807 file candidacies for 1st phase federal and state parliament elections

Altogether 807 people have filed their candidacy for the first phase of the House of Representatives and State Assemblies elections to be held on November 26.

The first phase of the twin elections is taking place in 32 districts in all the provinces.

According to the Joint Election Operation Centre (JEOC) at the Election Commission, of the total 807 persons filing candidacies, 323 have registered their candidacy for the House of Representatives election and 484 for the State Assembly elections.

The Election Commission has fixed the time from 10 am to 5 pm today to file complaints against the candidates, the Election Commission spokesman Nawaraj Dhakal said.

The complaints would be looked into and the list of candidates published on October 24. Similarly, the EC will allocate election symbols to the candidates after the conclusion of withdrawing their names by the candidates, if they wish to do so.

RPP finalizes candidates in five places

The Rastriya Prajatantra Party (RPP) has finalized its candidates contesting the first phase of the House of Representatives elections on November 26 from five places.

Accordingly, party chairman Kamal Thapa will be contesting from Makwanpur-2, vice-chairman Rajib Parajuli from Parsa-2, general secretary Rajendra Lingden from Jhapa-3, Kunti Kumari Shahi from Dailekh-1 and Bikram Thapa from Kathmandu-7.

Party spokesperson Bhuwan Pathak said that the Democratic Alliance has agreed to give seven election constituencies to the RPP and selection of the candidates in the remaining two constituencies still remains to be decided upon.

प्रधानन्यायाधिश भन्छन् -‘जनता सुधारिएको न्याय चाहन्छन्’

फिदिम ।

प्रधानन्याधिश गोपाल पराजुलीले संविधानप्रति न्यायधिशहरुले आफनो दायित्व पूरा गर्न छिटो छरितो न्याय सम्पादन गर्नुपर्ने वताउनुभएको छ ।

पाँचथरको फिदिममा आज (मंगलबार) जिल्ला अदालत पाँचथरको निर्माण हुन लागेको भवनको शिलान्यास गर्दे सो कुरा वताउनुभएको हो । प्रधान न्यायधिश पराजुलीले अहिले सुधारिएको न्याय  जनताले अपेक्षा गरेको बताउनुभयो । उहाँले सात वटै प्रदेशका उच्च अदादालतहरुलाई बिषेश जिम्मेवारी दिएर मुद्धा छिटो छरितो सम्पादनका कार्य अघि बढाउने बताउनुभयो ।

उहाँले समाजले आविष्कार गरेको सत्यतामा आधारित सिद्धान्तहरुको संग्रह र पद्धति भएकोले न्याय समाज भन्दा भिन्न हुन सक्दैन भन्नुभयो । यसैको आधारमा न्यायलय टिकेको उहाँको भनाई छ ।

उहाँले सवै नागरिकको चाहाना सुब्यवस्थित न्याय प्रणाली,सुधारिएको न्याय प्रणाली जनताले अपेक्षा गरे अनुसारको न्याय प्रणालीनै आजको आवश्यकता रहेको वताउनुभयो । दशकौँ अघि देखि थन्केर रहेका मुद्धाहरु कसरी फैसला गराउने भन्ने बिषयमा नियामवली संशोधन भएको हुँदा न्याय सम्पादन द्रुत गतिमा अघि वढ्ने विश्वास उहाँले ब्यक्त गर्नुभयो ।

उहाँले नवनिर्मित भवनको सम्झौता अवधि भित्र गुणस्तरीय भवन बनाउनुपर्ने र समयभन्दा ६ महिना अघि निर्माण भएमा २ प्रतिशत निर्माण ब्यवसायिलाई बोनस दिने र ढिलो भएमा जरिवाना गर्न पनि जिल्ला अदालत पाँचथरलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका न्याय परिषद सदस्य राम प्रसाद सिटौला, सर्वोच्च अदालतका मुख्य रजिष्टार नकुल सुवेदी,उच्च अदालत विराटनगरका मुख्य न्याधिश कुलरत्न भूर्तेल लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो ।

बेपत्ता बालक घाँटी काटेर हत्या गरेको अवस्थामा फेला

सिरहा ।

सिरहा कर्जन्हा नगरपालिका–२ बन्दिपुरमा तीनदिनदेखी बेपत्ता एक बालकको घाँटी काटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

स्थानीय कुसुमलाल यादवका १३ वर्षीय छोरा भबेश यादवको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायका अनुसार भबेश कात्तिक ३ गतेदेखि वेपत्ता थिए । दिनभर खोज्दा पनि नभेटेपछि अभिभावकले कात्तिक ४ गते प्रहरी चौकी बन्दिपुरमा खबर गरेका थिए ।

प्रहरीले खोज्दै जाने क्रममा आइतबार साँझ बन्दिपुुरस्थित कला नदीको बाँधभन्दा पश्चिमको नर्सरीमा वेपत्ता भवेश शरीर फेला पार्यो । उनको टाउको भने प्रहरीले सोमबार बिहान फेला पार्‍यो ।

भबेश बन्दिपुरस्थित अक्सफोर्ड स्कूलको कक्षा ४ मा पढ्थे । उनका बाबु कुसुमलाल किसान हुन् भने उनका दाइ तीन महिना अगाडी मात्र वैदेशिक रोजगारबाट घर आएका छन् ।

अबोध भबेशबको हत्या कसले र किन गर्‍यो भन्ने विषयमा केही खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक उपाध्याय जनाएका छन् ।

१० बर्ष काठमाडौंमा मेडिकल कलेज खोल्न नपाउनेगरि चिकित्सा शिक्षा अध्यादेश पास

काठमाडौं ।

सामाजिक अभियन्ता प्रा. डा. गोविन्द केसीको माग सम्वोधन हुनेगरि सरकारले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेको छ ।

अध्यादेशलाई राष्ट्रपतिले जारी गर्न भने बाँकी छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश पास गरेको हो ।

संसदबाट विधेयक पास नभएपछि सरकारले डा. गोविन्द केसीसँग आज अध्यादेश ल्याउने सहमति गरेको थियो ।

अध्यादेशमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा १० वर्षसम्म मेडिकल कलेज खोल्न पाइनेछैन ।

यस्तै एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्वन्धन दिन सक्ने अध्यादेशमा उल्लेख छ ।

यससँगै मनमोहन, काठमाडौं नेशनललगायतका मेडिकल कलेजले सम्बन्धन पाउने बाटो बन्द भएको छ ।

अध्यादेश नयाँ संसदको बैठक बसेको ६० दिनभित्र पास हुनु पर्ने संवैधानिक व्यवस्था छ । यदि पास हुन नसकेको खण्डमा अध्याधेश निस्क्रिय हुनेछ ।

देउवाद्धारा रामचन्द्रका सम्धी पुनर्निर्माण प्राधिकरण सीईओ नियुक्त, लोकदर्शन रेग्मी मुख्य सचिव

काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले पार्टिका वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी युवराज भुसाललाई नियुक्त गरेका छन् ।

सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सीईओबाट गोविन्दराज पोखरेलले दिएको राजिनामा स्विकृत गर्दै पूर्वसचिव युवराज भुसालर्ला नियुक्त गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको मन्त्रीपरिषद बैठकले सीईओ गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गरेको छ । पोखरेलले शनिबार मात्र राजीनामा दिएका थिए ।

भुसाल यसअघि राष्टबैंकको गर्भनरमा नियुक्त हुने हल्ला चलेको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्धी भएकै कारण गर्भनर बनाइन लागेपछि व्यापक आलोचना हुन थालेपछि सरकारले उनको नाम सिफारिसमा परेपनि हटाएको थियो ।

लोकदर्शन रेग्मी बने मुख्य सचिव

नेपाल सरकारको मुख्य सचिवमा गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन् । मुख्य सचिवका लागि रेग्मी सहित प्रधानमन्त्री कार्यालयका सचिवद्वय शंकर अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय प्रतिस्पर्धामा थिए ।

उपाध्याय र अधिकारी दुवैलाई पछि पार्दै रेग्मी बुधबारदेखि लागु हुने गरी तीन वर्षका लागि नेपाल सरकारको मुख्य सचिवमा नियुक्त भएका हुन ।

मुख्य सचिव नियुक्तीसँगै सरकारले सचिवहरुको जिम्मेवारी पनि हेरफेर गरेको छ ।

जस अनुसार सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई गृह सचिव, मुख्य सचिवको दौडमा रहेका शंकर अधिकारी अर्थ सचिव र अर्का मुख्य सचिवका दावेदार ङइन्द्रप्रसाद उपाध्यायलाई लोकसेवा आयोगको सचिवको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी वन मन्त्रालयका प्रकाश माथेमालाई पशुपंक्षी मन्त्रालयमा, लोकसेवा आयोगका मधुप्रसाद रेग्मीलाई शिक्षा मन्त्रालयमा, पशुपंक्षीका युवकध्वज जिसीलाई वनमन्त्रालयमा सरुवा गरिएको छ । सामान्य प्रशासनको जिम्मेवारी रेश्मीराज पाण्डेलाई दिइएको छ ।

जापानमा प्रधानमन्त्री शिन्जो आवेको दललाई बहुमत, कोरिया प्रायद्धिप बिवादमा कडा प्रतिक्रिया

टोकियो ।

आत्मरक्षा बाहेकको अवस्थामा युद्धमा जान संविधानत रोकेको जापानलाई उत्तर कोरियाबिरुद्ध कडा प्रतिक्रिया र युद्धको संकेत दिंदै आएका जापानी प्रधानमन्त्री शिन्जो आवेको दलले यहाँको तल्लो सदनमा स्पष्ट बहुमत ल्याएको छ ।

आफ्नो लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको गठबन्धनले आइतबार भएको निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गरेपछि आवेले यस्तै एक प्रतिक्रिया दिंदै उत्तर कोरिया बिरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेत दिएका छन् ।

प्रधानमन्त्री  सिन्जो आबेले नेतृत्व गरेको  लिबरल डेमोक्रेटिक पार्टी  एक्लैले बहुमतलाई चाहिने २३३ सिट भन्दा बढी अर्थात् २८३  सिट  प्राप्त गरेको छ ।

एलडीपीको गठबन्धन साझेदार कोमेइतोले २९  सिटमा जित हासिल गरेको छ । कुल जोड्दा तल्लो सदनको लागि चाहिने आवश्यक दुई तिहाई मत हुन्छ ।

सोमवार मध्यान्हसम्ममा ४६५ सिट मध्ये ४६१ को नतिजा आउँदा वर्तमान प्रधानमन्त्री समेत रहेका आबे पुन सत्तामा रहने देखाएको छ । आवेले जनताले स्थिर राजनैतिक अवस्थाको चाहना गरेको भन्दै जनताका सकारात्मक आकांक्षाहरुलाई पूरा गर्न हरसम्भव प्रयत्न गर्ने बताएका छन् ।

तल्लो सदनमा विपक्षी दल सीडीपीजे अर्थात्  कोंस्टीट्यूशनल डेमोक्रेटिक पार्टी अफ जापानले आफ्नो चुनावपूर्वको संख्या भन्दा तीन गुणा बढी  अर्थात ५४  सिट प्राप्त गरेको छ । जसका कारण तल्लो  सदनमा सबै भन्दा ठूलो विपक्षी पार्टी बन्ने  भएको छ ।

टोकियोका गभर्नर युरिको कोइकेको पार्टी होपले ४९ सिटमा जित हासिल गरेको छ । सीडीपीजे र होप चुनाव अभियानको सुरुसंगै गठन भएका नयाँ राजनैतिक दल हुन् ।

जापान कम्युनिस्ट पार्टीले समेत १२ सिट जित हासिल गरेको छ । निप्पोन इशिन जापान इनोवेशन पार्टीले भने मात्र १०  सिट ल्याएको छ ।

उत्तर युद्ध र धारा ९

जापानको सँधैको प्रतिस्पर्धी र विवादको मुख्य देश बन्ने गरेको छ चीन । तर पछिल्लो पाँच बर्षयता उत्तर कोरियासँग बढ्दै गएको विवाद चरमोत्कर्षमा छ ।

त्यसो त उत्तरसँगको विवाद जापानको मात्र भने होइन । आणविक अस्त्र निर्माण तथा क्षेप्यास्त्र परिक्षणका कारण अमेरिकासँग मुख्य विवाद र युद्ध संघारमा पुग्ने गरेको कोरियाली प्रायद्धिप विवादमा दक्षिण कोरिया र पश्चिमेली देशहरु सहित राष्टसंघ समेत सामेल छ । तर युद्धनै भने भइहालेको छैन ।

यस्तोमा आफ्नो देशमाथि हुँदै क्षेप्यास्त्र प्रहार गर्ने उत्तर कोरियाबिरुद्ध युद्ध छेड्न तयार जस्तो देखिएपनि जापान यसमा संविधानत तयार छैन । कारण हो संविधानको धारा ९ । जुन धारा अनुसार जापानले आफुलाई शान्तिप्रेमी देशका रुपमा परिभाषित गर्दै आत्मरक्षा बाहेकको अवस्थामा युद्धमा जानबाट रोकेको छ । त्यही कारण आवे यो धारा फेर्न वा परिवर्तन गर्न चाहन्छन् । जसको लागि संसदमा उनलाई स्पष्ट दुईतिहाई आवश्यक हुन्छ । जुन परिणाम हालको तल्लो सदनबाट पाएका छन् ।

यस आधारमा अमेरिकी गठबन्धनमा सामेल हुँदै अमेरिकी युद्ध बिमान, पोत र लडाकुसमेत आफ्नो भूमिमा राख्न दिंदै आएको जापानले अब धारा ९ फेरेर उत्तर बिरुद्ध युद्ध छेड्ने संभावना समेत देखिन्छ । तर यसको लागि व्यापक जनसमर्थन सँगै बहस समेत चल्ने हुँदा यसले केही बर्ष खर्चने निश्चित । कोरियाली प्रायद्धिप विवाद समेत जारि रहने अवस्थामा पाँच बर्षे कार्यकालको लागि जनमत पाएका आवेले यो समयमा जापानलाई युद्धमा लगेर यो क्षेत्रको शान्ति कायम गर्ने हुन् वा हालकै कुटनैतिक पहललाई बढाएर दोस्रो विश्वयुद्धपछि लामो कार्यकाल प्रधानमन्त्री बन्न सफल भएका आवेको राजनैतिक सफलता यो कार्यकालले निर्धारण गर्ने निश्चित छ ।

यस्ता छन् नुवाकोटका ५७ उम्मेद्धार, जहाँ नेता धेरै छन् विकास कम

बिदुर ।

मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागी नुवाकोटमा ५७ जनाले उम्मेदवारी दिएका छन् । दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा प्रतिनिधिसभा सदस्यको लागी २४ जना र प्रदेशसभा सदस्यको लागी ३३ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्य क्षेत्र नंं १ का लागी उम्मेदवारी दिनेमा नेपाली काँग्रेसको तर्फबाट डा. रामशरण महत, बाम गठबन्धनबाट माओवादी केन्द्रका हितबहादुर तामाङ, राप्रपा राष्ट्रवादीबाट बिमल थापा, राप्रपा प्रजातान्त्रिकबाट राजेन्द्रप्रसाद फुयाँल, नेकपा मालेबाट जयागार तामाङ, नयाँ शक्ति पार्टी नेपालाबाट शन्तबहादुर तामाङ, नेपाल जनलोकतान्त्रिक पार्टीबाट कृष्णप्रसाद लामिछाने, संघीय समाजवादी फोरमबाट उत्तम अधिकारी, राष्ट्रिय जनमोर्चाबाट कर्णबहादुर तामाङ, मंगोल नेशनल अर्गनाईजेसनबाट प्रदिप तामाङ रहेका छन् । स्वतन्त्रबाट एलिसा थापा, कृष्णबहादुर तामाङ र रबिन गुरुङ गरी १३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिनुभएको छ ।

यस्तै, प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नंं १ मा काँग्रेसबाट महेन्द्र थिङ, बामगठबन्धनबाट माओवादी केन्द्रका राधिका तामाङ, राप्रपा राष्ट्रवादीबाट दामोदर थापा, राप्रपा प्रजातान्त्रिकबाट रामु पण्डित, नयाँ शक्ति पार्टीबाट जायुमी शेर्पा, विवेकशील साझा पार्टीबाट विमल तामाङ र स्वतन्त्र उम्मेदवारमा सुनिता थोकर गरी सात जनाले उममेदवारी दर्ता गराएका छन् ।

यस्तै, प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. २ को लागी काँग्रेसबाट रमेशकुमार महत, बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका बद्री मैनाली, राप्रपा राष्ट्रवादीबाट पुरेन्द्रप्रसाद ढकाल, राप्रपा प्रजातान्त्रिकबाट दिपककुमार राई, नयाँ शक्ति पार्टीबाट ईश्वरकुमार राउत, विवेकशील साझा पार्टीबाट कृष्णप्रसाद अधिकारी, मंगोल नेशनल अर्गनाईजेसनबाट कृष्ण तामाङ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट राजन लामिछाने र स्वतन्त्र उम्मेदवार ज्ञानबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, आसन्न निर्वाचनको लागी नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागी ११ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्यको लागी काँग्रेसबाट अर्जुननरसिंह केसी, बामगठबन्धनको तर्फबाट एमालेका नारायणप्रसाद खतिवडा, राप्रपा राष्ट्रवादीबाट राज्यलक्ष्मी श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकबाट मधुसुदन रिसाल, नेकपा मालेबाट डिलबहादुर पुडासैनी, नयाँ शक्तिबाट धर्मबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट चन्द्र तामाङ, नेपाल जनलोकतन्त्र पार्टीबाट नारायण पौडेल, विवेकशील साझा पार्टीबाट पुरुषोत्तम अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट लक्ष्मी मुडबरी र संघीय समाजवादी फोरम नेपालबाट सिताराम तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ को  प्रदेशसभा सदस्य क्षेत्र नं. १ बाट आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिनेमा काँग्रेसबाट जगदिश्वरनरसिंह केसी, बामगठबन्धनबाट एमालेका केशवराज पण्डे, राप्रपा राष्ट्रवादीबाट दिपेश लामा ‘निश्चल’, राप्रपा प्रजातान्त्रिकबाट शिवप्रसाद अधिकारी, नयाँ शक्ति पार्टीबाट केशवप्रसाद पुडासैनी, विवेकशील साझा पार्टीबाट दामोदर नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट अर्जुनलाल श्रेष्ठ र स्वतन्त्रबाट बद्रीप्रसाद त्रिपाठीले उम्मेदवारी दिएका छन् । यस्तै, प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ को प्रदेशसभा सदस्य क्षेत्र नं. २ बाट ९ जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिनेमा काँग्रेसबाट जगतबहादुर तामाङ, बामगठबन्धनबाट माओवादीका हिरानाथ खतिवडा, राप्रपा राष्ट्रवादीबाट यादवराज सिलवाल, राप्रपा प्रजातान्त्रिकबाट हरिप्रसाद रिजाल, नयाँ शक्ति पार्टीबाट भिमलाल तामाङ, विवेकशील साझा पार्टीबाट कमान तामाङ, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट रवी अधिकारी र स्वतन्त्रबाट कृष्णबहादुर खड्का र रिता ओझाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिनुभयो ।

यस्तो रह्यो मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेद्धारी

काठमाडौं ।

विभिन्न दलहरुले आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारको टुडगो लगाएका छन ।

प्रतिनिधिसभा उम्मेदवारमा नाम शिफारिश भएका र मनोनयन दर्ता गर्नेमा विभिन्न दलका केन्द्रीस्तरका नेताहरु पनि रहनुभएको छ ।

नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको र त्यसमा गोरखा क्षेत्र नं २ बाट नारायणकाजी श्रेष्ठ, सिन्धुपाल्चोक क्षेत्र नं २ अग्निप्रसाद सापकोटा, नुवाकोट क्षेत्र नं १ बाट  हितबहादुर तामाङ, लमजुङबाट देवप्रसाद गुरुङ, बाग्लुङ क्षेत्र नं २ बाट देवेन्द्र पौडेल, रोल्पाबाट वर्षमान पुन , रुकुम (पश्चिम) जनार्दन शर्मा उम्मेदवार हुनुभएको छ ।

त्यस्तै नेपाली काग्रैसको तर्फबाट पनि  आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीका उम्मेदवारको टुंगो लगाइएको छ ।

सोलुखुम्बुबाट बलबहादुर केसी, मुस्ताङमा रोमी गौचन थकाली, नुवाकोट क्षेत्र नं १, डा रामशरण महत, क्षेत्र नं २ जगदिशनरसिंह केसी, सिन्धुपाल्चोक क्षेत्र नं १ मोहनबहादुर बस्नेत, क्षेत्र नं २ पशुपति शम्शेर राणा (राप्रपा प्रजातान्त्रिक) सँग तालमेल) , गोरखा क्षेत्र नं १ चीनकाजी श्रेष्ठ, मुगु हस्तबहादुर मल्ल लगायतका नेताहर रहनुभएको छ

माओवादी केन्द्रले उम्मेदवारी दर्ताका लागि प्रतिनिधिसभामा १६ जना र प्रदेशसभाका लागि ३३ जनाको उम्मेदवारी दर्ता गराएको छ भने नेपाली काँग्रेसले चुनावी गठबन्धनका लगि सहमति भएका दलहरु संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नयाँ शक्ति नेपाललगायत दलसँग सहकार्य गर्ने गरी उम्मेदवार चयन गरेको छ ।

सोही सहमतिअनुसार पार्टीले कतिपय निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा ती दलका उम्मेदवारलाई सघाउने भएको छ ।

Spain Catalonia: Foreign minister denies ‘coup’ by Madrid

The Spanish Foreign Minister, Alfonso Dastis, has denied that his government's move to reassert control over Catalonia amounts to a "coup".

The speaker of the Catalan parliament, Carme Forcadell, called measures announced by the government on Saturday a "de facto coup d'état".

Madrid acted after regional leaders refused to halt an independence drive. Spanish Foreign Minister Alfonso further added that the pictures displayed about police torture on demonstrators are fake.

Abe on course for resounding victory in Japan, exit polls say

Japanese Prime Minister Shinzo Abe's ruling coalition is on course for a resounding victory in Sunday's general election, according to exit polls.

One poll put Mr Abe's Liberal Democratic Party-led (LDP) coalition at 311 seats, allowing it to retain its two-thirds "super majority".

Other polls showed the coalition slightly below the two-thirds mark.

The majority is vital to Mr Abe's ambition to revise Japan's post-war, pacifist constitution.

Article 9 of the constitution, enacted by the country's American occupiers in 1947, calls for the complete renunciation of war.

Japan has worked around the rule by stating that its army exists for the purposes of defence, but Mr Abe has long made it clear that he wishes to revise it.

विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य काठमाडौं २ बाट प्रतिनिधिसभा उम्मेद्धार

काठमाडौं ।

वैकल्पिक राजनीतिक शक्तिका रुपमा चर्चामा रहेको विवेकशील साझा पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्य काठमाडौं क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा उम्मेद्धार बन्ने भएका छन् ।

विवेकशील साझा पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट पार्टी प्रवक्ता रहेका डा. सूर्यराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

विवेकशिल साझा पार्टीले आचार्यलाई काठमाडौं २ बाट उम्मेद्धार बनाउने निर्णय सार्वजनिक गरेसँगै  बाम गठबन्धनका तर्फबाट पुर्व प्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई ठूलो चुनौति थपिएको छ ।

बौद्धिक व्यक्तित्वका रुपमा परिचित तथा विज्ञका रुपमा काम गर्दै आएका डा. आचार्यको उम्मेद्धारीपछि काठमाडौं क्षेत्र नम्वर २ मा आचार्य र एमाले नेता नेपालबिच नै प्रतिस्पर्धा हुने ठानिएको छ ।

भारतबाट सिभिल इन्जिनियरिङमा स्नातक, थाइल्याण्डबाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर तथा जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा विद्यावारिधि गरेका डा.आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विज्ञका रुपमा चिरपरिचित छन् ।

उनी लामो समय जापानको ‘इन्स्टिच्युट फर ट्रान्सपोर्ट पोलिसि स्टडिज’मा ‘सिनियर रिसर्च फेलो’ र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा समेत काम गरेका एकमात्र नेपाली विज्ञ हुन् ।

डा. आचार्यले नेपालका पूर्वाधार विकासका विभिन्न महत्वपूर्ण बिषयहरुमा राष्ट्रिय बहसको उठान गरेका थिए । पेशागत जीवनको सुरुमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघको कार्य अनुभव समेत संगालेका आचार्यका दर्जनौं शोधपत्र प्रकाशित छन् ।

प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्वर २ ले विज्ञ तथा प्राज्ञिक उम्मेद्धार पाएसँगै सो क्षेत्रमा काठमाडौं मेयर निर्वाचनका समयमा समेत साझा र विवेकशिल पार्टीप्रति आस्था राख्ने र समर्थन गर्ने  ठूलो समुहमा रहेका बैकल्पिक राजनीतिक शक्तिको आशा र पक्षमा रहेका काठमाडौंवासी दुई पार्टीको एकिकरणपछि एकसाथ डा. आचार्यलाई उम्मेद्धारको रुपमा पाउँदा उत्साहित देखिएका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web