माओवादी एमाले गठबन्धन रोक्न देउवाले राखे चुनाव अघिनै प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

अशोज १८, २०७४ मा प्रकाशित | 974 views

काठमाडौं ।

माओवादी केन्द्र र नेकपा एमालेबिच वाम गठबन्धन हुने सुईको पाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार उनकै निवास पुगेका थिए ।

दिउँसो गठबन्धन घोषणामा जुटेका दाहाललाई त्यसबाट अलग गराउन कुनै कसरत बाँकी नराख्ने तयारी सहित गएका देउवा सहितका काँग्रेस नेताहरुले निर्वाचनसम्म यही सरकारमा सामेल रहन आग्रह गरे ।

यसमा सहमती जनाएका दाहाललाई देउवाले स्थानिय निर्वाचनकै तालमेलको आग्रह समेत गरे । तर स्थानिय निर्वाचनमा भएको तालमेलले खासै फाइदा नभएपछि बिच्किएका दाहालले त्यसलाई समेत स्विकारेनन् ।

त्यसपछि बाम गठबन्धनको अभियानलाई रोक्न नेपाली कांग्रेसले दुई पटक प्रधानमन्त्री बन्न दिने प्रस्ताव समेत अघि सार्यो ।

निर्वाचनसम्म देउवा सरकार रहन दिन आग्रह गर्दा समेत नमानेपछि निर्वाचन अघिनै दाहाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव तथा संयुक्त गठबन्धनमा निर्वाचनमा जाने प्रस्ताव समेत काँग्रेसले राखेको थियो ।

देउवाले सहकार्यमा जोड दिंदै प्रधानमन्त्रीको प्रस्ताव गरेपछि केही सोचमग्न भएका दाहालले त्यसपछि आउँदो चुनावमा ५० ५० प्रतिशत सिटको साझेदारी देउवासँग मागे । तर ५० प्रतिशत दिन नसक्ने देउवाको जवाफपछि दाहाल पुरानै अडानमा फर्कीए ।

पार्टीमा थप छलफल गर्ने दाहालको जवाफ पछि देउवा सहितको काँग्रेस नेताहरुको टोली लाजिम्पाटबाट त फर्कीयो तर आफुले देखाएको लोभ सफल नहुने खवर समेत दाहालबाट नपाएर मिडियामार्फत साँझ ५ बजे संयुक्त पत्रकार सम्मेलनको खवर पाएपछि देउवा सरकार नैतिक संकटबाट जुग्रिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web