जापानले आफ्ना नागरिक मारिएपछि अरुलाई फिर्ता ल्याउन बंगलादेश बिमान पठाउने

२० असार, एजेन्सी ।
आतंकवादी हमलामा परि आफ्ना सात जना नागरिक मारिएपछि जापानले बंगलादेशमा रहेका आफ्ना नागरिकलाई जापान ल्याउन बिमान पठाउने भएको छ ।

बंगलादेशको राजधानी ढाकामा शुक्रबार एक रेष्टुरेण्टमा भएको आतंकवादी आक्रमणमा परि ७ जापानी नागरिक सहित २० जना बिदेशी नागरिकको मारिएका थिए ।

जापान सरकारले मारिएका भनिएका ७ जना जापानीबारे पुष्टि गर्दै जापान फर्कन चाहने जापानीलाई ल्याउन तत्काल बिमान पठाउने निर्णय गरेको हो ।

जापान सरकारका क्याविनेटका सेक्रेटरी योशिहिडी सुगाले बंगलादेशमा काम गरिरहेका जापानी नागरिकलाई स्वदेश फिर्ता ल्याउन बिमान पठाउन लागेको जानकारी दिएका हुन् ।

योशिहिडीका अनुसार विमानले विदेश मन्त्रालयमा काम गरिरहेका कर्मचारी तथा बंगलादेशमा रहेको जापानी गैरसरकारीसंस्था तथा कम्पनीहरुमा काम गर्ने घटनाका पिडितका परिवार तथा अन्य जापानीहरुलाई फिर्ता ल्याउनेछ ।

स्मरणीय छ दुई साता अघि अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षागार्डहरु चढेको एक बसमा भएको आत्मघाती आक्रमणमा परि १३ जना नेपालीको मृत्यु भएको थियो । सो घटनापछि नेपाल सरकारले पनि मृतकका शव र अन्य नेपालीलाई स्वदेश फिर्ता ल्याउन निजि बिमान पठाएको थियो ।

राखेप कर्मचारी दरवन्दी निर्धारण समितिद्वारा कर्मचारी दरवन्दी रिपोर्ट पेश

काठमाडौं,असार १९ ।  लामो समय देखि राष्ट्रिय खेलकुद परिषदमा कर्मचारीको बढुवा तथा पदपूर्ति नभएकोले कर्मचारीको दरवन्दी मिलान गर्न गठित राखेप कर्मचारी दरवन्दी निर्धारण समितिले दरवन्दी मिलानको रिपोर्ट राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टलाई आईतबार पेश गरेको छ ।

खेलकुद विकास ऐन २०४८ को दफा ११ बमोजिम राष्ट्रिय खेलकुद परिषदका सदस्य विरेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित समितिले राष्ट्रिय खेलकुद परिषदमा देखिएको दरवन्दी सम्वन्धि अन्यौलतालाई सहजीकरण गर्ने उद्धेश्यले प्रदेश, क्षेत्र, जिल्लाका कर्मचारीहरुको दरवन्दी निर्धारण गर्दै रिपोर्ट तयार गरेको हो ।

रिपोर्ट ग्रहण गर्दै सदस्य सचिव बिष्टले समितिले बुझाएको दरवन्दी रिपोर्ट कार्यान्वयनमा आएमा परिषदमा कार्यरत कर्मचारी र हालको राष्ट्रिय खेलकुद परिषदको ऐतिहासिक उपलब्धि हुने बताए ।

समितिको सचिवमा खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापा,  सदस्यहरुमा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाश चन्द्र घिमिरे, तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक अर्जून वि.क. र कर्मचारी संघका अध्यक्ष रञ्जना थापा रहेका छन् । सहयोगीहरुमा प्रशासकिय अधिकृत चन्द्र राई, सहायक प्रथम एकनाथ मगर र कम्प्यूटर अपरेटर राधा श्रेष्ठ रहेका छन् ।

मोर्गन कप बास्केटबल गोल्डेनगेट र साउथ साइडर्स उपाधिनजिक

काठमाडौं,असार १९ ।  गोल्डेनगेट र साउथ साइडर्स मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा गोल्डेनगेटले जिएएलाई ८४–६० ले पराजित ग¥यो । गोल्डेनगेटको जितमा सुशील गुरुङले ३० अंक योगदान गरे ।

गोल्डेनगेटले पहिलो क्वाटरमा २९–१३ र दोश्रोमा २४–९ को अग्रता लिदै जितको आधार खडा ग¥यो । त्यसपछिका दुवै क्वाटरमा जिएए अगाडि रहेपनि जित हात पार्न सकेन । जिएएले तेश्रोमा २४–२२ र चौथोमा १४–९ को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन ।

दोश्रो सेमिफाइनलमा साउथ साइडर्सले इनोभेटिभलाई ७४–५८ ले हरायो । साउथ साइडर्सका युक्ता माथेमाले २६ स्कोर गरे ।

साउथ साइडर्सले पहिलोमा १८–१७ र दोश्रोमा १०–११ अंक जोड्यो । तेश्रोमा १७–१० अंक जोडेको साउथ साइडर्सले चौथोमा १९–२० अंक बटुल्यो ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको राउन्ड रोविन लिगमा ह्वाइटहाउसले जेभियरलाई ५१–३६ ले पाखा लगायो । विजेताकी एलिशा मल्लले १६ अंक जोडिन् ।

अपराजित ह्वाइटहाउसले राउन्ड रोविन लिगकै अन्तिम खेलमा अर्को अपराजित टोली प्राइम विरुद्ध खेल्नेछ । उक्त खेल फाइनल सरह हुनेछ । त्यसमा जुन टोलीले जित हात पार्छ उसैले उपाधि हात पार्ने छ । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

पत्रकार महासंघ कोरियाको अधिवेशन जुलाई १० मा

१९ असार , सोल । नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको ५ औं अधिवेशन जुलाई १०मा हुने भएको छ । यस अघि जुन १२ हुने भनिएको अधिवेशन केन्द्रिय प्रतिनिधीको व्यस्तताको कारण स्थगित भएको थियो । नेपाल हाउसमा मध्यान्ह ठीक १२ हुने अधिवेशनमा नेपालबाट केन्द्रिय बरिष्ठ उपाध्यक्ष खिलबहादुर भण्डारीको बिषेश उपस्थिती रहने छ ।
पत्रकार महासंघ दक्षिण कोरियाले यहाँ रहेका नेपाली संघ संस्था , सामाजिक क्षेत्रमा क्रियाशिल सामाजिक अभियन्ताहरू, क्रियाशिल पत्रकार लगायत सबैलाई उपस्थितीको लागी अनुरोध गरेको छ । साथै उक्त दिन कोरियामा क्रियाशिल नेपाली संघ संस्थाहरूलाई सम्मान पनि गरिने  नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका कार्यबहाक अध्यक्ष रञ्जन कुंवरले जानकारी दिनुभएको छ ।

इंग्ल्याण्डलाई घर पठाएर सनसनी मच्चाएको आइसल्याण्ड रोकिएला फ्रान्ससँग ?

एजेन्सी,असार १९ । युरोकप फुटवलको क्वाटर फाइनलको अन्तिम खेलमा आज आइसल्याण्डले आयोजक फ्रान्सको सामना गर्दैछ । इंग्ल्याण्डलाई प्रि-क्वाटरफाइनलबाटै घर पठाएर सनसनी मच्चाएको आइसल्याण्ड फ्रान्सलाई क्वाटरफाइनलबाटै घर फर्काउने दाउमा रहेको छ । फ्रान्सको खराव लय जारी रहँदा आइसल्याण्ड प्रतियोगितामा अपराजित यात्रा कायमै राख्दै आएको छ ।

इतिहास हेर्ने हो भने फ्रान्सलाई आइसल्याण्डले अहिलेसम्म हराउन सकेको छैन । पछिल्लो ११ खेलमा फ्रान्सले ३ खेल जितेको छ भने बाँकी बराबरीमा सकिएका थिए । यता फ्रान्स पछिल्ला ८ खेलमा अपराजित छ । पेरिसस्थित स्टेड डि फ्रान्समा घरेलु टोलीले आइसल्याण्डसँग नेपाली समयअनुसार आज राति पौने १ बजे खेल्नेछ ।

१५ हजार तिरे दश मिनेटमै पासपोर्ट हातमा !

काठमाडौं,असार १९ । मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा सुरु भएको छ। एक जना सेवाग्राहीले आज दश मिनेटमा नै राहदानी प्राप्त गरेका छन्। परराष्ट्र मन्त्रालय, राहदानी विभागले आजदेखि सुरु गरेको प्रत्यक्ष दर्ता प्रणाली सेवाको सुरुआतसँगै दाङ धनौरीकी चन्द्रकली बुढाथोकीले छिट्टै राहदानी प्राप्त गरेकी हुन्।

राहदानी लिन चाहने सेवाग्राहीलाई सहज रुपमा यन्त्रले पढ्ने राहदानी (एमआरपी) शीघ्र उपलब्ध गराउने सरकारी नीति अनुसार प्रत्यक्ष दर्ता एवम् फाराम भर्ने लगायत सम्पूर्ण काम विभागबाटै हुने पद्धतिको प्रारम्भ गर्दै उपप्रधानमन्त्री कमल थापाले सुश्री बुढाथोकीलाई राहदानी प्रदान गरेका हुन्। प्रत्यक्ष दर्ता प्रणाली अन्तर्गत फाराम भरिएको १० मिनेटमा नै उनको राहदानी बनेको हो । ६ वर्षअघि एमआरपी निर्माण एवम् वितरण थालिएको सन्दर्भमा आजदेखि सुरु भएको प्रत्यक्ष दर्ता प्रणाली राहदानी वितरणको इतिहासमा कोसेढुङ्गा भएको छ भन्दै परराष्ट्रमन्त्री थापाले केन्द्रमा मात्र नभई जिल्लामा पनि द्रुतसेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताए।

विदेशस्थित १० नेपाली नियोगमा पनि प्रत्यक्ष दर्ता प्रणाली प्रारम्भ भएको जानकारी दिँदै उनले त्यस्तो सेवा जिल्लामा पनि सञ्चालन गर्ने तयारी भइरहेको बताए। सरकारको गत जेठ २३ गतेको निर्णयानुसार द्रुत सेवा प्रयोग गरी सेवाग्राहीले एकै दिनमा राहदानी लिन चाहेमा १५ हजार दस्तुर बुझाउनुपर्नेछ। त्यसैगरी रु १२ हजार शुल्क बुझाए दुई दिन र रु १० हजार राजस्व बुझाएमा तीन दिनमा एमआरपी पाइने छ।

विभागका अनुसार पाँचदेखि १५ दिनमा जिल्लाबाट पनि सेवाग्राहीले राहदानी प्राप्त गर्न सक्नेछन्। जिल्लाबाट फाराम प्राप्त भएपछि २४ घन्टाभित्रै विभागले राहदानी बनाउने गरेको छ। यसअघि विभागले रु १० हजार दस्तुर लिएर एक सातामा नै राहदानी उपलब्ध गराउँदै आएको थियो। प्रत्यक्ष दर्ता प्रणाली अन्तर्गत सेवाग्राहीले http://nepalpassport.gov.np/ मा ‘लगइन’ गरी आफ्ना विवरण आफ्नै कम्प्युटरमा स्वयम् भर्न सक्नेछन् । उक्त विवरण विभागमा पठाइएको २१ दिनभित्र सेवाग्राही रूजु गर्न नगएमा उक्त पद्धतिबाट प्रस्तुत विवरण स्वतः हट्नेछ । सेवाग्राहीले विभागमा गएर पनि त्यस्तो विवरण प्रत्यक्ष दर्ता गर्न सक्नेछन्।

प्लेयर्स टु वाच: ओलिभर जिरोर्ड भर्सेस एरोन गन्नरसन

काठमाडौं,असार १९ ।
ओलिभर जिरोर्ड
मैदानको अर्को छेउमा फ्रान्सेली स्ट्राइकर ओलिभर जिरोर्डसँग आइसल्याण्डका डिफेण्डरहरु रग्नर सिर्डसन र कारी अर्नासनको टसल हेर्नलायक हुनेछ । आयरल्याण्डबिरुद्धको खेलका आर्सनल स्ट्राइकर जिरोर्डले भलै गोल गर्न सकेनन् तर विपक्षीमाथि दवाव बनाउन र गोलका अवसरहरु सृजना गर्न उनको भुमिका उल्लेख्य रहृयो । फ्रान्सको दोस्रो गोलमा उनले एन्टोइन गि्रजम्यानको गोलका लागि बलसमेत पास दिएका थिए ।

प्रशिक्षक डेसच्याम्पले ४-२-३-१ को फर्मेसनमा टोली मैदानमा उतार्केछन् । किनकि आयरल्याण्डबिरुद्ध दोस्रो हाफमा उनको प्रदर्शन प्रभाबकारी देखिएको थियो । त्यस्तो हुँदा जिरोर्ड अग्रपंक्तिमा गि्रजम्यानको पछाडि रहेर खेल्नेछन् ।

यी आर्सनल स्टार फ्रान्सको आक्रमणको केन्द्रबिन्दू बन्नेछन् र आफ्नो क्षमताअनुसार बल नियन्त्रणमा लिने र चुस्त पास उपलब्ध गराउने भुमिकामा हुनेछन् । यदी उनले गि्रजम्यानसँगको तालमेत मिलाउन सके भने फ्रान्स आइसल्याण्डमाथि हावि हुने निश्चित छ ।

एरोन गन्नरसन

कप्तान गन्नरसन आइसल्याण्ड टोलीका मुटु र आत्मा दुवै हुन् । मिडफिल्डमा उनको रक्षात्मक क्षमता र टोलीको प्रगतिको लागि उनको नेतृत्वदायी क्षमता कसैको भन्दा कम छैन । उनको प्रदर्शनमा सम्मान गर्नुपर्ने कुरा त अझ के हो भने उनी चोटका बाबजुदपनि टोलीको सफल नेतृत्व गरिरहेका छन् र प्रतियोगिता लगत्तै जतिसक्दो चाँडो उनको शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।

तरपनि उनी आइसल्याण्डको टोलीबाट पछिल्लो चारमध्ये ३ खेलमा पूरै समय खेलेका थिए । प्रतियोगितामा रहिराख्न टोलीका लागि उनको योगदानपनि त्यत्तिकै हेर्नलायक थियो ।
-अनलाइनखबर

युरो उपाधि ह्याट्रिक गर्ने दाउमा रहेको फ्रान्सलाई आइसल्यान्डकै चिन्ता

एजेन्सी,असार १९ ।  युरो २०१६ को उपाधिमाथि ह्याट्रिक गर्ने दाउमा रहेको आयोजक फ्रान्सले अन्तिम क्वाटर फाइनलमा आज राति आइसल्याण्डको सामना गर्दैछ ।  तेस्रो पटक युरो कपकको उपाधि जित्ने अभियानमा रहेको फ्रान्स जित हात पार्दै जर्मनीसँगको सेमिफाइनल भिडन्त पक्का गर्ने दाउमा छ। कीर्तिमान तेस्रोपल्ट उपाधि जित्ने अभियानमा रहेको फ्रान्सलाई क्वाटरफाइनलमा बलियो टिम मानिएको छ ।  पहिलोपल्ट ठूलो प्रतियोगिता खेलिरहेको आइसल्यान्ड सामान्य रूपमा जसलाई पनि हराउन सक्ने क्षमता रहेको छ ।

उत्तर एट्लान्टिक द्वीपको टिमले अन्तिम १६ मा इंगल्याण्ड जस्तो उपाधि दाबेदार टोलीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । उसले समूह चरणको पहिलो खेलमा पोर्चुगलसँग १–१ को बराबरी खेलेको थियो । त्यसपछि अन्त्यतिर गोल गर्दै २–१ को जित निकालेर अस्ट्रियालाई घर फर्काएको उसले अन्तिम १६ मा इंग्ल्यान्डलाई पनि उही अन्तरले पराजित गरेको थियो ।

समूह चरणमा गोल गर्न संघर्षरत फ्रान्सले प्रिक्वाटर फाइनलमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो। फ्रान्स समूह ए को विजेता बन्दै प्रिक्वाटर फाइनलमा पुगेको हो। आयरल्याण्डलाई २–१ ले हराउँदै फ्रान्स क्वाटर फाइनलमा पुगेको थियो। अहिलेसम्मको ११ भेटमा आइसल्याण्ड विरुद्ध फ्रान्स अपराजित छ र सोही यात्रालाई कायम राख्न चाहन्छ। ११ पटक आमने सामने हुँदा फ्रान्न्स ८ खेलमा विजयी भएको छ भने ३ खेल बराबरीमा सकिएका छन्।
यता इंगल्याण्डलाई निराश पारेको आइसल्याण्डलाई अर्को स्तब्धपूर्ण नतिजा आत्मसाथ गर्ने योजनामा छ।

चर्चासँगै विवादमा फसे पोर्चुगाली फुटबलका नयाँ स्टार रेनाटो सान्चेज

एजेन्सी,आसार १९ ।  पोर्चुगाली फुटबलका नयाँ स्टार रेनाटो सान्चेजलाई चर्चासँगै विवादमा फसेका छन् ।  पोर्चुगलाई युरोकपको सेमिफाइनलमा प्रवेश गराउन महत्वपूर्ण भूमिका निभाउदै चर्चाका आएका यी किशोर खेलाडी अहिले नै विवाद र आलोचनाको सिकार हुन थालेका छन् । पोल्यान्डविरुद्ध क्वाटरफाइनलमा प्राप्त जितमा उनले बराबरी गोल मात्र गरेनन्, टाइब्रेकरमा पनि बललाई आत्मविश्वासपूर्वक पोस्टको दिशा दिएका थिए ।  ।

अहिले उनको उमेरलाई लिएर विवाद चलिरहेको छ । अहिले पोर्चुगलमै धेरैले प्रश्न गर्न थालेका छन्, के साँच्चै सान्चेज १८ वर्षका मात्र हुन् त रु उनको पूर्वक्लब बेन्फिकाले उनलाई भर्खरै मात्र बायर्न म्युनिकलाई ३ करोड ८० लाख डलरमा बेचेको थियो । तर क्लबले सान्चेजको प्रतिभाबाट फाइदा लिए पनि आफूले वचन गरेअनुसार बोनस रकम भने खेलाडीलाई उपलब्ध गराउन सकेको छैन । उनको जन्म सन् १९९७ को अगस्ट १८ मा लिस्बनको भित्री एमाडोरामा भएको थियो ।

पोर्चुगलका अधिकांश फुटबल पण्डितलाई उनको यही जन्म मितिमा शंका छ । त्यो भन्दा पनि ठूलो पोर्चुगाली फुटबलमा बेन्फिकाको खास शत्रु क्लब स्पोर्टिङ लिस्वनका निर्देशकहरूले समेत उनको उमेरमा शंका व्यक्त गरेका छन् ।

एमाले एमाओवादी फेरि खटपट

१९ असार,काठमाडौं ।

एमाले–माओवादी केन्द्रको सत्तागठबन्धनमा फेरि खटपट सुरु भएको छ । दुई दलबीच भएका सहमति कार्यान्वयनमा एमालेले अनिच्छा देखाएको आरोप माओवादीको छ। यसअघि झन्डै भत्किसकेको दुई दलको गठबन्धन वैशाख तेस्रो साता भएको सहमतिपछि जोगिएको थियो । सरकार गठनका क्रममा दुई दलबीच आठबुँदे र वैशाखमा नौबुँदे लिखित सहमति भएको थियो।

बजेट पारित भएसँगै माओवादीको नेतृत्वमा सरकार बनाउने तीनबुँदे भद्र सहमतिसमेत भएको थियो। एमालेले यी सहमति कार्यान्वयन गर्न नचाहेको माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालय बैठकको निष्कर्ष छ । सरकारको विकल्पबारे खुला हुने निर्णय पनि उसले गरेको खबर आजको नयाँ पत्रिकामा रामकृष्ण अधिकारीले लेखेका छन्।‘एमालेसँगको नौबुँदे सहमति लागू भएन, प्रधानमन्त्री उदासीन देखिनुभयो । केही कानुनी प्रक्रिया अघि बढाउन खोजिएजस्तो देखिए पनि मूल स्पिरिटमा काम भएन,’ माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले भने, ‘इमानदारीपूर्वक काम नभएपछि हामी सरकारका विषयमा आजबाट थप छलफल गर्न खुला भएर आएका हौँ ।’ सरकार परिवर्तनका विषयमा अन्य दलसँग छलफल गरेर निर्णयमा पुग्न बैठकले अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको प्रवक्ता पम्फा भुसालले बताइन् ।

आकासियो तरकारीको भाउ, एक सातामै दोब्बर

१९ असार,काठमाडौं ।

वर्षा बढेसँगै उपत्यकामा तरकारीको भाउ बढेको छ । एक सातामै केही तरकारीको भाउ सतप्रतिशत वृद्धि भएको छ । तर, सरकारले मूल्य नियन्त्रणका लागि कुनै कदम चालेको छैन । एक साताको अवधिमा सबैभन्दा धेरै हरियो खुर्सानीको मूल्यवृद्धि भएको छ । साताअघि (११ असार) ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको हरियो खुर्सानी शनिबार १ सय ५५ रुपैयाँमा बिक्री गरियो ।  ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको तिते करेला र घिरौँला शनिबार क्रमश : ८० र ७० रुपैयाँमा बिक्री भएको थियो । सरकार, व्यवसायी र नियमनकारी निकायले बर्खामा तरकारी नष्ट हुने र अहिले भएको ढुवानी अवरोधले मूल्य बढेको बताएका छन् ।

तर, मूल्य नियमनका लागि कुनै पहल गरेका छैनन् । अनुगमन र मूल्य नियमनको जिम्मेवारी लिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागका महानिर्देशक गोकुल धितालले अहिले मूल्य बढ्ने समय भएको भन्दै नियमनको पहल नथालिएको बताए । ‘अहिले बर्खा, ढुवानीमा भएको अवरोध र बेमौसमका कारण केही तरकारीको भाउ बढ्छ,’ उनले भने, ‘यसपटक मात्रै बढेको पनि होइन, प्रत्येक वर्ष यो समयमा तरकारीको भाउ बढ्ने गरेको छ ।’ बजारले मूल्य निर्धारण गर्ने भन्दै उनले नियमनको पहल नथालिएको पनि बताए ।

कालिमाटीका थोक व्यापारीले बजारभित्रकै खुद्रा व्यापारीलाई बिहानै तरकारीको भाउ निर्धारण गरी बिक्री गर्छन् । ठेलागाढा र किराना पसलले पनि थोक व्यापारीबाटै थोक मूल्यमा तरकारी लगेर उपभोक्तालाई तरकारी बेच्छन् । यसरी कालिमाटीसम्म धाएर तरकारी किनेका स्थानीय व्यापारीले ढुवानी लागतलगायत जोडेर उपभोक्तालाई झन् महँगोमा बिक्री गर्छन् । पसल र ठेलागाढामा कालिमाटीले तोकेभन्दा प्रतिकिलो औसत पाँच रुपैयाँबढी मूल्य पर्ने समितिका एक अधिकारीले बताए । कालिमाटीसम्म पुगेर उपत्यकाका १० प्रतिशत उपभोक्ताले मात्रै तरकारी खरिद गर्ने गरेको समितिको अनुमान छ । -नयाँ पत्रिका दैनिक

अनाथको छात्रवृत्ति ठूलाका छोराछोरीलाई

१९ असार,काठमाडौं।

अनाथ, असहाय र गरिब बालबालिकाको छात्रवृत्ति खोसेर नेपाल बाल संगठन (बाल मन्दिर) ले पहुँचवाला र नेताका छोराछोरी पढाएको भेटिएको छ । कान्तिपुरले प्राप्त गरेको कागजातअनुसार संगठनकी अध्यक्ष रीता सिंहले अनाथ र असहायको कोटा काटेर कर्मचारीका छोराछोरीका अलावा नेता र पहुँचवालाका सन्तान पढाउने व्यवस्था मिलाइदिएको देखिएको आजको कान्तिपुर दैनिकमा समाचार छ । बाल संगठनको नक्सालस्थित करिब १४ रोपनी जग्गा भाडामा लिएको बृहस्पति शिक्षा सदनले मासिक भाडाका साथै संगठनको सिफारिसका आधारमा २० विद्यार्थी नि:शुल्क पढाउने सर्त स्वीकार गरेको थियो । संगठनले २०५८ जेठ ८ गते ३० वर्षका लागि वार्षिक तीस लाख रुपैयाँ दिने गरी विद्यालयलाई जग्गा भाडामा दिएको थियो । उक्त सम्झौताको १२.५ नम्बर बुँदामा संगठनको सिफारिसका आधारमा आर्थिक अवस्था कमजोर भएका, अनाथ, असहाय वा सुविधा नपाएका बालबालिकालाई डे बोडर्स छात्रवृत्ति प्रदान दिने उल्लेख छ ।

यस्तो छात्रवृत्तिअन्तर्गत विद्यार्थीले बिहानको खाना, दिउँसोको खाजा, कापी, किताब, कलम, विद्यालय पोसाक, अन्य शैक्षिक सामग्री र सबै शुल्क नि:शुल्क पाउँछन् । एकदेखि दस कक्षासम्म नि:शुल्क छात्रवृत्तिमा पढने विद्यार्थीका निम्ति विद्यालयले सरदर ११ लाख रुपैयाँ खर्च गर्छ । अनाथका छोराछोरी पढ्ने छात्रवृत्ति धेरैजसो कांग्रेस सम्बद्ध नेताका छोराछोरीले ओगटेका छन् । कांग्रेस, अछाम क्षेत्र नम्बर २ का पूर्वक्षेत्रीय सभापति यज्ञप्रसाद ढकालका छोरा यही छात्रवृत्तिमा दस कक्षामा पढ्छन् । ढकालले आफू द्वन्द्वपीडित भएका कारण छोरा छात्रवृत्तिमा पढाएको तर्क गरे । ‘पहिलेदेखि संगठनका पदाधिकारी र आफन्तका छोराछोरीले छात्रवृत्तिमा पढछन् भन्ने सुनेको हो, तर मेरो छोराको हकमा अध्यक्षले नै चासो द्वन्द्वपीडितका नाममा छात्रवृति दिलाउनु भएको हो ।’ कांग्रेसको भ्रातृ संगठन नेविसंघका सिन्धुपाल्चोक सचिव निरोजकुमार भण्डारीका छोरा पनि यही छात्रवृत्तिमा एक कक्षामा पढ्छन् ।

भण्डारीले कान्तिपुरसँग कस्तो छात्रवृत्ति हो भन्ने आफूलाई थाहा नभएको बताए । उनले भने, ‘नेताहरूसँग भनसुन गरेर मिलाएको हुँ, तपाईंलाई किन चासो ?’काठमाडौं क्षेत्र नम्बर १० का कांग्रेस क्षेत्रीय सभापति पुकार महर्जनकी छोरी पनि यही छात्रवृत्तिमा पढछिन् । उनकी अर्की छोरीले पनि यही छात्रवृत्तिअन्तर्गत बृहस्पतिबाट एसएलसी सकेकी छन् । पुकारकी श्रीमती रमा बाल संगठनकै प्रशासन सहायक पदमा कार्यरत छिन् । शंकरदेव क्याम्पसका पूर्वस्ववियु सभापति रामकृष्ण कँडेलकी छोरी पनि बाल संगठनको सिफारिसमा चार कक्षामा नि:शुल्क अध्ययन गर्छिन् । कँडेलले छात्रवृत्तिमा पढ्ने भए पनि त्यो कस्तो छात्रवृत्ति हो भन्ने थाहा नभएको बताए । उनले कांग्रेसका पूर्वमहामन्त्री एवं वर्तमान केन्द्रीय सदस्य प्रकाशमान सिंहलाई इंगित गर्दै भने, ‘खै प्रकाश दाइले मिलाइदिनुभएको हो क्यार ।’

बाल संगठनका पूर्वकार्यक्रम संयोजक युवराज कटुवालकी छोरी पनि यही छात्रवृत्तिअन्तर्गत दस कक्षामा पढछिन् । कटुवाल मदिराको होलसेल व्यापार गर्छन् । ६ कक्षादेखि उनकी छोरीले छात्रवृत्तिमा पढ्न थालेकी हुन् । आफू पूर्वकर्मचारी भएकाले छोरीले छात्रवृत्ति पाएको बताउने कटुवालले भने, ‘मैले काम गरेको सात लाख रुपैयाँ बाल संगठनले दिएन । त्यहीबापत छोरीलाई पढाइदिएको हो ।’

नेपाल ग्यासको बालाजुस्थित कार्यालयमा मार्केटिङको काम गर्ने बुद्धिगम्भीर पण्डितका छोरा पनि यही छात्रवृत्तिमा ५ कक्षामा पढछन् । सिन्धुपाल्चोक हेलम्बु घर बताउने पण्डितले चिनजानका आधारमा संगठनले आफ्नो छोरालाई छात्रवृत्ति मिलाइदिएको बताए । बाल संगठनमा भान्छेका रूपमा काम गरेका रामेछाप लखनपुरका बेदप्रसाद गौतमका दुई सन्तान पनि यही छात्रवृत्तिमा पढछन् ।

गौतमकी श्रीमती बाल संगठनको सिफल शाखामा भान्छेका रूपमा कार्यरत छिन् भने एक छोरी अध्यक्ष सिंहको घरमा काम गर्छिन् । संगठनकै चालक रामकृष्ण मर्हजनका एक छोरीले यही छात्रवृत्तिमा

बृहस्पतिबाट एसएलसी सकिन् भने अर्की छोरी छात्रवृत्तिमा पढदै छिन् ।

बाल संगठनको छात्रवृत्ति शाखाकी प्रमुख आशा श्रेष्ठले निमुखा र असहायका छोराछोरी मात्रै पढिरहेको बताइन् । कान्तिपुरले छात्रवृत्तिमा पढ्ने विद्यार्थीको सूची माग्दा भने उनले ‘भूकम्पका कारण भवन भत्किएको र रेकर्डहरू हराएको’ बहाना गरिन् । श्रेष्ठले थपिन्, ‘तैपनि कसलाई छात्रवृत्तिमा सिफारिस गर्ने भन्ने बोर्डले निर्णय गर्छ, हामीलाई थाहा हुँदैन ।’छात्रवृत्तिमा पढ्ने विद्यार्थीको नामावली संगठनले उपलब्ध गराउन नसकिने जनाएपछि कान्तिपुरले संविधानले व्यवस्था गरेको सूचनाको हक प्रयोग गर्दै विद्यालयबाट नामावली लिएको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web