नेपाललाई द्वन्द्वमा फसाउने प्रयास असफल:ओली

काठमाण्डौ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई दीर्घकालिन रुपमा साम्प्रदायिक द्वन्द्वमा फसाउने प्रयासलाई नेपाली जनताले असफल पारिदिएको बताएका छन् । सामाजिक सद्भावको महत्वलाई बुझेका नेपाली जनताले निर्वाचनको माध्यमबाट यस्तो अभियानका अभियन्ताहरुलाई परास्त गरेको ओलीले बताए ।
तराईका बाढी पीडितलाई सहयोग गर्नका लागि एमाले ललितपुर क्षेत्र नम्बर ३ ले संकलन गरेको तीन लाख २५ हजार सात सय ८० रुपैंया राहात रकम मंगलबार आफ्नै निवास बालकोटमा बुझ्दै ओलीले एउटा भूगोल र समुदायमा विपद् पर्दा अर्को भूगोलले सद्भाव देखाउने नेपालीहरुको परम्परागत संस्कार भएको बताए ।

‘नेपालीको यो आत्मीयताको संस्कारलाई विथोल्न थुप्रै व्यक्ति र संस्थाहरु लागि परे’ ओलीले भने‘भुगोल,जाती,धर्म आदिका नाममा नेपालीमा फाटो ल्याउन भएका सबै प्रयासलाई नेपाली जनताले निष्क्रिय पारेका छन् ।’

पछिल्ला दुई दशक नेपालमा द्वन्द्व उद्योग गर्नेहरु धेरै फस्टाएको ओलीले बताए । नेपालको जातीय विविधिता,भाषिक र साँस्कृतिक विविधतामा द्वन्द्वको बीउ रोपेर यसबाट छाक टार्नेहरुको बिगबिगी भएको ओलीले बताए । उनले भने‘नेपाली समाजले द्वन्द्वलाई तिरस्कार गरेपछि त्यसको व्यवस्थापनका नाममा उद्योग गर्नेहरु पनि अहिले फस्टाएका छन् । यस्ता व्यक्ति वा संस्थाहरुबाट सजग हुनुपर्दछ ।’

केही तत्वहरु अझै पनि २ नम्बर प्रदेशमा द्वन्द्वको खेती गर्न सक्रीय भइरहेको ओलीको धारणा छ । ‘यी सबै तत्वहरुलाई जनताले निर्वाचन मार्फत परास्त गरेर सहिष्णु समाज निर्माणको आधार तय गर्नेछन् ।’
राहत रकम संकलन समितिका संयोजक रघुनाथ महर्जनका अनुसार उक्त रकम पार्टीका नेता,कार्यकर्ता,शुभचिन्तक र सहयोगीहरुबाट संकलन गरिएको हो ।
राहत रकम नेकपा(एमाले) केन्द्रीय कार्यलयले सञ्चालन गरेको नेकपा एमाले प्राकृतिक विपत कोषको खातामा जम्मा गरेर तराईका बाढी पीडितलाई अविलम्ब पु¥याइने व्यवस्था गरिने ओलीले बताए ।

बस दुर्घटना : दुई जनाको मृत्यु, २९ घाइते

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारस्थित भैसे गौडामा यात्रुवाहक बस दुर्घटना हुँदा घाईते भएका ३१ मध्ये उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ ।

उनिहरुको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । मृत्यु हुनेमा नवलपरासीको सुस्ता गाउँपालिका–५ का थर नखुलेका बच्चुराम र सोही ठाउँ बस्ने रमाशंकर सिंह रहेको प्रहरीले जनाएको छ ।

घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

काठमाडौंबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको लु१ख ६६२३ नम्बरको बस सोमबार राती २ बजे तीब्र गतिका कारण आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । बसमा ४४ यात्रु सवार थिए ।

‘इट्’, फिल्मको कमाइ तीन दिनमै १८ अर्व ४० करोड , हलिउडको सबैभन्दा डरलाग्दो….

काठमाडौं । अहिलेसम्मकै सबैभन्दा डरलाग्दो मानिएको हलिउड हरर फिल्म ‘इट्’ ले तीन दिनमै १८ अर्व ४० करोड रुपैयाँ कमाएर नयाँ कीर्तिमान कायम गरेको छ ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘इट्’ ले ‘वर्ल्डवाइड बक्स अफिस’ले तीन दिनमै १८ अर्व ४० करोड रुपैयाँ कमाएको उल्लेख गरेको छ ।

हलिउड फिल्म समिक्षक एन्ड्यु बार्करले यस फिल्मलाई हलिउडमा बनेको अहिलेसम्मकै सबैभन्दा डरलाग्दो फिल्म भएको बताएका छन् ।

फोब्स् म्यागजिनका अनुसार प्रदर्शनलगत्तै यस फिल्मले कैयौँ हलिउड फिल्मको रेर्कड तोडिसकेको छ । विश्वप्रसिद्ध लेखक स्टीफन किंगको उपन्यासमा आधारित बनेको उक्त फिल्मले पहिलो दिनमै ५ अर्व २२ करोड कमाउन सफल भएको थियो । पहिलो दिनमै सबैभन्दा धेरै कमाउनेको सुचिमा समेत फिल्म ‘इट्’ पहिलो बनेको छ ।

सन् २०१३ मा हलिउड फिल्म ‘द कंन्यूरिंग’ले पहिलो दिनमा ३ अर्व ६२ करोड रुपैयाँ कमाएर बनाएको कीर्तिमानीलाई ‘इट्’ले गत शुक्रबार तोडीदिएको हो । दुई भागमा बनेको फिल्म ‘इट्’को दोश्रो भाग सन् २०१९ मा आयने बताइएको छ ।

फिल्म डर्री नाम गरेको शहरमा जोकरको पहिरन लगाएर बस्ने भुतले सात वर्षभन्दा कम उमेरका बालबालिकालाई खान थालेपछि सुरु हुन्छ । बालबालिकाले मात्रै देख्न र महशुस गर्न सक्ने ती जोकर भुत र बालबालिकाबीचको लडाँइलाई फिल्मको मुख्य कथा बनाइएको छ ।

एनआरएनए जापानका पदाधिकारीद्धारा शपथग्रहण (भिडियो सहित)

टोकियो ।

गैरआवासीय नेपाली संघ जापानको सन २०१७-१९ का लागि सहमती तथा निर्वाचन मार्फत बिजयी भएकासबै प्रतिनिधिहरुले एकसाथ शपथग्रहण गरेका छन् ।

सर्वसम्मत रुपमा चयन भएका र सेप्टेम्बर ३ मा सम्पन्न निर्वाचन मार्फत बिजयी भएका सबैलाई एनआरएनए क्षेत्रीय संयोजक किरण विक्रम थापाले एकसाथ सपथ ग्रहण गराएका हुन् ।

समारोहमा एनआरएनए आइसीसी सदस्य भुषण घिमिरे, आइसीसी सदस्य तथा निर्वाचन आयुक्त ओम गुरुङ, नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, निर्वाचन कमिटीका सदस्य भुपालमान श्रेष्ठ, पुष्कर जंग थापाको उपस्थिति शपथग्रहण कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जापानमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक पार्टीका प्रतिनिधिहरु, पत्रकारहरुका साथै एनआरएनए अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

एनआरएनए जापानको दुई बर्षे कार्यकालका लागि अध्यक्षमा टासी वागंदी लामाको नेतृत्वमा कार्यसमिति बनेको छ ।

बरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी तथा उपाध्यक्षमा शिव प्रसाद पौडेल र सरोज खत्री रहेका छन् ।

यसैगरि महिला उपाध्यक्षमा अनिता गुरुगं चयन भएकी छिन् । महासचिवमा भने बुद्धिराज घिमिरे यसअघिनै सर्वसम्मत चयन भइसकेका थिए ।

सचिवमा जनक विक्रम शाहि चयन भएका छन् । एकमात्र महिला सदस्यमा सृजना पाण्डे बिजयी बनेकी हुन् ।

कोषाध्यक्षमा कालिकाथापा र सह कोषाध्यक्षमा रामथापा 'अनिल ' निर्विरोध चयन भएका थिए ।

सदस्यहरुमा राजन कुमार पौडेल, नारायण खड्का, लालबहादुर रावल, हस्त लामा र बालकृष्ण कंडेल रहेका छन् ।

भिडियो हेर्नुहोस्

एनआरएनए जापान निर्वाचन बिबाद ! 'साँडे जुधेपनि मिलेपनि मासिने बाली नै'

मन्त्रिमण्डल गठनले निर्वाचन आचारसंहिता उल्लघंन भएको छैन् : देउवा

विराटनगर । प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारको काम कारवाहीमा अफ्ठ्यारो परेपछि मन्त्रिमण्डल विस्तार गरिएको जिकिर गरेका छन् । मंगलबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग सोधेर नै मन्त्रिमण्डल विस्तार गरिएको दावी पनि गरे ।

इतिहासमै जम्बो अर्थात् ५४ सदस्यीय मन्त्रिमण्डल बनाएपछि सर्वत्र आलोचित बनेका देउवाले आफ्नो कामको बचाउमा यस्तो जवाफ दिएका हुन् । प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई सोधेरै मन्त्रिमण्डल विस्तार गरेको जिकिर गरे पनि आयोगले भने सरकारको यस कदमले आचारसंहिताको ठाडो उल्लंघन भएको भन्दै आलोचना गरिसकेको छ ।

प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तार पुरानै सरकारकोे निरन्तरता भएकाले आचारसंहिता उल्लंघन भन्न नमिल्ने तर्क गरे ।

कांग्रेस सभापतिसमेत रहेका देउवाको कार्यशैलीका कारण हालै सम्पन्न स्थानीय तहको दुई चरणमा पार्टीले नराम्रो परिणाम ब्यहोरिसकेको छ । तैपनि देउवाले अहिले गरेको मन्त्रिमण्डल विस्तारले पार्टीको कार्यक्षमतामा असर नपर्ने र २ नम्बर प्रदेशको चुनावमा कांग्रेस पहिलो बन्ने दावी गरे ।

सय महिलाले लिए आत्मरक्षा सिप र कानुनी सचेतनाको तालिम

काठमाडौं ।

महिलालाई आत्मरक्षाका सिप तथा कानुनी प्रावधानको सचेतना र मानसिक रुपमा अब्बल बनाउन गर्ल किक नामक संस्थाले १०० जना महिलालाई २ घण्टाको सेल्फ डिफेन्स मेगा इभेन्ट गरको छ ।

महिला कोमल छन्, मायालु पनि छन्, समाजले गरेको हिंसामा केहि बोल्दैनिन् र दिन प्रतिदिन हिंसाबाट ग्रसित बनेका समाचार बन्नुको तात्पर्य महिला कमजोर छन् भन्ने होइन । हामी महिलाको त्यो कमजोरीको फाइदा लुट्नेलाई महिला आफइ सक्षम छन् अब आफ्नो सुरक्षा गर्न भन्ने कुराको उदाहरणीय कार्य गर्ने सोच बाकेर अगाडी बढेको छौ — संस्था प्रमुख निरज न्यौपाने बताउछन् ।

सामाजिक संञ्जालबाट आह्वान गरिएको निबेदन र केही उच्च शिक्षा अध्ययन गर्दै गरेका सहभागि सबै १६ देखी ३० बर्ष उमेर समुहका थिए । उक्त इभेन्टमा १५ भन्दा बढी शारिरीक हिसांमा पर्दा प्रयोग गरिने आत्म रक्षात्मक तरिका र कानुनी हक, अधिकार र कर्तव्य कुराहरु समेतको जानकारी गराईएको थियो भने मानसिक रुपमा सक्षताको कुराको समेत जानकारी गराईको थियो ।

कार्यक्रममा पबन बुढाथोकी, बिकेश महर्जन, सुश्मा गौतम र निरज न्यौपाने सत्र संचालन गर्नु भएको थियो ।

म संग आत्म विश्वास थियो, म सबै संग बोल्न सक्छु भन्ने तर आज आत्म रक्षात्मक तरिकाले मलाइ झन आत्म बल थपेको छ, लाग्छ की म अब कुनै हिसां पदैन र यो कुरा मेरो दिदी बहिनी लाई पनि आज गएर सिकाउछु —सहभागी जानुका घिमिरे भन्छिन ।

संस्थाका मुख्य कार्यकारी अफिसर जनिसा महर्जनका अनुसार यो कार्यक्रम अब विशेष गरेर पहिलो फेजमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र रसुवामा गरिने भएको छ ।

पूर्वसांसद्लाई पेन्सन दिने विषयमा विवाद,पेन्सन माग्ने सांसद् नै उपसमितिमा

काठमाडौं। पूर्वसांसद्लाई पेन्सन दिने प्रस्तावमा संसदको राज्य व्यवस्था समितिमा विवाद भएको छ । सांसदबीच विवाद चुलिएपछि समस्या समाधान गर्न समितिले उपसमिति गठन गरेको छ ।

कांग्रेसका अधिकांश सांसद तथा एमाले र माओवादी केन्द्रका केही सांसद पूर्वसांसदलाई पेन्सन दिनुपर्ने पक्षमा छन् ।

कांग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपानेले पूर्वसांसदलाई राज्यले बेवास्ता गर्दे आएको बताइन् । कांग्रेसकै अर्जुनप्रसाद जोशीले पूर्वसांसदलाई मर्यादाक्रम निर्धारण गरी सुबिधा उपलब्ध गराउनुपर्ने बताए । एमालेका मानप्रसाद खत्रीले सांसदको मर्यादाक्रम निर्धारण गरी पेन्सन दिनुपर्ने बताएका थिए ।

एमालेका गंगालाल तुलाधरले पूर्वसांसदलाई पेन्सन दिने विषय सोचनीय भएकाले अहिल्यै निर्णय गर्न नहुने बताए ।

पूर्वपदाधिकारीको पारिश्रमिक र सुविधासम्बन्धी विधेयकमाथि थप छलफल गर्न गठित उपसमितिमा पूर्वसांसदलाई पेन्सन दिनुपर्ने माग गर्ने सांसदहरुलाई राखिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

पैसामा बिक्दै सांसद : खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल

काठमाडौं । नेपाल आयल निगमका उच्च अधिकारी र निगम सञ्चालक समितिले अनुचित लाभ लिने उद्धेश्य राखी ईन्धन भण्डारणका लागि जग्गा खरिद गरेको ठहर गर्दै संसदीय समितिले उनीहरुमाथि प्रचलित कानुन बमोजिम कारबाही गर्नुपर्ने प्रतिवेदन तयार गरेको छ। निगमले ईन्धन भण्डारणका लागि भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा खरिद गर्दा जग्गाधनीले पाएको मुल्यभन्दा चार गुणासम्म बढी मुल्य तिरेर निगमलाई अत्यधिक ब्ययभार पारेको प्रतिवेदन संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको सोमबारको बैठकले पारित गरेको हो।

निगमले झापामा ६१ करोड ६२ लाख, सर्लाहीमा ३० करोड ५ लाख, चितवनमा ७१ करोड ९ लाख र भैरहवामा ६ करोड ७ लाख रूपैयाँमा जग्गा खरिद गरेको छ। जग्गा खरिद घोटालामा संलग्न नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगायतका उच्च अधिकारीमाथि कारबाही नगर्न संसदीय समितिमै चलखेल भएको छ। इन्धन भण्डारण गर्ने जग्गा खरिदमा चार गुणा महँगो मुल्य तिरेर भ्रष्टाचार भएको निष्कर्ष निकालेको उद्योग वाणिज्य तथा उपभोक्ता हित समिति आफैंले तयार गरेर पारित गरेको प्रतिवेदन आवमूल्यन हुने गरी निर्णय गरेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

कहाँबाट चुनाव लड्ने तयारी गर्दै छन् शीर्ष नेता ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन मंसिरका लागि तय भएपछि दलका शीर्ष नेताहरु कहाँबाट चुनाव लड्दैछन् भन्नेबारे चर्चा सुरु हुन थालेको छ । कांग्रेस शीर्ष नेताहरूले प्रतिनिधिसभा निर्वाचनको तयारी थालेका छन् । तर, संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका नेताहरूले खुलेर निर्वाचन क्षेत्रको घोषणा गरेका छैनन् ।

आफूहरूले लड्दै आएको परम्परागत निर्वाचन क्षेत्रमै फेरि पनि निर्वाचन लड्ने कांग्रेसका शीर्ष नेताहरूले मनस्थिति बनाएका छन् । परम्परागत क्षेत्र रहेकै ठाउँबाट निर्वाचन लड्दा बढी सुरक्षित र सहज हुने बुझाइपछि उनीहरूले परम्परागत निर्वाचन क्षेत्र नै रोजेका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेसम्मका सबै निर्वाचन डडेल्धुराबाट लड्दै आएका छन् । उनी २०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुरा र कैलाली ६ बाट विजयी बने । उपचुनावका लागि देउवाले कैलाली ६ छोडेर डडेल्धुरा नै रोजे । देउवाले यसपटक कहाँबाट निर्वाचन लड्ने भन्ने घोषणा गरिसकेका छैनन् । तर, एक ठाउँबाट मात्र निर्वाचन लड्न पाउने हुँदा उनले फेरि पनि डडेल्धुरा नै रोज्ने मनस्थिति बनाएका छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेलले २०४८ सालयता तनहुँबाटै निर्वाचन जित्दै आएका छन् । २०४८ सालमा तनहुँ १ बाट जितेका उनले २०५१ सालयता तनहुँ २ बाट निर्वाचन लड्दै आएका छन् । तर, क्षेत्र निर्धारण गर्दा पौडेलले निर्वाचन जित्दै आएको तनहुँ २ यसपटक आधा आधा भएको छ । तीनबाट दुईवटा निर्वाचन क्षेत्र हुने क्रममा क्षेत्र नम्बर आधा–आधा भाग १ र २ परेपछि पौडेललाई दुवैतिरबाट लड्न माग भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

क्षेत्र निर्धारण गर्दा नवलपरासीलाई दुईवटा जिल्ला बनाइएको छ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले २०६४ र २०७० सालको संधिानसभा निर्वाचनमा जितेको नवलपरासी १ बाटै फेरि पनि निर्वाचन लड्ने तयारी गरेका छन् । नवलपरासीको पूर्वी भाग अर्थात् नवलपुरको क्षेत्र नम्बर १ बाटै कोइरालाले निर्वाचन लड्ने तयारी गरेको कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेले जानकारी दिए ।

एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरूले संघीय संसद्को निर्वाचनमा लड्ने निर्वाचन क्षेत्रको तयारी थालेका छन् । शीर्ष नेताहरूले प्रत्यक्षतर्फको निर्वाचन क्षेत्रबारे पार्टीनिकट नेता र निर्वाचन क्षेत्रका कार्यकर्तासँग अनौपचारिक परामर्शमार्फत तयारी थालेका हुन् ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाएपछि साबिकको निर्वाचन क्षेत्रमा फेरबदल भएकाले नेताहरूले निर्वाचन क्षेत्रको रोजाइका लागि समयबाटै परामर्श अघि थालेका हुन् । अध्यक्ष ओलीसहित एमालेका सबैजसो शीर्ष नेता पुरानै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा लागेका छन् ।

माओवादी केन्द्रका अधिकांश शीर्ष नेता प्रतिनिधिसभा निर्वाचनमा आ–आफ्नै गृहजिल्लामा उठ्ने तयारी गरेका छन् । तर, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेक कुनै नेताले जिल्ला र निर्वाचन क्षेत्र घोषणा गरेका छैनन् ।

नारायणकाजी श्रेष्ठले गोरखा २ बाट उठ्ने तयारी गरेका छन् । उनको घर गोरखा सिरानचोक गाउँपालिका–८ जौबारीमा पर्छ । श्रेष्ठको मतदाता नामावली पनि त्यहीँ छ ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले पनि चितवनबाटै निर्वाचनमा उठ्ने तयारी गरेका छन् । थापाको मतदाता नामावली भरतपुर महानगर–१० सप्तकोसीमा छ । उनको घर चितवन १ मा पर्छ ।

नेता वर्षमान पुन अनन्त रोल्पाबाट उठ्ने तयारी गरेका छन् । पहिलो संविधानसभा निर्वाचनमा उनी ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । तर, दोस्रो संविधानसभा निर्वाचनमा मोरङ ९ बाट पराजित भए । संघीय समाजवादी फोरमका अध्यक्ष सुनसरी–४ बाट निर्वाचन लड्ने तयारीमा छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

नागरिकको स्वास्थ्य सुधार नै आर्थिक समृद्धिको आधार : डा.महत

२७ भदौ, नुवाकोट  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउन नागरिकहरु स्वास्थ्य सुधार मुख्य आधार रहेको बताउनुभएको छ ।
हिजो सूर्यगढी गाँउपालिकाको वाड न. ४ हल्देकालिकालाई पूर्ण खोपयुक्त वडा घोषणा र नवनिर्मित स्वास्थ्य चौकीको भवन उद्घाटन गर्दै नुवाकोट क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद् महतले शारिरिक रुपमा फूर्तिलो र स्वास्थ्यको दृष्टिकोणले सक्षम नागरिकले परिश्रम र प्रतिस्पर्धामा अग्रस्थानमा रहने भएकाले स्वास्थ्य सेवा प्रभावकारी बनाउन राज्य जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।
उहाँले मुलुकलाई आर्थिक रुपमा सक्षम बनाएर श्रृजनशील विकासको चाहनाको लागी पूर्ण खोपयुक्त घोषणा, स्वास्थ्य चौकीको नयाँ भवनको निर्माण सकारात्मक सन्देश दिने भएकाले स्वास्थ्य सुधारमा आफ्नो सहयोग निरन्तर जारी रहने बताउनुभएको छ । पूर्वअर्थमन्त्री महतको पहलमा तीन करोड रुपैयाँ लगातमा निर्माण भएको नयाँ भवन सूर्यगढी गाँउपालिकास्तरमा नै सुविधायुक्त भएकाले प्रवाह गर्ने सेवामा पनि गुणस्तर बनाएर नागरिकलाई स्वास्थ्य र फूर्तिलो बनाउन महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख शन्तमान तामाङले पूर्ण खोपयुक्त घोषणा र नयाँ भवनको निर्माणसँगै आगामी दिनमा जन्मने बालबालिकाले पनि खोपको सुविधा पाउने र नयाँ भवनमा नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने औषधि र दरबन्दी अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
यस्तै, स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख बसन्त अधिकारीले सरकारले नागरिकको स्वास्थ्य सुधारको लागी निःशुल्क औषधि, मातृ र शिशु हेरचाह, बालबालिबालाई खोप कार्यक्रम सञ्चालन लगायतको व्यबस्था गरेकाले त्यसको लाभ लिन सरोकारबावालहरु पनि सचेत हुनुपर्ने बताउनुभएको छ । सूर्यगढी गाँउपालिकाको पहिलो वडाको रुपमा वडा न. ४ हल्देकालिका पूर्ण खोपयुक्त वडा घोषणा भएकाले यसलाई सुरुवाती भन्दा पनि अन्य वडामा विस्तारको रुपमा अघि बढाउन सहयोग अभिप्रेरणा जगाउने गाँउपालिका अध्यक्ष शन्तबहादुर घलेले बताउनुभएको छ ।
गाँउपालिका अध्यक्ष घलेले बजेट तर्जुमा, नीति तथा कार्यक्रममा समेत स्वास्थ्यलाई प्रथामिकतामा राखेकाले राज्यले उपलब्ध गराएको स्वास्थ्य सुविधाबाट कोही पनि नागरिक बञ्चित हुन नदिने बताउनुभएको छ । यस्तै, काँग्रेसका युवा नेता रमेशकुमार महतले स्वास्थ्यको क्षेत्रमा मात्र नभई अधिकार सम्पन्न भएका स्थानीयतहको स्थापनाले अब नागरिकहरुलाई शैक्षिक, जिविकोपार्जन, रोजगारी सहित प्रतिस्पर्धाको अवशरमा अगाडी बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाब दिनुभएको छ ।
हल्दे स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एंव वडा नंं ४ का वडाध्यक्ष रामकुमार गिरीले भौतिक रुपमा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण भएकाले मुख्य समस्याको रुपमा प्रसुती सेवा सञ्चालनमा सहयोग पु¥याउन स्वास्थ्य कार्यालय नुवाकोटको ध्यानाकर्षण गराउनुभएको छ ।
स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवा गुणस्तर र निःशुल्क वितरण औषधि बिरामीलाई उपपलब्ध गराउन आफू प्रयत्नशील रहेकाले गर्भवतीलाई गाँउमै सुत्केरी गराउनको लागी भौतिक रुपमा सम्पन्न भएकाले जनशक्तिको व्यवस्थापन भएमा सहज हुने वडाध्यक्ष गिरीले बताउनुभएको छ ।
साविकको हल्देकालिका गाविस एव सूर्यगढी गाँउपालिकाको वडा नंं ४ लाई पूर्ण खोपयुक्त घोषणा गर्न सहयोग पु-याएको नेपाल रेडक्रस सोसाइटी नुवाकोटले घोषणा मात्र नभई त्यसलाई निरन्तरता दिन तर्फ रेडक्रस सभापति सुरतबहादुर चित्रकारले बताउनुभएको छ ।
कार्यक्रममा स्वास्थ्य चौकी निर्माण गर्न जग्गा उपलब्ध गराउने दाताहरु बासु गिरी र भुवन गिरी, दार्मे गाँउघर क्लिनिक निर्माणको लागी जग्गा उपलब्ध गराउने दाता यमनाथ देवकोटा, कानथुम गाँउघर क्लिनिक निर्माणको लागी जग्गा उपलब्ध गराउने दाता चन्द्रबहादुर तामाङलाई सम्मान गरिएको छ ।
यस्तै, वडा भित्र कार्यरत रहेका १५ जना महिला स्वास्थ्य स्वंय सेविकालाई सम्मान एंव ३ जना स्वास्थ्य स्वंय सेविकालाई सम्मान सहित बिदाई समेत गरिएको छ ।
कार्यक्रममा सूर्यगढी गाँउपालिकाको उपाध्यक्ष मञ्जु ढकाल, कार्यपालिका सदस्य दिपक परिवार, दुप्चेश्वर गाँउपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङ, काँग्रेस २ नंं क्षेत्रीय सचिव राम्जी पौडेल, दलित महिला संघका अध्यक्ष कल्पना नेपाली, नेविसंघका केन्द्रीय उपाध्यक्ष उर्मिला थपलिया, तरुण दल नुवाकोट सचिव सुवन गिरी, २ नं. क्षेत्रीय अध्यक्ष शरण घले लगायतको सहभागिता रहेको थियो ।
नेपाल सरकारले यो अग्रेजी वर्ष अर्थात सन् २०१७ भित्र मुलुकलाई पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य राखेपनि नुवाकोटमा अहिलेसम्म साविकको गाविसको रुपमा रहेको हल्देकालिका सहित भाल्चे,  चतुराले, सूर्यमती, किम्ताङ, मनकामना, तलाखु र गोस्र्याङ मात्र बल्ल पूर्ण खोपयुक्त घोषणा भएको छ ।

रोहिंग्या प्रसंगले सम्झाएको इतिहास : निर्मलमणी अधिकारी

घृणावादी द्विराष्ट्रियतावादी कित्ताकाटको कारणले तत्कालीन ब्रिटिश इण्डियाबाट दुई देशहरु जन्माइए इण्डिया र पाकिस्तान । पाकिस्तानको जन्म नै निक्कै कमजोर सैद्धान्तिक आधारमा भएको थियो र केही समयपछि नै पाकिस्तानबाट बांग्लादेश टुक्रियो ।

उक्त घृणावादी हिंसात्मक उथलपुथलका क्रममा इण्डिया, पाकिस्तान र बांग्लादेश कतै पनि अटाउन नसकेका लाखौँ मुस्लिमहरुलाई बडो रहस्यमय तरिकाले नेपालको तराइ क्षेत्रमा ल्याएर बसोबास गराइयो । ती लाखौँ मुस्लिमहरुलाई शरणार्थीका हैसियतमा होइन, पूर्णतः नागरिकको दर्जामा कानुनी पहिचान दिएर नेपालमा बसोबास गराइएको थियो ।

मुख्यतया उर्दू भाषा बोल्ने, अरबी भाषा पढ्ने एवं नेपालमा छोटा पाकिस्तान बनाउने मनसुवा राख्ने मुस्लिमहरुको बढोत्तरीले नेपालमा कस्तो असर पारेको छ ? तथ्य बुझ्न चाहनेहरुका लागि सबै कुरा प्रत्यक्ष नै छ । पहाडी इलाकामा केही पहिलेदेखि बसेर नेपालीकरण भइसकेका चुरेटा वा चुरौटे भनिने समुदायका मुस्लिमहरु समेत पछिल्ला वर्षहरुमा उर्दूकरण एवं अरबीकरणको चपेटामा पर्न थालेका छन् भने तराइका कतिपय जिल्लामा त मजहबी दंगा समेत भइसकेका छन् । बेलैमा चेतौँ है ।

नेपाल वैदिक हिन्दू, बौद्ध, किराती, जैन, बोन आदि मौलिक रैथाने धर्मावलम्बीहरुको मूल थलो हो भन्ने ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथ्यलाई मुस्लिम, क्रिस्चियन (इसाइ), बहाइ आदि जस्ता बाह्य स्रोतबाट नेपाल छिरेका समूहले बुझेर सोही अनुरुप मर्यादापूर्ण व्यवहार सुनिश्चित गर्न जरुरी छ ।

मुस्लिम जनसंख्या कसरी बढ्यो नेपालमा ?

मुस्लिमहरु नेपालका रैथाने मूलवासी आदिवासी त के, जनजाति पनि होइनन् । नेपाल सरहदभित्र मुस्लिमहरुको स्थायी बसोबास हुन थालेको धेरै समय भएको छैन । उनीहरुमध्ये अधिकतर शरणार्थीका रुपमा नेपाल छिरेका समूहका वंशज हुन् । नेपालका मुस्लिमले शरणार्थी तथा आप्रवासी समूहका लागि संसारमा अन्यत्र कहिँ नभएको कानुनी विशेषाधिकार, सुविधा, पहिचान, पुल्पुल्याइँ पाएका छन् ।

मुस्लिमहरुको नेपालमा प्रवेश पहिले त आक्रमणकारीका रुपमा भएको थियो । नेपालको इतिहासमा नेपालमाथि मुस्लिम आक्रमणको विभत्स साक्ष्य छ । नेपालीहरुको सशक्त प्रतिकारको कारणले ती आक्रमणकारीहरु यहाँ टिक्न सकेनन् । तसर्थ, त्यो कालखण्डमा नेपालमा कोही पनि मुस्लिम स्थायी बासिन्दाको हैसियतमा थिएन भन्नु नै तथ्यपूर्ण देखिन्छ । कालान्तरमा केही मुस्लिमहरु जीविकाको खोजीमा नेपाल आइपुगे ।

मैदानी इलाकामा चरम गरिबीमा बाँचिरहेका तिनीहरु नेपालका पहाडमा रहेको साधनस्रोतको सम्पन्नताबाट आकर्षित भई यतै बसेको हुनुपर्छ । मुसलमानहरुका केही समूहचाहिँ सानातिना मालमत्ता बेच्नका लागि डुल्दै हिँड्ने घुमन्ते व्यापारीका रुपमा नेपाल छिरेका थिए । नेपालको पहाडी इलाकामा बसोबास गर्ने चुरेटा वा चुरौटे भनिने समुदायका पूर्वज उपरोक्त आप्रवासीहरु थिए ।

पृथ्वीनारायण शाहले साथमा ल्याएका दुई मुस्लिम परिवारका सन्तान पनि सोही समूहमा मिसिएका होलान् । लखनौमा नवाबी शासनको पतनपछि शरणार्थी बनेर आश्रय लिन नेपाल सरहद छिरेका मुसलमानहरु तराइमा मात्र होइन, काठमाण्डौ उपत्यकासम्मै आएका थिए । उक्त कालखण्डसम्म नेपाल सरहदमा आश्रय लिन आइपुगेका मुस्लिमहरुका सन्तति आज वर्तमानकालको नेपालमा बसोबास गर्ने मुस्लिम जनसंख्याको सानो अंश मात्र हो र मुख्यतः तराइमा बसोबास गर्ने अधिकतर मुस्लिमको नेपाल प्रवेश निक्कै पछिल्लो समयमा भएको हो ।

नेपालमा मुस्लिम अति सानो संख्यामा रहिआएकोमा छिमेकमा भएको घटनाका कारणले मुस्लिम जनसंख्या ह्वात्तै बढ्न गयो । द्विराष्ट्रियता गलत मान्यताको कारणले सिर्जित विभिषिकाको कारणले एउटै मुलुक विभाजन भएर दुईवटा वैरी मुलुकका रुपमा इण्डिया र पाकिस्तान अस्तित्वमा आएको तथा कालान्तरमा पाकिस्तान समेत टुक्रिएर बांग्लादेश छुट्टै मुलुक बनेको परिघटनासँग जोडिएको छ नेपालमा मुस्लिम जनसंख्याको ह्वात्तै वृद्धि ।

अहिले नेपालमा बसोबास गरी यहाँका रैथाने, मूलवासी, आदिवासी तथा जनजातिले समेत नपाएको विशेषाधिकार पाएका मुस्लिमहरुमध्ये अधिकतरको नेपाल प्रवेश इण्डिया र पाकिस्तानको विभाजन एवं बांग्लादेशको स्वतन्त्रता आन्दोलनका जटिल परिघटनामा उक्त तीन मुलुकहरु कुनैमा पनि स्थान नपाएपछि भएको हो भन्ने तथ्यलाई नभुलौँ ।

के कारणले नेपालका तत्कालीन शासकले मुस्लिमहरुलाई नेपालको तराइमा बसोबास गराए र शरणार्थी नभनी पूर्णतः नागरिकको दर्जामा कानुनी पहिचान दिए ? उक्त आप्रवासनमा इण्डियाको तत्कालीन सेकुलरवादी सरकारको दबाब, प्रलोभन वा धम्कीको प्रभाव कति रह्यो ? खोजीका विषयवस्तु अनेक छन् । पहाडी इलाकामा केही पहिलेदेखि बसेर नेपालीकरण भइसकेका चुरेटा वा चुरौटे भनिने समुदायका मुस्लिमहरु समेत तराइका मुख्यतया उर्दू भाषा बोल्ने, अरबी भाषा पढ्ने एवं नेपालमा छोटा पाकिस्तान बनाउने मनसुवा राख्ने मुस्लिमहरुको प्रभावमा परेर पछिल्ला वर्षहरुमा अरबीकरणको चपेटामा पर्न थालेको वास्तविकतालाई पनि हामीले ख्याल नराखी हुँदैन ।

नेपाल वैदिक हिन्दू, बौद्ध, किराती, जैन, बोन आदि मौलिक रैथाने धर्मावलम्बीहरुको मूल थलो हो भन्ने ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथ्यलाई मुस्लिम, क्रिस्चियन (इसाइ), बहाइ आदि जस्ता बाह्य स्रोतबाट नेपाल छिरेका समूहले बुझेर सोही अनुरुप मर्यादापूर्ण व्यवहार सुनिश्चित गर्न जरुरी छ ।

संविधान र निर्वाचन आचार संहिता बिपरित देउवाद्धारा मन्त्रीपरिषद विस्तार

काठमाडौं ।

तेस्रो चरणको स्थानिय निकाय निर्वाचनको संघारमा संविधान उल्लंघन र निर्वाचन आचार संहिता

मिच्दै शेरबहादुर देउवाले पाँचौ पटक मन्त्रिपरिषद विस्तार गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ३ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ समेत गराएकी छिन् ।

शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

यसैबिच निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू भइरहेको र सरकारलाई ७ बूँदे निर्देशन दिइसकेको अवस्थामा त्यसको विपरित ३ जना मन्त्री र एकजना राज्यमन्त्री नियुक्ति गरी मन्त्रिपरिषद् विस्तार गरेकोप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आज एक प्रेस–विज्ञप्ति जारी गरी मन्त्रिपरिषद् विस्तारको कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने हुँदा त्यस किसिमका कार्य नगर्न नगराउन सरकारलाई आग्रह गरेको छ ।

स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन सरकारले समेत सोही मनसाय राखी आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आयोगबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगबाट यही भदौ १५ गते सरकारलाई दिएको ७ बूँदे निर्देशनमा नेपाल सरकारको स्वामित्वमा रहेका वा सरकारी कोष बाट खर्च हुने वा नेपाल सरकारबाट कुनै पनि राजनीतिक नियुक्ति नगर्ने बूँदा रहेको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै, आगामी मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सिलसिलामा मिति २०७४ भाद्र १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइरहेको पनि आयोगको विज्ञप्तिमा जनाइएको छ ।

नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ९ ले बढीमा २५ जना मात्र मन्त्री बनाउन पाउने स्पष्ट उल्लेख गरेको भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले यसको उल्लंघन गर्दै सबैलाई समेट्ने नाममा राज्य ढुकुटीमा लुट मच्चाउने गरि मन्त्री थप्दै गइरहेका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web