टोकियो ।

आत्मरक्षा बाहेकको अवस्थामा युद्धमा जान संविधानत रोकेको जापानलाई उत्तर कोरियाबिरुद्ध कडा प्रतिक्रिया र युद्धको संकेत दिंदै आएका जापानी प्रधानमन्त्री शिन्जो आवेको दलले यहाँको तल्लो सदनमा स्पष्ट बहुमत ल्याएको छ ।

आफ्नो लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको गठबन्धनले आइतबार भएको निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गरेपछि आवेले यस्तै एक प्रतिक्रिया दिंदै उत्तर कोरिया बिरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेत दिएका छन् ।

प्रधानमन्त्री सिन्जो आबेले नेतृत्व गरेको लिबरल डेमोक्रेटिक पार्टी एक्लैले बहुमतलाई चाहिने २३३ सिट भन्दा बढी अर्थात् २८३ सिट प्राप्त गरेको छ ।

एलडीपीको गठबन्धन साझेदार कोमेइतोले २९ सिटमा जित हासिल गरेको छ । कुल जोड्दा तल्लो सदनको लागि चाहिने आवश्यक दुई तिहाई मत हुन्छ ।

सोमवार मध्यान्हसम्ममा ४६५ सिट मध्ये ४६१ को नतिजा आउँदा वर्तमान प्रधानमन्त्री समेत रहेका आबे पुन सत्तामा रहने देखाएको छ । आवेले जनताले स्थिर राजनैतिक अवस्थाको चाहना गरेको भन्दै जनताका सकारात्मक आकांक्षाहरुलाई पूरा गर्न हरसम्भव प्रयत्न गर्ने बताएका छन् ।

तल्लो सदनमा विपक्षी दल सीडीपीजे अर्थात् कोंस्टीट्यूशनल डेमोक्रेटिक पार्टी अफ जापानले आफ्नो चुनावपूर्वको संख्या भन्दा तीन गुणा बढी अर्थात ५४ सिट प्राप्त गरेको छ । जसका कारण तल्लो सदनमा सबै भन्दा ठूलो विपक्षी पार्टी बन्ने भएको छ ।

टोकियोका गभर्नर युरिको कोइकेको पार्टी होपले ४९ सिटमा जित हासिल गरेको छ । सीडीपीजे र होप चुनाव अभियानको सुरुसंगै गठन भएका नयाँ राजनैतिक दल हुन् ।

जापान कम्युनिस्ट पार्टीले समेत १२ सिट जित हासिल गरेको छ । निप्पोन इशिन जापान इनोवेशन पार्टीले भने मात्र १० सिट ल्याएको छ ।

उत्तर युद्ध र धारा ९

जापानको सँधैको प्रतिस्पर्धी र विवादको मुख्य देश बन्ने गरेको छ चीन । तर पछिल्लो पाँच बर्षयता उत्तर कोरियासँग बढ्दै गएको विवाद चरमोत्कर्षमा छ ।

त्यसो त उत्तरसँगको विवाद जापानको मात्र भने होइन । आणविक अस्त्र निर्माण तथा क्षेप्यास्त्र परिक्षणका कारण अमेरिकासँग मुख्य विवाद र युद्ध संघारमा पुग्ने गरेको कोरियाली प्रायद्धिप विवादमा दक्षिण कोरिया र पश्चिमेली देशहरु सहित राष्टसंघ समेत सामेल छ । तर युद्धनै भने भइहालेको छैन ।

यस्तोमा आफ्नो देशमाथि हुँदै क्षेप्यास्त्र प्रहार गर्ने उत्तर कोरियाबिरुद्ध युद्ध छेड्न तयार जस्तो देखिएपनि जापान यसमा संविधानत तयार छैन । कारण हो संविधानको धारा ९ । जुन धारा अनुसार जापानले आफुलाई शान्तिप्रेमी देशका रुपमा परिभाषित गर्दै आत्मरक्षा बाहेकको अवस्थामा युद्धमा जानबाट रोकेको छ । त्यही कारण आवे यो धारा फेर्न वा परिवर्तन गर्न चाहन्छन् । जसको लागि संसदमा उनलाई स्पष्ट दुईतिहाई आवश्यक हुन्छ । जुन परिणाम हालको तल्लो सदनबाट पाएका छन् ।

यस आधारमा अमेरिकी गठबन्धनमा सामेल हुँदै अमेरिकी युद्ध बिमान, पोत र लडाकुसमेत आफ्नो भूमिमा राख्न दिंदै आएको जापानले अब धारा ९ फेरेर उत्तर बिरुद्ध युद्ध छेड्ने संभावना समेत देखिन्छ । तर यसको लागि व्यापक जनसमर्थन सँगै बहस समेत चल्ने हुँदा यसले केही बर्ष खर्चने निश्चित । कोरियाली प्रायद्धिप विवाद समेत जारि रहने अवस्थामा पाँच बर्षे कार्यकालको लागि जनमत पाएका आवेले यो समयमा जापानलाई युद्धमा लगेर यो क्षेत्रको शान्ति कायम गर्ने हुन् वा हालकै कुटनैतिक पहललाई बढाएर दोस्रो विश्वयुद्धपछि लामो कार्यकाल प्रधानमन्त्री बन्न सफल भएका आवेको राजनैतिक सफलता यो कार्यकालले निर्धारण गर्ने निश्चित छ ।

18.12¡ÆC