The parliamentarians, both from the ruling parties and the opposition, speaking in the Special Hour in the meeting of the Legislature-Parliament today, have drawn the attention of the government towards host of issues, including providing chemical fertilizers to farmers and grant to quake-survivors.

Referring to negligence of the contractors and under-quality construction of the projects of national pride such as Sikta Irrigation Project, they urged the government to put in place stringent monitoring mechanism to oversee such projects.

They also drawn the attention of the government to do something needful for flood and landside affected people and show early preparedness to minimize damages caused by the monsoon rain.

Proposal on Purchasing Petrolium products from Chaina sent to foreign Ministry

The Ministry of Commerce has sent a proposal regarding forwarding the process of purchasing petroleum products as per the bilateral agreement signed between Nepal and China to the Ministry of Foreign Affairs.

An agreement regarding importing petroleum products to Nepal from China and constructing depots at three places was signed during Prime Minister KP Sharma Oli's visit to China in April.

During today's meeting of the Industry, Commerce and Consumer Welfare Committee under the Legislature-Parliament, Commerce Minister Ganeshman Pun said that they have formed a taskforce and sent the report regarding importing petroleum products from China to the Foreign Ministry.

Minister Pun said that a discussion would be held through diplomatic channel as issues related to tax and transport are still unclear in the report. The government has made a plan to import 33 per cent of total demand of the petroleum products from China.

The Committee held discussion after calling the minister, secretary, chiefs of concerned bodies, industrialists and consumer activists regarding status of implementation of previous directives given regarding making LP Gas supply systematic, quality of gas cylinders and welfare of users.

Parliament Patifies Sawen Statute

The Legislature-Parliament has ratified the statute of the South Asia Wildlife Enforcement Network (SAWEN).

Minister for Forests and Soil Conservation Agni Prasad Sapkota presented a proposal seeking the House to ratify the SAWN statute in the meeting of the Parliament today.

Responding to questions raised by lawmakers during discussions on the statute, Minister Sapkota argued that the ratification of the statute is necessary to curb the wildlife trafficking.

UDMF Boycotts Today’s House Meeting

The agitating United Democratic Madheshi Front has boycotted the meeting of the Legislature-Parliament yet again.

The parliamentarians of the political parties associated with the UDMF protested the meeting after standing at their respective seats as soon as Speaker Onsari Gharti announced the beginning of the meeting today.

Thereafter, parliamentarian Brajesh Kumar Gupta blamed that government and the major political parties for not paying due attention to their demonstration and sit-in protest being waged since nine months in protest on the contentious issues of the new constitution.

जोखिम पुर्ण किस्तीकै भरमा कुतियाकबरका वालवालिका

पप्पु गुरुङ् /निर्मल गिरी, २० असार /कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको कुतियाकबरका बासिन्दाहरुले नदीको कारण आफ्ना वालवालिकाहरुलाई बिद्यालय पठाउन समस्या पर्दै आएको छ् । जोगबुडा नदीमा पुल नभएको कारण ओहरदोहर गर्न वालवालिकाहरु दैनिक जोखिम पुर्ण डुङ्गा ( किस्ती ) को सहारा लिनु पर्ने बाध्यता रहेको छ् । कुतियाकबरका स्थानियहरुले स्थानिय जगबुडा नदी ओहरदोहर गर्न प्रति ब्यक्ती रु. ८ तिर्नु पर्ने भएपनि बिद्यार्थीहरुबाट पैसा नलिने गरेको स्थानिय गग्न खत्रीले बताएका छन् । “नदीमा पुल निमार्ण गरिदिन सबै संग आग्रह गर्यौं, कहि कतैबाट पहल हुनसकेन् ” स्थानियबासी गग्न खत्रीले बताए । दैनिक जोखिम पुर्ण डुङ्गा ( किस्ती ) मा यहाँका वालवालिका बिद्यालय जानु पर्ने बाध्यता रहेको खत्रीको भनाई छ् । अहिले दोधारा चाँदनी गाबिसबाट रुपान्तरण भएर नगरपालिका बनिसक्यो । ३६ परिवारबाट अहिले आएर ४५ घरपरिवार भईसक्यो । तर पनि ६० वालवालिकाको दैनिकी आवत जावत जोखिम पुर्ण डुङ्गा ( किस्ती ) नै रहेको छ् । कुतियाकवर क्षेत्रबाट नदी पारिको बिद्यालय श्री ओमकार निमाबि र अम्बिका उच्च माबिमा अध्यन गर्न किस्ती चढेर आउनु पर्ने हुन्छ् । कुतियाकवर क्षेत्रमा ९५ प्रतिशत दलित समुदायका मानिस बसोबास गर्दै आएका छन् । कतिपय वालवालिकाहरुले जोखिम पुर्ण यात्रा किस्तीको समस्याले बिद्यालय छाडेका छन भने कतिपय सिमावर्ती भारतिय क्षेत्रका बिद्यालयमा अध्यन गर्दै आएका छन् । “सरकारले डुङ्गा संचालन गर्न ठेक्का दिन्छ् तर पुल निमार्ण गर्न कहिले वास्ता गरिदिएन्” निर्मला सुनारले भने । झण्डै चार दशक देखि आफु र वालवालिकाहरु नदीको वारी–पारी गर्दै आएको बताए । “डुङ्गा चढ्नुको बिकल्प छैन्” निर्मलाले थपे, – “ बालबालिकालाई बिद्यालय पठाउन गाहे हुने गरेको छ्” नदीमा डुङ्गा संचालन गर्न ठेक्का दिने निकायले झोलुङ्गे पुलको लागी पहल गर्नु पर्ने स्थानियहरुको माँग रहेको छ् । चालु आर्थिक वर्षमा दोधारा चाँदनीले रु. १ लाख ४८ हजारमा जगबुडा नदीमा डुङ्गा संचालनको लागी ठेक्का दिएको हो । “सबै जनाले दिनहु डुङ्गा चढ्न पैसा तिर्न सक्ने अवस्था छैन्” अर्का स्थानिय रिता सुनारले भने । यहाँका अधिकांश ब्यक्तीहरु भरतमा ज्याला मुजुरी गर्न बिकल्प छैन् । “झोलुङ्गे पुल भईदिएको भए, हामीहरुलाई बाच्न सहज हुने थियो” रिता सुनार भनाई रहेको छ् ।

सिटी ट्राभल्स एण्ड टुर्सले जापानबाट सेवा थाल्यो

२० असार, टोकियो ।
जापानमा नेपालीहरुको संख्या बढेसँगै नेपालमा रहेका मनि ट्रान्सफर तथा ट्राभल्स कम्पनीहरुले आफ्ना सेवा जापानमा विस्तार गर्ने क्रम बढिरहँदा शनिवारबाट अर्को एक कम्पनी थपिएको छ ।

नेपालीहरुलाई नै लक्षित गरेर सिटी ट्राभल्स एण्ड टुर्सले जापानको टोकियोबाट शनिबारदेखि आफ्नो सेवा थालेको हो ।

गैर आवासिय नेपाली संघ एनआरएनएका उपाध्यक्ष तथा व्यवसायी भवन भट्टबाट औपचारिक रुपमा उद्घाटन सहित सिटीले नेपाल जापान हवाई टिकट तथा टुर्स प्याकेज गर्ने उदेश्य सहित सेवा थालेको हो ।

सिटी ट्राभल्स टोकियो स्थित सिनोओकुवोमा कार्यालय राखेको छ । आगामी बर्षबाट टुर्स प्याकेज सहित जापानीहरुलाई आकर्षक प्याकेजमा नेपाल भ्रमण गराउने लक्ष्य बनाएको सिटी ट्राभल्स एण्ड टुर्सका कार्यकारी अधिकृत महेश श्रेष्ठले जानकारी दिए ।

नेपालमा सन् २००७ बाट सेवा थालेको सिटीले जापानमा २००८ देखि नै रेमिटयान्स सेवा दिंदै आएको छ ।

रेमिट्यान्सबाट ट्राभल्स सेवा थप गर्नुको उदेश्य नेपालमा पर्यटनको विस्तार गर्ने लक्ष्य बोकेको बताउँदै श्रेष्ठले आगामी वर्षबाट व्यवसायीक टुर प्याकेजको सेवा सुरु गर्ने महत्वाकांक्षी योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै गैरआवासीय नेपाली संघ एनआरएनए आईसीसी उपाध्यक्ष भवन भट्टले नेपालमा पर्यटक स्वागत गर्न भर्खरै सुरु गरिएको अतिथि देवो भव कार्यक्रमको अभियानमा संलग्न हुन आव्हान गर्दै विश्वभर रहेका नेपालीहरुले नेपालको समृद्धिमा हातेमालो गर्नुपर्ने बिचार राख्नुभयो ।

बिदेशमा रहेका एक नेपालीले कम्तिमा तीन बिदेशी नागरिकलाई नेपालबारे बताएर नेपाल पठाउन सकेमात्र पनि पर्यटनबाटै नेपालको समृद्धि सम्भव रहेको बताउँदै उपाध्यक्ष भट्टले नेपालको मौलिकता र नेपाली स्वागतलाई बेच्न सकेमात्र पनि विदेशी पर्यटक लोभिएर नेपाल जाने बताउनुभयो ।

आगामी वर्षबाट वीवी एयरवेजले जापानबाट नेपाल सिधा उडानको तयारी गरिरहेको हुनाले यसबाट सिटी ट्राभल्स सहित समग्र नेपालका पर्यटन कम्पनी र नेपाललाई फाइदा पुग्ने विश्वास व्यवसायी भट्टले व्यक्तगर्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै एनआरएनए जापानका सल्लाहकार तथा जापानबारे जानकार रहनुभएका बुद्धिजिवि जिज्ञानकुमार थापाले जापानीहरुको नेपाल भ्रमण समय र संख्या बढिरहेको बताउँदै जापानीहरुलाई नेपाल भ्रमणको लागि आकर्षक योजना सहित सत्कार र सेवा दिन सक्नुपर्ने बताउनुभयो ।

जापानमा रहेका नेपालीहरुको कमाईलाई सुरक्षित रुपमा नेपाल पठाउने विश्वासिलो कम्पनीको रुपमा अहिलेसम्म काम गरिरहेको दाबी गर्दै सिटी ट्राभल्सका निर्देशक दिनेश केसीले अब जापानमा रहेका नेपाली सहित जापानीहरुलाई सुरक्षित रुपमा नेपाल लैजाने र भ्रमण गराउने बताउनुभयो ।

कार्यक्रममा एनआरएनए आईसीसी उपाध्यक्ष भवन भट्ट, सिटी ट्राभल्सका प्रमुख कार्यकारी निर्देशक महेशकुमार श्रेष्ठ, नेपाली राजदूतावास जापानका टोपनारायण गिरी तथा एसवीआई रेमिटका विजनेश डिपार्टमेन्ट प्रमुख सुसुमी फुकुसिमाले संयुक्त रुपमा रिवन काटेर सिटी ट्राभल्स एण्ड टुर्सको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा एनआरएनए आईसीसी सदस्य ओम गुरुङ, एनआरएनए जापानका अध्यक्ष सुदन थापा, उपाध्यक्ष टासी लामा, गल्कोट समाज जापानका वरिष्ठ उपाध्यक्ष नरबहादुर थापा, पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, भूपालमान श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली कलाकारहरुले लोक तथा आधुनीक गित गाएर मनोरञ्जन समेत प्रदान गरेका थिए ।

आलटाल गर्दै भारत, चौथो बैठक पनि अन्यौलमा

काठमाडौं,असार २० । पञ्चेश्व्र विकास प्राधिकरण (पिडिए)को गभर्निङ बडी बैठक छल्न अनेकौं बहाना देखाउँदै आएको भारतीय पक्षले यसपालि पनि उही प्रवृत्ति दोहोराएको छ । भारतीय जलस्रोत सचिव शशि शेखर कार्यव्यस्तता देखाउँदै आउन नमानेपछि सोमबार पोखरामा हुने तय गरिएको गभर्निङ बडीको चौथो बैठक अनिश्चित हुन पुगेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

नेपालका ऊर्जा र भारतीय जलस्रोत सचिले बैठकको अध्यक्षता गर्ने पिडिएमा प्रावधान छ । भारतीय पक्षले सचिवको ठाउँमा अतिरित्त सचिवलाई जिम्मेवारी दिएर पठाएपछि रद्द गरने भएकाले नेपालका तर्फबाट बैठकमा सहभागी हुन गएका एक सदस्यले पोखराबाट जानकारी दिए । ‘सचिव तहको पूर्ण बैठक नहुने भयो तर अपतरित्त सचिवको उपस्थितिमा केही छलफल हुनसक्छ’, ती सदस्यले भने, ‘सचिव तहको बैठकमा अतिरित्त सचिव आएपछि एक त प्रोटोकल मिलेन, अर्को उच्च तहमा हुने निर्णय हुन सक्दैन । यसैले बैठक सर्ने भएको छ ।’

गभर्निङ बडीको तेस्रो बैठक पनि भारतकै कारण दुईपटक सरेको थियो । २०७२ पुस ७ र ८ गते काठमाडौंमा हुने भनिएको तेस्रो बैठक त्यतिबेला भारतीय जलस्रोत सचिव प्रधानमन्त्री नरेन्द्र मोदीसँग अस्ट्रेलिया जानु पर्ने भन्दै माघ २० र २१ गतेका लागि तोकिएको थियो । तर यो मिति पनि सरेर बैठक फागुनमा पुराइएको थियो । पञ्चेश्वर बहूद्देश्यीय आयोजना निर्माणमा भारतकै चासो नभएकाले बैठक सर्न लागेको मन्त्रालयका अधिकारीको तर्क छ ।

नयाँ शक्तिमा महासंग्राम : पूर्व माओवादी नेता देवेन्द्र पौडेलले गरे छुट्टै भेला

काठमाडौं,असार २० । बाबुरामले विधि र प्रक्रियाबाट पार्टी चलाउने भन्दै धेरैलाई आर्कर्षित गरे पनि त्यसको वेवास्ता गर्दै मनोपोली गरेर सहसंयोजक छनोट गरेपछि उनकै विश्वासपात्रहरुले यो कसरी नयाँ भयो भन्दै अहिले प्रश्न उज्याउन थालेका छन् । रोचक के छ भने यो पछिल्लो विवादपछि बाबुरामलाई माओवादी हुँदैदेखि नजिकबाट साथ दिँदै आइरहेका देवेन्द्र पौडेलसमेत आफ्नो दुःखलाई बाबुरामले पानीमा बगाइदिएको निष्कर्ष निकाल्दै उनै बाबुरामविरुद्ध संघर्ष गर्ने मनस्थितिमा पुगेका छन् ।

देशकै पहिलो पार्टी बनाउने भन्दै बाबुराम मसक्क कस्सिएर पनि उनले पछिल्लो सह–संयोजक छनोटमा कलस्टरको लेप लगाउँदै केन्द्रीय परिषद्का झन्डै ९५ प्रतिशत सदस्यहरुको विरोधको बाबजुत जंगबहादुर शैलीमा छनोट गरिदिएपछि उनको दाहिने हात भनेर चिनिने देवेन्द्र पौडेललगायत नेतासँग बाबुरामको दूरी बढ्ने अवस्था सिर्जना भएको हो । नयाँ शक्तिमाथि भरोसा गरेर लागेकाहरुका लागि यो खबर सुखद् नभए पनि राजनीतिक जीवनका अनेक अप्ठ्यारा मोडहरुमा बाबुरामलाई साथ दिँदै आइरहेका देवेन्द्र पौडेल र बाबुरामबीच अहिले यही कारण पानी बाराबारको अवस्था नरहे पनि मन भने बेस्सरी बाझिन पुगेको आजको साँघु साप्ताहिकमा खबर छ ।

स्रोतका अनुसार, बाबुरामले नियम र विधि नबाँधी मनपरि गरेपछि रुष्ट बन्न पुगेका देवेन्द्र पौडेललगायत उनको खेमामा रहेका अधिकांश नेता–कार्यकर्ता तत्काल बाबुरामसँग यही कारण दुईलाइन संघर्ष गर्ने सोचमा नरहे पनि बाबुरामले यस्तै प्रचण्ड शैली पछ्याइ रहेमा नसहने सोचमा पुगेका छन् । यी सोच अनरुप सह–संयोजक छनोटपछि आफू अनजिकमा पूर्व माओवादीहरुलाई भेला पारेर देवेन्द्र पौडेलले छलफल समेत गरेका छन् । स्रोतका अनुसार भेलामा बाबुरामको हेपाहा प्रवृति विरुद्ध कसरी अघि बढ्ने भन्नेलगायत विषयमा छलफल गरेर ‘अब नसहने’ निष्कर्ष नै निकालिएको छ ।

दुई लाख घरधनीसँग अनुदान सम्झौता,अब दुई लाख रुपैयाँ अनुदान बैंक मार्फत

काठमाडौं,असार २० । भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा दुई लाख रुपैयाँ अनुदान प्राप्त गर्न दुई लाख घरधनीले सम्झौता गरेका छन् । आफूलाई अनुदान पाउन योग्य लाभग्राहीको सूचीमा सूचीकृत नै नगरिएको भन्दै गुनासो दर्ता गराउने घरधनीको संख्या पनि झण्डै एक लाख पुगेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार आइतबारसम्म दुई लाख आठ हजार एक सय ७९ घरधनीले दुई लाख रुपैयाँ प्राप्त गर्न अनुदान सम्झौता गरेका छन्।

प्राधिकरणको तथ्याङक अनुसार पाँच लाख ३३ हजार ५८ घरधनी अनुदान पाउन योग्य लाभग्राहीको सूचीमा समेटिएका थिए । सम्झौता गरेका लाभग्राहीले अब दुई लाख रुपैयाँ अनुदान बैंक मार्फत चरणबद्ध रुपमा प्राप्त गर्नेछन् ।

प्राधिकरणका अनुसार सोमबारसम्म २२ हजार पाँच सय ४६ घरधनीको बैक खातामा पहिलो किस्ताको ५० हजार रुपैया जम्मा भएको छ भने आफूलाई लाभग्राहीको सूचीमा सूचीकृत नगरिएको भन्दै गुनासो दर्ता गराउनेको संख्या ९१ हजार ९३ पुगेको छ । गोरखामा ४३ हजार पाँच सय ४७ घरधनीसँग अनुदान सम्झौता भएको छ । ती मध्ये नौ हजार पाँच सय ४० जनाले पहिलो किस्ताको ५० हजार रुपैया बैंक मार्फत प्राप्त गरेका छन् । अाजको अन्नपूर्णमा समाचार छ ।

गोरखामा ५८ हजार पाँच सय तीन घरधनीलाई लाभग्राही पहिचान गरिएको छ । आफूलाई लाभग्राही पहिचान नगरिएको भन्दै गोरखामा १४ हजार नौ सय ६२ घरधनीले गुनासो दर्ता गराएका छन् । ०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर गएको विनाशकारी भूकम्पले नेपालभरी करिब नौ हजारको ज्यान लिएको थियो भने करिब आठ लाख घर भत्काएको थियो ।

भूकम्पले सबै भन्दा धेरै भौतिक र मानवीय क्षति भएको सिन्धुपाल्चोकमा सोमबारसम्म ३४ हजार तीन सय ६२ घरधनीसँग अनुदान सम्झौता भएको छ भने आठ सय ४५ घरधनीले पहिलो किस्ता वापत पाउने ५० हजार रुपैयाँ बैैक खातामा प्राप्त गरेका छन् । सिन्धुपाल्चोकमा ७८ हजार पाँच सय ३७ घरधनी लाभग्राही पहिचान भएका थिए । सिन्धुपाल्चोकमा ६ हजार आठ सय ६४ जना घरधनीले आफूलाई लाभग्राहीको सूचीमा नपारिएको भन्दै गुनासो दर्ता गराएका छन् ।

नेपालको पर्यटनलाई सघाउन हङकङमा हाइकिङ

२० असार, हङकङ ।
भूकम्पछि थलिएको नेपालको पर्यटन प्रवद्र्धनका लागि हङकङमा हाइकिङ 'लामो दुरीको पैदल यात्रा'को आयोजना गरिने भएको छ। ‘हाइक फर नेपाल’ शीर्षकमा हुने पैदल यात्रा करिब १३ किलोमिटरको हुने छ।

कार्यक्रम आयोजक मितेरी समाज हङकङले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो। ‘नेपालको लागि सँगसँगै पाईला चालौ’ भन्ने नारा दिइएको कार्यक्रम साउन ९ गते हुनेछ ।

‘हामी उठ्ने छौं’ अभियान अन्तर्गत हुने पैदल यात्रामा दसपटक सगरमाथा आरोहण गरिसकेका चर्चित कीर्तिमानी आरोही फूर्वा तेन्जिङ शेर्पा सहभागी हुनेछन्।

उनले १७ देखि २४ वर्षको उमेरभित्र नौ पटक सगरमाथाको शिखर चुमेर विश्व कीर्तिमान बनाएका छन्। तीन दिनमै दुईपटक सगरमाथा आरोहणको अर्को कीर्तिमान पनि उनकै नाममा छ। शेर्पाले हङकङेलीसँगै विदेशीहरूसँग हिमाल आरोहरणका सफलता, समस्या र चुनौतीबारे अन्तक्र्रिया समेत गर्नेछन्।

अन्तर्राष्ट्रिय सहर हङकङको केन्द्रबिन्दु सेन्ट्रलबाट सुरू हुने यात्रा वान चाई ग्याप, वाङ नाई, चुङ रिजर्भर पार्क हुँदै रिपल्स बे मा पुगेर टुंगिनेछ। हङकङका अग्ला भू–भागहरूमा हुने हाइकिङमा नेपालीहरूसँगै विदेशीहरू पनि सहभागी हुने आयोजक मितेरी समाजका अध्यक्ष तुलसी गुरुङले बताए।

भूकम्पपछि थलिएको नेपालको पर्यटन क्षेत्रलाई उकास्न यस्ता कार्यक्रमले टेवा पुग्ने उनको भनाइ थियो। हिमाल आरोही समेत सहभागी हुने भएकाले यो हङकङवासीहरूलाई नेपालको हिमालबारे जान्ने अवसर पनि हुने छ ।

रासायनिक मल भित्रिन थाल्यो

२० असार, काठमाडौं ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन र कृषि सामग्री संस्थानले आयात गरेको ६ हजार मेट्रिक टन रासायनिक मल सिर्सिया बन्दरगाहबाट मुलुकमा भित्रिन शुरु भएको छ ।

विगतको बन्द हड्तालको अवधिको विलम्ब शुल्क तिर्न बाँकी रहेको भन्दै बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सले लगाएको अवरोध खोलेपछि आइतबारसम्म २ सय ५० ट्रक रासायनिक मल मुलुक भित्रिएको छ ।

कृषि मन्त्रालयले बन्दरगाह संचालक कम्पनीलाई खेती गर्ने समयमा बन्दरगाहको गोदामसम्म आइपुगेको रासायनिक मल नरोक्न र तत्काल मल छाड्न निर्देशन दिएपपछि मल भित्रिन दिएको हिमालयन टर्मिनलले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन र कृषि सामग्री संस्थानले आयात गरेको ६ हजार मेट्रिक टन रासायनिक मलमध्ये ४ हजार टन मुलुकमा भित्रिसकेको र बाँकी २ हजार टन पनि भित्रिने क्रममा रहेको छ ।

भूसंरक्षणका लागि चौध जिल्लामा सात करोड

२० असार, काठमाडौं ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी आर्थिक बर्ष २०७३/०७४ का लागि भूकम्प अतिप्रभावित १४ जिल्लामा भूसंरक्षणका लागि सात करोड रुपैंया निकासा गरेको छ ।

भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक गेहेन्द्रकेशरी उपाध्यायले भूकम्प प्रभावित ३१ जिल्लामा १६ करोड रुपैंया रकम बराबरको पुनःनिर्माण गरिए पनि आगामी आवलाई सात करोड मात्र निकासा गरिएको जानकारी दिनुभयो ।

प्राधिकरणले गोरखा, सिन्धुपाल्चोक, दोलखा, काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ लगायत १४ जिल्लामा रकम निकासा गरेको हो ।

आव २०७२/०७३ मा जापान सरकारले दिएको ५०० मेट्रिक टन तारजालीमध्ये ३५० मेट्रिक टन भूकम्प प्रभावित १६ जिल्लामा वितरण गरिएको विभागले जनाएको छ ।

19.8¡ÆC