काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले पार्टिका वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी युवराज भुसाललाई नियुक्त गरेका छन् ।

सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सीईओबाट गोविन्दराज पोखरेलले दिएको राजिनामा स्विकृत गर्दै पूर्वसचिव युवराज भुसालर्ला नियुक्त गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको मन्त्रीपरिषद बैठकले सीईओ गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गरेको छ । पोखरेलले शनिबार मात्र राजीनामा दिएका थिए ।

भुसाल यसअघि राष्टबैंकको गर्भनरमा नियुक्त हुने हल्ला चलेको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्धी भएकै कारण गर्भनर बनाइन लागेपछि व्यापक आलोचना हुन थालेपछि सरकारले उनको नाम सिफारिसमा परेपनि हटाएको थियो ।

लोकदर्शन रेग्मी बने मुख्य सचिव

नेपाल सरकारको मुख्य सचिवमा गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन् । मुख्य सचिवका लागि रेग्मी सहित प्रधानमन्त्री कार्यालयका सचिवद्वय शंकर अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय प्रतिस्पर्धामा थिए ।

उपाध्याय र अधिकारी दुवैलाई पछि पार्दै रेग्मी बुधबारदेखि लागु हुने गरी तीन वर्षका लागि नेपाल सरकारको मुख्य सचिवमा नियुक्त भएका हुन ।

मुख्य सचिव नियुक्तीसँगै सरकारले सचिवहरुको जिम्मेवारी पनि हेरफेर गरेको छ ।

जस अनुसार सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई गृह सचिव, मुख्य सचिवको दौडमा रहेका शंकर अधिकारी अर्थ सचिव र अर्का मुख्य सचिवका दावेदार ङइन्द्रप्रसाद उपाध्यायलाई लोकसेवा आयोगको सचिवको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी वन मन्त्रालयका प्रकाश माथेमालाई पशुपंक्षी मन्त्रालयमा, लोकसेवा आयोगका मधुप्रसाद रेग्मीलाई शिक्षा मन्त्रालयमा, पशुपंक्षीका युवकध्वज जिसीलाई वनमन्त्रालयमा सरुवा गरिएको छ । सामान्य प्रशासनको जिम्मेवारी रेश्मीराज पाण्डेलाई दिइएको छ ।

20.12¡ÆC