अपहरित भारतीय व्यापारीलाई नेपाल प्रहरीले छुटायो

सप्तरी ।

गत असोज २९ गते सप्तरीको कञ्चनरुप नगरपालिकाबाट अपहरणमा परेका भारतीय कपडा व्यापारी अमित शारदालाई सप्तरी प्रहरीले शुक्रबार राति अपहरणकारीको कब्जाबाट सकुशल मुक्त गराएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका १२ सितापुरबाट व्यापारी शारदालाई अपहरणकारीको कब्जाबाट सकुशल मुक्त गराइएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिनु भयो ।

व्यापारी शारदालाई अपहरणमुक्त गराउने क्रममा प्रहरीले संल्गन २ जनालाई २ थान नलकटुवा पेस्तोल सहित नियन्त्रणमा लिएका छ  ।

संलग्न अन्यको खोजी भइरहेकाले नियन्त्रणमा लिइएकाहरुको नाम अहिले गोप्य राखिएको छ

व्यापारी शारदाको अपहरण फिरौती असुलीकै लागि गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी सिंहले जानकारी दिनु भयो ।

भाइटीकाको टिका लगाउनेक्रम सुरु, शुभ साईत ११ः५१ बजे

काठमाडौं ।

यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । “भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ५१ मिनेटको समय उत्तम छ, भाइटीकालगायत महत्वपूर्ण साइत अभिजित मुहूर्तमा दिइने भएकाले मध्याह्नको समय निकालिएको हो”, उहाँले भन्नुभयो ।

लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी त्यसमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ । थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गरिने धार्मिक एवम् सामाजिक परम्परा छ । यस वर्ष टीका लगाउने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्कनुपर्ने उहाँले बताउनुभयो । आज पश्चिममा चन्द्रमा भएकाले लगाईमाग्ने दाजुभाइ पश्चिम फर्कँदा सम्मुख हुन्छ । टीका लगाइदिने भन्दा लगाइमाग्नेका लागि महत्वपूर्ण हुने भएकाले यसो गर्न अनुरोध गरिएको समितिले जनाएको छ ।

भाइटीका शनिबार परेकाले बिहान ८ बजेसम्म भने टीका नलगाउन अध्यक्ष गौतमले आह्वान गर्नुभयो । शनिबार बिहान काल बेला पर्ने भएकाले ८ बजेपछि भने दिनभर टीका लगाउन बाधा नरहेको उहाँको भनाइ छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गथ्र्यो । दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । दिदीबहिनी नहुनेहरुका लागि अञ्जलि दिदीले पनि काष्ठमण्डपनिर टीका लगाइदिनुहुन्छ ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा एवम् दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो । “विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”, उहाँले भन्नुभयो ।

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो ।

60 people die in Afghanistan mosque bombings

Some 60 people have been killed in two separate attacks on mosques in Afghanistan.

Officials said a gunman entered a Shia Muslim mosque in Kabul before opening fire and detonating an explosive, killing at least 39 worshippers.

An attack on a Sunni Muslim mosque in Ghor province killed 20 people.

So-called Islamic State (IS) said it carried out the attack on Kabul's Imam Zaman mosque, but provided no evidence for the claim.

The group has previously targeted Shia mosques across Afghanistan.

The new attacks bring to at least 176 the number of people killed in bomb attacks across the country this week.

Difficult to print separate ballot papers: CEC Dr Yadav

Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has said that it will be difficult to print separate two ballot papers for the first-past-the-post election system in the upcoming federal and provincial elections.

Talking to journalists at EC's office in the capital city yesterday Dr Yadav added that the commission printed the ballot papers with the consent and suggestions of political parties and they did not have enough time to print separate ballot papers in this late hour.

He further shared that despite the time limitation, they were holding talks with concerned bodies regarding the issues and would take appropriate decision after their suggestions.

It may be noted that the Supreme Court already gave a verdict that it was meaningless to speak about interim order on printing separate ballot papers.

The EC had given the verdict over a writ petition filed by Rastriya Janata Party-Nepal leader Sarvendra Nath Shukla demanding that the EC should print separate four types of ballot papers for the provincial and parliamentary elections scheduled for November 26 and December 7.

Today Tihar Bhaitika, Special day for Brother and sister !

The most important day of Tihar, Bhaitika is being marked today by offering tika from sisters to their brothers. Sisters throughout the country offer 'tika' to their brothers wishing them happiness, long life and prosperity.

The auspicious hour for offering the tika is 11:51 am this year..

On this day, brothers are seated at a specially anointed place around which a trail of mustard oil is drawn. The sisters then offer the brothers tika and garlands of 'Dubo' and 'Makhamali'.

After placing colourful tika on the foreheads of their brothers, sisters offer them a treat consisting varieties of sweets, walnut, spices and 'Sel', a special kind of bread cooked in oil.

Brothers also offer their sisters tika in return, wish them happiness and good luck, and give them presents.

The occasion commemorates a legendary event in which a sister has won a boon from "Yama", the deity of death that her brother would not die until the mustard oil is dried up and the garland of 'Dubo' and 'Makhamali' faded.

The Bhaitika tradition is so strong in Nepali society that even those who have no brothers or sisters of their own receive tika from others whom they regard as brothers and sisters.

जापानबाट नेतृत्व सम्हाल्न गाउँ फर्कंदै !

काठमाडौं ।

परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा एमालेले गाउँ फर्काएको छ । वर्षौंदेखि विदेशमा रहेर पनि गाउँको नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो ।

फिर्ता हुनेमा डा सूर्य पाठक 'बाग्लुङ' र राजकुमार पण्डित 'नुवाकोट' र पर्वतका महेन्द्र श्रेष्ठ रहेका छन् । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिफारिश भएपछि पाठक नेपाल फर्किसक्नुभएको छ भने पण्डित फर्कने तयारीमा हुनुहुन्छ ।

पाठक २००३ र पण्डित २००६ मा अध्ययनका लागि जापान आएर कामदार प्रवेशाज्ञामा परिवर्तन गरी काम गर्दै आउनुभएको थियो । गाउँको विकासका लागि विदेशमा रहेका युवालाई फर्काउने उद्देश्यले आफूहरुलाई पार्टीले सिफारिश गरेको उहाँहरुको भनाइ छ । पण्डितले गाउँ फर्केपछि राजनीति र सामाजिक काममा होमिने बताउनुभएको छ ।

प्रवासी नेपाली मञ्च जापानका पूर्वअध्यक्ष पाठक जिल्ला कमिटी बाग्लुङको क्षेत्र नम्बर ४ बाट प्रदेशसभामा सिफारिश भएपछि दुई साताअघि कार्यक्षेत्रमा पुगिसक्नुभएको छ । त्यस्तै, मञ्चका पूर्वउपाध्यक्ष पण्डित जिल्ला कमिटी नुवाकोटको क्षेत्र नं १ बाट सिफारिश भएर अर्को साता गाउँ फर्किने तयारीमा हुनुहुन्छ ।

पाठकले फर्कनुअघि विदेशमा बस्दा हासिल गरेको सीप र कलालाई स्वदेशमा सदुपयोग गर्ने बताउनुभएको थियो । फर्किनुअघि जापानको बसाइँ अवसर भएको भन्दै अबको बा“की समय पार्टीलाई खर्चिने उहाँले बताउनुभएको थियो ।

त्यस्तै, पण्डितले यहाँको सीप गाउँमा प्रयोगमा ल्याउने प्रयास गर्ने बताउनुभयो । पण्डित २०५४ मा शिखरबेँसी गाविस अध्यक्ष हुनुभएको थियो ।

गाउँ फर्कनेमा मञ्चका अध्यक्ष महेन्द्र श्रेष्ठ पनि हुनुहुन्छ । श्रेष्ठ पनि जापानबाट गाउँ फर्किसक्नुभएको छ । स्थानीय निर्वाचनमा पर्वतबाट विजयी भएपछि श्रेष्ठले उपाध्यक्ष बाबुराम भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको थियो । रासस

नेपाली भूमिमा भारतीय एसएसबीद्वारा खेत जोत्न रोक

कञ्चनपुर ।

भारतीय ज्यादती बढ्दै जाँदा भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमिमा नेपाली किसानलाई खेत जोत्न रोक लगाएको छ ।

नगरपालिकाको सुन्दरनगरमा नेपाल-भारत सीमा स्तम्भ नं १६ को ७९६/१ सवपिल्लर नजिक रहेको जग्गामा वीरबल गुरुङले भोगचलन गर्दै आएको जग्गामा भारतीय सुरक्षा बलले खनजोत गर्नमा रोक लगाएका हुन् ।

धान कटानपछि खेत जोत्न थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको गुरुङले बताउनुभयो । भारतीय सीमा सुरक्षा बलले खेत जोत्न रोक लगाएपछि खेत जोेत्न छाडेको गुरुङले बताउनुभयो ।

उहाँका अनुसार सोमबार एसएसबीका जवान खेत जोत्न लागेको समयमा आएर भारतीय भूमि भएको भन्दै खेत जोत्नमा रोक लगाएका थिए । समयसमयमा भारतीय पक्षले उनले खेती लगाउने समयमा रोक लगाउँदै आएकोमा उनी चिन्तित भएका छन्। धान रोप्दा पनि भारतीय सुरक्षाकर्मीले उनलाई धान रोप्न रोकेपछि केही समय स्थानीय र सुरक्षाकर्मीबीच विवाद सिर्जना भएको थियो ।

धान रोप्न रोकेको विषयमा स्थानीय प्रतिकारमा उत्रेका थिए। विसं २०२३ देखि उक्त जग्गा गुरुङले भोगचलन गर्दै आएका हुन् । खेती लगाउने समयमा भारतीय पक्षबाट खेतमै आएर खेती नगर्न भन्न थालेपछि उनी चिन्तामा परेका छन् ।

म्ह ः पूजा नेवार समुदायको एक मौलिक पर्व

भक्तपुर ।

कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन्। चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा भ्यागुताको पूजा गर्दछन्।

यतिखेर नेपाली समाज तिहारमय भएको छ। सबैलाई लक्ष्मी पूजा र भाइटीकाका लागि आवश्यक सामग्री जोहो गर्न भ्याइनभ्याइ भएको अवस्थामा नेवार समुदायलाई भने आज म्हःपूजा अर्थात् शरीर पूजाको तयारीको समेत चटारो परेको छ।

म्हःपूजाको शाब्दिक अर्थ शरीर पूजा हो । तिहारको चौथो दिन नेवार समुदायले आआफ्नो शरीर पूजा गर्दै म्हःपूजा पर्व मनाउने गर्दछन् । यस दिन नेवार समुदायले नेपाल संवत्को नयाँ वर्षका रुपमा समेत मनाउँदै आइरहेका छन् ।

म्हःपूजाका लागि सबैभन्दा पहिले मण्डप बनाउनु पर्दछ। मण्डप बनाउँदा तेलको घेरा, पीठो, अक्षता, लावा, मास र कालो भटमास लगायतको प्रयोग गरिन्छ। मण्डप तयार भइसकेपछि घरको मूलीदेखि लस्करै मण्डप अघि घरपरिवारका सबै सदस्य बस्नुपर्दछ।

त्यसअघि मण्डपमा बिमिरो, भोगटे, सुन्तला, ओखर, कटुस, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, बयर लगायतका फलफूल सजाइन्छ । म्हःपूजामा होस् या भाइटीका नेवार समुदायले विशेष खालको माला लगाउने गर्दछन् । सो माला काँचो धागोले बनाएको हुन्छ, जसलाई कोखा भनिन्छ । कोखा काँचो धागोमा रंङ्गीबिरङ्गी कपडाको टुक्रा राखेर बनाइन्छ ।

म्हःपूजा गर्दा पहिले गणेशलाई पूजा गरिन्छ । यो पूजा घरको नकीं ९मूली महिला०ले गर्ने परम्परा छ । यो पूजा गर्दा शरीरमा तीनपटकसम्म मुटुमारी ९चामलको रोटी० सहित पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर आदि राखेर पूजा गरिन्छ । अनि टीका लगाई माला लगाइन्छ ।

आफूले मान्नुपर्नेसँग टीका लगाई फूलमाला पहिरी अण्डा, माछा र रक्सी सगुन हातमा लिएर खाने गरिन्छ । यो पूजा आफ्नो शरीरमा लागेको पाप र रोग आदि सबै नास होस्, आयु लामो होस् भन्ने कामनाका साथ गरिन्छ । यो पूजा गर्दा बलिराजालाई साक्षी राखी पूजा गरिन्छ । यो पूजा गर्नुअघि घरमा प्रयोग हुने कुचो, नाङ्लो, चुलो, गाग्रीलगायतका सामानलाई समेत पूजा गर्ने प्रचलन रहेको छ ।

नेवार समुदायमा म्हःपूजाको विधि स्थान विशेषमा फरक फरक रहेको पाइन्छ । स्थान विशेषअनुसार पूजा गर्ने विधिमा केही फरकपन आएपनि सारमा पूजा गर्नुको उद्देश्य भने एउटै रहेको पाइन्छ ।

सामान्यतया समाजशास्त्र र प्राकृतिक दृष्टिकोणले म्हःपूजा भन्नाले आत्मपूजाका रुपमा लिन सकिने पुरोहित तथा संस्कृतिकर्मी हरिशरण राजोपाध्याय बताउनुहुन्छ । उहाँका अनुसार मानव समाजमा आत्मभन्दा ठूलो केही पनि छैन, यही आत्मालाई शान्ति र सन्तुष्टि मिलोस् भनी यो पूजा गरिन्छ ।

“आत्म सन्तुष्टि नै सबभन्दा ठूलो सन्तुष्टि हो । यही म्हःपूजाको सेरोफेरोमा रहेर हामी काग, कुकुर, गाई, गोरुको पनि पूजा गर्छौं”– उहाँ भन्नुहुन्छ, “हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ । यी पाँच तत्वका रुपमा हामी तिहारमा गरिने पूजालाई लिन सक्छौँ ।” म्हःपूजा चेतनशील प्राणीले आफ्नो शरीरको रक्षा गर्न र शरीरलाई सधैँ स्वस्थ राख्न गर्ने भएकाले यसलाई सम्पूर्ण मानव समुदायले गर्नुपर्ने उहाँको भनाइ रहेको छ ।

म्हःपूजा मानव सभ्यता, संस्कृति, धार्मिक र आध्यात्मिक पक्षसँग मात्र नभई मानव विकासक्रमसँग जोडिएको पाइन्छ, किनभने पञ्च मकारका रुपमा लिँदा अण्डालाई मैथुनका रुपमा लिइन्छ । जसमा प्राण छ, प्राण भएपछि सृष्टि हुन्छ जसले गर्दा मानव सभ्यताको विकासक्रममा यसले सहयोग पु¥याएको देखिन्छ ।

म्हःपूजाको दिन नेपाल संवत् शुरु हुने दिन पनि हो । वर्षभरि कृषि कर्म गर्नुपर्ने भएकाले नेवार समुदायले वर्षको पहिलो दिन वर्षभरि शरीरमा कुनै रोगव्याधीले नसताओस् र शरीर सधैँ तन्दुरुस्त होस् भन्ने कामनाले पनि म्हःपूजा गर्ने प्रचलन शुरु भएको अर्का संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ ।

म्हःपूजा कहिलेदेखि शुरु भएको वा कसले चलाएको भन्नेबारे यकिन प्रमाण त छैन तर यो पर्व नेवार समुदायले लिच्छवीकालदेखि नै मनाउँदै आइरहेको धौभडेल बताउनुुहुन्छ ।

म्हःपूजाको दिन शंखधर साख्वाले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्तागरी ऋणबाट मुक्त गराएको आख्यानसमेत रहेको छ । शंखधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल संवत् शुरु भएको कथन पाइन्छ ।

सो कथनअनुसार एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एकजना प्रख्यात ज्योतिषीले शास्त्र हेरी शुभ मुहुर्तमा विष्णुमती र भद्रमतीको बीचमा रहेको चंखुतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ति चढाउँछन् । सोहीअनुसार चारजना भरियालाई राजा आनन्द देवले गोप्य रुपमा चंखुतीर्थमा बालुवा लिन पठाउँछन् । ती भरिया बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शंखधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनुको कारण खोज्न थाले ।

उनले बालुवामा केही रहस्य भएको शंका गरी ती भरियालाई लोभमा पारेर थप ज्याला दिई बालुवाको भारी आफ्नो घरमा खन्याउन लगाई भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाए ।

Source : Nagariknews

अदालतद्वारा पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचारी ठहर

एजेन्सी ।

प्रधानमन्त्रीबाट अदालतले बर्खास्त गरिदिएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ भ्रष्टाचारी ठहर भएका छन् ।

पानामा पेपर प्रकरणमा परेका सरिफलाई जेल सजाँय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जनाएका छन् ।

‘नवाज सरिफसहित उनकी छोरी र ज्वाँईलाई पनि अदालतले दोषी ठहर गरेको छ । छोरी र ज्वाँईलाई लण्डनको सम्पत्ति सम्वन्धी विवादमा दोषी ठहर गरिएको हो,’अदातल स्रोतले भने ।

दोषी ठहर गरिएकी सरिफकी छोरी मार्यामले भने अदालतको फैसलाको अस्वीकार गरेकी छिन् । ‘अदालतको फैसला निराधार मात्रै छैन, निकै तुच्छ पनि छ, निश्पक्ष न्याय पाउने हाम्रो अधिकार हो, पुर्वाग्रही फैसला हामी मान्दैनौं,’उनले भनिन् ।

भ्रष्टाचारको मुद्धामा छानविन गर्नका लागि भन्दै अदालतले गत जुलाईको अन्त्यतिर सरिफलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेको थियो ।

तिहारको चौथो दिन गाई, गोरु र गोवर्द्धनको पूजा गरिंदै

काठमाडौं ।

तिहार अर्थात् यमपञ्चकको चौथो दिन गाई, गोरु र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि रहिआएको छ ।  गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

छिन्चु जाजरकोट सडकमा बस दुर्घटना, २ को मृत्यु, १२ जना गम्भीर

जाजरकोट ।

जाजरकोट खलंगाबाट सुर्खेततर्फ जाँदै गरेको मे १ ख ७२२ नम्बरको यात्रु बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काँक्रे बिहार यातायात व्यवसायी समितिद्वारा सञ्चालित बस दुर्घटनामा बसमा सवार यात्रुमध्ये १२ जना गम्भीर घाइते भएका छन् भने १० जना सामान्य घाइते रहेका छन् ।

छिन्चु जाजरकोट सडक अन्तर्गत सुर्खेकको सिम्ता गाउँपालिकास्थित बालीखोला नजिकैको भीरबाट उक्त बस ३ सय मिटर तल भेरी नदी किनारमा खसेको हो ।

बसमा २५ जना जति यात्रु भएको अनुमान रहेको प्रत्यक्षदर्शी पशुपति शाहीले बताइन् । घटनास्थलमा प्रहरी नआएकोले घाइतेको उद्धारमा समस्या भएको उनले बताइन् । घटनास्थल अप्ठेरो स्थानमा भएकोले यथार्थ विवरण आउन नसकेको उनले बताइन् ।

रञ्जनाले जितिन् विश्व पारा तेक्वान्दोमा काश्य

काठमाडौं ।

विश्व पारातेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी रञ्जना धामीले काश्य पदक जितेकी छन् ।

बेलायतको लण्डनस्थित ओलम्पिक र्पाकमा बिहीबार राति सम्पन्न खेलमा महिला ४४ देखि ४९ केजीमूनि तौल समूहमा नेपाली चेली रञ्जनाले पेरुकी खेलाडीलाई २२-२० अंकमा हराउँदै उपाधि जितेकी हुन् ।

सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग पराजित भएपनि उनले नेपालका लागि काश्य पदक दिलाएकी हुन् ।

रञ्जनालाई सेमिफाइनलमा पराजित गरेकी खेलाडीले फाइनलमा सर्वियाली खेलाडीलाई हराएर स्वर्ण जितेकी छन् ।

प्रतियोगितामा २ पुरुष र २ महिला गरी चार खेलाडी सहभागी थिए । जस अन्तर्गत के ४२ बिधामा पुरुष खेलाडीहरु रामबहादुर अधिकारीले ६१ केजीमूनि र रोहित हाङ राई ७५ केजीमूपनि तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । उनीहरुले पहिलो चरण पार गरेनन् ।

त्यस्तै के-४४ अन्तर्गत महिलातर्फ पलेसा गोवर्द्धनले ५८ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी क्वार्टरफाइनलमा रुसकी खेलाडीसँग पराजित हुँदै बाहिरिन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web