जाजरकोट ।

जाजरकोट खलंगाबाट सुर्खेततर्फ जाँदै गरेको मे १ ख ७२२ नम्बरको यात्रु बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काँक्रे बिहार यातायात व्यवसायी समितिद्वारा सञ्चालित बस दुर्घटनामा बसमा सवार यात्रुमध्ये १२ जना गम्भीर घाइते भएका छन् भने १० जना सामान्य घाइते रहेका छन् ।

छिन्चु जाजरकोट सडक अन्तर्गत सुर्खेकको सिम्ता गाउँपालिकास्थित बालीखोला नजिकैको भीरबाट उक्त बस ३ सय मिटर तल भेरी नदी किनारमा खसेको हो ।

बसमा २५ जना जति यात्रु भएको अनुमान रहेको प्रत्यक्षदर्शी पशुपति शाहीले बताइन् । घटनास्थलमा प्रहरी नआएकोले घाइतेको उद्धारमा समस्या भएको उनले बताइन् । घटनास्थल अप्ठेरो स्थानमा भएकोले यथार्थ विवरण आउन नसकेको उनले बताइन् ।

22.12¡ÆC