३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा चुनावका उम्मेद्धारद्धारा मनोनयन दर्ता

काठमाडौं ।

आगामी मङ्सिर १० गते हुने पहिलो चरण अन्र्तगत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरूमा उम्मेदवारी मनोनयनको दर्ता कार्य शान्तिपूर्णरूपमा चलिरहेको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारी दर्ता हुँदैछ ।

उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयनको फारम लैजानुका साथै उम्मेदवारी दर्ता गर्ने क्रम सुरु भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले मनोनयनपत्रका साथ नेपाली नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी जम्मा गरेको रसिद वा भौचर र दलको उम्मेदवारको हकमा आधिकारिक हस्ताक्षरसहितको औपचारिक पत्र बुझाउनुपर्ने छ ।

प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपिया धरौटी निर्धारण गरिएको र महिला, दलित वा अल्पसङ््ख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारको हकका धरौटी रकममा ५० प्रतिशत छूट हुने व्यवस्था रहेको प्रवक्ता ढकालले बताउनुभयो ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिले मनोनयन गर्न नपाइने कानुनी व्यवस्था छ ।

यसैगरी एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्ने छ  एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने आयोगले जनाएको छ ।

आगामी मंसिर २१ गते निर्वाचन हुने बाँकी ४५ जिल्लामा यही कात्तिक १६ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

यि ठाउँबाट लड्दैछन् मंसिर १० गतेको निर्वाचनमा माओवादी शिर्ष नेताहरु

काठमाडौं ।

पहिलो चरणमा मंसीर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा माओबादी केन्द्रले आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ ।

माओबादी केन्द्रका अनुसार, नेताहरु अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक–२, देवप्रसाद गुरुङ लमजुङ, नारायणकाजी श्रेष्ठ गोरखा– २, वर्षमान पुन रोल्पा र जनादर्न शर्मा पश्चिम रुकुमबाट उम्मेदवार हुनुहुने भएको छ ।

नेकपा एमाले र माओबादी केन्द्रबीच भएको तालमेल अनुसार पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमध्ये माओबादीले प्रतिनिधिसभातर्फ १६ र प्रदेशसभाको ७४ निर्वाचन क्षेत्रमध्ये ३३ स्थानमा आफ्ना उम्मेदवार चयन गरेको हो । एमालेले प्रतिनिधिसभातर्फ २१ र प्रदेशसभातर्फ ४४ जनाको नाम उम्मेदवारीका लागि सार्वजनिक गरेको छ ।

दार्चुलामा जीप दुर्घटना हुँदा बडुको घटनास्थलमै निधन, अर्का एक गम्भीर घाइते

दार्चुला ।
महाकाली नगरपालिका वडा नं.९ दत्तु चुच्चैमा महाकाली यातायातको जीप दुर्घटना भएको छ ।
सदरमुकाम खलंगा देखी मालिकार्जुन तर्फ गईरहेको से १ ज ५९६ नम्बरको जीप सोत¥यौडाखोलामा दुर्घटनागस्त हुदा जीप मालिक भुपेन्द्र बडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपमा चालक देव राम कोली गम्भीर घाइते भएको र उनको अवस्था चिन्ताजनक रहेको छ ।
घाइतेको घटनास्थलबाट सशस्त्र प्रहरीको टोलीले उद्धार गरी जिल्ला अस्पतालतर्फ ल्याइरहेका छन ।

ओरालो खोल्सामा जीप सडकबाट १०० मिटर तल खोलामा पल्टिदा महाकाली नगरपालिका ७ का २४ वर्षीय जीप बडुको घटना स्थलमै मृत्यु भएको र सोही ठांउका चालक कोली गम्भीर जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जीपमा दुई जनामात्रै सवार रहेका कारण थप क्षती नभएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन । दुवै जना रातभर जात्रामा रहेका कारण अनिदोमा जीप चलाउदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

पर्वतमा धान उत्पादन १० प्रतिशत वढ्ने अनुमान

कुश्मा ।

पर्वत जिल्लामा यसवर्ष गतवर्ष भन्दा १० प्रतिशत वढि धान उत्पादन हुने अनुमान गरिएको छ ।

रोप्ने वेला देखि सिँचाई हुने वेला सम्म मौसम राम्रो भएको र रोग किराको संक्रमण नलागेका कारण उत्पादन वृद्धि हुने अनुमान गरिएको हो ।

गतवर्ष ३० हजार ३ सय ३५ मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष वढेर ३३ हजार ६ सय ३८ मेट्रिकन उत्पादन हुने अनुमान गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

सिँचाईको सुविधा र मौसम पनि राम्रो परेको कारण उत्पादन वढ्ने प्रारम्भिक अनुमान गरेका छौँ’ रेग्मीले भन्नुभयो । दशैँ तिहार सकिएपछि पर्वतका कृषकहरु धान काट्न व्यस्त भएका छन् ।

गत वर्ष पनि पर्वतमा ५ प्रतिशतले धान उत्पादन बढेको थियो । पर्वत जिल्लाको धान उत्पादन २ दशमलब ४१ टन प्रति हेक्टर रहेको कार्यालयले जनाएको छ ।

एक हजार हेक्टर हाराहारीमा चैते धान उत्पादन हुने खेत भए पनि हिजोआज किसानहरु चैते धान रोप्न छाडेका छन् । जिल्लामा कुल ९ हजार ५ सय ५५ हेक्टरमा धान खेती हुँदै आएको छ ।

मकवानपुरमा विद्युत सट भई आगलागीबाट क्षति

मकवानपुर ।
मकवानपुर जिल्लाको बकैया गाउँपालिकाको वडा नम्बर ३ को एक घरमा आगलागी भएको छ ।
सो गाउँपालिकाको वडा न ३ का मंगलसिंह भोलनको घरमा आगलागी भएको हो । शनिबार साँझ बिद्युत सट भइ आगो लागेको स्थानीयहरुले जनाएका छन् । आगलागीबाट आफ्नो घरको सबै लत्ताकपडा,अन्नपात जलेर नष्ट भएको पीडित भोलनले बताउनुभयो । आगो प्रहरी र स्थानीयहरुको सहयोगमा करिब एक घण्टापछि नियन्त्रणमा आएको वडा अध्यक्ष दिल बहादुर बम्जनले जानकारी दिनुभयो ।

दार्जीलिङमा गोर्खाल्याण्ड नेता बिमल र समर्थकको घर तोडफोड, बंगाल सरकारले गराएको आरोप

दार्जिलिङ ।

दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलनका नेता बिमल गुरुङ र उनका केही समर्थकहरुको घर तोडफोड र आगजनी गरिएको छ ।

नेता गुरुङको घर तोडफोड भएपनि कयौं कार्यकर्ताहरूको घरमा आगजनी गरीएको छ । भूमिगत रहेका उनि ३० अक्टोबरका दिन दार्जिलिङमा आउने घोषणा गरेका थिए ।

गुरुङ आउने भएपछी बंगाल सरकारले प्रहरी लगाएर बर्नसबेग चियाबगान इलाकामा छापा मारेको थियो । तर सो क्रममा गुरूङ पक्राउ पर्न नसकेपछि बंगाल सरकारले आफ्ना घुषपैठिया लगाएर तोडफोड र आगजनी गराएको स्थानियले आरोप लगाएका छन् ।

प्रहरीले वर्न्सवेग चियाबारीमा विमल गुरूङ पक्षसँग मुठभेड भएको दाबी गर्दै मुठभेड क्षेत्रमा हातहतियार पाइएको दाबी गरेपनि त्यो पुष्टि हुन सकेन ।

यस अगाडी मोर्चाबाटै विद्रोह गरि जिटिए प्रमुख भएका विनय तामाङले विमल गुरुङ अब दार्जीलिङ फर्किन नसक्ने बताएका थिए । शुक्रबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीसँग भेटवार्ता गरेका उनलाई दार्जिलिंगवासीहरुले भने गोर्खाल्याण्ड आन्दोलन तुहाउन पश्चिम बंगाल सरकारसाग मिलेको आरोप लगाउँदै आएका छन् ।

डाइनोसर लोप हुनेगरि भएको ताराहरुको ठक्कर तरंग पृथ्वीमा आइपुग्यो (भिडियो सहित)

एजेन्सी ।

जिवित सबैभन्दा ठूलो जिव डाइनोसरको अस्तित्वनै समाप्तहुनेगरि भएको ताराहरुको ठक्करको तरंग यसपटक पृथ्विमा आएको छ । तर खुसीको कुरा यसको असर भने पर्न पाएन ।

खगोलविद्धहरुका अनुसार दुई मृत तारा आपसमा ठोक्किएको दृश्य र तरंग पहिलो पटक अवलोकन गर्न सफल भएको छ ।

आपसमा ठोक्किएर विलय हुनुअघि ती दुई मृत ताराले तीव्र गतिमा एकअर्काको फन्को मारेका थिए। यो खोज खगोल विज्ञानमा नयाँ युगको सुरुवात भएको पनि वैज्ञानिकहरुले बताएका छन्।

‘किलोनोभा’ नामाकरण गरिएको यो टक्कर पृथ्वीबाट खर्बौँ किलोमिटर टाढा ‘हाइड्रा’ नक्षत्रमा स्थित एनजिसी ४९९३ नामक आकाशगंगामा भएको हो। गत अगस्ट १७ मा पृथ्वी र अन्तरीक्षमा सो टक्कर महसुस गरिएको थियो। यद्यपि यो पृथ्वीमा डाइनोसरको राज्य रहँदा अर्थात् करिब १३ करोड वर्षअगाडि भएको टक्कर हो। तर सो टक्करबाट उत्पन्न प्रकाश र गुरुत्वाकर्षण लहर ९ग्राभिटेसनल वेभ० बल्ल पृथ्वीसम्म आइपुगेको हो।

‘न्युट्रोन स्टार’ भनेको नष्ट भएका ठूला ताराहरुको बाँकी केन्द्रीय भाग हो।ठूला ताराहरुको ‘सुपरनोभा’ भनिने विस्फोटनबाट बाँकी रहेको अवशेष नै न्युट्रोन स्टार हो। यिनीहरुको आकार सानो हुन्छ। करिब ३० किलोमिटर वारपार लम्बाइ हुने यी ताराहरुको पिण्डभने हाम्रो सूर्यको भन्दा धेरै हुन्छ। तर यी ताराको घनत्व यति धेरै हुन्छ कि एक चम्चाजति पिण्डको तौला अर्बौँ टन हुन्छ।

पृथ्वीमा गुरुत्वाकर्षल लहर पहिलो पटक दुई वर्षअघि प्राप्त गरिएको थियो। सो घटनापछि अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्दान्त पुष्टि भएको थियो। त्यसरी पहिलो पटक गुरुत्वाकर्षण लहर प्राप्त गर्नमा भूमिका खेलेका तीन वैज्ञानिकलाई यो वर्ष नोबेल पुरस्कार पनि प्रदान गरिएको छ ।

दुई वर्षअघि प्राप्त गरिएको सो गुरुत्वाकर्षण लहर दुई ‘ब्ल्याक होल’को टक्करबाट उत्पन्न भएको थियो। ब्ल्याक होल टक्करबाट प्रकाश उत्पन्न नहुनाले तिनलाई देख्न सकिन्न र त्यसको लहरलाई सुन्न मात्रै सकिन्छ। त्यसबेलाको ब्ल्याक होल टक्करको सिग्नल एक सेकेन्डभन्दा कम समयको थियो। तर हालै प्राप्त गरिएको मृत ताराहरुको टक्करबाट प्रकाश उत्पन्न भयो र यसको सिग्नल पनि करिब १०० सेकेण्ड मात्र प्राप्त भएको थियो।

यसबाट गुरुत्वाकर्षण लहर र प्रकाश उही गतिमा हिँड्ने कुरा पनि प्रमाणित भएको बताइएको छ। दुई मृत तारा ठोक्किँदा गुरुत्वाकर्षण लहर, प्रकाश र गामा रे मात्र होइन, सुन, प्लाटिनमजस्ता बहुमूल्य धातु पनि उत्पन्न भएको र ती धातु ब्रम्हाण्डमा छरिएको पनि वैज्ञानिकहरुले बताएका छन्।

वडा अध्यक्ष सहित २० जुवाडेलाई नेताहरुले छुटाए

उदयपुर ।

जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ३० जना जुवाडे माफी मागेर रिहा भएका छन्। बुधबार राति पक्राउ परेका रौतामाई गाँउपालिका ८ का वडा अध्यक्ष टेकबहादुर बलम्पाखी मगरसहित ३० जना जुवाडे बिहीबार राति माफी मागेर छुटेका हुन्।

उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले एक पटकलाई मात्र माफी दिएको बताए । ‘वडा अध्यक्ष सहित धेरै राजनीतिक दलका नेता कार्यकर्ता परेका थिए’, उनले भने, ‘आम गाईघाटवासी एक पटकलाई माफी दिनु भन्दै आए, जनताको बीचमै माफी माग्न लगाएर छाडिदिएँ।’

दसैंको बेला गएको असोज १३ गते राति प्रहरीले तास खेलिरहेको अवस्थामा केही व्यक्ति पक्राउ गरी फेरि नदोहोर्‍याउने शर्तमा छाडेको थियो। अहिले पनि प्रहरी त्यही गरेको स्थानीयको आरोप छ।

‘आखिर प्रहरीले जुन बाहना बनाए पनि उही पुरानै क्रियाकलाप दोहोरिएको छ’ स्थानीय शिक्षक पदम राईले भने, ‘प्रहरीले पक्राउ गरेका जुवाडेलाई कारबाही हुन्छ भन्ने आशा लागेको थियो, तर भएन।’

पक्राउ परेका जुवाडेलाई छुटाउनको लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जिल्ला स्तरीय नेताहरुले प्रहरीलाई दवाब दिएका थिए ।

रुख चुनाव चिन्ह बोकेर बाबुराम गोरखा क्षेत्र नम्बर २ मा नारायणकाजीसँग चुनावी भिडन्तमा

काठमाडौं ।

कम्युनिष्ट पार्टीहरुको गठबन्धनमा सामेल हुँदै समयको आवश्यकता बताएका बाबुराम भट्टराई मागेजति सिट नपाएपछि अन्तत नेपालीकाँग्रेसको रुख चुनाव चिन्ह बोकेर चुनाव लड्ने भएका छन् ।

भागबण्डामा कुरा नमिलेपछि वाम गठबन्धनबाट बाहिरिएका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका हुन् ।

काँग्रेससंग तालमेल गर्ने निर्णय गरेका भट्टराईले तिब्र रस्साकस्सी पछि आफुले चाहेको क्षेत्र गोरखा २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष चुनाव लड्ने भएका हुन् ।

कांग्रेसको शुक्रबार साँझ बसेको बैठकले भट्टराईलाई क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहयोग गर्ने निर्णय गरेको छ । भट्टराईले अब बाम गठबन्धनका नारायणकाजी श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यसअघि वामगठबन्धनमा श्रेष्ठले पनि क्षेत्र नम्बर २ कुनै पनि हालतमा नछोड्ने अडान लिएपछि भट्टराई आफ्नो साख जोगाउन गठबन्धन छोड्न बाध्य भएका थिए ।

गोरखा क्षेत्र नम्बर एकमा चिनकाजी श्रेष्ठलाई प्रतिनिधिसभा तर्फ प्रत्यक्ष उम्मेदवार बनाउदै कांग्रेसले २ मा भने भट्टराईलाई सहयोग गर्ने निर्णय गरेको हो । निर्वाचनमा नेता भट्टराईले कांग्रेससँगको तालमेलमा आफ्नै दलको आँखा चुनाव चिन्ह प्रयोग गर्ने वा रुख नै लिएर सहभागी हुने भन्ने बारे भने निर्णय गरिसकेका छैनन् ।

श्रोतका अनुसार भट्टराईका पार्टी नेताहरु र जिल्ला तहका नेताहरुले आफ्नो पार्टीको चुनाव चिन्ह आँखा जनतालाई थाहा नभएको र बुझाउन समय लाग्ने भन्दै रुख चुनाव चिन्हमा लड्न सुझाव दिएका छन् । जसलाई भट्टराईले सकारात्मक भन्दै केहीदिनमै निर्णय गर्ने बताएको बुझिएको छ ।

काँग्रेस र फोरमकार्यकर्ताबीच झडप, ७ घाइते

रौतहट ।

जिल्लाको गरुडा नगरपालिका २ गेडहीगुठीमा संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

फोरम कार्यकर्ताहरुले गाउँमा भएको पूजाको प्रसाद वितरणको विषयलाई लिएर कांग्रेस कार्यकर्ता तथा समर्थकहरुमाथि आक्रमण गरेका छन् ।

आक्रमणमा कांग्रेसतर्फका राम रेखा साह, मिश्रीलाल साह, मुकेश साह, विश्वनाथ साह, सिकिलिया देवी आ सुनैना देवी घाइते भएका छन् भने फोरमतर्फका राम विनोद साह घाइते छन् । राम रेखा साहको अवस्था गम्भीर छ ।

साहलाई प्राथमिक उपचारपश्चात भरतपुर पठाइएको र पाँचजनाको उपचार संजीवनी हेल्थ केयर सेन्टर शिवनगरमा भइरहेको डा.संजीव कुमार यादवले बताएका छन् । फोरमतर्फका घाइते राम विनोद साहको गरुडामा उपचार भइरहेको छ ।

घटनामा दोषी देखिएका फोरमका राम विनय साहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय शिवनगरका प्रहरी नायब निरीक्षक मदन ठाकुरले जानकारी दिएका छन् । अहिले गाउँको अवस्था सामान्य भइसके प्रहरीले बताएको छ ।

भाई टिका लगाएर ज्ञानेन्द्र शाहले भने-‘मुलुकको नेतृत्व लिन तयार छु’

काठमाडौं ।

संयोग भनौं वा सम्भावना उनै असक्षम घोषित शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बेला जुन बेला उनको नेतृत्व असक्षमताको चर्को आलोचनाभइरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले चाहे मुलुकको नेतृत्व लिन तयार रहेको अभिव्यक्ति दिएका छन् ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाईटिका लगाएपछि सञ्चारकर्मीहरुसँग बोल्दै पूर्व राजा शाहाले मुलुकको हालको अवस्थामा आफु मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका हुन् ।

मुलुक नेतृत्वविहीन भएको अवस्थामा जनताको इच्छा अनुसार मुलुकको नेतृत्व लिन आफु तयार रहेको शाहको भनाई छ ।

शनिवार भाइटीकाको अवसरमा आफनी बहिनी शोभा शाहीको हातबाट १० बजेर ४५ मिनेटको राजपुरोहितले तोकेको साइतबा टीका ग्रहण गरेपश्चात सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै पूर्वराजा शाहले अहिलेको मुलुकको परिस्थितिलाई नियाल्ने हो भने मुलुक नेतृत्वविहीन बनेको बताए ।

जनताको चाहना र इच्छाका भरमा आफु मुलुकको नेतृत्व सम्हाल्न तयार भएको भन्दै यसलाई सक्रियता भन्न नमिल्ने भन्दै पूर्वराजा शाहले संविधान कार्यान्वयन गर्ने समय आएको समेत बताए ।

एउटा जिम्मेवार नागरिकको हैसियतले मुलुकको चिन्ता र चासो हुनु स्वभाविक भएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले आफुले नेतृत्व लिने समय आएको पनि दाबी गरे । शाहले हालको नेतृत्वले जनताको इच्छा र आकांक्षा पुरा गर्न नसकेकाले आफु सक्रिय हुनु परेको बताए ।

५९२ सांसद आजैबाट भूपु

काठमाडौं ।

महिनाको एकलाख बढी तलब, घरभाडा, सवारी खर्च, बैठक भत्ता, सहयोगी अनि सांसदको सान । यस्ता सुविधा र मानले बसेका ५९२ सांसद आजबाट भूतवूर्व बनेका छन् ।

भोली अर्थात् कात्तिक ५ गते अर्थात् आइतबार पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता हुँन लागेपछि उनिहरु आजबाट भूतपुर्व बनेका हुन् ।

नेपालको संविधानको धारा २९६ मा रुपान्तरित व्यवस्थापिका संसदको कार्यकाल २०७४ माघ ७ गतेसम्म रहने उल्लेख छ ।

तर, कार्यकाल पूरा हुनु अगावै प्रतिनिधिसभा निर्वाचन हुन लागेकाले मनोनयनपत्र दर्ता गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद कायम रहने संवैधानिक व्यवस्था अनुसार उनिहरु भूपु भएका हुन् ।

संवैधानिक व्यवस्था अनुसार कात्तिक ४ गते अर्थात आजबाट अहिलेका सांसदहरुको कार्यकाल समाप्त भएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web