प्रधानन्यायाधिश भन्छन् -‘जनता सुधारिएको न्याय चाहन्छन्’

कार्तिक ६, २०७४ मा प्रकाशित | 471 views

फिदिम ।

प्रधानन्याधिश गोपाल पराजुलीले संविधानप्रति न्यायधिशहरुले आफनो दायित्व पूरा गर्न छिटो छरितो न्याय सम्पादन गर्नुपर्ने वताउनुभएको छ ।

पाँचथरको फिदिममा आज (मंगलबार) जिल्ला अदालत पाँचथरको निर्माण हुन लागेको भवनको शिलान्यास गर्दे सो कुरा वताउनुभएको हो । प्रधान न्यायधिश पराजुलीले अहिले सुधारिएको न्याय  जनताले अपेक्षा गरेको बताउनुभयो । उहाँले सात वटै प्रदेशका उच्च अदादालतहरुलाई बिषेश जिम्मेवारी दिएर मुद्धा छिटो छरितो सम्पादनका कार्य अघि बढाउने बताउनुभयो ।

उहाँले समाजले आविष्कार गरेको सत्यतामा आधारित सिद्धान्तहरुको संग्रह र पद्धति भएकोले न्याय समाज भन्दा भिन्न हुन सक्दैन भन्नुभयो । यसैको आधारमा न्यायलय टिकेको उहाँको भनाई छ ।

उहाँले सवै नागरिकको चाहाना सुब्यवस्थित न्याय प्रणाली,सुधारिएको न्याय प्रणाली जनताले अपेक्षा गरे अनुसारको न्याय प्रणालीनै आजको आवश्यकता रहेको वताउनुभयो । दशकौँ अघि देखि थन्केर रहेका मुद्धाहरु कसरी फैसला गराउने भन्ने बिषयमा नियामवली संशोधन भएको हुँदा न्याय सम्पादन द्रुत गतिमा अघि वढ्ने विश्वास उहाँले ब्यक्त गर्नुभयो ।

उहाँले नवनिर्मित भवनको सम्झौता अवधि भित्र गुणस्तरीय भवन बनाउनुपर्ने र समयभन्दा ६ महिना अघि निर्माण भएमा २ प्रतिशत निर्माण ब्यवसायिलाई बोनस दिने र ढिलो भएमा जरिवाना गर्न पनि जिल्ला अदालत पाँचथरलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका न्याय परिषद सदस्य राम प्रसाद सिटौला, सर्वोच्च अदालतका मुख्य रजिष्टार नकुल सुवेदी,उच्च अदालत विराटनगरका मुख्य न्याधिश कुलरत्न भूर्तेल लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web