काँग्रेस माओवादी ओली सरकार हटाउन कानुनवीद गुहार्दै

साउन १, २०७३ मा प्रकाशित
Published at 2016-07-16

546 views

१ साउन, काठमाडौं ।
सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका प्रमुख राजनैतिक दलहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द«का शिर्ष नेताहरुले यो प्रस्ताव माथि उठेका टिपण्णीहरु सम्बन्धमा संवैधानिक कानुन विज्ञहरुसँग परामर्श गर्नुभएको छ ।

नेपाली काँग्रेस संसदिय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा संसदिय व्यवस्थाको प्रचलित मान्यता अनुरुप अविश्वास प्रस्ताव दर्ता गरिएको र त्यससम्बन्धमा सबै कानुन विदहरुको समान धारणा आएको नेपाली काँग्रेसका केन्दिय सदस्य एवं सांसद रमेश लेखकले जानकारी दिनुभयो ।

छलफलमा सहभागी वरिष्ठ अधिवक्ता सूर्य ढुँगेलले बाहिर भनिए जस्तो संवैधानिक जटिलता र अन्यौल अविश्वास प्रस्तावमा नरहेकाले त्यसै अनुरुप आफुहरुले राय दिएको बताउनुभयो ।

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्दका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड सहित दुवै दलका नेताहरु र संवैधानिक कानुन सम्बद्ध कानुनवीदहरुबीचको त्यस छलफलमा अविश्वास प्रस्ताव  संविधान सम्मत भएको निश्कर्ष निकालिएको नेताहरुले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.