कुश्मा ।

पर्वत जिल्लामा यसवर्ष गतवर्ष भन्दा १० प्रतिशत वढि धान उत्पादन हुने अनुमान गरिएको छ ।

रोप्ने वेला देखि सिँचाई हुने वेला सम्म मौसम राम्रो भएको र रोग किराको संक्रमण नलागेका कारण उत्पादन वृद्धि हुने अनुमान गरिएको हो ।

गतवर्ष ३० हजार ३ सय ३५ मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष वढेर ३३ हजार ६ सय ३८ मेट्रिकन उत्पादन हुने अनुमान गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

सिँचाईको सुविधा र मौसम पनि राम्रो परेको कारण उत्पादन वढ्ने प्रारम्भिक अनुमान गरेका छौँ’ रेग्मीले भन्नुभयो । दशैँ तिहार सकिएपछि पर्वतका कृषकहरु धान काट्न व्यस्त भएका छन् ।

गत वर्ष पनि पर्वतमा ५ प्रतिशतले धान उत्पादन बढेको थियो । पर्वत जिल्लाको धान उत्पादन २ दशमलब ४१ टन प्रति हेक्टर रहेको कार्यालयले जनाएको छ ।

एक हजार हेक्टर हाराहारीमा चैते धान उत्पादन हुने खेत भए पनि हिजोआज किसानहरु चैते धान रोप्न छाडेका छन् । जिल्लामा कुल ९ हजार ५ सय ५५ हेक्टरमा धान खेती हुँदै आएको छ ।

19.12¡ÆC