प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीकाबारेमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटवार्तामा सोमबार प्रदेश नम्बर–२ मा हुन लागेको स्थानीय तहको निर्वाचन, त्यसको सुरक्षा तयारी तथा अन्य अत्यावश्कीय अवस्थाकाबारेमा कुराकानी भएको हो ।

प्रधानमन्त्रीको सचिवालयकाअनुसार भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचनका विषयमा छलफल भएको हो । ‘प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्री दाहालले सरकारको काम–कारबाही प्रभावकारी बनाउन आग्रह गर्नुभयो’–अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

यस्तै, प्रधानमन्त्री देउवाले यही असोज ३ गतेदेखि संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका लागि गर्न लागेको संयुक्तराज्य अमेरिकाको भ्रमणको विषय र नेपालले उठाउनुपर्ने विषयमासमेत छलफल भएको थियो ।

त्यस्तै, प्रदेश र संघीय निर्वाचनको तयारीका विषयमासमेत सो अवसरमा सामान्य कुराकानी भएको बताइएको छ ।

केटीलाई यौनसम्पर्क गर्नका लागि कसरी फकाउने ?

यौन जीवनका बारेमा विभिन्न अध्ययनहरु भएका छन् र हुदै छन्। पनी , ती अध्ययनहरुबाट यौनका बारेमा नयाँ नयाँ कुरा पत्ता लाग्छ । लागी रहेको पनी छन् । केही महिना अगाडि गरिएको एक अध्ययनबाट युवतीलाई कसरी यौन सम्पर्क राख्नका लागि सहमतीमा ल्याउने बारेमा पत्ता लागेको छ ।

सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना बढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा फोर प्ले गर्ने गर्नु पर्छ । यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनै पनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगार र सयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ ।

तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन । यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ । यौन सुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ ।

प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका बारेमा थाहा हुने मात्र होइन, दम्पती बीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ । आपसी समझदारी बढाउन मद्दत मिल्छ ।

यहि आपसी सम्झदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ । यसका लागि यौन प्रतिक्रिया चक्र र संवेदनशिल अंगका बारेमा थाहा हुनु पर्छ ।

नागरिकता लगायत प्रमाण देखाएर मतदान गर्न सकिन्छ : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सम्पूर्ण मतदाताको मताधिकारको सुनिश्चितता गर्न मतदाता परिचयपत्रको अतिरिक्त अरु वैकल्पिक व्यवस्था गरेको छ ।

मतदाताले कुनै कारणवश तस्वीरसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा वैकल्पिक व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाइने छ ।

मधुवन चोकमा बम विस्फोट

बीरगञ्ज ।

कडा सुरक्षाको बाबजुद पनि गएराति १२ बजे अज्ञात समुहले पर्साको विन्दवासिनी गाउपालिकाको वडा नं. ४ मा मधुवन चोकमा बम विस्फोट गराएको छ ।

सिलिण्डर बमलाई गाडीको टायरमा आगो लगाई विस्फोट गराइएको र विस्फोटबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।

बम विस्फोटबाट विद्युतको तारमा क्षति पुगेको र सो क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

घटनापछि सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको प्रवक्ता शाहीले बताउनुभयो ।

बम विस्फोटपछि भोलिको मतदानमा सहभागी हुने मतदाताहरुमा सन्त्रास छाएको छ ।

नागरिकता राहदानीबाटपनि मतदान गर्न सकिने

काठमाडौं ।

निर्वाचन आयोगले प्रदेश नम्बर दुईमा भोलि असोज २ गते हुने निर्वाचनमा मतदाताले कुनै कारणवश फोटोसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न वैकल्पिक व्यवस्था गरेको छ ।

आयोगले नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने निर्णय गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले  जानकारी दिनुभयो ।

साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन समेत सम्बन्धित सबैलाई जानकारी गराइएको आयोगले जनाएको छ ।

एउटा नेता जापान छिर्न नपाउँदा किन यत्रो रोइलो ? प्रदिप पौडेल यस कारण जापान छिर्न पाएनन्

गोकर्ण अधिकारी-टोकियो ।

काँग्रेस नेताद्धय धनराज गुरूङ र प्रदिप पौडेल शनिवार १ बजेर ४३ मिनेटमा हानेदा बिमानस्थलमा ओर्लने समय थियो । उनिसँगै अरु दुई जनापनि आउँदैछन् भन्ने खवर थियो । काँग्रेस नेताहरु लिन पार्टीकै जनसम्पर्क समिति जाने त भइहाल्यो । हामी १३/१४ जना लिन गएका थियौं ।

बिमानबाट ओर्लेर बाहिर आउन बढीमा सामान्यतया १ घण्टा लाग्ने गर्छ । धनराज गुरूङसँग रातो पासपोर्ट भएर उहाँ आधा घण्टा अलि बेरमा बाहिर आइहाले । उनिसँगै अर्का एकजना सँगै आएका पनि बाहिर निक्लिए ।

तर सोधपुछ गरिरहेको भनेको प्रदिप पौडेल र पत्रकार भनेर आएको अर्का एकजना अनिल न्यौपानेलाई अध्यागमनले छाडेनछ ।

धनराज गुरूङलाई 'हामी जाउँ उहाँहरु आउनुहुन्छ छाड्ने वित्तिकै हामी बुझिराख्छौं' भनेर भन्यौं । उहाँले 'मेरो प्यारो भाई नआई म जाँदै जान्न' भनेर हिँड्न मान्नुभएन । त्यसपछि हामी अहिले आउलान् कि एकछिनमा आउलान् कि भनेर कुर्न थाल्यौं ।

त्यहाँ भएका कतिले अध्यागमनले नछाडेपछि 'हामीले जापानी सांसद किनेका छौं अहिले छुटाउछौं, जसरीनि निकाल्छौं' भन्दै ठूला ठूला गफ पनि दिन भ्याए ।

कतिले 'एम्बेसीको डाइभर आएपछि गएर छुटाउँछ' भने । बिचरा डाइभरले के गर्न सक्थ्यो र ! अझ कतिले त 'दुतावासले भन्यो भने छाड्छ' भने । भएका र चिनेजती सबैलाई फोन हाने । धनराज गुरूङले पनि नेपालमा ठूला नेता देखी धेरैलाई फोेन गरे तर क-कसलाई गरे थाहा भएन ।

फेरी चारै जनालाई स्पोन्सर गरेका भनिएका रितेन्द्र गिरी अहिले नेपालमा रहेछन् । अध्यागमनले नेपाल फर्कन्छ भन्ने विश्वास नलागेर उनलाई जापानको नम्वरमा फोन गर्यो उठेनछ क्यार । अनि उनको श्रीमती जापानी छन् क्यार । उनले आएर छुटाछन् एकछिनमा भनेर हल्ला गर्न थाले । हल्लै हल्लामा राती साँडे सात बज्यो ।

कतैबाट केही नलाग्ने भएपछि फर्कियौं । धनराज गुरूङसँगै छिर्न पाएका अर्का एकजना डेन्टिस्ट चाहिं (नाम नखुलाउन आग्रह भएकाले) सिनागावामा तिर केटि साथी छ भन्दै उतै फोन गरेर हिँडिहाले । उनिचाहिँ हप्तादिनको लागि घुम्न आएको भन्दैथिए ।

पछि रातभर सम्पर्क गरिरह्यौं । तर अध्यागमनले विश्वास लाग्दो आधार नपाएपछि पौडेल र अर्का पत्रकार भन्ने न्यौपानेलाई फिर्ता पठाइदिन लागेको अबेर राती थाहा पायौं । बिहान ९ बजे उहाँहरु हंगकँग पुगेको उहाँहरुले नै खवर गर्नुभयो ।

बिमानस्थलबाटै अध्यागमनले हिजो दुई जना नेपाली विद्यार्थीलाई समेत नेपाल फिर्ता पठाएको छ । एउटै जहाँजमा आएका ती विद्यार्थीबारे मैले बुझ्न त पाइन । तर उनिहरुलाई लिन गएका मान्छेहरुले दिएको जानकारी अनि भित्र समेत आइसकेको हामीले बुझेका ती दुईजना विद्यार्थी चाहिं के कारणले फर्काइए न कसैले चासो दियो न बाहिर समाचार बन्यो । खाली नेता आएको र गएको समातेको मात्र समाचार आयो ।

बिमानस्थलमा उपस्थित व्यक्तिले दिएको जानकारी जस्ताको तस्तै

बाहिरि खवर र जनसम्पर्क समितिको भनाई

बाहिर खवरहरुमा जापानी अध्यागमनले अनुसन्धानका लागि नियन्त्रणमा राखेर नेपाल फिर्ता पठाइएका पौडेल र न्यौपानेलाई पक्राउ गरेको तथा पौडेल समेत पत्रकारको रुपमा आएको लेखिएको पाइएको छ ।

तर जनसम्पर्क समिति जापानका अध्यक्ष डिपि कँडेलले टपनेपालन्युजडटकमसँगको सक्षिप्त कुराकानीमा भने-'पक्राउ, थुनेको, पत्रकार भनेर आएको केही होइन, उहाँहरुलाई स्पोन्सर गरेको व्यक्ति नेपालमा हुनुहुन्छ, त्यही भएर अध्यागमनले सोधपुछ र सम्वन्धित व्यक्तिलाई सम्पर्क गर्यो तर उसलाई विश्वास नलागेपछि नेपाल फर्काएको हो ।'

जानकारी अनुसार पत्रकारको रुपमा आएका अनिल न्यौपाने जो काँग्रेस नेता प्रतिप पौडेलसँगै जापान छिर्न नपाएर बिमानस्थलबाटै फर्काइए  उनि स्वास्थ्यखबर तथा नेपाल लाइभ डिजिटल पत्रिकाका प्रकाशक रहेको बताइएको छ ।

स्मरणीय छ जापान आएका एमाले नेता देवी ज्ञवाली, तत्कालिन नयाँ शक्ति पार्टीमा रहेका देवेन्द्र पौडेल तथा सीपी गजुरेल लगायतका नेताहरु घण्टौं जापानी अध्यागमनको नियन्त्रणमा परिसकेका छन् ।

जापान आउने भन्ने वित्तिकै पर्याप्त कागजात, जानकारी तथा सम्पर्क व्यक्तिबारे नबुझि आउँदा देशमा लोकप्रिय रहेका तथा चर्चीत व्यक्तिहरु समेत जापानी अध्यागमनको नियन्त्रण परिरहनु तथा नेपाल फर्काइंदा यसले जापानी प्रशासन तथा जापानमा रहेका नेपालीमा नकारात्मक सन्देश बढाउँदै लगेको जानकारहरु बताउँछन् ।

अझ पछिल्लो समय कलाकारको नाममा गैर व्यक्तिहरुलाई बोलाएर शरणार्थी बनाउने, केही महिना राखेर काममा लगाउने तथा तोकिएको भिषा भन्दा अन्य तिर सक्रिय रहेको पाइएपछि जापानमा कलाकारहरुको भिषा लाग्न समस्या हुन थालेको छ । यसको मारमा पछिल्लो तीज कार्यक्रममा बोलाइएका चर्चीत कलाकार सहित दर्जन बढी कलाकारको भिषा आवेदन अस्विकृत भएको थियो ।

हङकङलाई हराउँदै नेपालले जित्यो एसीसी पूर्विय क्षेत्र क्रिकेटको उपाधि

काठमाडौं ।

नेपालले मलेसियामा जारी १९ वर्ष मुनि उमेर समूहको ए सी सी पूर्विय क्षेत्र क्रिकेट प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।

किनरारामा आज सम्पन्न फाईनलमा नेपालले हङकङ ५ विकेटले पराजित गर्दै विजेताको रुपमा १९ वर्ष मुनि उमेर समूहको यशिया कप २०१७ का लागि छनोट भएको छ ।

नेपालले हङकङले दिएको ७७ रनको विजयी लक्ष्य १४.४ ओभरमा ५ विकेटको क्षेतीमा प्राप्त गरेको थियो ।

नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २६ रनको योगदान गरेका थिए ।

त्यस भन्दा अघि नेपालले टस जितेर फिल्डिङ्ग रोजेपछि पहिलो ब्याटिङ्ग थालेको हङकङले ३२.१ ओभरमा ७६ रन बनाएर सबै विकेट गुमाएको थियो ।

नेपालका बलर सन्दिप लामिछाने र शाहेब आलमले ३/३ तथा अनिल सा र कप्तान दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिएका थिए ।

शेयर कारोबारमा ५५.८० प्रतिशतको वृद्धि

काठमाडौं ।

लामो समयदेखि घट्दो क्रममा रहेको नेपाली शेयर बजारको परिसूचक नेप्से यो साता पहिलो दिनको तुलनामा अन्तिम दिनसम्ममा १०.६५ अंकले बढेर १५३०.३१ अंकमा पुगेको छ ।

यो साता बजारको कारोबार रकम पनि गत साताको तुलनामा ५५.८० प्रतिशतको उच्चदरले बढेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा विभिन्न १७७ कम्पनीहरुको शेयर कारोबार भएको छ । जस अनुसार ३५ हजार ८४४ कारोबारहरुबाट ३ अर्ब ६१ करोड ५७ लाख १७ हजार रुपैयाँ बराबरका ६८ लाख ४ हजार १६० कित्ता शेयरहरु किनबेच  भएका छन् ।

यसैगरी यो साता समूहगत परिसूचक तर्फ वाणिज्य बैक, वित्त, होटल, जलविद्युत लगायतका अन्य सबै समूहको कारोबार बढेको छ भने विकास बैक समुहको मात्र कारोबार घटेको छ ।

यो साता कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेड, कारोबार भएको शेयर संख्याको आधारमा नेपाल बैंक कम्पनी लिमिटेड संस्थापक र कारोबार संख्याको आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा रहेका छन् ।

नेपाल भाषाको पहिलो साहित्य महोत्सव सम्पन्न

ललितपुर ।

नेपालभाषा ( नेवार भाषा) को पहिलो साहित्य महोत्सव आज ललितपुरमा सम्पन्न भएको छ ।

महोत्सवमा वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशी र नेपालभाषा एकेडेमीका उपकुलपति चित्तरञ्जन नेपालीले उपन्यासकार मल्ल के सुन्दरको नयाँ उपन्यास “द पोष्टर” तथा  कवि वसन्त चोैधरीको नेपालभाषामा अनुवादित कविता संग्रह “वसन्त” को विमोचन गर्नुभयो ।

नेपालभाषा (नेवार भाषा) साहित्यमा लाग्नु भएका नेवार साहित्यकारहरुको सहभागितामा भएको एक दिने महोत्सवमा साहित्यकारहरुले नेपाल भाषा साहित्यको विकासका सम्बन्धमा  छलफल गर्नुका साथै रचना पाठ गर्नुभयो ।

विभिन्न कार्यक्रम गरी रेड पाण्डा डे मनाइयो

ताप्लेजुङ ।

दुर्लभ वन्यजन्तु रातो हाब्रे अर्थात् रेड पाण्डाको संरक्षणको सन्देश सहित आज रेड पाण्डा दिवस मनाइएको छ ।

‘सेभ द रेड पाण्डा’ भन्ने नाराका साथ यसको संरक्षणका क्षेत्रमा क्रियाशील संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका हुन् ।

विश्वकै दुर्लभ वन्यजन्तु रातो हाब्रेको वासस्थान र आहारा संकटमा पर्दै गएपछि रेड पाण्डा नेटवर्कले सन् २०१० देखि यो दिवस मनाउन शुरु गरेको हो ।

आयोगको निर्देशनपछि मन्त्री र नेताले २ नम्बर प्रदेश छाडे

बीरगञ्ज ।

निर्वाचन आयोगले प्रदेश नम्बर २ मा असोज २ गते हुन गईरहेको निर्वाचनमा मतदान गर्न नपाउने मन्त्री तथा नेताहरुलाई दुई नम्बर प्रदेशका जिल्लाहरूमा जान रोक लगाएपछि बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा रहेका नेताहरु राजधानी फर्किएका छन् ।

निर्वाचनको सुरक्षा तयारी पूरा

काठमाडौं ।

असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताउनुभयो ।

सुरक्षा व्यवस्थामा कहीँकतै कमजोरी नहुनेमा आश्वस्त पार्दै उहाँले ढुक्क भएर निर्वाचनमा मतदाता मतदान केन्द्रसम्म पुग्ने बताउनुभयो ।

गृह प्रवक्ता सुवेदीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी त्यस निर्वाचनमा परिचालन गरिने जानकारी दिनुभयो ।

निर्वाचनलाई विचार गरी गएराति १२ बजेदेखि नै निर्वाचन हुने ८ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ ।

निर्वाचन सुरक्षाकै निम्ति धनुषामा एउटा र बारा, पर्साको बीचमा एउटा गरी २ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ ।

यस्तो नेपाली सेनाको बाहिनी  र केन्द्रमा समेत थप हेलिकोप्टर तयारी अवस्थामा राखिएको गृह प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web