बाघले घरबाटै बालकलाई उठायो

२० असार, अछाम ।
अछाममा बाघको आक्रमणबाट आज एक बालकको ज्यान गएको छ ।

घरमा सुतिरहेका उनलाई राती २ बजे बाघले आक्रमण गरेको थियो ।

अछामको साँफेबगर नगरपालिका वडा नम्बर १० कुमालगाउँ निवासी भुपेन्द्र कुमालका ११ महिने छोरा आयुष कुमाललाई बाघले आक्रमण गरि मारेको वयालपाटा प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक गणेश कुँवरले जानकारी दिनुभयो ।

गर्मी हुने भएकोले ढोका खुल्ला राखेर सुतिरहेका बेला उनलाई सुत्दा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

वन अधिकृत र रेन्जरविरुद्ध मुद्दा दायर

२० असार, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्टर वन कार्यालय लम्की कैलालीका सहायक वन अधिकृत राजकुमार मल्ल र टीकापुरका रेन्जर बाबुराम मिजारविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार अभियुक्त मल्लले नारायणपुर–९ का गोकर्णलाल डङ्गोलको जग्गामा रहेको सिमलको रुख कटान गरेर गोलियामा परिणत गरी बिक्री गर्दा विभिन्न बहाना बनाई रु २५ हजार ५०० मागेको पाइएको छ ।

यस्तै अभियुक्त मिजारले सोही गोलिया बिक्री गर्दा सेवाग्राहीसँग थप रु ५१ हजार मागेको पाइएकाले मुद्दा दायर गरिएको हो ।

यसैगरी आयोगले पर्सा हरिपुर गाविसका तत्कालीन गाविस सचिव हेमन्तलाल कर्णले विभिन्न आवको रु १४ लाख ७१ हजार ५०० हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भूकम्प पीडितलाई क्षति बाँड्दा पनि दलिय सहमती

२० असार, काठमाडौं ।
भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माण अनुदान वितरण गर्दा विवरण फरक परेमा समाधान गरेर अघि बढ्ने निर्णय भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको असार १७ गतेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

“अनुदान सम्झौतामा उल्लेखित घरधनीको नाम, नामेसी, तीनपुस्ते र युनिक आइडीलाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जिल्लामा उपलब्ध गराएको नाम, नामेसी, तीन पुस्तेसँग भिडाउँदा सामान्य त्रुटी भएमा सम्झौता पत्रमा उल्लिखित विवरणलाई आधिकारिक मान्ने निर्णय गरिएको छ”– उहाँले भन्नुभयो ।

घरधनीको सुरुको नाम, बीचको नाम, थर, ठेगाना, नागरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला, मितिमा त्रुटी देखिइ अन्य विवरण भिडाउँदा सम्झौताापत्रमा उल्लिखित विवरणलाई आधिकारिक मान्ने निर्णय भएको हो ।

यस्तै जन्ममिति, बाबु वा बाजेको नाम, थर, ससुरा वा पतिको नाम तथा थरलगायतमा त्रुटी देखिइ अन्य विवरण भिडाउँदा सम्झौता पत्रको विवरणलाई पनि आधिकारिक मान्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

नेपाल राष्ट्र बैंक ऐन तथा विधेयक र सुझाव सहितको प्रतिवेदनमाथि छलफल

२० असार, काठमाडौं ।
व्यवस्थापिका–संसद् अन्तर्गतको अर्थसमितिको आजको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक, २०७१ माथि सुझावसहितको प्रतिवेदन पेस भएको छ ।

समितिको आजको बैठकमा विधेयकको दफाबार छलफल गरी सुझावसहितको प्रतिवेदन पेस गर्न गठित उपसमितिले समितिमा पेस गरेको हो ।

त्यसैगरी, बैठकमा कर्मचारी सञ्चय कोष 'नवौँ संशोधन' विधेयक–२०७१ मा परिमार्जन गर्न बनेको विधेयकमाथि समेत छलफल भएको छ ।

समितिका सभापति प्रकाश ज्वालाले नेपाल राष्ट्र बैंक ऐन संशोधन र कर्मचारी ऐन संशोधनको विषयमा अर्थमन्त्री  बिष्णु पौडेल तथा सरोकारवालापक्षसँग छलफल गरी पारित गर्ने बताउनुभयो ।

के के भयो सोमबारको संसद बैठकमा ?

२० असार, काठमाडौं ।
व्यवस्थापिका संसदको सोमबारको बैठकले दक्षिण एशिया वन्यजन्तु कानुन कार्यान्वयन संजालको विधानलाई बहुमतले अनुमोदन गरेको छ ।

बैठकमा वन तथा भु संरक्षण मन्त्री अग्नि सापकोटाले संजालको विधानमाथि सामान्य छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रस्ताव माथिको सैद्धान्तिक छलफलमा भाग लिदै सांसद महेश आचार्यले संजालसंगको आवघताले वन्यजन्तुको अवैध व्यापार नियन्त्रण र चोरी सिकारी नियन्त्रणमा फाइदा पुग्ने बताउनुभयो ।

उहाँले वन्यजन्तु सम्वन्धी कानून कार्यान्वयनले लोपोन्मुख वन्यजन्तुको संरक्षण र सन २०२० सम्म बाघको संख्या दोब्बर गर्ने सरकारको लक्ष पुराहुने उल्लेख गर्नुभयो ।

सांसद प्रेम सुवालले संजालको आवद्धताले वनसपति, बन जङ्गल र वन्यजन्तुको संरक्षण तथा निजीकरणका लागि सहयोग पुग्ने  र यसका लागि खुल्ला सिमा नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै वन तथा भू संरक्षण मन्त्री सापकोटाले वन्यजन्तुको चोरी सिकारी र अवैध व्यापार नियन्त्रणका लागि विधान पारित गर्न आवश्यक रहेको बताउनुभयो ।

यसै गरी बैठकमा उपप्रधान एवं रक्षा मन्त्री भीम रावलले राष्ट्रिय सुरक्षा परिषद विधेयक २०७३ प्रस्तुत गर्नुभयो ।

विधेयक प्रस्तुत गर्दै उपप्रधानमन्त्री रावलले राष्ट्रिय सुरक्षा नीतिको तर्जुमा र नेपालको समग्र सुरक्षाका लागि विधेयक महत्वपूर्ण रहेको बताउनुभयो ।

उपप्रधान एवं महिला वालवालिका तथा समाज कल्याण मन्त्री सी।पी मैनालीले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी विधेयक २०७२ प्रस्तुत गर्नुभयो ।

विधेयक प्रस्तुत गर्दै उपप्रधानमन्त्री मैनालीले विधेयकले अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थिक सामाजिक क्षेत्रमा अधिकार दिने र स्वावलम्बि जीवन यापन गर्न सहयोग पुग्ने बताउनुभयो ।

उहाँले संविधान र कानूनी रुपमै अपाङ्गता भएका व्यक्तिलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा प्राथमिकता दिने महत्वपूण विषय विधेयकमा समावेश गरिएको जानकारी दिनुभयो ।

विनियोजन शीर्षकमाथिको छलफल जारी

विनियोजन विधेयक, २०७३ अन्तर्गत आज सदनमा राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आपूर्ति, ऊर्जा, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा समाज कल्याण, रक्षा, परराष्ट्र, सङ्घीय मामिला तथा स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालय र उपराष्ट्रपतिको कार्यालयका लागि विभिन्न शीर्षकमा छुट्याइएको बजेटका विषयमा छलफल भयो ।

नेकपा 'एमाले'का भरतमोहन अधिकारीले बजेटले सहकारी कार्यक्रमलाई अघि बढाउन आवश्यक रकम वृद्धि भएको जनाउँदै चालु आव संविधान कार्यान्वयन वर्ष भएकाले बजेट त्यसैमा केन्द्रित रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)की रुपा महर्जनले सरकारले ल्याएको बजेट घोषणा जनतालाई हर्ष न विस्मात जस्तो भएको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील जिल्ला जिल्लाबाटै पासपोर्ट बनाउने व्यवस्थाका लागि माग गर्नुभयो ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका आस्था चतुरवेदीले बजेट अदूरदर्शी भएको विनियोजनमा सुझबुझभन्दा लापर्बाहीको पक्ष निकै बढी रहेको धारणा राख्नुभयो ।

संसद बैठक

यस अघि संसदको विशेष समयमा भाग लिने सांसदहरुले कृषकलाई रासायनिक मलखाद र  भूकम्प पीडित जनतालाई आवास निर्माणको लागि  तत्काल अनुदान उपलब्ध गराउन माग गर्दै राष्ट्रिय गौरवका आयोजना  निर्माणमा समेत देखिएको लापरवाहीलाई रोक्न अनुगमनलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिनुभएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काङग्रेसकी अनिता देवकोटाले असार २५ गते अन्तराष्ट्रिय महिला दिवसका दिन सार्वजनिक विदाको माग गर्नुभयो ।

नेकपा एमालेका देवराज भाटले  पूर्वाधार निर्माण गर्दा गुणस्तरमा ध्यान नदिइ निर्माण भएका संरचनाहरु छिट्टो विग्रने भएकाले भौतिक पूर्वाधार निर्माणमा गुणस्तर कायम गराउन सरकार विशेष चनाखो हुनुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका लालबहादुर कँुवरले संविधान कार्यान्वनमा पनि दलहरुबीचको सहकार्यको आवश्यकतामा जोडदिनुभयो ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी गीता क्षेत्रीले आयोजनालाई गुणस्तरीय बनाउन योग्य प्राविधिक जनशक्ति र इमान्दार ठेकेदार आवश्यक रहेको बताउनुभयो ।

बैठकमा सांसदहरु मीना पुन, डिल्लीप्रसाद काफ्ले, कमला विश्वकर्मा, अम्वरसिंह पुन, जमिन्द्रमान घले, हरिचरण शाह, श्यामकुमार श्रेष्ठ, दीपक खड्का र राजाराम स्याङताङले भूकम्प प्रभावित क्षेत्रमा आवश्यक औषधिको व्यवस्था गर्न, आयोजनाको नाममा बजेट दुरुपयोग हुन नदिन र सांसदहरुले सदनमा उठाएका कुराहरुको वेवास्ता भएकोमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

मोर्चाको गतिविधि आज पनि उस्तै

नेपालको संविधानप्रति फरक धारणा राखेर आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक पनि बहिष्कार गरेको छ ।

सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चासँग आबद्ध राजनीतिक दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाउनुभएको थियो ।

के भयो नेपाल भारत प्रबुद्ध समुहको बैठकमा ?

२० असार, काठमाडौं ।
नेपाल–भारत प्रबुद्ध समूहको पहिलो बैठक आज काठमाडौंमा शुरु भएको छ ।

बैठकको उद्घाटन गर्नुंहुदै उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाले नेपाल र भारतबीच अहिलेसम्म भएका सबै सन्धि सम्झौताका बारेमा समयानुकुल पुनरावलोकन गर्नु पर्ने बताउनु भयो ।

परराष्ट्र मन्त्री थापाले दुई देशबीचको सम्बन्ध अझै बलियो बनाउन प्रबुद्ध समुहको बैठकमहत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले दुवै मुलुकलाई लाभ हासिल हुनेगरी संयुक्तरुपमा काम कसरी अगाडि बढाउने र आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा बैठकबाट उपयुक्त सुझाव आउने अपेक्षा गरिएको बताउनु भयो ।

कार्यक्रममा प्रबुद्ध समुहका नेपालका संयोजक डा। भेषबहादुर थापाले दुईदेशबीचको सम्बन्धलाई नयाँ ढंगबाट विस्तार गर्न बौद्धिक समुहकोे छलफलले आधार तयार गर्ने बताउनु भयो ।

यसैगरी प्रबुद्ध समुहको भारतका संयोजक भगत सिंह कोसियारीले नेपाल र भारतबीचमा रहेको सम्बन्धलाई अझै बलियो बनाई एउटा असल छिमेकीका रुपमा कसरी रहन सक्छौ भन्ने विषय अहिले महत्वपूर्ण रहेको बताउनु भयो ।

नेपाल र भारतका चार चार जना कुटनितिज्ञहरु रहेको प्रबुद्ध समुहको बैठक आज र भोली दुईदिनसम्म काठमाडौंमा चल्ने छ ।

प्रबुद्ध समुहलाई नेपाल र भारतबीचमा विभिन्न समयमा भएका सन्धी सम्झौताहरुको पुनरावलोक गरी प्रतिवेदन बुझाउन दुई वर्षको समयसिमा दिइएको छ । प्रबुद्ध समुहको बैठक पालैपालौ नेपाल र भारतमा बस्ने प्रावधान रहेको छ ।

सरकार परिवर्तन भए देशमा ठूलो सङ्कट ः अध्यक्ष बिजुक्छे

२० असार, काठमाडौं ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार परिवर्तन भए देशले सङ्कट भोग्नुपर्ने बताउनुभएको छ ।

आज भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष विजुक्छेले अहिले सरकार परिवर्तन गर्ने समय नभई संीवधान कार्यान्वयन गर्ने समय भएको बताउनु भयो ।

राष्ट्रिय सहमति जसको नेतृत्वमा भएपनि माओवादीलाई मान्य-प्रचण्ड

२० असार, काभ्रे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमति जसको नेतृत्वमा भएपनि माओवादीलाई मान्य नहुने बताउनुभएको छ ।

काभ्रेको नालामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले सहमति भएन भने एजेण्डाको आधारमा सहमति कायम गरेर भएपनि बर्तमान चुनौतीको सामना गर्न सकिने बताउनुभयो ।

अध्यक्ष दाहालले २०७४ माघ ७ गतेसम्म संविधान कार्यान्वयन हुन सकेन भने देश संकटको भूमरीमा फस्ने बताउनुभयो ।

Youth involvement essential for agriculture Dev. -VP Pun

Vice President Nanda Bahadur Pun has stressed on   modernization, professionalization and mechanization for sustainable agricultural development.

While inaugurating the First Youth Agricultural Entrepreneurs Conference today, VP Pun said that diversification of the agriculture sector is the need of the hour as agriculture is the base of prosperity for the country.

Vice- President Pun also issued the directives to the government to stop land fragmentation and plotting, to create agriculture friendly environment, to provide soft loan to the youth to attract them in the sector.  He added that youth should lead the agriculture sector.

Similarly, Minister for Agricultural Development Haribol Gajurel said that the sustainable development of the agriculture sector was impossible unless youth involved in the sectors.

Ambassador of Israel to Nepal, Mr Yaron Mayer commented that Nepal has immense possibilities in agriculture and the youth should put in their skills and enthusiasm for the development of this sector.

Deliberation on appropriation bill-2073 On

The Legislature-Parliament continues to discuss different topics including the Office of the President, the Office of the Prime Minister and Council of Ministers, the Office of the Vice-President, the National Planning Commission and other various ministries under the Appropriation Bill-2073.

In the Parliament meeting today, Dr Prakash Sharan Mahat of the Nepali Congress raised question on how the incumbent government, which has become failure to provide relief and grant assistance to earthquake survivors, could collect targeted revenue and blamed that price of daily essentials has hiked with the announcement of the budget.

Accusing the government for not allocating the necessary budget for the construction of Kathmandu-Tarai fast track, Mahat wondered how could the construction of the Outer Ring Road in Kathmandu be feasible at a time when it has become difficult even to complete the construction task of the Inner Ring Road itself for lack of construction materials.

Bharat Mohan Adhikari of the CPN (UML) said that the budget has been focused on constitution implementation as the coming fiscal year is 'constitution implementation year', saying the budget has increased necessary amount to forward cooperative programmes.

Most of lawmakers criticized the government for appropriating budget in the interest of the Prime Minister, Finance Minister and people close to them.

Budget has been allocated to some 80 road projects of a single district while the district lacking access to those in the powers are put aside, they said.
The Legislature-Parliament shall meet again at 11:00 am Tuesday.

ICC announce Nepali National Cricket Team

The Selection Committee under the International Cricket Council (ICC) has announced the names of players in the Nepali National Cricket team going to play the preparation match in United Kingdom.

The 15-member Nepali team would play with Marylebone Cricket Club, UK, on July 19.

Nepal is to play two matches of the World Cricket League Championship with Netherlands there in August. The Nepali team is going to the UK for its practice.

Security council bill enters house

The National Security Council Bill, 2073 BS dealing with the overall national security of the country has been tabled in the Legislature-Parliament for discussions.

Presenting the Bill in the today's meeting of the Legislature-Parliament, Deputy Prime Minister and Minister for Defence Bhim Bahadur Rawal explained that the Bill has been presented for managing the comprehensive security of the country and it is focused on how to steer the Security Council ahead.

The Constitution of Nepal has made provision for setting up the National Security Council for the purpose of giving suggestions to the government regarding the mobilization and control of the army. The Council is mandated to recommend to the government for army mobilization if needed.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web