यि हुन् एनआरएनए जापान निर्वाचनमा बिजयी संभावित व्यक्तिहरु (एक्सक्लुसिभ)

भदौ १८, २०७४ 2017-09-03 मा प्रकाशित
Published at 2017-09-03

3277 views

टोकियो ।

गैर आवासिय नेपाली संघ जापानको अनलाईन मतदान सकिन केही मिनेट मात्र बाँकी छ । तर टपनेपालन्युजडटकमलाई प्राप्त गोप्य जानकारी अनुसार मतसंख्या फरक हेर्दा केही पदमा बिजयी हुने व्यक्तिहरु करिव पक्का पक्की भइसकेको छ ।

दुई उपाध्यक्षका लागि पाँच जना प्रतिस्पर्धामा रहँदा शिव पौडेल बिजयी हुने निश्चित देखिएको छ । उनलाई पछ्याउँदै द्रोण सिलवाल र सरोजखत्री मत प्रतिस्पर्धामा देखिएका छन् ।

उपाध्यक्षकै दुई उम्मेद्धार छत्र बहादुर दाहाल र जीवन न्यौपाने भने मत संख्यामा पछाडी परेका छन् ।

यता सचिवमा जनक विक्रम शाही बिजयी हुने देखिएको छ । उनका प्रतिस्पर्धी बासुदेव लामिछाने केही बढीनै मतले पछाडी परेका छन् ।

टपनेपालन्युजलाई प्राप्त जानकारी अनुसार एक मात्र महिला सदस्यमा तीन उम्मेद्धारी परेकोमा गिता आचार्य स्मृतीलाई उछिन्दै सृजना पाण्डे अगाडी देखिएकी छिन् । तिब्र प्रतिस्पर्धा चलिरहेको महिला सदस्यमा स्मृती र सृजनाको कडा प्रतिस्पर्धा चलिरहँदा कमला गैरे भने पछि परेको बुझिएको छ ।

पाँच केन्द्रिय सदस्यमा २१ जना प्रतिस्पर्धा रहेकोमा हालसम्मको मतसंख्या हेर्दा राजन पौडेल मत संख्यामा सबैभन्दा अघि देखीएका छन् ।

पौडेलसँगै उत्तम कुमार श्रेष्ठ, जगत बहादुर खड्का ज्याक, हस्त लामा र बाल कृष्ण कँडेल हिमाल क्रमश मत संख्याका आधारमा अघि देखीएका छन् । यद्यपी सदस्यहरुको मतसंख्या भने केही घटबढ चलिरहेकाले उल्लेखीत नामहरु मध्ये एक दुई नाम तल माथि पर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.