कार्यक्रम अघिनै नेपाल आईडलबाट प्रताप दास बाहिरिएको हल्ला, को बाहिरिन्छ आज ? (लाईभ हेर्नुहोस्)

काठमाडौं  ।

पछिल्लो समय निकै नै लोकप्रिय बन्दै गइरहेको रियालिटी टेलिभिजन शो नेपाल आइडलमा शुक्रबार एक जना प्रतिष्पर्धी बाहिरिनेछन् । शुक्रबारबाट एक जना प्रतिष्पर्धीको नेपाल आइडलको यात्रा टुंगिनेछ ।

निकै नै रोचक र प्रतिष्पर्धात्मक बन्दै गएको नेपाल आइडलमा आज कसले रुवाउने हो त्यो भने दर्शककै हातमा रहेको छ ।
विभिन्न चरणहरु पार गर्दै अहिले नेपाल आइडलमा चार जना प्रतिष्पर्धी बाँकी रहेका छन् । मोरङका निशान भट्टराई, नारायणगढ, चितवनका सागर आले, पोखराका बुद्ध लामा तथा ललितपुरका प्रताप दासमध्ये शुक्रबार एक जना बाहिरिने छन् ।

दर्शकको भोट नै निर्णायक भएकाले को बाहिरिन्छ भन्ने अनुमान गर्न गाह्रो छ । यद्यपी सामाजिक सञ्जालमा भने अड्कलबाजी गर्न थालिएको छ । सबै प्रतियोगीका प्रस्तुतिले दर्शक र निर्णायकको मन जित्न सफल भएको छ ।
यस अघि नै बाहिरिएका प्रतियोगी सुरज थापाले सबैलाई रुवाएर गए । झलकमान गन्धर्वको गीत ‘हे बरै’ मा उनले दमदार प्रस्तुति दिएका थिए ।

गत हप्ता उनी बाहिरिने दिनमा पनि निर्णायक मण्डलकी सदस्य इन्दिरा जोशी, अन्य प्रतिष्पर्धी र दर्शकसमेत रोएका थिए ।
त्यस्तै, पहिले नै बाहिरिएका प्रताप लामा, मेनुका पौडेल, अफसर अली, प्रमिला राई, विल्सन श्रेष्ठ, केञ्जल मेहर श्रेष्ठलगायतका प्रतियोगीको प्रस्तुति दर्शकले निकै नै मन पराएका थिए । नेपाल आइडलको ग्रान्ड फिनाले भने कतारमा हुने भएको छ ।

१० वर्ष भित्र सुदूरपश्चिमको विकासमा कायापलट हुन्छ : प्रधानमन्त्री देउवा

कञ्चनपुर।  प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी १० वर्ष भित्र सुदूरपश्चिमको विकासमा कायापलट हुने दाबी गर्नुभएको छ । केही दिन अगाडी भएको आफ्नो ५ दिने राजकीय भारत भ्रमण सुदूरपश्चिमका लागि बढी उपलब्धिमुलक भएको उहाँले बताउनुभयो ।

भिमदत्त नगरपालिका र महाकाली नगरपालिकालाई जोड्ने महाकाली नदिमा ४ लेनको आठ सय मिटर लामो पुलको शिलान्यास गर्न कञ्चनपुर पुग्नुभएका प्रधानमन्त्री देउवाले शुक्रबार विहान नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अब सात नम्बर प्रदेशको विकाशको ढोका खुलेको उद्घोष गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणका क्रममा कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह, डडेल्धुरा, बैतडी र दार्चुलाबाट भारत संग जोड्ने महाकाली नदीमा पक्की पुलहरु र तटबन्ध निर्माण, गौरीफन्टा नाका, पञ्चेश्वर परियोजनाको गतीलाई तीब्रता एवं कैलालीमा सुदूरपश्चिमकै महत्वपूर्ण आवश्यकताका रुपमा लिइएको प्राविधिक शिक्षालय स्थापना लगायतका विषयमा भारत सरकारसंग गहन छलफल भएको बताउनुभयो ।

सरकारबाटै आचारसंहिता धेरै उल्लंघन भयो : निर्वाचन आयोग

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राहत वितरणको नाममा आचारसंहिता उल्लंघन भइरहेको बताएका छन् । उनले आचार संहिता उल्लंघनविरुद्ध शून्य सहनशीलता अपनाइने पनि बताए ।

शुक्रबार आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा डा. यादवले भने, ‘आचार संहिता पालना विरुद्धको विषयमा शून्य सहनशीलताको नीति अपनाइने छ ।’

आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय चुनावको अनुगमनकर्तालाई डा. यादवले भने, ‘उम्मेदवारबीच जसरी पनि निर्वाचन जित्ने मनसाय हुन्छ, अहिले राहतको नाममा आचार संहिता उलंघनको घटना भइरहेका छन् ।’

सरकारबाटै सबैभन्दा बढी आचार संहिताको उलंघनका घटना भएको उनले बताए । आचारसंहिता उल्लंघन गर्ने कसैलाई पनि आयोगले नछाड्ने भन्दै डा. यादवले मनोनयन अवधि र मनोनयन पछिको समय बढी संवेदनशील हुने हुँदा विशेष चनाखो हुन अनुगमनकर्ताहरूलाई निर्देशन दिए ।

समन्वय अभावले हुने कमी कमजोरीलाई हटाउनेतर्फ अनुगमनकर्ताले विशेष भूमिका निर्वाह गर्नुपर्ने यादवको भनाइ थियो ।

संवैधानिक आयोगको रुपमा रहेको निर्वाचन आयोगलाई विभागको सरह सरकारले व्यवहार गरेको यादवले गुनासो गरे ।

कार्यक्रममा आयुक्त सुधीरकुमार शाहले निर्वाचन आचार संहिता पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याइने बताए ।

मधेसको मुद्दा सम्बोधन नभए सम्म आन्दोलन जारी : यादव

महोत्तरी । मधेसको मुद्दा सम्बोधन नहुन्जेल सम्म आफूहरुको आन्दोलन जारी रहने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

शुक्रबार महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागिता नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।

अध्यक्ष यादवले संविधानमा मधेसीको पहिचान कतैपनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य भएपनि आफूहरुले आन्दोलनको अर्को रुपस्वरुप चुनावी मैदानमा उत्रिनुपरेको बताए ।

एक अर्को प्रसंगमा उनले ‘उच्चतहमा दलित नपुगेससम्म देशमा लोकतन्त्र स्थापित हुनैसक्दैन’–भने ।

त्यस अवसरमा नेपाली कांग्रेसका पूर्वगाविस अध्यक्ष महेन्द्र यादवसहित अन्य पार्टी परित्याग गरेका करिब ५०० कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए ।

यो देशका पार्टी भनेको कांग्रेस र एमाले मात्रै हुन् : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई बिरालोको संज्ञा दिएका छन् ।

शुक्रबार पोखरामा गरिएको कार्यक्रममा उनले देशमा पार्टी भनेको नेपाली कांग्रेस र एमालेमात्रै भएको जिकिर गरे । उनले भने–‘अरु पार्टी तराजुमा राख्ने ढक हुन् ।’

प्रदेश नम्बर–२ मा असोज २ गते हुन गइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा एमालेलाई चारैतिरबाट घेराबन्दी गर्न खोजिएपनि एमाले पहिलो पार्टी नै बन्ने भन्दै उनले एमालेलाई हराउन चुनौती पनि दिए ।

अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गते हुने संघीय संसद र सातओटै प्रदेशसभामा पनि एमालेले बहुमत ल्याउने दाबी गरे ।

संघीय संसद र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुनुपर्छ भन्ने पक्षमा एमाले हुँदाहुँदै सरकारले दुई चरणमा निर्वाचन गर्न लागेकामा उनले आपत्ति जनाए ।

‘दुई चरणमा चुनाव गर्न खोज्नु धाँधलीको संकेत हो’–उनले भने ।

कार्यक्रममा एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत पनि गरिएको थियो ।

श्रीमती साटासाट गरी यौनसम्पर्क गर्ने गरेको रहस्य [भिडियो सहित]

अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ ।हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेको छ । आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा गर्लफेण्डसँग आफूले यौनसम्पर्क राख्ने गरेको घटना समाचारमार्फत बाहिर आएको हो ।घटना छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा भएको हो ।

उत्तर प्रदेशबाट श्रीमती सीता (नाम परिवर्तन)लाई दिल्ली लगेर श्रीमान हरि (नाम परिवर्तन)ले आफ्ना साथी अमर(नाम परिवर्तन)सँग यौनसम्पर्क गर्न लगाएका छन् भने साथीकी गर्लफ्रेण्ड निशा (नाम परिवर्तन)सँग आफूले यौनसम्पर्क राखेको भारतीय पत्रिका दैनिक जागरणको अनलाईनले समाचार प्रकाशित गरेको छ ।

पुरा भिडियो हेर्नुहोस
https://youtu.be/PEzdEzfckLs

यी चार कुरा शरीरमा हुने मान्छे भाग्यमानी

। समुद्र शास्त्रले हरेक प्रकारको कुरा बताइरहेको हुन्छ । ज्योतिषशास्त्रलाई मान्ने हो भने यसले शरीरमा भएको अनेक प्रकारको संकेतलाई अध्ययन गरेर व्यक्तिको बारेमा बताउने गर्दछ । ज्योतिषशास्त्रका अनुसार शरीरमा भएका यी संकेतहरुले तपाईको बारेमा निम्न कुराहरु बताउँछन् ।

दाँतमाथि दाँत खप्टिनु
जुन व्यक्तिको दाँतमाथि दाँत खप्टिएको हुन्छ उनीहरु भाग्यमानि हुन्छन् । यसका साथै यिनीहरुको राम्रा तथा सधैँ साथ दिने मित्रहरु हुन्छन् । यस्ता व्यक्तिहरु आफ्नो भाग्यको साथले नै अघि बढेका हुन्छन् ।

६ वटा औँला
हातमा ५ वटा नभएर ६ वटा औँला हुन्छ उनीहरुको भाग्य एकदमै बलियो हुन्छ । यी व्यक्तिहरु हरेक कामलाई आफ्नो मान्छन र धेरै नै इमान्दारीताको साथ गर्ने गर्छन् । यसका साथै यी व्यक्तिहरुले प्रसिद्धि समेत कमाउँछन् ।

दाँतको बीच खाली ठाउँ
दाँतको बीच ग्याप हुने व्यक्तिहरु आर्थिक क्षेत्रका निर्णय लिन धेरै नै सक्षम हुन्छन् । समुद्रशास्त्र अनुसार यस्ता व्यक्तिहरु गफाडि हुन्छन् । कुरा बनाउन कहिल्यै पनि थाक्दैनन । यस्ता व्यक्तिहरु भाग्यशाली हुन्छन् । भनिन्छ कि जसको अगाडिको दाँतबीच खाली ठाउँ हुन्छ त्यस्ता व्यक्तिहरु पैसा देखि लिएर करिअरसम्मको कुरामा निकै नै भाग्यशाली हुन्छन् ।

पुरुषको छातीमा रौँ
जुन पुरुषको छातीमा रौँ हुन्छ त्यस्ता पुरुषहरु शान्त र सरल स्वभावका हुन्छन् । पैसाको कुरा गर्ने हो भने यस्ता व्यक्ति धेरै नै धनी हुन्छन् र यीनीहरुलाई जीन्दगीभर कहिल्यै पनि धनको कमी हुँदैन ।

क्यान्सरको उपचारमा नयाँ युग : अब पूर्णरुपमा निको हुनसक्छ क्यान्सर

काठमाडौं ।  अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले क्यान्सर उपचारमा प्रयोग गर्न नयाँ प्रकारको उपचार पद्धतिलाई स्वीकृति दिएको छ। यो पद्धतिअनुसार बिरामीको श्वेत रक्तकोषलाई निकालेर 'जेनेटिकल्ली रिप्रोग्राम'गरी पुन: बिरामीलाई दिइन्छ, जसले क्यान्सरका कोषलाई निष्क्रिय बनाउँछ।

यो उपचार पद्धतिले स्वीकृति पाएसँगै विश्वभर क्यान्सरको उपचारमा नयाँ युग प्रारम्भ भएको मानिएको छ।  औषधि उत्पादक कम्पनी नोर्भाटिसको उक्त औषधि प्रयोगबाट रक्त क्यान्सर लागेका ८३ प्रतिशत बिरामी पूर्णरुपमा निको हुने दाबी गरिएको छ। हाल यो उपचार निकै महङ्गो हुनेछ, जसको मूल्य ४ लाख ४७ हजार डलर अर्थात करिब ४ करोड ७५ लाख नेपाली रुपैयाँ पर्नेछ। आजको कान्तिपुर दैनिकमा समचार छ ।

सशस्त्र प्रहरीको सेटिङमा विमानस्थलबाट सुन तस्करी

काठमाडौं । प्रहरीका उच्च अधिकारीहरू नै पक्राउ परे पनि विमानस्थलबाट सुन तस्करी रोकिएको छैन। पछिल्लोपटक विमानस्थलमा खटिएका सशस्त्र प्रहरीले सुन तस्करीमा सहयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ। गत पुसमा प्रहरीले बरामद गरेको साढे ३३ किलो सुन तस्करीमा विमानस्थलका प्रहरी अधिकारी तथा भन्सार अधिकृतहरूको मिलेमतो खुलेको थियो। करिब दुई किलो अवैध सुनसहित पक्राउ परेका सशस्त्र प्रहरीका सइ सञ्जीव मानन्धरसहित तीनजनालाई पुर्पक्षका लागि जेल चलान भएका छन्। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गत १६ साउनमा प्रहरीले विमानस्थलबाटै दुई किलो सुनसहित सइ मानन्धर, लेखबहादुर रजाली र पार्वती गुरुङलाई पक्राउ परेको थियो। रजालीले विदेशबाट ल्याएको सुन सइ मानन्धरले एयरपोर्टबाट पास गराउन खोज्ने क्रममा उनीहरू पक्राउ परेका थिए। थप अनुसन्धानका लागि तीनैजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको भन्सार कार्यालय विमानस्थलका प्रमुख नारायण सापकोटाले बताए। सइ मानन्धरले पटक–पटक विमानस्थलबाट सुन पास गराउने सूचनाका आधारमा प्रहरीले उनलाई पिछा गरी पक्राउ गरेको थियो।

मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३० वर्षीय लेखबहादुर रजालीले अवैध सुन ल्याएका थिए। प्रहरी अनुसन्धानअनुसार सो सुन पास गराउने जिम्मा सइ मानन्धरले लिएका थिए। उनी सुन लिन शौचालय गएकोमा प्रहरीलाई देखेपछि हच्किएका थिए। पछि पक्राउ परेका रजालीले उनीमार्फत नै आफूले सुन पास गर्न खोजेको बताएपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

रजाली र सइ मानन्धरबीच पटक–पटक फोनमा कुरा भएको थियो। सशस्त्रका सइले पटक–पटक विमानस्थलबाट सुन तस्करीमा सहयोग गरेको बयान रजालीले दिएका छन्। उनी पछिल्लो ६ महिनामा १४ पटक मलेसिया तथा दुबई गइसकेका थिए। सुन तस्करीकै लागि उनी त्यसरी पटक–पटक विदेश जाने गरेको प्रहरी आशंका छ। उनले सुन आफ्नै भएको र प्रहरीसँग मिलेर तस्करी गर्दै आएको बयान दिएका छन्। बयानका क्रममा सइ मानन्धरले आफ्नो संलग्नता नरहेको दाबी गरे पनि उनको संलग्नताको थप प्रमाण खोज्ने काम भइरहेको भन्सार प्रमुख सापकोटाले बताए। मानन्धर १० वर्षदेखि विमानस्थलमै कार्यरत थिए।

क्षेत्र निर्धारण प्रतिवेदनः जनसंख्यालाई मात्र आधार मान्नु अन्याय

काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसंख्यालाई मुख्य आधार मानेर तयार पारेको प्रतिवेदनप्रति सत्तापक्ष तथा प्रतिपक्षी दलबाट मिश्रित प्रतिक्रिया आएको छ । विपक्षी दलले आयोग सत्ताको प्रभावबाट मुक्त नरहेको आरोप लगाएका छन् भने सत्तारुढले प्रतिवेदन संविधान कार्यान्वयनका लागि एक कदम अगाडि रहेको प्रतिक्रिया दिएका छन् ।

आयोगले प्रतिनिधिसभाका लागि १६५ र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्र निर्धारण गरी बुधबार प्रतिवेदन बुझाएको थियो । क्षेत्र निर्धारण गर्दा पहाडलाई अन्याय भएको केही दलको टिप्पणी छ । मधेसवादी दल र थरुहट संघर्ष समितिले प्रतिवेदन तराई–मधेस र थारुको हितमा नरहेको जनाएका छन् ।

कांग्रेस नेता डा. मीनेन्द्र रिजालले प्रतिवेदनलाई कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलको आँखाबाट हेर्न नहुने सुझाव दिए । एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले क्षेत्र निर्धारणमा केही असहमति रहे पनि आयोगको प्रतिवेदनले संविधान कार्यान्वयन अगाडि बढेको बताए । आयोगले सत्तारुढ दलहरूको दबाबमा प्रतिवेदन तयार पारेको उनको बुझाइ छ । ‘जनसंख्या र भूगोललाई आधार बनाएर निर्वाचन क्षेत्र बनाउनुपर्ने हो । तर, त्यसो गरेको देखिएन’, उनले भने, ‘पहाडी जिल्लालाई ठूलो अन्याय भएको छ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

कुन जिल्लामा कहिले हुँदैछ संघ र प्रदेशको निर्वाचन ?

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरण र दोस्रो चरणमा हुने निर्वाचनका जिल्लाहरु तय गरेको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  भौगोलिक अनुकूलतालाई आधार मानेर पहिलो चरणमा हिमाली एवं उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा मंसिर १० गते निर्वाचन हुने भएको छ । दोस्रो चरणमा पहाडी तथा तराई क्षेत्रका ४५ जिल्लामा मंसिर २१ गते एकैपटक निर्वाचन गर्ने आयोगले निर्णय गरेको छ ।

कुन कुन जिल्लामा कहिले निर्वाचन हुँदैछ ?

निर्वाचन आयोगको बिहीबार बसेको बैठकपछि जारी विज्ञप्ति

प्रेस विज्ञप्ति

मिति : २०७४/५/१५

१. नेपाल सरकारलाई धन्यवाद ज्ञापन :

काठमाडौं, भदौ १५ ।  प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन संवत् २०७४ साल मंसिर ४ गते र २१ गते गरी दुई चरणमा सम्पन्न गर्न आयोगबाट परामर्श दिइएकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४।०५।०५ को बैठकबाट संवत् २०७४ साल मंसिर १० गते आइतबारका दिन एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा भएको । एकै चरणमा निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा हुँदा निर्वाचनको तयारी र व्यवस्थापनमा विविध जटिलता रहने, कथंकदाचित उक्त मितिमा मौसमको अनुकूलता नभएमा अर्को चरणमा समेत निर्वाचन गराउनु पर्ने अवस्था रहने स्मरण गराउँदै तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको व्यहोरा उल्लेख गरी नेपाल सरकारलाई धन्यवाद ज्ञापन भएको थियो ।

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७४।०५।१४ को वैठकबाट संवत् २०७४ साल मंसिर १० गते आइतबार पहिलो चरणमा र संवत् २०७४ साल मंसिर २१ गते बिहीबारका दिन दोस्रो चरणमा निर्वाचन सम्पन्न गर्ने साथै मुलुकको भौगोलिक अनुकूलतासमेतलाई विचार गरी दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि प्रदेश÷जिल्ला÷निर्वाचन क्षेत्रहरू निर्वाचन आयोगले नै निर्धारण गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०७४÷५÷१४ को पत्र प्राप्त भएकोे छ । दुई चरणमा निर्वाचनको मिति घोषणा गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ ।

२.पहिलो चरणमा ३२ जिल्ला र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन हुने :

आयोगको आजै बसेको बैठकले आगामि मंसिर महिनामा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन भौगोलिक अनुकूलता समेतलाई विचार गरी पहिलो चरणमा हिमाली र उच्च पहाडी ३२ जिल्ला र दोस्रो चरणमा पहाडी तथा तराईका ४५ जिल्लामा गर्ने गरी निर्वाचन सञ्चालन गर्ने निर्णय गरेको छ । मिति २०७४/५/१५ गते आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा आयोगका माननीय सदस्यहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौड्याल र सुधीर कुमार शाहको उपस्थिति रहेको थियो ।

आयोगका निर्णय यस प्रकार छ :

“(क)     नेपाल सरकारले संवत् २०७४ साल मंसिर १० गते आइतबारका दिन पहिलो चरणमा र संवत् २०७४ साल मंसिर २१ गते बिहीबारका दिन दोस्रो चरणमा सम्पन्न गर्ने गरी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिने र तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको व्यहोरा उल्लेख गरी नेपाल सरकार मन्त्रिपरिषदलाई लेखी पठाउने,

(ख)     मुलुकको भौगोलिक अनुकूलतासमेतलाई विचार गरी दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि प्रदेश÷जिल्ला÷निर्वाचन क्षेत्रहरू निर्वाचन आयोगले नै निर्धारण गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय भएकाले हिमाली तथा उच्च पहाडी भागमा पर्ने देहायका ३२ जिल्लाहरूमा संवत् २०७४ साल मंसिर १० गते पहिलो चरणमा र बाँकी ४५ जिल्लाहरूमा दोस्रो चरण संवत् २०७४ साल मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने,

देहाय

(क) संवत् २०७४ साल मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न हुने ३२ जिल्ला

प्रदेश नं १ :     सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,

प्रदेश नं ३ :     नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,

प्रदेश नं ४ :    मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,

प्रदेश नं ५ :    रूकुम (पूर्वी भाग) र  रोल्पा,

प्रदेश नं ६ :    रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,

प्रदेश नं. ७ : दार्चुला, बझाङ, बाजुरा र  बैतडी ।

(ख) संवत् २०७४ साल मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न हुने ४५ जिल्ला

प्रदेश नं १ : इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,

प्रदेश नं २ :     सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र  रौतहट,

प्रदेश नं ३ :     सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर,

प्रदेश नं ४ :     नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ,  कास्की, स्याङ्जा र पर्वत,

प्रदेश नं ५ :    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र  बर्दिया,

प्रदेश नं ६ :    सल्यान, सुर्खेत र  दैलेख,

प्रदेश नं. ७ : कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र  डोटी ।

(ग)      तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्बन्धी ऐन अनिवार्य हुने भएकोले उक्त कानून शीघ्र आयोगमा उपलब्ध गराइदिने व्यवस्थाका लागि नेपाल सरकारलाई पुनः लेखी पठाउने ।

(घ)    प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण सहयोग नेपाल सरकारबाट प्राप्त हुनेमा आयोग विश्वस्त रहेको व्यहोरा नेपाल सरकालाई जानकारी गराउने ।”

(नवराज ढकाल)

सहसचिव एवं प्रवक्ता

भ्रष्टले चुनाव लड्न पाउने प्रस्तावको कांग्रेसभित्रै विरोध

काठमाडौं।  कांग्रेसका झन्डै डेढ दर्जन सांसदले भ्रष्टाचारजन्य कसुरमा सजायँ पाएकाले पनि तीन वर्षपछि निर्वाचन लड्न पाउने प्रावधान राख्न संशोधन प्रस्ताव दर्ता गरेपछि आफ्नै पार्टीभित्र विरोध सुरु भएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि व्यवस्थापिका-संसद्मा विचाराधिन विधेयकमा राखिएका संशोधनप्रति पार्टीमात्र होइन राजनीतिक वृत्तमा चर्को आलोचना भइरहेको छ।

कतिपयले कांग्रेस नेतृत्वपंक्तिले भ्रष्टाचार मुद्दामा अदालतबाट सजाय भोगिसकेका नेतालाई निर्वाचन लड्न बाटो खोल्ने गरी यस्तो प्रावधान राख्न लगाएको आरोप लगाएका छन्। कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङले संशोधन प्रस्ताव पार्टीको नभएको बताए। ‘यो हाम्रो पार्टीको प्रस्ताव हुँदै होइन’, गुरुङले अन्नपूर्णसित भने, ‘केही सांसदले व्यक्तिगत रूपमा संशोधन हाल्नुभएको छ।’

उनका अनुसार सांसदले व्यक्तिगत रूपमा संशोधन दर्ता गर्न सक्छन्। ‘मैले पार्टीका पदाधिकारीहरूसँग पनि यसबारे छलफल गरेको छु’, उनी भन्छन्, ‘यसले पार्टीलाई घाटा पुर्‍याउँछ। त्यसकारण आधिकारिक रूपमा पार्टीले यसको खण्डन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो।’ कोषाध्यक्ष सीतादेवी यादव भ्रष्टाचारी प्रमाणित भई सजाय भोगिसकेको व्यक्ति तीन वर्षपछि निर्वाचनमा भाग लिन पाउने कुरा पार्टीको धारणा नभएको बताइन्। ‘सांसदहरूले कसरी संशोधन दर्ता गर्नुभएको छ, त्यो मलाई थाहा भएन’, यादवले भनिन्, ‘यसबारे पार्टीमा छलफल भएको मेरो जानकारीमा छैन।’ भ्रष्टाचार मुद्दामा जेल सजाय पाएकाहरूअनुकूल कानुन बनाउन संशोधन दर्ता गर्नेमा राधेश्याम अधिकारी, तारामान गुरुङ, बुद्धिराम भण्डारी, सुशीला चौधरी, किरण यादवलगायत सांसद छन्।

यी सबै सांसद पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिन्छन्। ‘हामीले पार्टीको एउटा तहमा छलफल गरेरै यो प्रस्ताव गरेका थियौं’, सांसद यादवले भनिन्, ‘हामी सबै पार्टीका जिम्मेवार साथीहरू नै हौं। पार्टीभित्र छलफल नगरी कसरी यस्तो कुरा प्रस्ताव गर्थ्यौँ र? ’ राज्यव्यस्था समितिमा रहेको यो प्रस्तावमाथि शुक्रबारदेखि छलफल अघि बढाउने तयारी भइरहँदा कांग्रेसभित्र ध्रुवीकरण देखिएको छ। यसमा पार्टीभित्रै दुई धार देखिएपछि निर्वाचनसम्बन्धी यो विधेयक संसद्मा अलमलमा परेको जानकार बताउँछन्। यस्ता विषयले पार्टीलाई अलोकप्रिय बनाउने मत कांग्रेसमा बलियो देखिएको छ।

‘त्यसकारण अब पार्टी यसलाई अगाडि बढाएर अझै विवादित बनाउने पक्षमा छैन’, देउवानिकट एक नेता भन्छन्। कांग्रेसको भातृसंगठन विद्यार्थी संघका अगुवाले पनि बिहीबार यो प्रस्तावको सांकेतिक विरोध गरेका छन्  विरोध कार्यक्रमको अगुवाइ गरेका विपिन अधिकारीले यो प्रस्ताव फिर्ता नलिए पार्टी कार्यालय घेराउदेखि सभापति तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेको जानकारी दिए। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web