नक्कली बिल प्रयोग गर्ने ९ जनाविरुद्ध मुद्दा दायर

बीरगञ्ज ।

राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरेका वीरगञ्जका ९ जनाविरुद्ध १९ करोड रुपैयाँको बिगो र कैद सजाँयको माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

विभागले नक्कली भ्याट बिलको कारोबार गर्ने वीरगञ्जका केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्दा नक्कली भ्याट बिल प्रयोग गरेको पाएकोले उनीहरुविरुद्ध जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गरेको विभागका महानिर्देशक भूपाल बरालले जानकारी दिनुभयो ।

वीरगञ्जका कालिका ट्रेड एन्ड एप्लायर्स, आदित्य ट्रेड एन्ड सप्लायर्स र विश्वकर्मा ट्रेड कन्सर्न मार्फत् सामान किनेको झुटो भ्याट बिल पेस गरेको विभागको ठहर छ ।

त्यसबाट सरकारसँग भ्याट ‘क्रेडिट’ दाबी गर्ने तथा विभिन्न र्फमलाई नक्कली भ्याट बिक्री विजक जारी गर्ने काममा संलग्न उनीहरुविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।

प्रदीपकुमार बर्मा, दीपककुमार बर्मा, गणेश रिजाल, अनिल महतो धानुक, गुल्सन श्रीवास्तव, दशरथ हजरा दुसाद, उपेन्द्र महतो, राजेशकुमार श्रीवास्तव र सिकेन्द्रकुमार श्रीवास्तवविरुद्ध मुद्दा दायर गरिएको हो ।

उनीहरुविरुद्ध विभागले ९ करोड ९१ लाख ४६ हजार रुपैयाँ बिगोसहित त्यसको दोब्बर १९ करोड ८३ लाख ७२ हजार रुपैयाँ जरीवाना दाबी गर्दै मुद्दा चलाइएको हो ।

प्रतिवादीहरूले वस्तुको कारोबार नै नगरी बिलविजक जारी गरेर सरकारसँग भ्याट क्रेडिट दाबी गरेका थिए । ती फर्मका बिलविजक स्वीकार गर्ने थप २९ फर्ममाथि पनि अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

राजश्व चुहावट ऐन, २०५२ अन्तर्गत विगत ८ वर्षयता दायर भएको यो सम्भवतः सबैभन्दा ठूलो मुद्दा भएको विभागले जनाएको छ ।

निर्वाचन नियम मिचेपछि बिमलेन्द्र निधिसँग स्पष्टिकरण माग, देउवालाई स्वागत गर्न बालबालिका प्रयोग

काठमाडौं ।

सत्तामा रहेर निर्वाचन आचारसंहिता लागु भएको बेलामा अरुले उल्लंघन गरे कारवाही गर्न अघि सर्नुपर्ने शेरबहादुर देउवा सरकार मन्त्रीपरिषद विस्तार देखी चुनावी सभासमेत निर्वाचन आचारसंहिता उल्लंघन गर्दै अघि बढ्न थालेको छ ।

यसैक्रममा निर्वाचन आयोगले पूर्व उपप्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई आचारसंहिता उल्लंघन गरेपछि स्पष्टिकरण मागेको छ ।

निधिले यही भदौ २५ गते धनुषामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी कार्यक्रममा नेपाली काँग्रेसको निर्वाचन चिन्ह अङ्कित गम्छा लगाई सहभागी भएर निर्वाचन आचार संहिता उल्लङ्घन गरेको सम्बन्धमा आयोग समक्ष स्पष्टीकरण पेश गर्न नेता निधिलाई निर्देशन दिएको छ ।

यसैगरी, सिरहाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिकाको प्रयोग गरिएको विषय निर्वाचन आचार संहिता विपरीतको कार्य भएको देखिएकाले त्यस सम्बन्धमा नेपाली काँग्रेस सिरहा जिल्ला सभापतिलाई आयोग समक्ष स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको आयोगबाट आज जारी प्रेस–विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, निर्वाचन आयोगले धनुषाको मिथिला नगरपालिका लालगढमा यही भदौ २७ गते नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले निकालेको संयुक्त चुनावी र्यालीमा दलका झण्डा बोकेर बालबालिकालाई प्रचार प्रसारमा खटाइएको विषय निर्वाचन आचार संहिता विपरीत भएकाले संयुक्त चुनावी र्यालीका आयोजक नेपाली काँग्रेस धनुषाका जिल्ला सभापति र नेकपा माओवादी केन्द्र धनुषा जिल्ला इन्चार्जलाई आयोग समक्ष स्पष्टीकरण पेश गर्न बेग्ला बेग्लै निर्देशन दिएको छ ।

असोज २ स्थानिय चुनावको तयारी सकियो, मतदाता परिचयपत्र भदौ ३० बाट बाँडिने

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले असोज २ गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताउनुभएको छ ।

काठमाडौंमा साक्षात्कार कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. यादवले २ नम्बर प्रदेशका जनताहरु उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनेमा निर्वाचन आयोग विश्वस्त रहेको बताउनुभयो ।

उहाँले आयोगको सक्रियताका कारण निर्वाचन आचार संहिताको उल्लंघनमा कमी आएको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदाता परिचय पत्रको दुरुपयोग नहोस् भन्नेमा निर्वाचन आयोग पूणत सचेत रहेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्तबाट आचार संहिता पालनामा जोड

आजै निर्वाचन पर्यवेक्षकसँग भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आचार संहिता उल्लङ्घनका घटनाहरु नियन्त्रण गर्न निर्वाचन आयोगले सम्पूर्ण संयन्त्र परिचालन गरेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले राजनीतिक दल र उम्मेदवारलाई दिनहुँजसो चेतावनी दिएपनि आचार संहिताको पालनाका विषयमा प्रश्न उठिरहेको बताउनुभयो ।

मतदाता परिचयपत्र भदौ ३० बाट दिइने

निर्वाचन आयोगले तेश्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । स्थानीय तहको तेश्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७ सय ९२ मतदाता छन् ।

आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सही रूपमा मत संकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नं प्रदेशमा निर्वाचन शिक्षाका लागि ३ हजार ५ सयभन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेविका परिचालन गरिएको छ ।

स्थानीय सञ्चार माध्यमबाट स्थानीय भाषामा मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।

आयोगले असोज २ गते हुने निर्वाचनलाई दृष्टिगत गरी १ हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

आचार संहिता पूर्ण पालना गर्न–गराउन आयोगको आग्रह

निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरीतका क्रियाकलापहरु तत्काल रोकी निर्वाचन आचार संहिता पूर्ण रुपमा पालना गर्न–गराउन प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

आयोगले आज नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचार संहिताको पूर्ण  पालना गर्न–गराउन आग्रह गरेको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

South Korea East Power provides over Rs 12 million to PM relief fund

South Korea-based Korea South-East Power Company has assisted over Rs 12 million to the Prime Minister's Natural Disaster Relief Fund.

Company president and chief executive officer  Mr Jae  Won Jang  today called on Deputy Prime Minister and Minister for Foreign Affairs to hand over the assistance.

The amount will be deposited to the PM's relief fund.

The DPM thanked the company for the contribution to the fund.

Nepal beats Bhutan to enter semis

The Nepali Under-19 cricket team defeated Bhutan by nine wickets in a match held today under the ACC U-19 Eastern Region qualifiers underway in Malaysia to secure its entry to the semi-final.

Choosing to bat first after winning the toss, Bhutan was limited to just 50 runs in 28 overs at the loss of all wickets. Nepal met the target of 51 runs in 8.3 overs.

Nepal is playing against Singapore tomorrow.

Voter ID cards to be issued on Sept 15, 16 and 17 in Province-2

The Election Commission is to issue the voter identity cards for the purpose of the third phase local-level election on September 15, 16 and 17.

Election is taking place from 7 am to 5 pm on September 18 for various posts of 136 local levels in eight districts of Province 2.

EC spokesman Nawaraj Dhakal said the commission has also made arrangements for providing information to the voters on how to vote and apply the vote mark in its bid to minimizing the number of invalid votes and increasing the number of valid votes.

More than 3,500 voter educators and volunteers have been mobilized in Province 2 for extensive voter education.

The commission also stated that voter education is being provided in local languages through the local mass communication media.

Arrangements have been made for providing voter education in this election through NGOs too. Similarly, emphasis has been given for using street plays for providing voter education.

Spokesman Dhakal said the Election Commission is organizing mock elections at more than 1,000 places in the Province No 2 in view of the September 18 local level election.

The commission stated that arrangements have already been made for the human resources, security and election materials required for the election.

The EC has asked the voters themselves to be present to take their voter ID card, as far as possible.

साफ यू-१८ च्याम्पियनसिप : नेपालको पहिलो खेल भुटानसँग

काठमाडौं । भुटानमा हुने साफ यू-१८ च्याम्पियनसिपको टाइसिट सार्वजनिक गरिएको छ । आगामी असोज २ देखि ११ गतेसम्म भुटानमा आायोजना हुने प्रतियोगितामा सार्कका पाकिस्तान र श्रीलंकाबाहेक ५ टोलीको सहभागिता छ ।

प्रतियोगिता लिग प्रणाालीमा सञ्चालन हुन्छ । सहभागी पाँच टोलीले एक अर्कासँग खेलेर पाएको अंकका आधारमा उपाधि बिजेता, उपबिजेता र तेस्रो स्थानको निर्णय हुनेछ ।

दुई वर्षअघि नेपालमा सम्पन्न साफ यू-१९ च्याम्पियनसिपको नतिजाका आधारमा टिमको र्‍याङकिङ गरिएको छ । नेपाल साफ यू-१९ बिजेताको हैसियतले पहिलो श्रेणीमा छ ।

प्रतियोगितामा नेपाले आफ्नो पहिलो खेल असोज ४ गते घरेलु टोली भुटानसँग खेल्नेछ । त्यस्तै असोज ६ गते माल्दिभ्ससँग, ९ गते बंगलादेशसँग र ११ गते भारतसँग खेल्नेछ ।

बिरालोको दिसाबाट बनाइन्छ . सबैभन्दा महंगो कफी ..

बोटमा पाकेको कफिलाई ‘एसियन पाम सिभेट’ जातको जंगली बिरालोले खाएर बिस्ट्याएपछि सबैभन्दा महंगोे कफी ‘कोपि लुवर्क’ बनाउने गरिन्छ ।

‘पाम सिभेट’ बिरालोले पाकेको कफीको दाना बोटमै चढेर खाने गर्दछ तर पचाउन सक्दैन । पचाउन नसकेर दिसामार्फत निकालेको उक्त कफीको दाना सबैभन्दा महंगोमा विक्रि हुने गर्दछ ।

उक्त बिरालो एशियाली मुलुकमा मात्र पाइने भएकोले विश्वभर अति नै स्वादिलो मानिने ‘कोपि लुवर्क’ कफी भारत, इन्डोनेसिया, बंगलादेशलगायत देशबाट अरव मुलुक र युरोप निर्यात हुने गर्दछ ।

भारतीय सन्चारमाध्यम 'पिटिआइ'का अनुसार भारतको कर्नाटक राज्यमा यस कफीको दानालाई ३२ हजार देखि ४० हजार रुपैयाँ प्रति किलोमा विक्रि हुने गर्दछ । एशियामा ‘कोपि लुवर्क’ कफी पाइने भारत तेस्रो मुलुक हो । विशेषगरी यस कफिको मुख्य बजार अरव मुलुक र युरोपलाई मानिन्छ ।

सबैभन्दा महंगो मानिने यस कफीको उत्पादन, प्रशोधन र निर्यात भारतको ‘कूर्ग कन्सोलिडेटेड कमोडिटिज फार्म’ले गर्ने गर्दछ ।

जंगल नजिकै सयौं एसियन पाम सिभेट जातको जंगली बिरालो पालेको उक्त फार्मले ‘ऐन्मने’ ब्रान्डमा विदेशी बजारमा निर्यात गर्दै आएको छ । उक्त फार्मका संस्थापक नरेन्द्र हेब्बारले सिभेट जातका बिरालोले बोटमै गएर आँफै पाकेको कफीको दाना (चेरी) खाने र प्राकृतिक रुपमै बिरालोको पाचन प्रणालीमा रहेको एकप्रकारको ‘इन्जाइम’ले कफीको स्वाद परिवर्तन हुने बताए ।

दलहरुमा राजनीतिक संस्कारकै अभाव : प्रमुख आयुक्त

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजनीतिक दलहरुमा राजनीतिक र प्रजातान्त्रिक संस्कारको अभाव रहेको टिप्पणी गरेका छन् ।

बुधबार राधानीमा निर्वाचन पर्यवेक्षक संस्थाहरुका प्रतिनिधिहरुसँगको अन्तरक्रियामा यादवले दलहरुले भाषणमा जति प्रजातान्त्रिक कुरा गरेपनि यथार्थमा दलहरुमा राजनीतिक संस्कारकै अभाव रहेको जिकिर गरे ।

प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा भइरहेका आचारसंहिता उल्लंघनका घटनाप्रति संकेत गर्दै प्रमुख आयुक्त यादवले ‘राजनीतिक दल र उम्मेदवारहरुमा संस्कार नभएकै कारण यस्तो भइरहेको हो’–भने ।

अन्तरक्रियामा सहभागी निर्वाचन प्रयवेक्षक संस्थाका प्रतिनिधिहरुले आयोगको तर्फबाट आचारसंहिता कार्यान्वयनमा कमजोरी भइरहेको गुनासो गरेका थिए ।

आत्महत्या गर्नु अघि मानिसको दिमागमा यस्ता कुराहरु आउँछन् …..

आजकल आत्महत्याको बिषयमा धेरै घटना आईरहेका छन् । मानिसहरु थोरै तनावमा समेत आत्महत्या गरे गरेका छन् । आज हामीले यहाँ आत्महत्या गर्नेको दिमागमा मर्नु अघि कस्तो कुरा आउँछ, वास्तविकता तपाइँ पनि जान्नुहोस् ।

आत्महत्या चिन्ताको बिषय हो । दैनिक कुनै न कुनै आत्महत्याको समाचारहरु आईरहन्छन् । आत्महत्या गर्नेहरुमा सबैभन्दा बढी युवाहरु पर्छन् । बाहिरी रुपमा मानिस जति नै बलियो जस्तो लागे पनि उसले जब भित्री ब्यबहार देखाउंछ तब उसको कमजोरी बाहिर आउँछ । जब उसमा तनाव र अत्यन्त अफ्ट्यारो परिस्थिति आउँछ तब उसले आत्महत्या नै उत्तम बिकल्प ठान्छ । प्राय आत्महत्या कसैको सपोर्ट नपाएको कुराले बल दिएपछी हुन्छ । कुनै घटना घटेपछि जब व्यक्ति तनावमा रहन्छ तब उसको साथमा कोहि छ र उसले सपोर्ट गरिरहेको छ उसले आफुले आफुलाई एक्लो महशुस गर्छ तव उसले आत्महत्या गर्छ ।

आत्महत्या गर्नुको कारण वास्तवमै धेरै छन् । किटान गरेर आत्महत्या यस कारण हुन्छ भन्ने बिषयमा केहि भन्न नसक्ने भएता पनि आत्महत्याको मुख्य कारणहरुको बारेमा चर्चा गरिएको छ ।

मेरा दु:ख सबैभन्दा ठूलो

धेरैजस्तो आत्महत्या आफुलाई परेको पींडा र दु:खलाई पार लगाउनको लागि गरिन्छ । आत्महत्या गर्नेले मरेपछि आफुलाई परेको सबै दु:ख सजिलै सकिने सोचेर आत्महत्याको बाटो अपनाउने गर्छ । यदी कसैलाई टाउको समेत उठाउन नमिल्ने गरि ऋणको बोझ छ, दैनिक साउहरुको कच-कचको कारण उसलाई निकै तनाव बनाउँछ तब उसले सोच्छ कि मरेपछि सबै तनाब सकिन्छ । तर वास्तवमा उसले सोचेको हुँदैन कि उसको मृत्युमा उसको आफन्तजनमा कति दु:ख थपिन्छ । यस्तो अवस्थामा जसले आत्महत्या गर्छ उसलाई तनाब नभएपनि जसलाई उसले जिउँदो छोडेर जान्छ, उनीहरु बाँचेर पनि मरे समान बन्छन् ।

आजकल यस्तो आत्महत्या पनि हुन थालेको छ कि मर्ने बेलामा आफुले के कारण आत्महत्या गर्दैछु भन्ने लेखेर वा लाइभ दिएरै मानिसहरुले आत्महत्या गर्न थालेका छन् । यसरी मर्नेहरुले सोसाल मीडियामा आफ्नो भिडियो हाल्छन र दुनियालाई आफु मर्नुको कारण बताउंदै मर्छन ।

के पनि मान्यता छ भने जसले आत्महत्या गर्छ उसले अरुलाई आफुले सोचेको कुरा प्रमाणित गर्नकै लागि पनि यस्तो बाटो अपनाउने गर्छ । उदाहरणको लागि आफ्नो प्रेमिकासँग सम्बन्ध बिग्रिएपछी आफु उसलाई कति मायाँ गर्छु भन्ने देखाउनको लागि आत्महत्या हुने गर्छ ।

वास्तवमा धेरै आत्महत्याकर्ताले आफुलाई परेको समस्याबाट मुक्ति पाउनओ लागि आत्महत्या गर्ने गर्छन भन्नेमा धेरैको सहमति छ ।

यदी कसैले एक-दुई पटक आत्महत्याको कोसिस गर्छन भने त्यस्तो मानिसले पटक-पटक जरूर आत्महत्याको कोसिस गर्छन । यस्तो अवस्थामा त्यस्तो मानिसलाई सहि तरिकाले गाइड गर्न सकियो वा सम्झाउन सकियो भने उसको सोच सकारात्मक बन्छ र उसले एरि आत्महत्याको कोसिस गर्दैन ।

केहि मानिसहरु जो मृत्युको मुखमा पुगेर फर्केका छन्लो उनीहरुले बताए अनुसार आत्महत्याको पहिलो कारणनै एक्लोपन हो त्यस्तै पीडा र दु:ख बाड्ने मान्छेको अभावमा पनि आत्महत्या हुन्छ । अर्को कुरा आफुले असाध्यै चाहेको कुरा गुमाउँदा वा नपाउँदा पनि आत्महत्या गर्ने मन हुन्छ । यस्तो अवस्थामा आत्महत्या गर्न चाहने व्यक्तिले आफुले सबैभन्दा बढी चाहेको व्यक्तिलाई मात्र सम्झिन्छ र आत्महत्याको कोसिस गर्छ तर त्यतिखेर उसलाई उसका अन्य साथी, परिवारले पनि मायाँ गर्ने र उसको दु:खको बिषयमा सम्झाई-बुझाई गर्न सके उसले आत्महत्या गर्दैन ।

यस्तो बन्‍यो शरीरको पुरै अंग हेर्न सकिने नयाँ क्‍यामरा..

पोखरा । नेपाल आइडलको फाइनलमा प्रवेश गरेका पोखरेली गायक बुद्ध लामालाई पोखरामा भव्य स्वागत गरिएको छ। एपिवान टेलिभिजनद्वारा सञ्चालित चर्चित रियालिटी शोमा सहभागी लामालाई पोखरा विमानस्थलमा भव्य स्वागत गरिएको हो।

उनी नेपाल आइडलको टप थ्रीभित्र पर्न सफल भएपछि पोखरेली युवा र संगीत प्रेमी उत्साहित छन्।आफ्नो प्यारा गायक बुद्ध लामा पोखरा आउने भएपछि मंगलबार बिहानैदेखि उनका फ्यान र बुद्ध लामा जिताऔं अभियानको टोली पोखरा विमानस्थल पुगेको थियो।

बुद्ध लामा जिताऔं अभियानको आयोजनामा लामालाई बाजागाजा सहित पोखरा विमानस्थलमा स्वागत गरेका थिए। स्वागतपछि उनलाई बाजागाजा सहित पोखरा परिक्रमा गराइयो।

स्वागत कार्यक्रममा युवा, बिद्यार्थी, संगित प्रेमी, तमाङ समाज र बुद्धका आफन्तको बाक्लो उपस्थिती रहेको थियो। गृह नगरमा आएका लामा निकै खुशि मुद्रामा पोखरेली फ्यानलार्ई अभिवादन गरेका थिए।

स्वागत गर्न पोखरा विमानस्थल पुगेका युवायुवतीहरु बुद्ध संग सेल्फी खिच्ने तछाडमछाड गरेका थिए । बुद्ध लामा जिताउँ अभियानको आयोजनामा बुद्धलाई जिताउन भोट माग्दै बाजागाजा सहित टोली पोखराको मुख्य बजार परिक्रमा गरेको थियो।

पोखराको मुख्य बजार परिक्रमापछि पोखराको जनप्रिय क्याम्पस अगाडी पुगेर शुभचिन्तकहरु माझ लामाले एउटा गीत प्रस्तुत गरेका थिए।'मोहनी लाग्ला है, गाउँलेको बोलीले' बोलको गीत प्रस्तु गर्दा दर्शकले वान्स मोर वान्स मोर भन्दै उनलाई हौसाएका थिए।

२० वर्षमा अञ्जु पन्तको एकल, ‘मेरो देशको माया छ’

काठमाडौं । शिर झुकाएर आमाको आशीर्वाद लिएपछि अञ्जु पन्तले पहिलो गीत गाइन्, ‘मेरो देशको माया छ’ । शब्दलाई गहिरो अनुभूतिसहित पस्किनु उनको गायनकौशल हो । २० वर्षे गायनयात्रामा पहिलोपटक एकल साँझमा प्रस्तुत भएकी उनको यो कौशल पहिलो गीतबाटै दर्शक श्रोताले महसुस गरे । आमाको हात समाउँदै मञ्चमा प्रवेश गरेकी अञ्जु नीलो र सेतो ‘कम्बिनेसन’को सारीमा खुलेकी थिइन् । मञ्च पनि सेतो र नीलो रङको संयोजनमा आकर्षक देखिएको थियो ।

मञ्चमा उनको आगमनसँगै भरिभराउ हलमा गुञ्जिएको तालीको गडगडाहट उनको पहिलो प्रस्तुतिपछि पनि उत्तिकै जोशिलो थियो । संगीतयात्रामा उनलाई स्थापित गर्न र संगीत क्षेत्रमा टिकाइरहन सघाएका गीतहरू शनिबारको साँझ प्रज्ञाप्रतिष्ठानको हलमा प्रस्तुत भए । गीतसँगै जीवनयात्राका अनुभूति सुनाउँदै अञ्जुले भनिन्, ‘जति उतारचढाव आए पनि मेरो लागि संगीतयात्रा एकदमै स्वर्णिम भयो ।’

साँझमा ‘कसले चोर्‍यो मेरो मन’ उनको दोस्रो प्रस्तुति थियो । ‘एक पल पनि तिमीबिना बाँच्न सक्दिनँ’ तेस्रो प्रस्तुति । यो गीतसँग उनको जीवनको महत्वपूर्ण याद जोडिएको रहेछ । संगीतकर्मी फत्तेमान राजभण्डारीको एकल साँझमा उनलाई साथ दिन अञ्जु चुनिएकी रहिछन् । त्यति बेला संगीतकार रञ्जित गजमेरको मनमा अञ्जुको स्वर गड्यो । दुई महिनाकी सुत्केरी अञ्जुको घरमै गएर रञ्जितले यो गीत अभ्यास गराएका रहेछन् । ‘यो गीतसँग मेरो भावनात्मक सम्बन्ध छ, रञ्जित गजमेरप्रति समर्पण गर्न चाहन्छु’, अञ्जुले भनिन् । फत्तेमानकै अर्को गीत ‘यस्तो पनि हुँदो रैछ’ पनि उनलाई समर्पण गर्दै अञ्जुले गाइन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web