एमाले माओवादी मिलेपछि काँग्रेसपनि मोर्चा बनाउन जुट्यो, यस्तो छ तयारी

अशोज १८, २०७४ मा प्रकाशित | 884 views

काठमाडौं ।

मंगलबार नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी मोर्चाबन्दी थालेपछि नेपाली काँग्रेसले आसन्न निर्वाचनमा ठूलो धक्का लाग्ने ठहर सहित वृहद् लोकतान्त्रिक मोर्चा गठनलाई आजैबाट तिब्रता दिएको छ ।

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा त्यस विषयमा छलफल सहित मोर्चा बनाउने भएको नेता विमलेन्द्र निधिले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्यको सहभागिता थियो ।

हिजो नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीच प्रदेश र संघीय संसद्मा चुनावी तालमेल गर्ने घोषणा भएपछि संसद्को ठूलो दल काँग्रेसले पनि लोकतान्त्रिक गठबन्धन गर्ने गरी छलफल शुरु गरेको हो ।

बैठक भोलि बिहान पुनः बस्ने नेपाली काँग्रेसले जनाएको छ ।

यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर राणाबीच विकसित राजनीतिक घटनाक्रमका विषयमा आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उहाँहरुबीच प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ नेकपा माओवादी केन्द्रबीच मंगलबार भएको सहमतिका बारेमा छलफल भएको थियो ।

भेटबारे रेडियो नेपाललाई जानकारी दिंदै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले एमाले र माओवादी केन्द्रसहित वृहत बामपन्थी एकता हुने भएपछि वृहत प्रजातान्त्रिक एकताका लागि नेपाली कांग्रेसले पहल लिनुपर्नेे सुझाव आफुले दिएको बताए ।

यता नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भने वाम एकताले नेपाली काँग्रेसलाई कुनै पनि असर नपर्ने जिकिर गरेका छन् ।

नेपाल प्रेस युनियन नवलपरासीले आज कवासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले चुनावको समयमा विचार मिल्ने शक्तिबीच एकता हुनु स्वभाविक भएको टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web