<h4 style="text-align: justify; font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीकाबारेमा छलफल भएको छ ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटवार्तामा सोमबार प्रदेश नम्बर–२ मा हुन लागेको स्थानीय तहको निर्वाचन, त्यसको सुरक्षा तयारी तथा अन्य अत्यावश्कीय अवस्थाकाबारेमा कुराकानी भएको हो ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">प्रधानमन्त्रीको सचिवालयकाअनुसार भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचनका विषयमा छलफल भएको हो । ‘प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्री दाहालले सरकारको काम–कारबाही प्रभावकारी बनाउन आग्रह गर्नुभयो’–अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">यस्तै, प्रधानमन्त्री देउवाले यही असोज ३ गतेदेखि संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका लागि गर्न लागेको संयुक्तराज्य अमेरिकाको भ्रमणको विषय र नेपालले उठाउनुपर्ने विषयमासमेत छलफल भएको थियो ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">त्यस्तै, प्रदेश र संघीय निर्वाचनको तयारीका विषयमासमेत सो अवसरमा सामान्य कुराकानी भएको बताइएको छ ।
19.67¡ÆC