नेपालको पर्यटनलाई सघाउन हङकङमा हाइकिङ

असार २०, २०७३ मा प्रकाशित | 930 views

२० असार, हङकङ ।
भूकम्पछि थलिएको नेपालको पर्यटन प्रवद्र्धनका लागि हङकङमा हाइकिङ 'लामो दुरीको पैदल यात्रा'को आयोजना गरिने भएको छ। ‘हाइक फर नेपाल’ शीर्षकमा हुने पैदल यात्रा करिब १३ किलोमिटरको हुने छ।

कार्यक्रम आयोजक मितेरी समाज हङकङले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो। ‘नेपालको लागि सँगसँगै पाईला चालौ’ भन्ने नारा दिइएको कार्यक्रम साउन ९ गते हुनेछ ।

‘हामी उठ्ने छौं’ अभियान अन्तर्गत हुने  पैदल यात्रामा दसपटक सगरमाथा आरोहण गरिसकेका चर्चित कीर्तिमानी आरोही फूर्वा तेन्जिङ शेर्पा सहभागी हुनेछन्।

उनले १७ देखि २४ वर्षको उमेरभित्र नौ पटक सगरमाथाको शिखर चुमेर विश्व कीर्तिमान बनाएका छन्। तीन दिनमै दुईपटक सगरमाथा आरोहणको अर्को कीर्तिमान पनि उनकै नाममा छ। शेर्पाले हङकङेलीसँगै विदेशीहरूसँग हिमाल आरोहरणका सफलता, समस्या र चुनौतीबारे अन्तक्र्रिया समेत गर्नेछन्।

अन्तर्राष्ट्रिय सहर हङकङको केन्द्रबिन्दु सेन्ट्रलबाट सुरू हुने यात्रा वान चाई ग्याप, वाङ नाई, चुङ रिजर्भर पार्क हुँदै रिपल्स बे मा पुगेर टुंगिनेछ। हङकङका अग्ला भू–भागहरूमा हुने हाइकिङमा नेपालीहरूसँगै विदेशीहरू पनि सहभागी हुने आयोजक मितेरी समाजका अध्यक्ष तुलसी गुरुङले बताए।

भूकम्पपछि थलिएको नेपालको पर्यटन क्षेत्रलाई उकास्न यस्ता कार्यक्रमले टेवा पुग्ने उनको भनाइ थियो। हिमाल आरोही समेत सहभागी हुने भएकाले यो हङकङवासीहरूलाई नेपालको हिमालबारे जान्ने अवसर पनि हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web