काठमाडौं,असार २० । विश्वविद्यालयबाट मास्टर्स डिग्री गरेका विद्यार्थीमा आफ्नै देशको जानकारीसमेत कमजोर पाइएपछि त्रिभुवन विश्वविद्यालयले ‘नेपाल स्टडी’ विषय अनिवार्य गर्ने तयारी गरेको छ ।

मानविकी संकायमा मात्र होइन, इन्जिनियरिङ, व्यवस्थापन तथा अन्य प्राविधिक विषयमा समेत अनिवार्य विषयको रूपमा ‘नेपाल स्टडी’ कसरी अध्यापन गराउने भनेर त्रिविको प्राज्ञिक परिषद्मा छलफल सुरु भएको छ ।

त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाले नेपाल स्टडी महत्त्वपूर्ण विषय रहेको र यसलाई कसरी पढाउने भन्नेमा प्राज्ञिक परिषद्मा छलफल भएको जानकारी दिए । नेपाल स्टडीलाई छुट्टै विषय बनाउने वा अन्य विषयभित्रै नेपाल स्टडीका कन्टेन्ट राख्ने भन्ने कुराले आकार नलिएको उनले बताएको अाजको नयाँ पत्रिकामा समाचार छ ।

मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा. डा. चिन्तामणि पोखरेलले नेपाल स्टडी पढाउने विषयमा ‘फ्याकल्टी बोर्ड’बाट निर्णय भइसकेको बताए । डिन पोखरेलका अनुसार फ्याकल्टी बोर्डबाट पास भएर गएको नेपाल स्टडी सबै संकायका विद्यार्थीलाई अनिवार्य अध्यापन गराउन प्राज्ञिक परिषद्मा छलफल भएको हो । ‘अरु संकायमा पनि नेपाल स्टडी पढाउने विषयमा सहमति कायम भएको छ, तर कुन वर्ष वा कुन सेमेस्टरमा पढाउन सकिन्छ भन्ने टुंगो लागेको छैन,’ उनले भने ।

मास्टर्स डिग्री पढेका विद्यार्थीसमेतमा नेपालबारे जानकारी कमजोर रहेको पाइएकाले स्नातक तहमा यो विषय राख्न लागिएको हो । ‘एमए, एमई, एमबिए, एमबिएस गरेका हुन्छन् तर अधिकांशले नेपालको इतिहास, कल्चर जान्दैनन्,’ डिन पोखरेलले भने, ‘नेपालको शासन व्यवस्था र यहाँको वास्तविकताबारे पनि भ्रामक कुरा आइरहेका छन्, त्यस्ता भ्रम चिर्न पनि नेपाल स्टडी पढाउनुपर्ने आवश्यकता छ ।’ त्रिवि मानविकी संकायले नेपाल स्टडीको कोर्स तयार गर्दै छ ।

त्यसमा संस्कृति, इतिहास, साहित्य, कला, राजनीति, भूगोललगायतका विषय समेटिनेछन् । यो विषय कार्यान्वयन गर्न मानविकीमा समस्या नभए पनि टेक्निकल विषयमा अप्ठेरो रहेकाले व्यवस्था मिलाउन समय लागेको उनले बताए ।

काठमाडौं,असार २० । टर्कीको इस्तानबुल विमानस्थलमा गत साता र बंगलादेशको ढाकामा शुक्रबार भएको आतंककारी हमलापछि काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सतर्कता पनि बढाइएको छ।

चक्रपथको मुख्य सडकदेखि नै तालिमप्राप्त कुकुरमार्फत प्रहरीले नियमित चेकजाँच थालेको छ।‘गोल्डेनगेटदेखि नै सुरक्षामा कडाइ गरेका छौं,’ विमानस्थलका डिआइजी गोविन्द निरौलाले भने, ‘यात्रुको चेकिङमा पनि प्रहरी सक्रियता बढेको छ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ।

सुरक्षा बलियो बनाउनुपर्ने दबाब

‘पछिल्लो समय दक्षिण एसियामा आतंकवादी हमलाका घटना बढ्दै जादा नेपाललाई आफ्नो सुरक्षा बलियो बनाउनुपर्ने थप दबाब भएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘विमानस्थल र सीमामा सुरक्षा बलियो नबनाए कुनै दिन ठूलो दुर्घटना नहोला भन्न सकिन्न।’ अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूले नेपालीलाई टार्गेट नगरे पनि नेपालमा रहेका विदेशीलाई टार्गेट गर्न सक्ने चेतवानी पटक–पटक सुरक्षा निकायले गृह मन्त्रालयलाई दिएको स्रोत बताउँछ।

आगमन र कार्गामा कमजोरी

विदेशबाट आउने यात्रु र कार्गामा चेकजाँच गर्ने अधिकार प्रहरीलाई छैन। यसकै कारण लागुऔषध तथा नक्कली नोट सजिलै नेपाल भित्रने गरेको प्रहरीको भनाइ छ। एक महिनाअघि एक चिनियाँ नागरिक करिब ८० हजार अमेरिकन डलर लिएर नेपाल आउादा विमानस्थलमा पक्राउ परेनन्। उनीमाथि कुनै चेकजाँच नै भएन। तर, पछि चीन फर्किने क्रममा उनी पक्राउ परेका थिए।

नक्कली पासपोर्ट चिन्दैनन् कर्मचारी

दक्ष कर्मचारी र आधुनिक प्रविधि नहुँदा पटक–पटक अध्यागमन चुक्ने गरेको छ। विमानस्थलमा पासपोर्ट र भिसाको गहन अनुसन्धान नभएको आरोप लाग्ने गरेको छ। नक्कली पासपोर्ट बोकेर आउने विदेशी सामान्य धरौटीमा नै छुट्ने गरेका छन्। अध्यागमनका कर्मचारीले नक्कली पासपोर्ट र भिसासमेत पहिचान गर्न नसकेका घटना दोहोरिरहेका छन्। अन्य देशमा पुगेर फर्काइएपछि मात्र उनीहरूले नक्कली पासपोर्ट भएको थाहा पाउने गरेका छन्।

काठमाडौं,असार २० । नेकपा माओवादी केन्द्रका एक जिल्लास्तरीय नेता भतिजी बलात्कारको अभियोगमा पक्राउ परेका छन् । काभ्रे धुसेनी शिवालय गाविसका माओवादी नेता मोतीलाल गौतम आफ्नै भतिजीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

केही दिनअघि भतिजी बलात्कार गरेर राजधानी छिरेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरी कारबाही अगाडि बढाएको छ । गौतमको मुद्दालाई बाहीर नल्याउन पीडितका परिवारलाई माओवादी केन्द्रका नेताहरुले दबाब दिएका आजको समाचारपत्र दैनिकले जनाएको छ ।

काठमाडौं,असार २० । माओवादी केन्द्रको शनिबारको बैठकले वैशाख २३ को नौ बुँदे सहमति एमालेले प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तदारुकता नदेखाएको निष्कर्ष निकाल्यो । त्यही निष्कर्षका आधारमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीसँग कुराकानी गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दियो । तर सम्झौता कार्यान्वयनमा माओवादीले एमालेलाई आरोप लगाए पनि नौ बुँदा कुनै एउटा दलले मात्र पूर्ण कार्यान्वयन गर्न सक्ने खालका छैनन् ।

सहमतिका केही विषय कार्यान्वयन भएका छन्, केही प्रक्रियामा छन् । ‘दुवै दल सरकारका सहयात्रीसमेत रहेकाले संयुक्त सक्रियतामा मात्र ती विषय कार्यान्वयन हुन सक्छन् । सहमतिअनुसार धेरै काम हुँदैछन्, दुवै पक्षले केही समय लिऔं भनेकैले कतिपय विषय रोकिएका छन्,’ कानुनमन्त्री अग्नि खरेलले भने।

माओवादीले सबभन्दा बढी चासो देखाएको संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनको विषय हो। सहमतिअनुसार १५ दिनभित्र सत्यनिरूपण तथा बेपत्ता छानबिन आयोगसम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाउने भन्ने थियो । तर दुई महिनासम्म ऐन संशोधनसम्बन्धी विधेयक पेस भएको छैन । एमाले र माओवादी समझदारीमै त्यो विधेयक पेस नगरिएको मन्त्री खरेलले बताए ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि संशोधन विधेयक पेस गर्ने विषयमा छलफल अझै टुंगोमा पुगिनसकेको बताए । अदालतमा विचाराधीन द्वन्द्वकालीन मुद्दासमेत सत्यनिरूपण तथा मेलमिलाप आयोगमा ल्याउने गरी ऐन संशोधन गर्नुपर्ने अडान माओवादीको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

एजेन्सी,असार २० । युरो २०१६ को क्वाटरफाइनलमा आयोजक फ्रान्ससँग पराजित हुदै आइसल्याण्डको शाहसिक यात्रा समाप्त भएको छ । फ्रान्स भने आइसल्याण्डविरुद्ध पाँच गोल गर्दै सेमिफाइनलमा विश्व विजेता जर्मनीसँगको भेट पक्का गरेको छ । सोमबार विहान भएको अन्तिम क्वार्टरफाइनलमा फ्रान्सले सुरुदेखि नै दबाव कायम आइसल्ल्याण्डलाई ५-२ गोल अन्तरले हरायो । १२ औं मिनेटमा ओलिभर जिरउडको गोलबाट अग्रता लिएको फ्रान्सले त्यसको ७ मिनेटपछि नै पल पोग्बाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

खेलको ४२ औं मिनेटमा दिमित्री पयेटले गोल गरे भने ४५ औं मिनेटमा एन्टोनिओ ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा नै ४-० को अग्रता दिलाए । ५६ औं मिनेटमा घरेलु समर्थकलाई स्तभ्द पार्ने गरी आइसल्याण्डका बोल्बियन सिगथोर्सनले गोल गरे । आइरिस समर्थकले यो गोलको खुसी धेरैबेर मनाउन पाएनन् । पाँच मिनेटपछि नै जिरउडले व्यक्तिगत दोस्रो गोल गरे र फ्रान्सले ५-१ को अग्रता लियो । खेलको ८४ औं मिनेटमा बिर्किर बिआर्नेसनले गोल गरेपनि आइसल्याण्डको हार टार्न सकेनन् ।

समूह चरणमा अष्ट्रियालाई हराएर समूह उपविजेता बनेको आइसल्याण्डले प्रि क्वार्टरफाइनलमा उपाधि दाबेदार मानिएको इंग्ल्याण्डलाई शिकार बनाउदै चर्चामा आएर हजारौं समर्थक बटुलेर घर फर्किएको छ ।

२० असार, काठमाडौं ।
अस्ट्रेलियामा बस्ने गैरआवासीय नेपालीहरुको पाँच करोडको लगानीमा काठमाडौंमा होटल रेष्टुँरा सम्बन्धी तालिम प्रादान गर्न व्यवसायिक हस्पिटालिटी एण्ड कोलोनी एकेडेमी स्थापना गरिएको छ ।

एकेडेमीको आइतबार काठमाडौंमा नेपालका लागि अष्ट्रेलियन राजदुत ग्लेन ह्वाइटले उद्घाटन गर्नुभयो ।

एकेडेमिमा होटल र रेष्टुरेन्टमा काम गर्ने दक्ष जनशक्ति उत्पादनका लागि प्रतिवर्ष २५० देखि ३०० जनालाई व्यवसायीक तालिम प्रदान गरिने छ ।

तालिममा छनौट भएकाहरुलाई ३ महिना नेपालमा र ३ महिना अष्ट्रेलियामा तालिम दिइने एकेडेमीले जनाएको छ ।

२० असार, इलाम ।
गर्भवतीले कुन कुन समयमा गर्भको परीक्षण गराउने, खोप लगाउने भन्ने लगायत सम्पूर्ण विषयमा अब इलाम जिल्लाका महिलाहरुले मोबाइलबाटै जानकारी पाउने भएका छन् ।

मोबाइलबाट जानकारी पाउने मात्र होइन गर्भ जाँच गर्ने समय र सुत्केरी हुने मिति समेत मोबाइलबाटै थाहा पाइने भएको छ ।

जिल्लामा पहिलो पटक गर्भवतीका लागि घर घरमै मोबाइल सेवा पु¥याउने उद्देश्यले यहाँका २७ गाविसमा ‘मोबाइल हेल्थ’ कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय र करुणा फाउन्डेसनले गाविसमा गर्भवतीका लागि सेवा सञ्चालन गरेको हो

२० असार, पर्सा ।
पर्साको तुलसीबर्वा गाविसमा आइतबार भएको आगलागीमा परी वडा नं ७ निवासी मनोज हजराकी १४ वर्षीया छोरी रिङ्कुकुमारीको जलेर मृत्यु भएको छ ।

छिमेकी सिकेन्द्र हजराको गोठमा लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोठमा लामखुट्टे धपाउन बालिएको धुप सल्किएर लागेको आगो निभाउने प्रयास गरिरहेका बेला गोठको छानो खस्दा उनी गोठभित्रै जलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

टाटा मोबाइलको ठक्करबाट मृत्यु

भक्तपुर नगरपालिका–१७ सल्लाघारी निकोसेरा नजिकै बा१३च ६६४० नंको कुखुरा बोकेर काठमाडाँैतर्फ जाँदै गरेको टाटा मोबाइलले ठक्कर दिँदा आज पैदलयात्री सिन्धुपाल्चोकका सुमन चौलागाईंको मृत्यु भएको छ ।

सिन्धुकोट घर भई हाल भक्तपुर नगरपालिका–४ कमलविनायक पाइप लाइन बस्ने १८ वर्षीय चौलागाईंको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२० असार, खोटाङ ।
खोटाङको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा उडान लगातारको वर्षासँगै मौसममा खराबी आएपछि आउँदो असोजसम्मका लागि उडान स्थगित गरिएको हो ।

केही दिनदेखि लगातार वर्षा भएपछि नागरिक उड्डयन मन्त्रालयले पत्र पठाएर उडान स्थगन गर्न निर्देशन दिएको विमानस्थलका स्टेसन इन्चार्ज नरेन्द्र उदासले जानकारी दिनुभयो ।

नेपाल एयरलायन्सको विमानले साताको मङ्गलबार र शनिबार थामखर्क–काठमाडाँै तथा शनिबार एक दिन थामखर्क–विराटनगरका लागि उडान भर्दै आएको थियो ।

उडान स्थगित भएपछि दक्षिणी क्षेत्रका २० गाविससहित छिमेकी जिल्ला भोजपुरका सर्वसाधारणसमेत मर्कामा परेका छन् । यातायातको सुविधा नपुगेको त्यस क्षेत्रमा विमानस्थलसमेत अवरुद्ध भएपछि सर्वसाधारण मर्कामा परेका हुन् ।

२० असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र र गीतसङ्गीत निर्माण गर्दा राष्ट्रिय एकता र विकासका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ ।

‘फान अवार्ड’का विजेता कलाकारका सम्मानमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित दिवाभोज कार्यक्रममा उहाँले राजनीतिसँगै कला, साहित्य, अर्थतन्त्र लगायत सबैको घुम्ती र मोड परिवर्तन भएकाले भयो, अब व्यङ्ग्य कलाकारले असन्तुष्टि मात्र नभई सहमति, सहकार्य र विकासका विषयलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्रीले देश विकासमा योगदान पु¥याउन कलाकारहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राई, नायक राजेश हमाल, फानका अध्यक्ष रामकेशर बोगटी लगायत २०० भन्दा बढी कलाकार सहभागी हुनुहुन्थ्यो ।

Nepal has strongly condemned the terrorist attack that took place at a restaurant in Gulshan area of Dhaka, Bangladesh on Friday.

President Bidya Devi Bhandari, Prime Minister K P Sharma Oli and Deputy Prime Minister and Minister for Foreign Affairs Kamal Thapa sent separate messages to their Bangladeshi counterparts on Saturday, and expressed sympathy and solidarity with the people and Government of Nepal at this hour of grief, according to a statement issued by the Ministry of Foreign Affairs here today.

NC President Deuba flays bombings in Iraq

Nepali Congress (NC) President Sher Bahdur Deuba has condemned the series of bombings in Iraq today wherein people were killed.

A car bomb exploded in the middle of a busy commercial area in Bagdad, killing at least 79 persons, including many children, and leaving scores injured.
In a statement he issued today, President Deuba said that the carnage has shocked and stunned the whole world.

Clients now can get Machine Readable Passport within a day of submission of the application along with a fee of Rs 15,000.

Operation of the service follows the government's decision on June 5 in this regard.

Likewise, for those who want to procure MRP within two days, they have to pay Rs 12,000 each and one should pay Rs 10,000 to get MRP within three days. Earlier, it would take a week to procure MRP by paying Rs 10,000.

The Department of Passport of the Ministry of Foreign Affairs said that service seekers can get MRP from their respective District Administration Office within five to 15 days by paying Rs 5,000 for the same.

Meanwhile, the department today launched a live enrolment system service.

Meanwhile on the occasion, DPM Thapa said that the system has become a milestone in the passport distribution history of MRP. He added that the government was actively working to provide MRP to people at the district-level too through the fast-track system.