Alternative to Narayangadh-Muglin road identified

Alternative to the Narayangadh-Muglin road section has been explored considering the growing traffic and the difficulties in course of the road widening.

In this connection, the rural road linking Malekhu in Dhading district and Bhandara in Chitwan has been presented as the first choice as an alternative to the Narayangadh-Muglin road. However, this rural road needs to be widened and upgraded.

The second alternative is the proposed route from Muglin to Gaindakot of Nawalparasi via Devghat.

The consultant for preparing the detailed design of both the alternative roads has already been selected, the Asian Development Bank (ADB) project director at the Department of Roads, Keshav Kumar Sharma, said.

A Korean consultant has been selected for preparing the design of seven more roads and three bridges along with the two alternative routes. Sharma said an agreement to this effect would be signed next week.

The consultant has been asked to submit the report on the Malekhu-Bhandara road within a year and the report on other roads and bridges within one and half years.

Two boys go missing Naryani River

Two boys have gone missing in the Narayani River at Kawasoti of Nawalparasi since yesterday.

Locals Suman Mahato, 10, and Susan Mahato, 8, of Kawasoti disappeared all of a sudden in course of swimming at the Laugai Ghat yesterday, police said.

Search for them is underway with the help of locals and security personnel.

माओवादी केन्द्र फुटको संघारमा,आजै अर्को पार्टी घोषणा गर्ने तयारी (विज्ञप्तिसहित)

काठमाडौं – एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टीको वाम गठबन्धनपछि माओवादी केन्द्र फुटको संघारमा पुगेको छ । पार्टी अध्यक्ष प्रचण्डले पार्टीको आधिकारिक नीतिविपरित एमालेसँग एकता गर्नेगरी कदम चालेको भन्दै नेता गोपाल किराँतीले अर्को पार्टी खोल्ने तयारी थालेका छन् ।

किराँतीले छुट्टै पार्टी भेलाको आयोजना समेत गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले मालेमावादलाई प्रचण्ड समूहले धरापमा पारेर एमालेसँग विलय गरेको आरोप लगाउँदै केन्द्रीय आयोजक भेला घोषणा गरेको बताएका छन् ।

यस्तो छ किराँतीले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ
(१) मार्क्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्दालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।
(२) पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु ।
(३) सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु ।
(४) भेला आयोजक समिति गठन अघि एक पटक श्री प्रचण्डसँग वार्ता गरिनेछ ।
(५) चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु । नयाँ आधारमा माओवादी केन्द्रलाई पूनरगठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।

गोपाल किराँती
नेकपा माओवादी केन्द्र,
सचिवालय सदस्य

३३ दलीय मोर्चा पनि वाम एकतामा, माओवादीको चुनाव चिह्नमा लड्ने

काठमाडौँ– साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न हँसिया हथौडामा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच निर्वाचनमा तालमेल र पार्टी एकताको निर्णयगरेपछि मोर्चाका तर्फबाट आज सो निर्णय आएको हो । मोर्चाका तर्फबाट संयोजक युवराज सफलले अग्रगामी शक्तिका रुपमा वाम मोर्चा गठन गर्ने दुई ठूला पार्टीको निर्णयको स्वागत गर्दै माओवादी केन्द्रको निर्वाचन चिह्नमा निर्वाचनमा सहभागी हुने र चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिए।

उनले सम्पूर्ण देशभक्त र वामपन्थी शक्तिलाई बृहद् वाम एकताको पक्षमा उभिनसमेत आह्वान गरे। यस्तै संसदमा क्रियाशील समाजवादी जनता दल र जनजागरण पार्टी नेपालले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् । प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता दल र लोकमणि ढकालको जनजागरण पार्टीको संसदमा एक/एक सदस्य छन्।

नेकपा (संयुक्त)ले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । संयुक्तको बुधबारको बैठकले सो निर्णय गरेको नेता पदमराज जोशीले जानकारी दिए। संयुक्तले पनि बृहद् वाम एकतालाई सकारात्मक रुपमा लिँदै एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ । रासस

विश्व कप फुटबल छनोटमा : आयरल्यान्डसँग बराबरीको खोजीमा जर्मनी

एजेन्सी – विश्व कप फुटबल छनोटमा आज विश्व विजेता जर्मनीले नर्दन आयरल्यान्डको सामना गर्दै छ । समूहको शिर्षस्थानमा रहेको जर्मनीलाई आजको खेलमा बराबरी पर्याप्त छ । छनोट अन्तर्गत समूह ‘सी’ को शिर्षस्थानमा जर्मनीको २४ अंक छ भने दोस्रो स्थानमा रहेको नर्दन आयरल्यान्डको १९ अंक छ ।

९ समूहमा विभाजित ५४ राष्ट्र मद्धे हरेक समूहका विजेताले स्वतः रुस विश्वकपमा स्थान पाउनेछन् भने दोस्रो स्थानका उत्कृष्ट ८ टोलीले अर्को ४ स्थानका लागि ‘होम एन्ड अवे’ प्ले अफमा भिड्नेछन् । आजको खेलमा बराबरी गरेमा जर्मनी अन्तिम खेल अघि नै समूह विजेता हुनेछ ।

माओवादी एमाले गठबन्धन रोक्न देउवाले राखे चुनाव अघिनै प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

काठमाडौं ।

माओवादी केन्द्र र नेकपा एमालेबिच वाम गठबन्धन हुने सुईको पाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार उनकै निवास पुगेका थिए ।

दिउँसो गठबन्धन घोषणामा जुटेका दाहाललाई त्यसबाट अलग गराउन कुनै कसरत बाँकी नराख्ने तयारी सहित गएका देउवा सहितका काँग्रेस नेताहरुले निर्वाचनसम्म यही सरकारमा सामेल रहन आग्रह गरे ।

यसमा सहमती जनाएका दाहाललाई देउवाले स्थानिय निर्वाचनकै तालमेलको आग्रह समेत गरे । तर स्थानिय निर्वाचनमा भएको तालमेलले खासै फाइदा नभएपछि बिच्किएका दाहालले त्यसलाई समेत स्विकारेनन् ।

त्यसपछि बाम गठबन्धनको अभियानलाई रोक्न नेपाली कांग्रेसले दुई पटक प्रधानमन्त्री बन्न दिने प्रस्ताव समेत अघि सार्यो ।

निर्वाचनसम्म देउवा सरकार रहन दिन आग्रह गर्दा समेत नमानेपछि निर्वाचन अघिनै दाहाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव तथा संयुक्त गठबन्धनमा निर्वाचनमा जाने प्रस्ताव समेत काँग्रेसले राखेको थियो ।

देउवाले सहकार्यमा जोड दिंदै प्रधानमन्त्रीको प्रस्ताव गरेपछि केही सोचमग्न भएका दाहालले त्यसपछि आउँदो चुनावमा ५० ५० प्रतिशत सिटको साझेदारी देउवासँग मागे । तर ५० प्रतिशत दिन नसक्ने देउवाको जवाफपछि दाहाल पुरानै अडानमा फर्कीए ।

पार्टीमा थप छलफल गर्ने दाहालको जवाफ पछि देउवा सहितको काँग्रेस नेताहरुको टोली लाजिम्पाटबाट त फर्कीयो तर आफुले देखाएको लोभ सफल नहुने खवर समेत दाहालबाट नपाएर मिडियामार्फत साँझ ५ बजे संयुक्त पत्रकार सम्मेलनको खवर पाएपछि देउवा सरकार नैतिक संकटबाट जुग्रिएको छ ।

नेपाली फुटबल टोलीमा व्यापक फेरबदल, गोलकिपर र कप्तान समेत फेरिए

काठमाडौं ।

य एफ सी एशियन कप छनोट फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम छनोट कार्य सम्पन्न भएको छ ।

ताजिकिस्तानसँग यही अक्टोबर १० तारिखमा हुने खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार २३ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।

दशैँका लागि केही दिन अभ्यास बन्द गरेको नेपालले गत सोमबारदेखि प्रतियोगिताका लागि पुनः अभ्यास शुरु गरेको थियो ।

प्रतियोगिता अन्तर्गत ताजिकिस्तानसँग गत महिना काठमाडौंमा भएको खेलमा नेपालले २–१ गोल अन्तरको हार बेहोरिसकेकोले प्रतियोगितामा टिकिरहन यो खेल जित्नै पर्ने हुन्छ ।

ताजिकिस्तानसँगको पहिलो खेलमा परेका गोलकिप्पर विशाल श्रेष्ठ र मिडफिल्डर सुमन लामा यस पटकको अन्तिम २३ मा परेनन् ।

उनीहरुको स्थानमा पहिले ताजिकिस्तानसँगको टोलीमा नरहेका गोलकिप्पर एलेन न्यौपाने र राजेन्द्र रावललाई समावेश गरिएको छ ।

यसैगरी पूर्व कप्तान अनिल गुरुङ्ग पनि चोटका कारण यस पटक राष्ट्रिय टोलीबाट खेल्ने छैनन्।

समूह एफ मा नेपालसँगै फिलिपिन्स, यमन र ताजिकिस्तान रहेका छन् ।

पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो भने यमनसँग गोल रहित बराबरी खेलेको थियो ।

अहिलेसम्मको खेलबाट ७ अङ्क सहित फिलिपिन्स पहिलो स्थानमा रहेको छ भने ५ अङ्क सहित यमन दोश्रो स्थानमा रहेको छ ।

यसैगरी ताजिकिस्तान ३ अङ्क सहित तेश्रो स्थानमा रहेको छ भने १ अङ्क सहित नेपाल चौथो तथा अन्तिम स्थानमा रहेको छ ।

प्रतियोगितामा सबै भन्दा बढी अङ्क ल्याउने २ राष्ट्र अर्को चरणमा प्रवेश गर्ने छन् ।

सबै भन्दा पुछारमा रहेकाले नेपालले छनोट चरण पार गर्न अब हुने सबै खेलमा जित हात पार्नै पर्ने हुन्छ ।

नेपाली टोलीको गोलकिपरमा एलन न्यौपानेसहित, किरण चेमजोङ र विकेश कुथु छन् । यस्तै, डिफेन्डरमा विराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ र राजेन्द्र रावल छन् ।

यसै गरी मिडफिल्डमा सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर र सुजल श्रेष्ठ छन् ।

यस्तै, फरवार्डमा विमल घर्ति मगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास र अन्जन विष्ट छन् ।

डेगुं नियन्त्रणका लागि ‘खोजी र नष्ट’ कार्यक्रम सञ्चालन

महोत्तरी ।

महोत्तरीको बर्दिवास नगरपालिकामा ३९ जनामा डेगुं रोग देखा परेपछि स्वास्थ्य टोलीले बर्दिवासमा आज ‘खोजी र नष्ट’ कार्यक्रम सञ्चालन गरेको छ ।

बर्दिवासमा डेगुं देखा परेपछि जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली, स्थानीय निकाय, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको टोली मिलेर  ‘खोजी र नष्ट’ कार्यक्रम सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डाक्टर नागेन्द्र यादवले जानकारी दिनुभयो ।

डेगुं ज्वरो रोगको प्रकोप रोकथाम तथा नियन्त्रण अन्र्तगत बजार क्षेत्रमा पानी राख्ने भाडा, ट्यांकी, खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाई रहेनरहेको हेरी नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

बैंक घोटाला गरेको आशंकामा १३ जना पक्राउ

सुनसरी ।

धरान उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३ जनालाई पक्राउ गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो र धरान प्रहरीको संयुक्त टोलीले बैंक कारोबारमा १५ करोड रुपैयाँ भन्दा बढीको ठगी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुन धितो राखेर कर्जा लिने र कर्जा दिने कार्यमा संलग्न कर्मचारीमा होमबहादुर भट्टराई, शंकर न्यौपाने, पुष्पराज घिमिरे, रामकिशोर मेहता, सानुबाबु श्रेष्ठ र विद्या तामाङ पक्राउ परेका छन् ।

त्यस्तै, सुन व्यापारी एवं ऋणी माधव रिजाल, सङ्गीत रसाइली, लालबहादुर विक, सन्तोष रसाइली, सुनिल विक, ज्ञानेन्द्र पुर्कोटी र लीजा थापामगरलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।

बैंक घोटाला प्रकरणमा पक्राउ परेका सबैलाई उच्च अदालत विराटनगरबाट म्याद थप गराई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

काठमाडौं ।

निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको छ ।

आयोगको हिजो बसेको बैठकले ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र अन्य न्यायाधीशलाई न्यायपरिषद्को सिफारिसमा निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

साथै, न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा असोज १९ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जगेडामा रहेका अन्य ९ जना अधिकृतलाई निर्वाचन आयोगले असोज २४ र २५ गते काभ्रेको धुलिखेलमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

एमाले माओवादी मिलेपछि काँग्रेसपनि मोर्चा बनाउन जुट्यो, यस्तो छ तयारी

काठमाडौं ।

मंगलबार नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी मोर्चाबन्दी थालेपछि नेपाली काँग्रेसले आसन्न निर्वाचनमा ठूलो धक्का लाग्ने ठहर सहित वृहद् लोकतान्त्रिक मोर्चा गठनलाई आजैबाट तिब्रता दिएको छ ।

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा त्यस विषयमा छलफल सहित मोर्चा बनाउने भएको नेता विमलेन्द्र निधिले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्यको सहभागिता थियो ।

हिजो नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीच प्रदेश र संघीय संसद्मा चुनावी तालमेल गर्ने घोषणा भएपछि संसद्को ठूलो दल काँग्रेसले पनि लोकतान्त्रिक गठबन्धन गर्ने गरी छलफल शुरु गरेको हो ।

बैठक भोलि बिहान पुनः बस्ने नेपाली काँग्रेसले जनाएको छ ।

यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर राणाबीच विकसित राजनीतिक घटनाक्रमका विषयमा आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उहाँहरुबीच प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ नेकपा माओवादी केन्द्रबीच मंगलबार भएको सहमतिका बारेमा छलफल भएको थियो ।

भेटबारे रेडियो नेपाललाई जानकारी दिंदै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले एमाले र माओवादी केन्द्रसहित वृहत बामपन्थी एकता हुने भएपछि वृहत प्रजातान्त्रिक एकताका लागि नेपाली कांग्रेसले पहल लिनुपर्नेे सुझाव आफुले दिएको बताए ।

यता नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भने वाम एकताले नेपाली काँग्रेसलाई कुनै पनि असर नपर्ने जिकिर गरेका छन् ।

नेपाल प्रेस युनियन नवलपरासीले आज कवासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले चुनावको समयमा विचार मिल्ने शक्तिबीच एकता हुनु स्वभाविक भएको टिप्पणी गरे ।

Chief Returning Officers and Returning Officers appointed

The Election Commission of Nepal (ECN) yesterday appointed 165 officials as the Chief Returning Officers and Returning Officers in all the 77 districts to conduct the elections to the House of Representatives and State Assemblies.

The meeting of the Commission held yesterday took the decision to appoint the district judge as the Chief Returning Officer for the district while other judges will be appointed as the Returning Officers after the recommendation of the judicial council.

Similarly, the meeting decided to appoint second class officers from judicial service as the Returning Officers as per the recommendation of the Judicial Service Commission effective from October 5, Commission's Spokesperson Navaraj Dhakal said.

Each Returning Officers appointed to conduct the election to the House of Representatives are also entrusted with the responsibility to conduct the election to the State Assembles in two constituency that fall in their respective constituency, shared Dhakal.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web