१० बर्ष काठमाडौंमा मेडिकल कलेज खोल्न नपाउनेगरि चिकित्सा शिक्षा अध्यादेश पास

कार्तिक ६, २०७४ मा प्रकाशित | 1058 views

काठमाडौं ।

सामाजिक अभियन्ता प्रा. डा. गोविन्द केसीको माग सम्वोधन हुनेगरि सरकारले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेको छ ।

अध्यादेशलाई राष्ट्रपतिले जारी गर्न भने बाँकी छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश पास गरेको हो ।

संसदबाट विधेयक पास नभएपछि सरकारले डा. गोविन्द केसीसँग आज अध्यादेश ल्याउने सहमति गरेको थियो ।

अध्यादेशमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा १० वर्षसम्म मेडिकल कलेज खोल्न पाइनेछैन ।

यस्तै एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्वन्धन दिन सक्ने अध्यादेशमा उल्लेख छ ।

यससँगै मनमोहन, काठमाडौं नेशनललगायतका मेडिकल कलेजले सम्बन्धन पाउने बाटो बन्द भएको छ ।

अध्यादेश नयाँ संसदको बैठक बसेको ६० दिनभित्र पास हुनु पर्ने संवैधानिक व्यवस्था छ । यदि पास हुन नसकेको खण्डमा अध्याधेश निस्क्रिय हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web