जथाभावी गर्न नपाएपछि मन्त्री गच्छद्धार र बलायरद्धारा निर्वाचन आचार संहिताको बिरोध

सप्तरी ।

निर्वाचन आयोगले मंसीरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि आचार संहिता लागू गरेपछि मन्त्रीहरुले जथाभावी सरुवा बढुवा तथा खर्च र उद्घाटन गर्दै हिँड्न नपाएपछि सरकारका मन्त्रीहरुले यसको बिरोध गर्न थालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नै आचार संहिता उल्लंघन गर्दै पुल शिलान्यास गरेपनि त्यसको बचाउ गरिरहँदा सरकारको कामकाजमा बाधा परेको भन्दै सरकारका वरिष्ठ मन्त्रीले बिरोध जनाएका छन् ।

उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले निर्वाचन आयोगले ३ महिना अघि नै आचार संहिता लागु गरेर सरकारको कामकाजलाई समेत दखल दिएको भन्दै त्यसलाई सच्याउनु पर्ने जिकिर गरेका छन् ।

राजविराजमा पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री गच्छदारले पर्सि बस्ने मन्त्रीपरिषद बैठकमा त्यसबारे कुरा उठाउने समेत बताए ।

आचार संहिताले कार्य सम्पादनमा प्रभाव पार्छः मन्त्री बलायर

डोटी ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री एबं नेपाली कांग्रेसका केन्द्रिय सदस्य बीर बहादुर बलायरले निर्वाचनसम्बन्धी आचार संहिताले  सरकारको कार्य सम्पादन र विकास निर्माणलाई प्रभाव पार्ने जिकिर गरेका छन् ।

नेपाल प्रेस युनियन डोटी शाखाले दिपायलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले निर्वाचनसम्बन्धी कार्यक्रम सरकार र आयोगको समन्वयमा तय गरिनुपर्ने बताउदै समन्वय बिना अकस्मात आचार संहिता आउदा सरकार अचम्मित भएको बताए ।

बिना जानकारी ल्याईएको आचार संहिताले सरकारका नियमित कार्यक्रमहरुलाई नराम्ररी प्रभावित पारेको उनको तर्क छ ।

प्रचण्ड भन्छन् -‘चुनावमा पक्षधरसँग तालमेल’

बीरगञ्ज ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचाण्डले प्रदेश नम्बर २ को आगामी असोज २ गते हुने निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरसँग तालमेल गरी माओवादी निर्वाचनमा जाने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रको वीरगञ्जमा सम्पन्न केन्द्रीय सचिवलालय बैठकपछि आज साँझ प्रेस सेन्टर पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ मा पार्टीले जित्नसक्ने सथानमा एक्लै लड्ने र अन्य स्थानमा तालमेल गरी अगाडि बढ्ने रणनीति माओवादी केन्द्रले लिएको बताउनुभयो ।

उहाँले प्रदेश नम्बर २ मा उम्मेदवार चयनको जिम्मा २ नम्बर प्रदेशका नेताहरुलाई नै दिने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँले एक–दुई दिनभित्रै सबै उम्मेदवारको टुंगो लगाएर पार्टी निर्वाचनमा जाने बताउनुभयो ।

Man dies in road accident

A man was killed and four others were seriously injured when a jeep (Na 1 Ja 5678) skidded off the road at Khijidemba Rural Municipality in Okhaldhunga district today.

The deceased has been identified as Lhakpa Dendi Sherpa, 29, of Khijidemba in Okhaldhunga district.

Sherpa was on his way to ask for a girl's hand in marriage in Solukhumbu district, police said, adding that the injured, who are yet to be identified, have been airlifted to Kathmandu for treatment.

Election code of conduct to be implemented firmly, EC says

The election Commission has informed it will adopt strict policy in implementing election code of conduct in the upcoming federal and provincial elections.

Earlier, Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has announced to implement stern policies to enforce the election code of conduct.

Election Commissioner Sudhir Kumar Shah today has said that most of the cases of violation of election code of conduct were from the government side during the first and second phase of local elections.

He further added that government had transferred the EC secretary without pre-information to the Commission .

Commissioner Shah added that the EC has provided responsibilities to the chief district officers to take action in the code of conduct violation cases in district levels.

Similarly, the observer's team will further assess on the election management, code of conduct implementation and other issues.

It is noted that two secretaries and 16 joint secretaries have been mobilized for monitoring in 136 local levels of eight districts in Province No. 2.

Election code of conduct brought in unilateral way: Transport Minister Balayar

Minister for Physical Infrastructure and Transport Bir Bahadur Balayar has said that the election code of conduct has been brought in a unilateral way.

Speaking at a News Conference in Doti today he said the Election Commission has brought the code of conduct without consulting the government.

The code of conduct for province and federal level of elections has been introduced at a time when an election code of conduct has already been in place for the third phase of local level elections.

He said there is no need to enforce election code of conduct for elections scheduled for November 26.

Seminar on child security in internet kicks off

The Tele-communication Authority and UNICEF jointly organized the seminar on 'Child Security in Internet'  aiming  to make the children safe while using internet technology in the capital today.

The seminar is targeted to the teen agers  to alert them regarding the sexual harassment and other misbehaviors that might occur while using internet.

DIG Amrendra Singh, social campaigner Mahabir Pun and advocate Praveen Suvedi are facilitators for the seminar, who will respond to the questions that arise during the sessions.

There were 15 different stalls in the seminar premises at City Hall.

About 2,000 students from different schools in Kathmandu Valley participated the seminar.

Parties for free and fair elections

Political party representatives have stressed on the need to hold the third phase of local level elections in a free and fair manner.

Speaking at an interaction program they said all parties should follow the code of conduct election in a free, fearless and dignified atmosphere.

Chief Returning Officer of Dhanusa Radha Krishna Upreti said all sides should fully adhere to the code of conduct for free and fair election to 929 posts in the local levels of the district.

Representatives of NC, CPN-UML, CPN (MC), RPP, RPP-D, Federal Socialist Forum, RJP Nepal, CPN-ML, CPN-United, Nepali Janata Dal and other parties gave assurances to contribute from their respective parties in ensuring that the elections are held in a free and fair manner.

एनआरएनए जापानको उपाध्यक्षमा एकमतका हकदार उम्मेद्धार द्रोण सिलवाल

टोकियो ।

एनआरएनए जापानको निर्वाचन समय सुरु हुनु तीन घण्टा अघि यो लेखिरहँदा सम्म सर्वसम्मतीको हल्ला र प्रयास कतैकतै अझै चलिराखेको छ ।

हिजो अबेर रातीसम्म दुई उपाध्यक्षमा उम्मेद्धार बनेका चारजनालाई राखेर सहमतीको प्रयास र दवाव नेतृत्व बर्गले दिएपनि उम्मेद्धारी छाड्न दबाव दिएकाहरुले आफुले छाड्नुपर्ने स्पष्ट आधार र कारण नपाउँदा ईच्छाइएका व्यक्ति विशेषलाई सर्वसम्मत बनाउनेहरुको प्रयास बिफल रह्यो ।

छत्र छायाँमा रहेकाहरुकै वरिपरि घुमाएर राख्ने एनआरएन जापान नेतृत्व प्रयासमा सहभागी नभई स्वतन्त्र रुपमा साझा उम्मेद्धार बनेका एनआरएनए जापान उपाध्यक्षका एक मतका एक दाबेदार हुन् द्रोण सिलवाल ।

'संस्थागत आकार ठूलो बन्दै गएपनि ७० हजार नेपालीमा केवल १० हजार व्यक्ति मात्र आवद्ध रहनु, कुक, विद्यार्थी, डिपेण्डेन्ट, शरणार्थी देखी विभिन्न पेशा र व्यवसाय गरिरहेका नेपालीहरुले मनैदेखी अपनत्व गर्न नसकिरहनु, देशभित्र विकेन्द्रिकरण भइरहँदा परदेशमा रहेर संस्थालाई केन्द्रिकृत राखिरहँदा एनआरएनए जापानको शाख र आकर्षण अपेक्षा गरे अनुसार बढ्न नसकेको' ठम्याई सिलवालको छ ।

'म क्षेत्रहरु विस्तार मात्र होइन अधिकार र काम कर्तव्य समेत बाँडफाँड गरेर हरेक क्षेत्रलाई समेट्ने छुट्टै योजना र काम गर्नुपर्छ भन्ने योजना सहित उपाध्यक्षमा उम्मेद्धार बनेको हुँ' सिलवालले भने 'मेरो घर नेपालमा नुवाकोट जिल्ला हो तर यहाँ लगभग ७५ जिल्लाकै नेपालीहरु छन् अब हामिले एनआरएनए जापानलाई ति सबै नेपालीलाई बर्ग, क्षेत्र, लिंग, निकटता, नातावाद त्यागेर यहाँ उहाँहरुलाई परदेशको बिरानोपन मेट्नेगरि दुख सुखमा साथ दिंदै अभिभावकत्वको काम गर्नुपर्छ त्यसैले मेरो उम्मेद्धारी उहाँहरुको हरेक काममा साथ दिनलाई अभिभावकिय भूमिका निभाउन हो मलाई विश्वास छ एनआरएनए जापान सदस्य बन्नुभएका उहाँहरुले मलाई मत दिनुहुनेछ ।'

एनआरएनए जापान केन्द्रिय उपाध्यक्षका उम्मेद्धार द्रोण सिलवालको एनआरएनए जापान र आफ्ना अनूभव तथा उम्मेद्धारी बारेको यो लेख

जापानलाई कर्मथलो बनाएर विभिन्न पेशा, ब्यवसाय र रोजगारीमा आवद्ध नेपालीहरुको साझ संस्था हो एनआरएनए जापान । यसले जापानवासी नेपालीको हितमा कति काम गर्यो या गरेन बहसको विषय हुन सक्छ तर संस्थाको गरिमालाई बाचाइराख्न सवैको भूमिका महत्वपूर्ण हुनुपर्छ र सवैले संस्थाको अपनत्व महशुस गर्न पाउनुपर्छ ।

नेपाल र जापानको दौंत्य सम्बन्धले छ दशक पार गरिसकेको छ । यस्तो अवस्थामा उभिएका हामीले एनआरएन जापानमार्फत नेपाल र नेपालीको हितअनुकुल थुप्रै काम गर्नसक्ने अवस्था छ । नेपाल र जापानबीचको सम्वधलाई अझ प्रगाढ बनाउन एनआरएन जापानले महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसको पहलकदमी गर्ने नेतृत्व पनि चाहिएको छ । यसको मतलव यसअघि एनआरएन जापानले केही गरेन भन्ने होइन तर जति गर्नुपथ्र्यो त्यती गर्न सकेको छैन भन्ने सत्यलाई लुकाउन पनि सकिंदैन ।

स्थापना कालदेखि आजको दिनसम्म आइपुग्दा विभिन्न उतारचढाव पार गर्दै लड्दै नेपालीहरुको हकहितमा आवाज उठाउँदै आए पनि संस्थाले साँच्चिकै सम्पूर्ण जापानवासी नेपालीको मनमा बास गर्न नसकिरहेको भान हुन्छ । जापानमा दिनानुदिन नेपालीहरुको चाप बढ्दै गएको परिवेशमा संस्थाले अभिभावकिय भूमिका निभाउन सक्नुपर्छ । यतिखेर ७० हजार भन्दा बढी नेपालीहरु जापानमा छन् र जापानभर िछरिएर रहेका नेपालीलाई एकत्रित गरी समृद्ध संस्था बनाउनु छ । यसमा हामी सवैले हातेमालो गर्नु आवश्यक छ ।

जापानमा विभिन्न माध्यमबाट आउने नेपालीहरुको बढ्दो चापले गर्दा करिब ७० हजार भन्दा बढी जनसंख्या भइसकेका छन् । यति धेरै जनसंख्याको समायोजन गर्न विगतका कार्यशैलिले मात्रै संभव नहुने देखिन्छ । तसर्थ प्रत्येक क्षत्रहरुसँग सहकार्य गर्न अति नै आवश्यक भइसकेको छ । हालसम्म करिब १३ वटा क्षेत्रमा समिति विस्तार भइसकेका छन् जसले नेपाल र नेपालीका लागि आ–आफ्नो क्षेत्रमा काम गर्दै आइरहेका छन् र गर्नेछन् ।

तर राष्ट्रिय समन्वय परिषद्संग भने कार्य सम्पादनको बाँडफाँड र हातेमालो गरी अगाडी बढ्ने कार्य अधिवेशन र चुनावका बेला मात्र केही सक्रिय भएको अनुभूत गर्न सकिन्छ । तसर्थ राष्ट्रिय समन्वय परिषद् र क्षेत्रीय समितिबीचको दुरीलाई घटाई अगाडी बढाउन नितान्त आवश्यक महशुस गरिनुपर्छ । एनआरएन जापान भन्नाले जापानभर िछरिएर रहेका नेपालीहरु हुन् भन्ने कुरालाई आत्मसात गर्नु आवश्यक रहेको छ ।

मैले जापानको होकाइदोदेखि ओकीनावासम्म समन्वय गरी अगाडी बढ्न समितिको संरचनामा परिमार्जन गर्नुपर्ने टट्कारो आवश्यकता महशुस गरेको छु र परिमार्जित संरचनाले क्षेत्रीय समिति र राष्ट्रिय समन्वय परिषद्बीच सेतुको भूमिका खेल्न सक्छ र एकता बनाई राख्न सक्छ भन्ने पनि विश्वास लिएको छु ।

मेरो उम्मेदवारी, मात्र उम्मेदवार बन्नु होइन, समग्र एनआरएन जापान र प्रवासी नेपालीको बृहत्तर हितको लागि समन्वयन गर्नु र जापान सरकारसँग सहकार्य गर्दै नेपाल र नेपालीको पक्षमा विकासका आयामहरुलाई पनि बढाउनु हो । सँगसँगै जापानमा रहेर कम तलबमा आफ्नो परिश्रम बेच्ने प्रशिक्षार्थी कामदार, भिसाका समस्या भएका विद्यार्थी, जापानमा बढेको नेपाली शरणर्थीहरुको विषयलाई पनि हामी एनआरएनले सम्बोधन गर्न जरुरी छ र यो दिशामा सम्बन्धित निकायसँग पहल गर्न मेरो अभियान रहने छ ।

धार्मिक र सांस्कृतिक पक्षमा नेपाल र जापानबीच धेरै समानता रहे पनि जनसंख्या, भूगोल र अर्थतन्त्रको अकारमा तुलना गर्ने ठाउँ छैन । थुप्रै नेपाली ज्ञान र अवसरको लागि जापान आएका छन् र कर्मथलोको रुपमा स्थायी बसोवास गरीरहेका छन् । उनीहरुले आफ्नै व्यवसाय गर्ने देखी लिएर योग्यताअनुसारको काम गर्ने अवसर पाएका छन् । औद्योगीक भनौं वा कुनै पनि उत्पादनको लागि प्रविधिक हिसाबले जापान अब्बल मानिन्छ, यहाँको कृषि प्रविधिलाई मात्रै पनि नेपालमा भित्र्याउन सक्ने हो भने बेरोजगार समस्या स्वत घट्ने र आर्थिक आयमा ठूलो बृद्धि हुने छ ।

त्यस्तै ठूलो संख्यामा प्रकृतिप्रेमी जापानीहरुलाई पर्यटकको रुपमा भित्र्याई नेपालको भौगोलीक, सामाजिक र साँस्कृतिक पक्षमा बुझाउन सके विना उत्पादन नै आर्थिक आम्दानीको स्रोत मजबुत हुन्छ । यसको लागि एनआरएन जापानले सम्बन्धित पक्षसँग छलफल चलाउने र आधार तयार गर्नुपर्ने आबश्यकता छ ।

अहिले एनआरएनहरुले नेपालमा रेमिट्यान्स पठाउनु बाहेक उनीहरुले आर्जन गरेको ज्ञान, सीप र पैसालाई लगानी गर्न पाएका छैनन् । एनआरएन भएर पनि आफू जन्मेको माटो र राष्ट्रप्रति आफूले गर्नुपर्ने दायित्वका बारेमा केही न केही गर्नुपर्ने बेला आएको छ । यसको उचित अवसरको निर्माण हामी आफैले गर्नुपर्छ ।

अतः धार्मिक र सांस्कृतिक हिसाबले नजिक रहेको नेपाल–जापानको दौंत्य सम्बन्धलाई अझ कसिलो र प्रगाढ बनाउँदै दक्षता, योग्यता र प्रविधिक क्षमताको विकासमा हातेमालो गर्दै अगाडी बढाउन एनआरएन जापानको भूमिका महत्वपूर्ण हुनुपर्छ र दायित्व पनि ।

“नेपाल आमा र यहाँका नेपालीको कसम खाएर भन्छु एनआरएनएमा रहेर कहिल्यै व्यक्तिगत स्वार्थको काम गर्दिन”

टोकियो ।

हुनलाई उनको मुल कर्म कलाकारिता हो । सञ्चारकर्मीको रुपमा समेत जापानवासी नेपालीमाझ परिचित जगत बहादुर खड्का 'ज्याक खड्का' नामले परिचित उनी भोलीबाट नयाँ परिचय थप्ने तरखरमा छन् ।

अध्ययन, रोजगारी, कलाकारिता हुँदै जापानमा रहेका नेपालीहरुको दुख सुखमा साथ दिंदै आएका खड्का गैर आवासिय नेपाली संघ जापानको केन्द्रिय सदस्यमा उम्मेद्धार बनेका छन् र मतदान आज अर्थात् शनिवार मध्यरात १२ बजेबाट सुरु हुँदैछ । अनलाईन मार्फत् भोटीगं हुन लागेको एनआरएनए जापानको मतदान भने भोली आइतबार मध्यरात १२ बजेसम्म जारी रहनेछ ।

आफ्नो कर्म, पेशा र व्यवसाय समेत छाडेर एनआरएन नेतृत्वका विभिन्न पदका उम्मेद्धारहरुले हप्तौंदेखी भोट माग्दै र पत्याउनै नसक्नेगरि लाखौं रुपैयाँ खर्च गरेर प्रचार गरिरहँदा यि उम्मेद्धार भने मतदान सुरुहुनु १२ घण्टा अघि जापानी टेलिभिजनमा नेपाल बारेकै एक सन्देशमुलक भूमिकामा काम गर्न लम्कंदै गरेको अवस्थामा सिन्जुकु स्टेशन भित्र भेटिए ।

'मेरो कर्म कलाकारिता हो, यो कर्मबाट सकेको समय निकालेर अनि आफुले कर्मले आर्जेको आर्जनबाट नेपाल र नेपालीका लागि सकेको सहयोग गर्छु भन्ने तत्परताले उम्मेद्धार बनेको हुँ' केही गम्भिर र भावुक मुद्रामा देखिएका खड्काले भने-'मैले न मैले कुक, विद्यार्थीलाई जापान ल्याउने र सहयोगको नाममा पैसा असुलेर मनग्य कमाउन सकेको छु न मैले बल बुताले ठूलो व्यापार वा व्यवसायनै गरेको छु । अनि मैले कसरी हप्तौं भोट माग्दै प्रचार गरेर बसिराख्न पाउँछु । त्यसैले मैले उम्मेद्धारी दिएं अनि कर्ममा लागिरहेको छु ।'

'एनआरएनमा लाग्नु भनेको फेसबुकमा फोटो हाल्दै प्रचार गरिरहनु मात्र होइन' एनआरएनएमा आवद्धता र प्रतिवद्धता बारे खड्काले खुलाए 'जापानमा रहेका नेपालीहरुको हितमा काम गरिरहनु, नेपालको छवि उँचो राख्न कर्म गरिरहनु, अनि नेपालीका समस्या र पिडामा साथ दिन सक्नु सच्चा एनआरएन हुनु हो' थप स्पष्ट पार्दै जगतबहादुर खड्काले भने 'म प्रचारमा भन्दा कर्ममा विश्वास गर्ने भएर कर्म गरिराखेको छु नेपाली र नेपालको मायाँ र भलो चाहने इमान्दार र देशभक्त नेपालीहरुले मलाई कम्तिमा एक भोट दिन्छन् ।'

केही मिनेटको छोटो कुराकानीमा समयलाई हिसाब गर्दै बोलिरहेका खड्काले एनआरएनए जापान केन्द्रिय सदस्यपछिको भूमिका र जापानबासि नेपालीमाझ प्रतिवद्धता जनाउँदै भने-'संस्थाको पारदर्शीता सबैभन्दा पछि नेपालीले गर्ने आशंकाको विषय छ, म यसको पारदर्शितामा सँधै कटिबद्ध भएर लाग्नेछु ।'

'म मेरो देश र आमा अनि जापानमा रहेका करिव ७० हजार नेपालीको कसम खाएर भन्न सक्छु एनआरएन सदस्य भएर म कुनैपनि आर्थिक अपचलन गर्नेछैन, अनि व्यक्तिगत वा गलत स्वार्थमा कुनैपनि काम गर्नेछैन ।'

कुराकानीलाई टुंग्याउँदै खड्काले भने-'जापानमा कुक भिषामा रहेकाहरुको समस्या, विद्यार्थीका पिडा, डिपेण्डेन्ट भिषामा रहेकाहरुको समस्या आदिबारे म धेरै जानकार छु त्यसैले म एनआरएनए जापान केन्द्रिय सदस्य भएपछि उनिहरुका हरेक समस्या समाधान गर्न संस्थागत पहल र सहयोगसँगै व्यक्तिगत रुपमा सँधै अग्रस्थानमा रहेर काम गर्नेछु ।'

खोटागं डम्बरखु शिवालयका डम्बर बहादुर खड्काले जन्मस्थल छाडेको २ दशक नाघिसक्यो । जन्मभूमि छाडेको पनि २ दशक पुग्न लागिसक्यो । तर उहाँको जन्मस्थल प्रतिको माया र देश प्रेम नाप्ने कुनै यन्त्र भए स्वदेशमा भएका कुनै नेपालीको भन्दा कम छैन । यसको आधार थियो केही समय अघि मात्र आफ्नो जन्मस्थल पुग्दाको खुशी बताइरहँदा उहाँको अनुहारमा देखिएको चमक र सँधै उस्तैको राजनीतिक अस्थिरता बनाएर दलहरुले देशमा अवरुद्ध पार्दै आएको बिकासको गतिबारे चिन्ता ।

देशमै नाम र दाम कमाएर पनि अमेरिका, युरोप पलायन भएर भूमिगत भएका अनगिन्ती उदाहरणका नेपाली माझ छ । तर बाध्यताले बिदेशिएर पनि देशको नाम उँचो पार्न लागि पर्ने त्यस्ता नेपालीहरु प्रवासमा भने अनगिन्ति छन् । तर कलाकारीतामा लागेर देशको शिर उचाउने नेपाली भने कमै पाइन्छन् । त्यस्तै मध्येका एक हुन् जगत बहादुर खड्का अर्थात् ज्याक खड्का ।

१८ बर्षअघि जगत बहादुर खड्काको रुपमा विद्यार्थी बनेर जापान आएका ज्याक खड्काले अहिले जापानमा कलाकारको परिचय बनाउनुभएको छ । विज्ञापन, टेलिचलचित्र मात्र हैन सर्ट मुभि र ठूलो पर्दाको चलचित्रमा समेत अभिनय गर्न थाल्नु भएका उनै उदियमात्र कलाकार तथा गैर आवासिय नेपाली संघ जापानको केन्द्रिय सदस्यका उम्मेद्धार जगत बहादुर खड्का 'ज्याक'सँग गरिएको कुराकानी ।

जापान कहिले आउनु भएको हो ?

म २७ बर्षको उमेरमा आएको हो । अध्ययनको लागि १८ बर्ष अघि आएको ।

तपाइको नाम नै ज्याक हो कि त्यतिकै राखेको ?

हैन हैन । मेरो खास नाम जगत बहादुर खड्का हो । जापानीहरुले नाम उच्चारण गर्दा गलत उच्चारण गर्दै जागा बाता खाताखाता मात्र भनेर हैरान भएपनि उनिहरुको सजिलोको लागि ज्याक खड्का राखेको हो । म जगत बहादुर खड्का नै हुँ ।

तपाई जापानी कलाकार कि नेपाली ?

म जापानमा कर्मथलो बनाउँदै आएको नेपाली कलाकार । मात्र यत्ती हो म नेपाली कला क्षेत्रमा नभई जापानी कलाक्षेत्रमा काम गर्छु ।

जापानी कला क्षेत्रमा भनेको के हो ?

म जापानमा टेलिभिजन, बिज्ञापन, टेलिफिलिम, सर्ट मुभि र भर्खरैबाट ठूलो पर्दाको चलचित्रहरुमा काम गर्न थालेको छु ।

अभिनय यात्रा कहिले के बाट थाल्नु भएको हो ।

सन् २००५ मा क्यानोनको क्यामराको एक फोटो सेसनबाट सुरु गरेको हो । त्यसमा चाहिँ ५ ७ वटा क्यामेराले विभिन्न कोणबाट खिच्ने रहेछ अनि बोल्दाखेरी लवज जुंगा कसरी हल्लिन्छ क्यामेराको लेन्सले लिन्छ कि लिन्न भन्ने रहेछ । पहिले देखिनै मैंले अहिलेको जस्तै दाह्रि जुंगा काट्ने गरेको थिएं त्यसैले मलाई सघायो र म यस क्षेत्रमा प्रवेश गरेँ ।

अभिनय गरेर नाम र दाम मात्र कमाइराख्नु भएको छ कि नेपालको गौरब बढाउने काम पनि गर्नुभएको छ ?

म अभिनयमा खास छिरेको नै नेपालको गौरव बढाउन र नेपालीहरु पनि यतिसम्म सक्षम छन् है भनेर जापानमा पनि चिनाउन हो । मैले अभिनय गरेको ट्वान्टिथ सेन्चुरी ब्वाय भन्ने पहिलो टेलिफिलिम नै विभिन्न देशको बारेमा समेटिएर बनाएको थियो र त्यसमा मैले नेपालको प्रतिनिधित्व गरेको थिएं ।

भूमिकाको हिसाबमा कस्तो अभिनय गर्दै आउनुभएको छ ?

नेपाली कलाकारिता र यहाँको तुलना गर्ने हो भने यहाँको क्षेत्र महासागर जस्तै छ । भन्न खोजेको हलिउडसँग तुलना हुन्छ यहाँको फिलिम, टेलिफिलिम, विज्ञापनहरु । यस्तो ठाउँमा मैंले अहिलेनै ठूलो भूमिकामा अभिनय गर्न पाउँछु भन्ने सोचेको छैन । तर यत्ति चाहिँ पक्का हो कि सम्मान र क्षमता अनुसार केही ठूलो भूमिकाहरु पाउँदै जान थालेको छु । टेलिभिजनको रियालीटि शो हरु देखी ठूलो पर्दाको फिलिमसम्म आइपुगेको छु । आफुपनि अभिनयमा निखारिँदै गएकाले अब भने ठूलो रोलहरु पाउँछु भन्नेमा ढुक्क छु ।

जापानी बजार र यहाँका प्रवासी नेपालीले त चिन्लान् तर नेपाली कलाकारीताबारे तपाईको सोच के छ ?

जति नै नाम र दाम कमाएपनि कसलाई रहर हुन्छ र अरुको देशमा रमाउन र अरुकै क्षेत्रमा काम गर्न । म पनि त्यस्तै अभिनय र अवसरको पर्खाइमा छु । आफ्नै देशको कलाकारिता क्षेत्रमा केही गरौं र गर्नुपर्छ भन्ने सोचमा छु । हेरौं समयले कत्तिको साथ दिन्छ सबैकुराले साथ दिएमा केही समय यतै काम गरेर यहीँबाटै पनि र नेपालमा गएर कलाकारीता क्षेत्रमा यहाँको प्रविधि, स्तर र विश्वबजारसँग तुलना गर्ने खालको त्यस्ता विज्ञापन, फिलिमहरु बनाउँन लागि पर्नेछु ।

जापानी कला उद्योगमा ज्याक खड्कालाई के भनेर चिनिन्छ ?

पहिलो मेरो नामसँगै म नेपाली भनेर चिन्छन् । दोस्रो मेरो नामसँगै गोर्खालीको परिचय जोडिन्छ । अनि मेरो मेहनत, इमान्दारितालाई चिन्छन् । भनेको प्रवासमा रहेका हामी नेपालीले आफुसँगै देश, आफ्नो गौरवपूर्ण इतिहाँस र आफ्नो स्वाभिमान र इमान्दारितालाई बढाउने काम गरिरहेका छौं ।

जापानमा सयौं नेपाली संघसंस्था, एनआरएन जस्ता प्रतिनिधिमूलक संस्था छ त्यसमा आवद्धता र त्यसले कस्तो भूष्मिक खेलिरहेको पाउनुहुन्छ ?

तपाईलाई के भनौं । मलाई त नेपालमा पनि यतिधेरै संघसंस्था छैनन् कि जस्तो लाग्छ । जातै पिच्छेको संघ र समाज छ । राजनीतिक दल नै पिच्छेको सम्पर्क के के छ । गाउँ र जिल्लै पिच्छेको छुट्टा छुट्टै संघ संस्था छ । उमेर अनुसारको क्लव, सहयोग के के हो के के ? यतिधेरै छन् कि भनिसाध्य छैन । अब भन्नुस् तिनको काम तिनले के के गर्छन् र गरिराखेका छन् कसरी कसलाई थाहा हुन्छ । भनेको यसलाई व्यवस्थित बनाउनु आवश्यक भइसकेको छ । एक हिसाबले आफ्नो गाउँ जिल्लाको लागि भनेर यस्ता संघ, संगठन बनाउनु राम्रो पनि हो ।

अब एनआरएनको कुरा गर्दा यसले राम्रो काम गरिरहेको छ । तर गम्भिर कुरा भने भने यो भित्र डरलाग्दो अपारदर्शिता हुन थालेको छ । भूकम्प पिडितको नाममा देखी सहयोग गर्ने नाममा उठाइएका सहयोगमा समेत अपारदर्शिता देखिन थालेको छ भनेपनि आफैं बुझ्नुस् यसलाई कति सुधार गर्नु आवश्यक छ भनेर ।

जापानमा अन्य त्यस्ता संघ संस्थाहरु छन् जुन क्रियाशिल र शसक्त छन् ?

पत्रकारहरु पनि यहाँका क्रियाशिल छन् । तर लाज मर्दो कुरा । एउटा अनलाईन चलाउन माओवादीको, अर्को काँग्रेसी, अर्को एमालेको भनेर पार्टी पार्टीको नामबाट चिनिन्छन् । पत्रकार भन्दा बढी राजनीति गरिरहेको जस्तो लाग्छ । तर पनि प्रवासमा रहेर क्रियाशिल भएको पाउँछौं । अरुलाई औंलो ठड्याउने यो समुह मात्र पनि निष्पक्ष र तटस्थ भइदियो भनेचाहिँ अघि माथि भनेकाहरु सबैलाई सुधार्न सकिन्थ्यो । तर जसले अरुलाई सुधार्न घच्घच्याउने हो उनै एउटा एउटा व्यक्ति र गुटको भनेर चिनिए पछि त त्यो के के पत्रकार हुनु । कसैको कार्यकर्ता र शुभचिन्तक भइहाल्यो नि ।

अब अलिकति आफ्नै देशबारे कुरा गरौं । नेपाल कहिले फर्कनुहुन्छ ?

पूर्ण रुपमा नै उतै बस्नेगरि कहिले त ठ्याक्कै भन्न सक्दिन । तर यत्ति चाहिँ पक्का हो हाम्रा नेताहरुको मति र चरित्र सुध्रने हो भने देशले विकासमा ठूलो फड्को मार्छ । त्यत्ति भएपछि हामी बिदेशीनु र बिदेशमा बस्नुपर्ने आवश्यकता नै छैन नि । अनि कहिले फर्कने भन्ने सोच्न र सोध्नै पर्दैन । स्वार्थि नेता, भ्रष्ट कर्मचारी मात्र सुध्रने हो भने देश पाँच बर्षमा विकासमा गर्वगर्ने अवस्थामा पुग्छ । अनि हामीजस्ता विदेशीएका नेपालीको स्वदेश फर्केने लर्को लाग्छ ।

सानो छँदा तपाईलाई के बन्न मन लाग्थ्यो ?

पाइलट बन्न मन थियो । माथि आकाशमा हवाईजहाँज उडेको हेर्थें, अनि त्यसरीनै हवाईजहाँज उडाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । मनमा अझै पनि छ । पैसा भए सिक्थें र उडाउँथे । हेरौं समयले कति साथ दिन्छ ।

जापान आएर के पाउनु र गुमाउनु भयो ?

पाएको कुरा यहि भन्ने छैन । केही पैसा कमाए हुँला, अध्ययन गरें । जापानी कला संस्कृतिबारे सिक्न पाएं । आफ्नो रुचिको कलाकारिता क्षेत्रमा काम गरिरहेको छु । पाउने सवालमा पाउँदैछु भनौं न । गुमाउने कुरामा चाहिं मैंले यि बाहेक सबै कुरा गुमाएको छु ।

यि बाहेक सबै कुरा गुमाएको भन्नाले ?

विदेशी भूमिमा बस्नुपरेको छ । आफ्नो माटो देश छाडेर बस्नु परेको छ । यो सबैभन्दा ठूलो गुमाएको कुरा हो । आफन्त नातागोता धेरै धेरै टाढा हुन पुगेका छन् । त्यो पनि गुमाएकै हो । मातृभुमिको सेवा गर्न पाइएको छैन । भने गुकाएका कुरा अरु के भनिरहनुपर्ला ।

बुवा नेपालमा हुनुहुन्छ । आमा केही समय अघि मात्र बित्नुभयो । तिन महिना छुट्टीमा घर भएको थिएं । आउनु भन्दा महिना दिन अगाडी मात्र आमा बिरामी हुनुभयो । अस्पताल भर्ना पनि गरियो । उपचार गर्दा गर्दै पनि आमालाई बचाउन सकिन । अब बल्ल केही गर्न सक्छु । आमा बुवालाई खुशीले राख्छु । जिवनमा अब दुधको धारा तिर्ने बेला आयो भनेर सपना बुनेको मात्र के थिएं दैवले आमालाई छिनेर लग्यो । केही महिना अघि मात्र अन्तिम पटक नेपाल गएर आउँदा आमालाई पनि गुमाएर आएं । खुशी बोकेर ल्याउँछु आमा बुवालाई सुखले उहाँहरुले भनेको ठाउँमा बस्ने व्यवस्था मिलाउँछु भनेर गएको थिएं तर आमाको खुशी र सुख हैन मैंले कहिल्यै पाउन नसक्ने त्यो मातृत्व सँधैको लागि गुमाएर मातृत्व गुमाएर फर्कनुपर्यो ।

एनआरएनए जापान केन्द्रिय सदस्यका एक दाबेदार अर्थात् उत्तम कुमार श्रेष्ठ

टोकियो ।

एनआरएनए जापान नेतृत्व चयनको अन्तिम संघारमा अकस्मात भेटिएका उत्तम कुमार श्रेष्ठ अघिपछि भन्दा व्यस्त देखिन्थे । फोन, म्यासेज अनि भेटघाट, केही दिन यता व्यस्त बनाएको उनको दैनिकिको कारण थियो गैर आवासिय नेपाली संघ जापानको केन्द्रिय सदस्यमा उम्मेद्धारी ।

छोटो कुराकानीका क्रममा श्रेष्ठले भने-'म सदस्यको उम्मेद्धार हो मैले प्रतिवद्धता जनाउँदै धेरै काम गर्छु भन्ने होइन, म यत्ति भन्न सक्छु म सदस्य भएपछि नेतृत्वले गलत काम गर्न खोजे वा विवादीत काममा हात हालेमा त्यसको बिरोध गर्छु र आम नेपाली तथा नेपालको हितको पक्षमा उभिन्छु । तर नेतृत्वले गर्ने हरेक सकारात्मक काममा पनि मेरो सक्दो सहयोग र नेतृत्वदायि भूमिका हुनेछ ।'

उत्तम कुमार श्रेष्ठलाई नै सदस्यमा भोट किन हतारको भेटमा उनले उम्मेद्धारी घोषणासँगै उठाएको नारा सम्झंदै भने -'गलत पात्र र प्रवृतिलाई निरुत्साहित पार्न मलाई भोट ।'

जापानमा हुने अधिकाशं मनोरञ्जनात्मक कार्यक्रम होस् वा सामाजिक परोपकारी, नेपाली समुदायका उत्सव र महोत्सवमा अग्रपंक्तिमा रहेर सफल बनाउन सघाउन स्वयंसेवी बनेर खटिने गरेका श्रेष्ठले आफ्नो उम्मेद्धारीमा दाबी गर्दै भने -'मैंले सिमित नेपालीमाझ रहेर अहिलेसम्म सकेको सेवा र सहयोग गर्दै आएको छु, मात्र यत्ति हो अब संस्थागत रुपमा एनआरएनएभित्र रहेर जापानभर रहेका नेपालीहरुलाई सहयोग र सहकार्य गर्न खोजेको हुँ ।'

अध्यक्ष, महासचिव, कोषाध्यक्ष हुँदै निर्वाचनको एकदिन अघि मात्र भएपनि महिला उपाध्यक्षमा सहमती भएपनि बाँकी पदहरुमा निर्वाचन हुने लगभग पक्का भएको छ ।

उत्तम कुमार श्रेष्ठले मतदानमा आफुलाई बिजयी गराउने विश्वास सहित छुट्टिंदै गर्दा भने -'सोचेर र बुझेर आफ्नो अमुल्य मत सबैले दिनुहुनेछ, किन भने एक भोटले ठूलो अर्थ राख्छ एनआरएनए जापानलाई मेरो पनि हो भन्ने व्यवहारिक अनुभुति गराउन पनि मलाई भोट दिनुहुनेछ ।'

भक्तपुरमा बस दुर्घटना १६ यात्रु घाइते

भक्तपुर । काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौँतर्फ जाँदै गरेको बस अरनिको राजमार्ग खण्डअन्तर्गत जोरपाटीमा आज बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

करिब ८ बजेतिर तीव्र गतिमा आइरहेको बा२ख ९५८० नंको बस सूर्यविनायक नगरपालिका जोरपाटीमा सडकबाट खेतमा खसेर दुर्घटनामा परेको वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिनुभयो स्थानीयवासीले यात्रुको उद्धार गरेर उपचारका लागि मध्यपुर अस्पताल पठाएका छन् ।

नेपाल आइडलमा आज चारै जना सुरक्षित, यस्तो छ कारण…

काठमाडौं। आज नेपाल आइडलबाट कोही पनि आउट भएनन् । आज निर्णायकले आफ्नो पावर प्रयोग गर्दै नो इलिमिनेसन डे घोषणा गरेका हुन् । आज प्राप्त भोट अर्को हप्ता आउने भोटमा जोडिनेछ ।
यसअघि दर्शकले पठाएको भोटको संख्या सार्वजनिक गरिन्थेन। तर, यो हप्ता भने ३७ लाख २० हजार २ सय १८ भोट प्राप्त भएको जानकारी दिइएको थियो ।
विभिन्न चरणहरु पार गर्दै अहिले नेपाल आइडलमा चार जना प्रतिष्पर्धी बाँकी रहेका छन् । मोरङका निशान भट्टराई, नारायणगढ, चितवनका सागर आले, पोखराका बुद्ध लामा तथा ललितपुरका प्रताप दासमध्ये अर्को शुक्रबार एक जना बाहिरिने छन् ।
दर्शकको भोट नै निर्णायक भएकाले को बाहिरिन्छ भन्ने अनुमान गर्न गाह्रो छ । यद्यपी सामाजिक सञ्जालमा भने अड्कलबाजी गर्न थालिएको छ । सबै प्रतियोगीका प्रस्तुतिले दर्शक र निर्णायकको मन जित्न सफल भएको छ ।
यस अघि नै बाहिरिएका प्रतियोगी सुरज थापाले सबैलाई रुवाएर गए । झलकमान गन्धर्वको गीत ‘हे बरै’ मा उनले दमदार प्रस्तुति दिएका थिए । गत हप्ता उनी बाहिरिने दिनमा पनि निर्णायक मण्डलकी सदस्य इन्दिरा जोशी, अन्य प्रतिष्पर्धी र दर्शकसमेत रोएका थिए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web