नागरिकता राहदानीबाटपनि मतदान गर्न सकिने

अशोज १, २०७४ मा प्रकाशित | 805 views

नागरिकता राहदानीबाटपनि मतदान गर्न सकिने

काठमाडौं ।

निर्वाचन आयोगले प्रदेश नम्बर दुईमा भोलि असोज २ गते हुने निर्वाचनमा मतदाताले कुनै कारणवश फोटोसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न वैकल्पिक व्यवस्था गरेको छ ।

आयोगले नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने निर्णय गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले  जानकारी दिनुभयो ।

साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन समेत सम्बन्धित सबैलाई जानकारी गराइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web