एनआरएनए जापान निर्वाचनको मतपरिणाम यस्तो छ (बिजयीहरुको नाम र भिडियो सहित)

टोकियो ।

गैर आवासिय नेपाली संघ जापानको निर्वाचनको मत परिणाम टपनेपालन्युजडटकमलाई प्राप्त भएको छ ।

प्राप्त मत परिणाम अनुसार उपाध्यक्षमा शिवप्रसाद पौडेल र सरोज कुमार खत्री बिजयी भएका छन् ।

उपाध्यक्षमा पौडेल र खत्री सँगै छत्र बहादुर दाहाल, जीवन न्यौपाने र दोण सिलवाल प्रतिस्पर्धामा थिए ।

यता सचिवमा जनक विक्रम शाही बिजयी भएका छन् । शाहीले बासुदेव लामिछानेलाई पराजित गरेका छन् ।

टपनेपालन्युजलाई प्राप्त जानकारी अनुसार एक मात्र महिला सदस्यमा सृजना पाण्डे बिजयी भएकी छिन् । उनले गिता आचार्य स्मृती र कमला गैरेलाई पराजित गरेकी हुन् ।

यसैगरि पाँच केन्द्रिय सदस्यमा २१ जना प्रतिस्पर्धा रहेकोमा हस्त लामा, बाल कृष्ण कँडेल हिमाल, उत्तम श्रेष्ठ, राजन पौडेल र लाल बहादुर रावल आशिष बिजयी भएका छन् ।

यद्यपी निर्वाचन समितिले भने आधिकारीक रुपमा मत परिणाम सार्वजनिक गरेको छैन । समितिले भोलीसम्ममा मत परिणाम सार्वजनिक गर्ने बताएको छ ।

यि हुन् एनआरएनए जापान निर्वाचनमा बिजयी संभावित व्यक्तिहरु (एक्सक्लुसिभ)

टोकियो ।

गैर आवासिय नेपाली संघ जापानको अनलाईन मतदान सकिन केही मिनेट मात्र बाँकी छ । तर टपनेपालन्युजडटकमलाई प्राप्त गोप्य जानकारी अनुसार मतसंख्या फरक हेर्दा केही पदमा बिजयी हुने व्यक्तिहरु करिव पक्का पक्की भइसकेको छ ।

दुई उपाध्यक्षका लागि पाँच जना प्रतिस्पर्धामा रहँदा शिव पौडेल बिजयी हुने निश्चित देखिएको छ । उनलाई पछ्याउँदै द्रोण सिलवाल र सरोजखत्री मत प्रतिस्पर्धामा देखिएका छन् ।

उपाध्यक्षकै दुई उम्मेद्धार छत्र बहादुर दाहाल र जीवन न्यौपाने भने मत संख्यामा पछाडी परेका छन् ।

यता सचिवमा जनक विक्रम शाही बिजयी हुने देखिएको छ । उनका प्रतिस्पर्धी बासुदेव लामिछाने केही बढीनै मतले पछाडी परेका छन् ।

टपनेपालन्युजलाई प्राप्त जानकारी अनुसार एक मात्र महिला सदस्यमा तीन उम्मेद्धारी परेकोमा गिता आचार्य स्मृतीलाई उछिन्दै सृजना पाण्डे अगाडी देखिएकी छिन् । तिब्र प्रतिस्पर्धा चलिरहेको महिला सदस्यमा स्मृती र सृजनाको कडा प्रतिस्पर्धा चलिरहँदा कमला गैरे भने पछि परेको बुझिएको छ ।

पाँच केन्द्रिय सदस्यमा २१ जना प्रतिस्पर्धा रहेकोमा हालसम्मको मतसंख्या हेर्दा राजन पौडेल मत संख्यामा सबैभन्दा अघि देखीएका छन् ।

पौडेलसँगै उत्तम कुमार श्रेष्ठ, जगत बहादुर खड्का ज्याक, हस्त लामा र बाल कृष्ण कँडेल हिमाल क्रमश मत संख्याका आधारमा अघि देखीएका छन् । यद्यपी सदस्यहरुको मतसंख्या भने केही घटबढ चलिरहेकाले उल्लेखीत नामहरु मध्ये एक दुई नाम तल माथि पर्ने देखिएको छ ।

ब्लडप्रेसर , ग्यास्टिक र सुगरको अचुक औषधि अंबाको पात

एजेन्सी । हुन त अम्बा हाम्रो घर वरपर पाइने भए पनि यसको फलमा सबैको ध्यान जान्छ किनकि यो एक मिठो फल हो । तर हामीले अम्बा खाइरहँदा त्यसको पात कसैले वास्ता गरेको हुँदैनन् । तर अम्बाको पात सेवनले निकै मानव स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ । आज हामी तपाईलाई अम्बाको पात सेवनको फाइदाहरु बारे जानकारी गराउँछौं ।

यी हुन् अम्बाको पात सेवन गर्नुका फाइदाहरु

अम्बाको पातबाट बनेको चिया मधुमेहका रोगीका लागि निकै फाइदाजनक हुन्छ ।

अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ । साथै कपाल र छाला स्वस्थ बनाउन पनि यसको प्रयोग उपयोगी हुन्छ ।

४० ग्राम अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा पखाला कम गराउँछ ।

अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ ।

बुहारीबाट सासू बिक्री

मोरङ बेलबारीकी गीता तामाङ, ५०, र काठमाडौँ, कपन बस्ने कल्पना परियार नातामा साख्खै सासू–बुहारी हुन् । तर, यसपटक मानव तस्करी र महिला बेचबिखनको अर्को साइनोमा यिनै सासू–बुहारी जोडिन आएका छन् ।

यो कथा तिनै गीताको हो, जो नयाँदिल्लीस्थित साउदी कूटनीतिज्ञको यौन शोषणको सिकार भइन् । २० वर्षदेखि श्रीमान्सँग ‘डिभोर्स’ लिएर कान्छी छोरी–ज्वाइँको शरणमा बस्दै आएकी सासूको विदेश जाने इच्छाबारे जेठी बुहारी कल्पनालाई पहिलेदेखि थाहा थियो । एउटा मौकामा सासू–बुहारी फोनवार्ता भएपछि गीता साथमा अलिकति ऋणपानको पैसा लिएर काठमाडौँ पुगिन् ।

“बूढाले छाडेपछि कति बेखर्ची बनेर छोरीको सहारामा बस्नु भन्ने मनमा लागेको थियो,” दिल्लीको नेपाली दूतावासमा भेटिएकी गीताले सुनाइन्, “त्यही भएर घरेलु काम गर्न सुरुमा ओमान जाने भनेकी थिएँ । अनि, बुहारीले कुरा मिलाइदिएर साउदी हिँडेकी म ।”

साउदी जाने भएपछि पासपोर्ट बनाउन, टिकट खर्च र मेडिकल परीक्षण भनेर बुहारीले केही पटकमा एक लाख रुपियाँजति लिएको पनि उनले सुनाइन् । बुहारी कल्पनासँगै काम गर्ने जीतभाइ परियारले काठमाडौँबाट दिल्ली चल्ने बसको टिकट किनिदिएपछि गीता ४ जेठमा दिल्ली आएकी थिइन्

। उनलाई दिल्लीको पुरानो बस अड्डामा अनवर नामको केटा र मोरङ, उर्लाबारी घर बताउने कमला थापा लिन गएका रहेछन् । “उनीहरूले नै साउदी अरबका मजिद भन्ने व्यक्तिको घरमा काम लगाइदिएका हुन्, महिनाको एक हजार साउदी रियाल तलब दिने कुरा थियो,” गीताले सुनाइन्, “ती मजिद भन्ने त दिल्लीमा रहेको साउदी दूतावासका ठूला मान्छे पो रहेछन्, हिजोअस्ति मात्रै मलाई बल्ल थाहा भयो ।”

अहिले साउदी कूटनीतिक कर्मचारीको मानव तस्करी प्रकरणमा जोडिएकी अर्की पात्र हुन्, बाग्लुङ घर भएकी जुना दमाई, ३० । जुनाकी एजेन्ट पनि गीताकै बुहारी कल्पना हुन् । क्यान्सरपीडित पतिको उपचारमा पैसा चाहिएकाले दुई छोराछोरीकी आमा जुना पनि जे जसरी हुन्छ, विदेश गएर पैसा कमाउने ध्याउन्नमा थिइन् । त्यही बेला आफ्नै जिल्लाको ताराखोला माइती भएकी कल्पनाले गाउँले केटीलाई विदेश पठाउने गरेको खबर सुनेकी थिइन् । उनले सोधीखोजी गरिन् र एजेन्ट दिदी भेट्न कल्पना काठमाडौँ पुगिन् । काठमाडौँबाट बर्दिया जाने बसको टिकट काटेर दिल्लीतिर उनै एजेन्टले पठाइदिइन् । “बर्दियाको कुन ठाउँ हो, थाहा छैन । एक जना मोटरसाइकल लिएर बसेका थिए, उनैले मलाई आधा घन्टा मोटरसाइकलमा राखेर सीमा कटाए अनि दिल्ली जाने बसमा सँगै आयौँ,” जुनाले सुनाइन् । दिल्लीमा असलम र अनवर भन्ने व्यक्ति भेटिए, उनीहरूले नै एक हजार साउदी रियाल दिने भनेर साउदी नागरिकको घरमा दिल्लीमा काम लगाइदिए ।

दिल्लीपछि बिचल्ली

यसरी एउटै साउदी मालिकको कामदार बनेर गीता र जुना दिल्लीको एउटा हवेलीमा भेटिए ।

हरियाणा गुडगाउँको क्याट्रियोना अपार्टमेन्ट कम्प्लेक्स, लीला एम्बिएन्स, एनएच–८ भित्रको दृश्य साँच्चिकै अकल्पनीय थियो । त्यो घरमा कामधन्दा निकै चर्को थियो । कामले सुत्ने फुर्सद पनि हुन्थेन । त्यहाँ बसेको डेढ महिनापछि एक दिन मालिकले गीता र जुना दुवैलाई साउदी अरेबिया लैजाने निधो भएको खबर सुनाएछन् ।

दुवैको बुझाइमा, साउदी जानु भनेको निकै लामो बाटो पार गर्नु रहेछ । किनभने, दिल्लीबाट मुम्बईसम्म रेलयात्रा, मुम्बईबाट कोलम्बोको प्लेन र त्यहाँबाट साउदी अरेबियाको जेद्दा भन्ने ठाउँ पुग्नै १५ दिनभन्दा बढी लागेको रहेछ

। त्यस क्रममा मुम्बईसम्मको रेलयात्रामा वारिस भन्ने व्यक्ति साथै थिए भने कोलम्बोमा एक जना कालो वर्णका एजेन्ट विमानस्थलमा आइपुगेका रहेछन् । “खोइ कता हो, तिनै काला मान्छे बस्ने ठाउँमा हामीलाई एक साताजति राखियो । ती व्यक्तिले १३ वर्षदेखि एजेन्टको काम गर्दै आएको थाहा पायौँ,” जुनाले सुनाइन् । त्यहाँ उनीहरूले अरू केही नेपाली युवती पनि भेटे । त्यसपछि साउदीको जेद्दा पुर्‍याइए उनीहरू ।

जेद्दामा एक महिनाजति रहेपछि ती साउदी मालिक मजिद र उनका श्रीमती, छोराछोरीसँगै गीता र जुनालाई भारत फर्काइएको रहेछ । गुडगाउँको अपार्टमेन्टमा फर्किएपछि भने नसोचेको दिनदशा आइपर्‍यो । “कहिल्यै नसोचेको, नसुनेको र थाहा नपाएको छाडा काम गराए, हामी मर्नु न बाँच्नु भयौँ,” दुई नाति–नातिनाकी हजुरआमा समेत रहेकी गीताले भक्कानिँदै भनिन् । त्यसबीचमा उनीहरूलाई ठूलो गाडीमा राखेर कहिले आगरा त कहिले नैनीताल पुर्‍याइयो । न तलब, न त राम्रो खानपिन, न फोन सम्पर्क, न त स्वास्थ्यको हेरविचार ।

“दिनरात हामीलाई पाँच/सात जना पराइले नराम्रो काम गरिरहे,” अदालत, दूतावास, प्रहरी र पत्रकारसामु दुई नेपाली चेलीले बयान सुनाए । जीउ–ज्यानको आश मारिसकेका थिए उनीहरूले

। धन्न, त्यही मजिदका घरमा केही दिन काम गरेर निस्केकी नीतू नामकी दार्जीलिङकी युवतीले उनीहरूका कुरा ‘माइती इन्डिया’को अफिसमा भनिदिएकी रहिछन् । जुना भन्छिन्, “त्यही भएर हामी बाँच्न सक्यौँ ।”

छापापछि ‘कूटनीतिक अग्राधिकार’

यी दुई नेपाली महिलाको कन्तबिजोग थाहा पाएर ‘माइती इन्डिया’ र त्यसका संस्थापक बालकृष्ण पाण्डेले दिल्लीस्थित नेपाली दूतावासमा हारगुहार गरे । दूतावासले पनि महिला बिचल्लीको यथार्थ सुनेर विदेश मन्त्रालय र गुडगाउँ प्रहरी उच्चायुक्तलाई अनुरोध–पत्र लेखिदियो, २१ भदौमा । गुडगाउँ, डीएलएफस्थित स्थानीय प्रहरी चौकीका सुरक्षाकर्मीको साथ–सहयोगमा लीला एम्बिएन्सको अपार्टमेन्टमा छापा पनि मारियो । धरपकडमा करिब १२ जना साउदी नागरिक र स्थानीय गार्डले प्रहरीमाथि पनि आक्रमण गरे ।

“त्यो अपार्टमेन्टमा कूटनीतिक अग्राधिकार लिएर बसेका साउदी दूतावासका काउन्सिलर रहेछन्,” नेपाली दूतावासका एक अधिकारीले भने, “उनैले नेपाली चेलीमाथि यो हुर्मत गराएका रहेछन् भन्ने पछि मात्रै थाहा भयो ।” दुई महिलाको उद्दार त भयो तर अदालतदेखि दूतावास, प्रहरी प्रशासनदेखि कूटनीतिक प्रावधानसम्मका अड्चनचाहिँ बाँकी नै छन् ।

बलात्कारसम्बन्धी उजुरीको खण्डमा अभियुक्त कूटनीतिक हैसियतको विदेशी नागरिक भए पनि एफआईआर(फस्र्ट इन्फर्मेसन रिपोर्ट) दर्ता गर्नमा कुनै कठिनाइ नरहेको भन्दै हरियाणा पुलिस सेवा अन्तर्गतको गुडगाउँ प्रहरीका उच्चायुक्त नवदीप सिंह भिर्कले विज्ञप्ति जारी गरेका छन् । “पीडक भनिएका व्यक्ति कूटनीतिक हैसियतमा छन् भन्ने जानकारी नरहेकै अवस्थामा एम्बिएन्स, क्याट्रियोना कम्प्लेक्स ई–ब्लकमा छापा मारिएको यथार्थ हो भने अबको अनुसन्धान क्रममा कूटनीतिक अग्राधिकारको प्रावधान ध्यानाकर्षण हुन सक्नेछ,” उच्चायुक्त भिर्कले भने ।

भियना अभिसन्धि अनुसार कूटनीतिक अग्राधिकार र सुरक्षाको प्रसंग सार्वजनिक भएपछि साउदी अरेबियाका भिसा काउन्सिलर मजिद २४ भदौ बिहान भागेर रियाद (साउदी अरेबिया) पुगिसकेका छन् भने दिल्लीस्थित साउदी राजदूत साउद मोहम्मद अलसती सबै आरोपलाई ‘प्रमाणविहीन’ भन्दै प्रतिवादमा उत्रिएका छन् ।

“हामीलाई यो घटनाका अभियुक्त साउदी हुन् वा कुन देशका नागरिक हुन् भन्नेसम्म पनि थाहा थिएन,” भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय भन्छन्, “प्रहरीले घटनाको अनुसन्धान गरेपछि यसबारेमा भारत सरकारले जे निर्णय लिनेछ, त्यही हाम्रा निम्ति मान्य हुनेछ ।”

यस प्रकरणलगत्तै भारतीय विदेश मन्त्रालयले नेपाली राजदूत उपाध्याय र साउदी अरेबियाका राजदूत अलसतीबाट पनि प्रारम्भिक जानकारी लिइसकेको छ । साउदी भिसा काउन्सिलरको बदनियतपूर्ण समाचारपछि छाएको कूटनीतिक बदनामी र अकर्मण्यतामा भारत सरकारले ‘पर्सना–नन–ग्राटा’ (अक्षम कूटनीतिक कर्मचारी) गठन गर्नै लागेको थाहा पाएर भिसा काउन्सिलरलाई रातारात साउदी फिर्ता गरिएको अनुमान छ ।

उद्दारपछि नेपाल पुगिसकेका दुई महिलाको अबको राहत प्रक्रिया वा न्याय पाउने प्रबन्धको बाटो अर्कै हुन सक्ला । तर, त्यसभन्दा अघि एक कूटनीतिक कर्मचारीले दिल्ली केन्द्रमा रहेर गरेको बदनियतपूर्ण कामको पुष्टि गराउनु आफैँमा एउटा चुनौती बनेको छ ।

कूटनीतिज्ञ मजिदका विरुद्ध यौन दुव्र्यवहारसहित आपराधिक दुराशय, जानाजानी कुटपिट, जबरजस्ती थुना, अप्राकृतिक सम्बन्धसहितका सातवटा धारामा अभियोग लगाइएको मुद्दाको अब ९० दिनसम्म छानबिन गर्ने अदालती सहमति प्रहरी प्रशासनले पाएको छ ।

एमालेसँग एक्लै निर्वाचन लड्ने क्षमता अरु दलसँग छैन: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं २ मा तिनै तहको निर्वाचनमा एमालेलाई विजयी गराउने गरी निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

स्थानीय तहअन्तर्गत प्रदेश नं २ मा हुन लागेको तेस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा आज यहाँ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एमालेले जित्नुपर्ने बताउनुभयो । “नेकपा (एमाले) ले प्रदेश नं २ मा बहुमत ल्याएर प्रदेश सरकार बनाउनुपर्छ,”–अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले नेकपा (एमाले) का बारेमा प्रदेश नं २ मा झुट फैलाएको भन्दै त्यसलाई सामना गरेर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले एमालेसँग अरु दल एक्लै निर्वाचन लड्ने क्षमता नभएका कारण मोर्चाबन्दी गरेको आरोप समेत लगाउनुभयो ।

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले एमाले मधेसी समुदायको शत्रु नभई मित्र भएकाले आगामी निर्वाचन एमालेले जित्ने दाबी गर्नुभयो । उहाँले पार्टीले टिकट दिएको आधिकारिक उम्मेद्वारलाई निर्वाचन जिताउन सबै लाग्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले तिनै तहको निर्वाचनमा एमालेलाई जिताउनसके मात्र मुलुक विकासको बाटोमा अगाडि बढ्न सक्ने दाबी गर्नुभयो ।

महासचिव ईश्वर पोखरेलले निर्वाचनका लागि खटिने पार्टीका नेता तथा कार्यकर्ताले विस्तृत कार्ययोजना बनाएर निर्वाचन क्षेत्रमा खटिन आग्रह गर्नुभयो । निर्वाचनको प्रचारप्रसारमा कति व्यक्ति जाने, कुन कुन जिल्लामा जाने, कुन साधनमा जाने भन्नेबारे पार्टीलाई योजना बुझाएर मात्र जानुहोला”–महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले विपक्षी दलले एमाले संविधान कार्यान्वयनको विरोधी भनेर लगाएको आरोपको खण्डन गर्दै जनताको आवश्यकतालाई हेरेर संविधान कार्यान्वयनमा सहयोग गर्ने बताउनुभयो ।

पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मालगायतले आफ्नो मतलाई सुरक्षित गर्दै अरु दलका कार्यकर्तालाई आफ्नो विचारले आकर्षण गरेर पार्टीलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।

राप्रपा डडेल्धुरा द्धारा राप्रपा प्रजातान्त्रिक लाई समर्थन

ललित बोहरा ,डडेल्धुरा । राष्ट्रिय प्रजातन्त्र पार्र्टी जिल्ला कार्यसमिती डडेल्धुराले राप्रपा परित्याग गरि राप्रपा प्रजातान्त्रिक लाई समर्थन गरेको छ ।  शनिबार  एक प्रेस विज्ञप्ती जारी गर्दै राप्रपा जिल्ला अध्यक्ष हिक्मत सिंह साँउदले सिंगो राप्रपा जिल्ला कार्यसमितिले राप्रपा प्रजातान्त्रिकलाई समर्थन गरेको जनाएका छन् ।

कमल थापाको नेतृत्वले पार्टीलाई एकलौटी  ढंगबाट चलाउन खोजेको र  स्थानीय तहको निर्वाचनमा केन्द्रीय समितीबाट कुनै किसिमको सहयोग नमिलेको विज्ञप्तीमा उल्लेख छ ।  आफुहरुले राखेका माग अहिले सम्म संम्वोधन नभएपछि सिंगो जिल्ला कार्यसमितिले राजीनामा दिएको राप्रपा डडेल्धुराका अध्यक्ष हिक्मत सिंह साउदले बताएका छन् ।

राप्रपा डडेल्धुराले अब वरिष्ठ नेता पशुपति सम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्र्टी (प्रजातान्त्रिक) लाई समर्थन गर्ने निर्णय सर्व–सम्मत रुपमा पारीत गरेको समेत जनाएका छन् ।  जिल्ला कार्य समिति संगै पुर्व केन्द्रिय सदस्य गोविन्द खडायत र अमरगढी नगर कार्य समितिका अध्यक्ष  राजेन्द्र भण्डारी समेतका नेताहरुले समेत राप्रपा प्रजातान्त्रिक लाई समर्थन गरेका छन् ।

ताजिकिस्तानविरुद्धको खेलमा कप्तान अनिल गुरुङ बाहिरिंदा जर्ज प्रिन्सले मौका पाए

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्यातुकु कोजीले ताजिकिस्तानविरुद्ध हुने खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको छ ।

ए एफ सी यशियन कप छनोट अन्तर्गत ताजिकिस्तानसँगको खेल अखिल नेपाल फुटबल संघको सातदोबाटो स्थित मैदानमा मंगलबार हुनेछ ।

शनिबार घोषित नामावलीमा यस भन्दा अघिका ४९ वटा खेलमा नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका पूर्व कप्तान अनिल गुरुङ् अटाएका छैनन् ।

अनिल गुरुङको स्थानमा नेपाल आर्मी क्लबका जर्ज प्रिन्स कार्की पहिलो पटक नेपाली राष्ट्रिय फुटबल टोलीमा परेका छन् ।

ए एफ सी छनोटमा नेपाल रहेको समूहमा फिलिपिन्स, यमन र ताजिकिस्तान रहेका छन् ।

नेपालले फिलिपिन्स र यमनसँग एक–एक खेल खेलिसकेको छ ।

नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ४–१ गोल अन्तरले पराजित भएको थियो भने यमनसँग काठमाडौँमै भएको खेल गोल रहित बराबरीमा सम्पन्न भएको थियो ।

अहिलेसम्म भएका दुवै खेलमा जित हात पारेको फिलिपिन्स ६ अङ्क सहित शीर्ष स्थानमा रहेको छ ।

यसैगरी, यमनको ४ र नेपालको १ अङ्क रहेको छ भने ताजिकिस्तानले अहिलेसम्म कुनै अङ्क जोड्न सकेको छैन ।

विप्रेषणको १५ प्रतिशत कारोबार सिटी एक्सप्रेसबाट

काठमाडौं ।

नेपालमा वार्षिक ७ खर्बको विप्रेषण भित्रिने गरेको छ । त्यस रकमको १५ प्रतिशतको कारोबार सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले गर्दै आएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

देशमा हाल ४० प्रतिशत मानिस मात्र बैंकिङ पहुँचमा रहेको र बाँकी ६० प्रतिशतले बैंक देख्न पाएका छैनन् ।

बैंकिङ सेवा नपुगेको दुर्गम जिल्लामा पनि सिटी एक्सप्रेसले एजेन्टमार्फत विदेशबाट पठाएको रकमको कारोबार गर्दै आएको छ ।

सो कम्पनीले गाउँ गाउँमा फैलिएर रहेका ५ हजारभन्दा बढी आफ्ना एजेन्टमार्फत मासिक ३ लाख भन्दा बढी सेवाग्राहीको सेवा गर्दै आएको सो प्रालिका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जानकारी दिनुभयो ।

प्रधानमन्त्री भन्छन्-‘कर्णाली विकासमा विशेष ध्यान दिन्छु’ तर हुम्लामा चामल छैन

हुम्ला ।

हुम्ला जिल्लामा लगातारको वर्षापछि सदरमुकाम सिमिकोटमासमेत चामलको अभाव भएको छ ।

५ महिनादेखि सर्वसाधारणले खाद्यान्न नपाएको र संस्थानको गोदाम खाली रहेको नेपाल खाद्य संस्थानका प्रमुख नारायण केसीले बताउनुभयो ।

कर्णालीको विकासका लागि विशेष ध्यानः प्रधानमन्त्री

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिने बताउनुभएको छ ।

कर्णालीको मुगुबाट आएको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले मुगुमा तिब्बत जोड्ने सडक, परलोक विमानस्थल, सञ्चार प्रविधिको विस्तार सरकारको प्राथमिकतममा रहेको बताउनुभयो ।

प्रतिनिधि मण्डलमा सहभागी मुगुको कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ न्याप्ने लामाले स्थानीय विकासमा सरकारले विशेष ध्यान दिनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

शैक्षिकसत्र आधा सकिंदा समेत कालिकोटमा पाठ्यपुस्तक छैन

कालीकोट ।

शैक्षिकसत्र सुरु भएको ६ महिना बितिसक्दा पनि कालिकोटका धेरै विद्यार्थीहरुले विद्यालयमा अभैm पाठ्यपुस्तक पुग्न नसकेको गुनासो गरेका छन् ।

जिल्लाका ५० प्रतिसत बिद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएपनि पाठ्य पुस्तक  नपुगेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

एसइइ परीक्षाको तयारीमा रहेका कालिकोटका कतिपय विद्यार्थीको हातमा पाठ्यपुस्तक नभएको गुनासोपछि नागरिक समाज कालिकोटले त्यसबारे सम्बन्धित निकायमा आवाज उठाएको समाजका दमनराज बमले बताउनुभयो ।

क्रान्तिकारी अध्यक्षमा तामाङ निर्वाचित

काठमाडौं ।

नेकपा 'माओवादी केन्द्र' निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा रञ्जित तामाङ निर्वाचित हुनुभएको छ ।

आज बिहान सम्पन्न मतगणनामा तामाङले ८४५ र उहाँका प्रतिस्पर्धी अनिल शर्माले ८२२ मत ल्याउनुभएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो ।

यसैगरी खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम विजयी हुनुभएको छ ।

यस्तै महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव तथा महासचिवमा उत्तम अधिकारी र कोषाध्यक्षमा केशव रावल निर्वाचित हुनुभएको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले विद्यार्थी आन्दोलनलाई आफूले थप उचाई पुर्याउने बताउनुभयो ।

दुई नम्बर प्रदेशमा उच्चस्तरीय अनुगमन टोली, गृहमन्त्री भन्छन्-‘ढुक्क भएर भोट हाल्नुस्’

काठमाडौं ।

आगामी असोज २ गते हुने २ नम्बर प्रदेशका ८ जिल्लाका १३६ स्थानीय तहको निर्वाचनको समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोबस्त लगायत बारे स्थलगत अनुगमन गर्न आयोगका आयुक्तहरू ती जिल्लामा जानुभएको छ ।

अनुगमनका क्रममा उहाँहरूले सम्बन्धित जिल्लास्थित कार्यालयका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, सञ्चार माध्यम, नागरिक समाज लगायतसँग छलफल र अन्तत्र्रिmया समेत गर्नुहुने कार्यक्रम रहेकको छ ।

ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह

बारा ।

गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह तेश्रो चरणको निर्वाचनमा ढुक्क भएर मतदान गर्न प्रदेश नम्बर २ का सबै मतदातालाई आग्रह गर्नुभएको छ ।

सिमरा विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै शर्माले प्रदेश नम्बर २ का मतदातालाई आवश्यक सुरक्षाको समग्र व्यवस्था मिलाईएको र निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको भन्दै ढुक्क भएर मतदान गर्न प्रदेश नम्बर २ का मतदातालाई आग्रह गर्नुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web