ललित बोहरा ,डडेल्धुरा । राष्ट्रिय प्रजातन्त्र पार्र्टी जिल्ला कार्यसमिती डडेल्धुराले राप्रपा परित्याग गरि राप्रपा प्रजातान्त्रिक लाई समर्थन गरेको छ । शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै राप्रपा जिल्ला अध्यक्ष हिक्मत सिंह साँउदले सिंगो राप्रपा जिल्ला कार्यसमितिले राप्रपा प्रजातान्त्रिकलाई समर्थन गरेको जनाएका छन् ।

कमल थापाको नेतृत्वले पार्टीलाई एकलौटी ढंगबाट चलाउन खोजेको र स्थानीय तहको निर्वाचनमा केन्द्रीय समितीबाट कुनै किसिमको सहयोग नमिलेको विज्ञप्तीमा उल्लेख छ । आफुहरुले राखेका माग अहिले सम्म संम्वोधन नभएपछि सिंगो जिल्ला कार्यसमितिले राजीनामा दिएको राप्रपा डडेल्धुराका अध्यक्ष हिक्मत सिंह साउदले बताएका छन् ।

राप्रपा डडेल्धुराले अब वरिष्ठ नेता पशुपति सम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्र्टी (प्रजातान्त्रिक) लाई समर्थन गर्ने निर्णय सर्व–सम्मत रुपमा पारीत गरेको समेत जनाएका छन् । जिल्ला कार्य समिति संगै पुर्व केन्द्रिय सदस्य गोविन्द खडायत र अमरगढी नगर कार्य समितिका अध्यक्ष राजेन्द्र भण्डारी समेतका नेताहरुले समेत राप्रपा प्रजातान्त्रिक लाई समर्थन गरेका छन् ।

19.28¡ÆC