निर्वाचन नियम मिचेपछि बिमलेन्द्र निधिसँग स्पष्टिकरण माग, देउवालाई स्वागत गर्न बालबालिका प्रयोग

भदौ २८, २०७४ मा प्रकाशित | 983 views

काठमाडौं ।

सत्तामा रहेर निर्वाचन आचारसंहिता लागु भएको बेलामा अरुले उल्लंघन गरे कारवाही गर्न अघि सर्नुपर्ने शेरबहादुर देउवा सरकार मन्त्रीपरिषद विस्तार देखी चुनावी सभासमेत निर्वाचन आचारसंहिता उल्लंघन गर्दै अघि बढ्न थालेको छ ।

यसैक्रममा निर्वाचन आयोगले पूर्व उपप्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई आचारसंहिता उल्लंघन गरेपछि स्पष्टिकरण मागेको छ ।

निधिले यही भदौ २५ गते धनुषामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी कार्यक्रममा नेपाली काँग्रेसको निर्वाचन चिन्ह अङ्कित गम्छा लगाई सहभागी भएर निर्वाचन आचार संहिता उल्लङ्घन गरेको सम्बन्धमा आयोग समक्ष स्पष्टीकरण पेश गर्न नेता निधिलाई निर्देशन दिएको छ ।

यसैगरी, सिरहाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिकाको प्रयोग गरिएको विषय निर्वाचन आचार संहिता विपरीतको कार्य भएको देखिएकाले त्यस सम्बन्धमा नेपाली काँग्रेस सिरहा जिल्ला सभापतिलाई आयोग समक्ष स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको आयोगबाट आज जारी प्रेस–विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, निर्वाचन आयोगले धनुषाको मिथिला नगरपालिका लालगढमा यही भदौ २७ गते नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले निकालेको संयुक्त चुनावी र्यालीमा दलका झण्डा बोकेर बालबालिकालाई प्रचार प्रसारमा खटाइएको विषय निर्वाचन आचार संहिता विपरीत भएकाले संयुक्त चुनावी र्यालीका आयोजक नेपाली काँग्रेस धनुषाका जिल्ला सभापति र नेकपा माओवादी केन्द्र धनुषा जिल्ला इन्चार्जलाई आयोग समक्ष स्पष्टीकरण पेश गर्न बेग्ला बेग्लै निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web