भूकम्प पीडितलाई क्षति बाँड्दा पनि दलिय सहमती

असार २०, २०७३ मा प्रकाशित | 890 views

२० असार, काठमाडौं ।
भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माण अनुदान वितरण गर्दा विवरण फरक परेमा समाधान गरेर अघि बढ्ने निर्णय भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको असार १७ गतेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

“अनुदान सम्झौतामा उल्लेखित घरधनीको नाम, नामेसी, तीनपुस्ते र युनिक आइडीलाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जिल्लामा उपलब्ध गराएको नाम, नामेसी, तीन पुस्तेसँग भिडाउँदा सामान्य त्रुटी भएमा सम्झौता पत्रमा उल्लिखित विवरणलाई आधिकारिक मान्ने निर्णय गरिएको छ”– उहाँले भन्नुभयो ।

घरधनीको सुरुको नाम, बीचको नाम, थर, ठेगाना, नागरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला, मितिमा त्रुटी देखिइ अन्य विवरण भिडाउँदा सम्झौताापत्रमा उल्लिखित विवरणलाई आधिकारिक मान्ने निर्णय भएको हो ।

यस्तै जन्ममिति, बाबु वा बाजेको नाम, थर, ससुरा वा पतिको नाम तथा थरलगायतमा त्रुटी देखिइ अन्य विवरण भिडाउँदा सम्झौता पत्रको विवरणलाई पनि आधिकारिक मान्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web