिहासकै दोस्रो छिटो गोल गरेको छ । युरो २०१६ को शुक्रबारदेखि सुरु भएको क्वार्टरफाइनल खेलको पहिलो खेलमा लेवान्डोस्कीले १ मिनेट ४० सेकेन्डमा यो गोल गरेर पोल्यान्डलाई अग्रता दिलाएका हुन्। प्रतियोगितामा यो उनको पहिलो गोल हो भने पोल्यान्डका लागि उनको यो ३५ औँ गोल हो।

यसअघि युरो इतिहासको दोस्रो छिटो गोल यही प्रतियोगितामा भएको थियो। आयरल्यान्डविरुद्धको खेलमा फ्रान्सका रबी ब्राडीले दोस्रो मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।  युरो इतिहासकै सबैभन्दा छिटो गोल भने ६७ सेकेन्डमा ग्रिसविरुद्ध रसियाका डिमिट्री किर्चेन्कोले सन् २००४ मा गरेका थिए।

सान्चेस युरोकप इतिहासमा गोल गर्ने तेस्रो कान्छो कान्छो खेलाडी

एजेन्सी,असार १७ । युरोकप २०१६ को खेलमा नकआउट चरणमा अहिलेसम्म गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पोर्चुगलका रेनिटो सान्चेस भएका छन् । बार्यन म्युनिख कल्बबाट खेल्ने उनी जम्मा १८ वर्ष तीन सय १६ दिनका भएका छन् । सान्चेस युरो इतिहासमा गोल गर्ने तेस्रो कान्छो व्यक्ती पनि हुन् ।यस भन्दा अघि भोलोन्देनर रुनीले सबैभन्दा कान्छो उमेरमा गोल गरेर रेर्कड राखेका छन् । सान्चेसले ३३ औं मिनेटमा गरेको गोलले नै पोर्चुगललाई बराबरी पारेको थियो । बराबरी भएपछि पेनाल्टी सुट आउटमा पोर्चुगलले खेल जितको हो ।

सान्चेस यो खेलको म्यान अफ दि म्याच पनि भए । म्यान अफ द म्याच भएपछि सान्चेसले भने ‘ मेरो र टिमका लागि यो आश्र्चयपूर्ण क्षण हो । हामीले धेरै मेहनत गरेर खेलेका थियौं र खेल्छौं पनि । हामीलाई अरुले आलोचना गरिरहेका छन् तर त्यसलाई हामी ध्यान दिदैनौं किनकी हामी सेमिफाइनलमा पुगिसकेका छौं ।’

unn.com.np

ज्लाटान इब्राहिमोबिक म्यानचेस्टर युनाइटेडमा

एजेन्सी,असार १७ ।इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले विश्वचर्चित स्वीडेनका स्ट्राइकर ज्लाटान इब्राहिमोबिकलाई यो सिजनका लागि क्लबमा अनुबन्ध गरेको छ । म्यानचेस्टर युनाइटेडले इब्राहिमोबिकलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट भित्र्याएको हो । इब्राहिमोबिकको मेडिकल परीक्षण शुक्रबार भएपछि ३४ वर्षीय यी भेट्रान खेलाडीको अनुबन्धको औपचारिक घोषणा हुनेछ । यो कुराको पुष्टि इब्राहिमोबिकले इन्स्टाग्रामको आफ्नो आधिकारिक एकाउन्टमार्फत गरेका हुन् ।

उनी प्रतिसाता २ लाख पाउन्ड पारिश्रमिक पाउने गरी म्याचेस्टर युनाइटेडमा आवद्ध भएका बेलायती सञ्चारमाध्यमले जनाएका छन् । चेल्सीमा फ्लप भएका जोजे माउरिन्होलाई प्रशिक्षक बनाएपछि इब्राहिमोबिकलाई भित्र्याउने चर्चा शुरु भएको थियो । सन् १९८१ अक्टोबर ३ मा जन्मेका उनले हालसम्म आयक्स, युभेन्टस, इन्टरमिलान, बार्सिलो, एसी मिला र पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेलिसकेका छन् । इब्राहिमोबिकको सम्भवत अन्तिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता युरोकप भने सुखद रहन सकेन । उनको देश स्वीडेन समूह चरणबाटै बाहिरिइसकेको छ ।

इब्राहिमोबिहकले अहिलेसम्म विभिन्न क्लबहरुका लागि खेलेका ६ सय ७७ खेलमा ३ सय ९२ गोल गरिसकेका छन् । त्यसैगरी स्वीडेनका लागि खेलेका ११६ खेलमा ६२ गोल उनको नाममा रहेको छ ।

अहिलेको समकालिन फुटबलमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोपछि सफल फुटबलर मानिने इब्राहिमोबिकले आफ्नो फुटबल करिअरमा युइएफए सुपर कप, लिग वान, इटालियन सुपर कप, फिफा विश्व क्लब फुटबल कप र सिरिएसहित क्लबस्तरका ठूला उपाधि चुमिसकेका छन् ।

गत सिजन पीएसजीलाई लिग वान फुटबल प्रतियोगिताको उपाधि जिताएका उनलाई प्रशिक्षक माउरिन्होले विगत दुई सिजन खस्केको म्यानचेस्टर युनाइटेडको छबि उकास्नका लागि अग्रपंक्तिको जिम्मेवारीका लागि ल्याएका हुन् ।

-अन्नपूर्ण पोष्ट

मुस्ताङमा आणविक बम बनाउने गुणस्तरीय युरेनियम भेटियो

खानी तथा भूगर्भ विभागले मुस्ताङको लोमान्थाङ क्षेत्रमा युरेनियमको परिमाण धेरै र गुणस्तर पनि उत्कृष्ट खालको भेटिएको जनाएको छ ।

उद्योग मन्त्री सोम प्रसाद पाण्डे सहित खानी तथा भू–गर्व विभागको प्रविधिक टोलीले, यसै हप्ता मुस्तांगको युरेनीयम खानी, नुनखानीको अवलोकन तथा अध्ययन गरेको थियो ।

स्थलगतरूपमा गरिएको अध्ययनपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले अब लोमान्थाङमा युरेनियम अन्वेषणका लागि उद्योग मन्त्रालयले थप प्राविधिक टोली छिट्टै खटाउने बताउनुभयो ।

“कानुन बनाउन पनि मन्त्रालय लाग्ने र त्यसपूर्व यसको सबै प्रक्रिया पूरा गर्न राज्यले कुनै कसर बाँकी नराख्ने उद्योगमन्त्री पाण्डेले जानकारी दिनुभयो ।

युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चापदार्थका रूपमा प्रयोग गर्न सकिन्छ ।

भूगर्भ विभागका अनुसार, मकवानपुर, वैतडी र बझाङ जिल्लामा समेत युरेनियमको खानी भेटिएको छ ।

खानी तथा भूगर्भ विभागका प्रमुख राजन पौडेलले स्थलगतरूपमा गरिएको अध्ययन र सङ्कलन गरिएको तथ्यबाट मुस्ताङको मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थ र तेताङमा नुनको खानी रहेको पुष्टि भएको बताउनुभयो ।

युरोकप क्वाटर फाईनल भिडन्त सुरु

युरो कप फुटबल प्रतियोगिको पहिलो क्वाटर फाईनल नेपाली समय अनुसार आज राती पौने १ बजे पोर्चुगल र पोल्याण्डबिच हुँदै छ ।

युरो कपमा पोल्याण्डको यो पहिलो क्वाटर फाईनल यात्रा हो ।

पर्चुगल भने सन् १९९६ देखि लगातार क्वाटर फाईनल प्रवेश गर्दै आएको छ ।

यो खेलमा विजयी भए पोर्चुगलले पाँचौ पटक सेमिफाईनलको यात्रा तय गर्ने छ ।

तर पोर्चुगलले अहिले सम्म युरो कपको उपाधि भने जित्न सकेको छैन ।

जारी युरो कपमा पोर्चुगलका फुटबल हस्ती क्रिस्चीयानो रोनाल्डोको अर्को कीर्तिमान रच्ने मौका भने अभैm बाँकी रहेको छ ।

रोनाल्डोले आफुले खेलेका चार वटै युरो कपमा गोल गर्ने कीर्तिमान राखेका छन् भने यो प्रतियोगिता समेत गरि अहिले सम्म जम्मा ८ गोल गरेका  छन् ।

अब अर्को एक गरेको खण्डमा रोनाल्डोले फ्रान्सका पूर्व कप्तान मिस्याल प्लेटिनीको युरो कपमा सर्वाधिक ९ गोलको कीर्तिमानलाई बराबरी गर्ने  छन् ।

नक्कली शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षकको नियुक्त लिएको अभियोगमा मोरङका एक शिक्षकविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काली उच्चमावि डाँगीहाट मोरङमा निमावि तहमा कार्यरत शिक्षक तर्पणलाल राजवंशीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानका क्रममा पाइएको हो ।

आयोगका अनुसार शिक्षक राजवंशीले पेस गरेको विहार इन्टरमिडियट एजुकेसन काउन्सिल, भारतबाट सन् १९९२ मा आइकम उतीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो ।

जाजरकोटमा पहिरोले २ विद्यायालय, २ घर बगायो १५० रोपनी धान खेत नस्ट

जाजरकोट जिल्लाको लह गाउँ विकास समिति वडा नम्बर ४, पिपलचौर स्थित गुर्सेखोलामा आज दिउँसो आएको बाढी पहिरोले जनता प्राथमिक विद्यालयको २ वटा भवन विद्यालय नजिकै रहेका स्थानीय बलबहादुर रावल र सर्वजीत दमाईको घर बगाएको छ ।

त्यसै गरी लहँ ३ भाच्चीउरामा हिमाल चुली प्राथमिक विद्यालयको भवन पनि पुरेको छ ।

पहिरामा चार घर पुरियो

वर्षापछिको पहिराले सुरी गाविसमा गए राति चार घर पुरेको छ ।

पहिराले सुरी–३ का दिनेश खड्का, चरित्रकुमार खड्काको दुई वटा र लालकुमार खड्काको घर पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिनुभयो । पहिरामा अस्थायी आवाससँगै सम्पूर्ण सम्पत्ति र चौपायासमेत पुरिएपछि उनीहरु बिचल्लीमा परेका छन् ।

त्यसैगरी सुरी–३ का १९ परिवार र सुरी–५ का २१ परिवार पहिराको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोबाट सुरी ३ र ५ नं वडाको करिब ८० रोपनी जग्गामा लगाएको मकैबाली पूर्णरुपमा नोक्सान भएको बताइएको छ । पहिराका कारण सोही ठाउँकै कलङ खोला लघुजलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ ।

वर्षाका कारण लाकुरीडाँडा–९ स्थित झिँगानमा सडक अवरुद्ध भएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद खारेज

उच्च माध्यमिक शिक्षा परिषद खारेज भएको छ ।

शिक्षा ऐन आठौं संशोधन प्रमाणीकरण भएसँगै उच्च माध्यमिक शिक्षा परिषद एचएसइबि ले गर्दै आएको कक्षा ११ र १२ को परिक्षा सम्बन्धि काम अब राष्ट्रिय परीक्षा बोर्डले गर्नेछ ।

विधेयकले गरेको व्यवस्था अनुसार अब बोर्डले नै प्रारम्भिक बाल कक्षादेखि कक्षा १२ सम्मको परीक्षा संचालन गर्नेछ ।

यस्तो संरचना निर्माणले शैक्षिकक्षेत्रमा सकरात्मक परिवर्तन ल्याउन सहयोग पु¥याउने यसक्षेत्रका विज्ञहरु बताएका छन ।

नेपालमा एकैदिन एउटै जिल्ला केन्द्रबिन्दु भएर २१ पटक भूकम्प गयो

सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ ।

आज मात्रै बिहान ४ बजेर ३२ मिनेटमा ३.४ रिक्टरको पहिलो, ७ बजेर ८ मिनेटमा ३.८ रिक्टरको दोस्रो, अपराह्न १२ बजेर ७ मिनेटमा २.८ रिक्टर स्केलको तेस्रो धक्का तथा बाँकी दुई वटा साना धक्का गएका थिए ।

बुधबार १६ पटक र आज बिहीबार पाँच पटक गरी २१ पटक धक्का गएको भूकम्प मापन केन्द्र सुुर्खेतका प्राविधिक सहायक तीर्थ दाहालले जानकारी दिनुभयो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘गोरखा भूकम्प’पछि देशभरि नै ससाना धक्का महसुस भइरहेकाले यसमा डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

यो गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भए पनि डराउनुपर्ने अवस्था नरहेको तर सतर्क रहनुपर्ने उहाँले बताउनुभयो ।

व्यवस्थापिका संसदमा विनियोजन विधेयक माथि छलफल

१६ असार, काठमाडौं ।
व्यवस्थापिका संसदको बिहिबारको बैठकमा विनियोजन विधेयक, २०७३ को विभिन्न शिर्षकहरुमाथिको छलफल अन्र्तगत शान्ति तथा पूनर्निर्माण मन्त्रालय, गृह मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय, शिक्षा मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, खानेपानि तथा सरसफाई मनत्रालय र अर्थ मन्त्रालयको विभिन्न शिर्षक माथि छलफल जारी रह्यो ।

मन्त्रालयगत छलफलमा भाग लिने सांसदहरुले वजेट सवै क्षेत्रमा समान रुपमा वितरण नगरिएको र पहुँचका आधारमा वितरण गरिएको भन्दै सरकारले प्रभावकारी योजना निर्माणमा विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।
सांसदहरुले शिक्षा क्षेत्रमा धनी र गरिवबीचमा रहेको शिक्षाको भिन्नताको अन्त्य हुने गरी नीजि र सामुदयिक शिक्षामा रहेको भिन्नता हटाइनु पर्ने र पहाडी ग्रामिण भेगमा योग्य शिक्षक पठाएर शिक्षाको गुुणस्तर सुधार गर्न सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

संसदहरुले वन क्षेत्रको विकास गर्नका लागि आगलागी नियन्त्रण र तस्करहरुबाट वन फडानी रोक्ने  गरी योजनाहरु ल्याउनु पर्ने, सामुदायिक र साझेदारी वनमा रहेको खिचातानि रोक्नु पर्ने, वन फडानी भएका ठाउँमा वृक्षरोपाण गर्ने  र वन संरक्षण गर्ने गरी सरकार लाग्नु पर्ने बताउनु भयो ।

वजेटले यस अघिका सरकारले शहिद तथा वेपत्ता परिवारका लागि पहिलाका सरकारले ल्याएका विभिन्न योजनाहरुमा स्पष्ट धारणा नल्याएको र वजेटले धेरै विषयमा औपचारिकता मात्र पुरा गरेको आरोप पनि सांसदहरुले लगाउनु भयो ।

सांसदहरुले श्रम मन्त्रालयलाई जनताको मन्त्रालय बनाई म्यानपावरहरुले जनतालाई ठग्ने काम गरिरहेकाले त्यसलाई रोक्ने गरीे योजना ल्याउनु पर्ने बताउनु भयो ।

व्यवस्थापिका संसदको बैठक
व्यवस्थापिका संसदको आजको बैठकमा सांसदहरुले राष्ट्रिय, क्षेत्रिय र जिल्लाका समसामयिक समस्याहरुबारे सदनलाई जानकारी गराउदै समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

बैठकको विशेष र शुन्य समयमा बोल्नसांसदहरुले हरेका बर्ष बाढी पहिरोबाट ठूलो परिणाममा जनधनको क्षति हुने गरेपनि राज्यबाट समयमै सचेतना अपनाउने तथा आवश्यक पूर्वतयारीको काम  हुन नसकेको तर्फ संसदको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले लोकतान्त्रिक मधेसी मोर्चाले विगत नौ महिनादेखि संसद बहिस्कार गर्दै आएको तर्फ संसदको ध्यानाकर्षण गराउदै मोर्चाले उठाएका मागलाई बेवास्ता गरेर अघि बढन सक्ने अवस्था नरहेको भन्दै सभामुखकै पहलमा समिति गठन गरेर अघि बढन सुझाव दिनुभयो ।

आन्दोलनरत मधेसी मोर्चा लगायतका साना दलले आज पनि व्यवस्थापिका संसदकोे बैठक बहिष्कार गरेका छन् ।

बैठक शुरु हुनासाथ मधेसी मोर्चा सांसद उभिएर विरोध जनाउनु भयो ।

त्यस लगत्तै संघीय समाजवादी फोरमका सांसद दिलबहादुर नेपालीले प्रमुख ठूला दलले संविधान बनाउने नाममा विश्वव्यापी लोकतान्त्रिक मान्यता विपरित उत्पीडित जनताको अधिकार कुण्ठित गरेको बताउनु भयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web