काठमाडौं ।

य एफ सी एशियन कप छनोट फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम छनोट कार्य सम्पन्न भएको छ ।

ताजिकिस्तानसँग यही अक्टोबर १० तारिखमा हुने खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार २३ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।

दशैँका लागि केही दिन अभ्यास बन्द गरेको नेपालले गत सोमबारदेखि प्रतियोगिताका लागि पुनः अभ्यास शुरु गरेको थियो ।

प्रतियोगिता अन्तर्गत ताजिकिस्तानसँग गत महिना काठमाडौंमा भएको खेलमा नेपालले २–१ गोल अन्तरको हार बेहोरिसकेकोले प्रतियोगितामा टिकिरहन यो खेल जित्नै पर्ने हुन्छ ।

ताजिकिस्तानसँगको पहिलो खेलमा परेका गोलकिप्पर विशाल श्रेष्ठ र मिडफिल्डर सुमन लामा यस पटकको अन्तिम २३ मा परेनन् ।

उनीहरुको स्थानमा पहिले ताजिकिस्तानसँगको टोलीमा नरहेका गोलकिप्पर एलेन न्यौपाने र राजेन्द्र रावललाई समावेश गरिएको छ ।

यसैगरी पूर्व कप्तान अनिल गुरुङ्ग पनि चोटका कारण यस पटक राष्ट्रिय टोलीबाट खेल्ने छैनन्।

समूह एफ मा नेपालसँगै फिलिपिन्स, यमन र ताजिकिस्तान रहेका छन् ।

पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो भने यमनसँग गोल रहित बराबरी खेलेको थियो ।

अहिलेसम्मको खेलबाट ७ अङ्क सहित फिलिपिन्स पहिलो स्थानमा रहेको छ भने ५ अङ्क सहित यमन दोश्रो स्थानमा रहेको छ ।

यसैगरी ताजिकिस्तान ३ अङ्क सहित तेश्रो स्थानमा रहेको छ भने १ अङ्क सहित नेपाल चौथो तथा अन्तिम स्थानमा रहेको छ ।

प्रतियोगितामा सबै भन्दा बढी अङ्क ल्याउने २ राष्ट्र अर्को चरणमा प्रवेश गर्ने छन् ।

सबै भन्दा पुछारमा रहेकाले नेपालले छनोट चरण पार गर्न अब हुने सबै खेलमा जित हात पार्नै पर्ने हुन्छ ।

नेपाली टोलीको गोलकिपरमा एलन न्यौपानेसहित, किरण चेमजोङ र विकेश कुथु छन् । यस्तै, डिफेन्डरमा विराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ र राजेन्द्र रावल छन् ।

यसै गरी मिडफिल्डमा सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर र सुजल श्रेष्ठ छन् ।

यस्तै, फरवार्डमा विमल घर्ति मगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास र अन्जन विष्ट छन् ।

25.12¡ÆC