मधुवन चोकमा बम विस्फोट

अशोज १, २०७४ मा प्रकाशित | 850 views

बीरगञ्ज ।

कडा सुरक्षाको बाबजुद पनि गएराति १२ बजे अज्ञात समुहले पर्साको विन्दवासिनी गाउपालिकाको वडा नं. ४ मा मधुवन चोकमा बम विस्फोट गराएको छ ।

सिलिण्डर बमलाई गाडीको टायरमा आगो लगाई विस्फोट गराइएको र विस्फोटबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।

बम विस्फोटबाट विद्युतको तारमा क्षति पुगेको र सो क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

घटनापछि सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको प्रवक्ता शाहीले बताउनुभयो ।

बम विस्फोटपछि भोलिको मतदानमा सहभागी हुने मतदाताहरुमा सन्त्रास छाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web