बाम गठबन्धनमा एमाले र माओवादी सिट भागबण्डा (यस्तो छ सूची)

काठमाडौं ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेको दुई ठूला बाम दल नेकपा एमाले र माओवादी केन्द्रले सिट भागबण्डा गरेका छन् ।

दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँटफाँड गरेको हो, जसलाई पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ । आजै उम्मेदवारहरुलाई मनोनयन दर्ताका लागि पत्र हस्तान्तरण गरिने भएको छ ।

दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो ।

पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाएका छन् ।

कार्यदलमा सिन्धुपाल्चोक, रामेछाप, धादिङ लगायतको सिट बाँडफाँटमा सकस देखिएको थियो । सिन्धुपाल्चोक १ माओवादीले लिएको छ भने २ एमालेको भागमा परेको छ ।

गोरखाको दुबै क्षेत्रसँगै रामेछाप माओवादीले लिँदा धादिङको दुबै क्षेत्र एमालेले लिएको छ । नुवाकोट १ माओवादी र २ एमालेको भागमा परेको छ भने बाग्लुङ १ एमाले र २ माओवादीले लिएको छ ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाका सिटहरू यसरी बाँडफाँट गरिएको छ ।

मिडफिल्डर चन्द पुनः इन्डोनेसिया लिग १ को उत्कृष्ट ११ मा

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द पुनः इन्डोनेसिया लिग १ को उत्कृष्ट ११ मा छानिएका छन् । लिग १ मा गरेको प्रदर्शनको आधारमा रोहित प्रतिष्ठित वेबसाइट गोल डट कमको उत्कृष्ट ११ मा पर्न सफल भएका हुन् ।

यसअघि उनी १३ औं, १४ औं र १५ औं संयुक्त रुपमा साताका लागि उत्कृष्ट ११ मा छनोट भएका थिए । आइतबार पर्सिजा जाकार्ताले ग्रिसिक युनाइटेडलाई ५–० ले हराउँदा रोहितले पनि गोल गरेका थिए ।

अंक तालिकाको पुछारमा रहेको ग्रिसिकलाई हराएको पर्सिजा जाकार्ता ४९ अंकसहित छैटौं स्थानमा यथावत रहेको छ । रोहितको टोलीले अहिले सम्मका २९ खेलमा १३ जित, १० बराबरी र ६ खेलमा हार बेहोरेको छ ।

१ खेल कम खेलेको भयांकरा ५९ अंकसहित शीर्ष स्थानमा रहेको छ । १८ टोलीको सहभागिता रहेको लिग १ मा ग्रिसिकको १० अंक छ ।

चोटका कारण झन्डै एक बर्ष मैदान बाहिर रहेर गत वर्षमा उनी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीमार्फत फुटबलमा फर्केका थिए ।

चोटबाट फर्केपछि राष्ट्रिय टोलीमा समेत पुनरागमन गर्दै रोहितले एसियन कप छनोटमा फिलिपिन्स, यमन र ताजकिस्तानविरुद्ध २ खेल खेलिसकेका छन् । मनाङबाट खेल्दा खेल्दै उनी पर्सिजामा आबद्ध भएका थिए ।

गैह्र आवासीय नेपाली संघले ‘उज्यालो नेपाल’ अभियान सञ्चालन गर्ने

काठमाडौं ।

गैह्र आवासीय नेपाली संघको नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले ‘उज्यालो नेपाल’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

मुलुकभर १ करोड एलइडी बल्ब निःशुल्क वितरण गर्ने सर्वसम्मत निर्णय भएको गैह्र आवासीय नेपाली संघका नव निर्वाचित उपाध्यक्ष कुल आचार्यले जानकारी दिनुभयो ।

गैह्र आवासीय नेपाली संघको १ करोड एलइडी बल्बको वितरणबाट वर्षमा ३०० मेगावाट विद्युत बचत हुने दाबी गरेको छ ।

गैह्र आवासीय नेपाली संघले नेपालको आर्थिक विकासमा सहयोग गर्नका लागि इन्भेष्टमेण्ट कम्पनी स्थापना गरी सोही कम्पनी मार्फत लगानी गरिरहेको छ ।

हाल कम्पनीले जलविद्युत र बैङ्किङ क्षेत्रमा लगानी गरिरहेको र आगामी दिनमा रोजगारमुलक तथा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने तयारी भएको उपाध्यक्ष आचार्यले  बताउनुभयो ।

परनिर्भरता ! ३ लाख मालासँगै पूजाका सामान र सुख्खा फलफूलको आयात बढ्यो

काठमाडौं ।

यस वर्ष तिहारमा झण्डै ३ लाखवटा फूलका माला भारतबाट आयात गरिएको छ । आयातित माला भाइटीकाका लागि मात्र हो ।

तिहारमा फूलको विशेष महत्व भएकाले भाइटीकामा लगभग राजधानीमा १५ लाख वटा माला खपत हुने फ्लोरीकल्चर एशोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष दिलीप बादेले जानकारी दिनुभयो । राजधानीमा झण्डै ५० लाख मानिस बसोबास गर्छन् ।

तिहारमा सयपत्री, मखमली र गोदावरी फूल, माला र गमला बिक्री हुने गरेको छ सबैभन्दा धेरै सयपत्री फूलका माला ११ लाख वटा, ३ लाख वटा मखमली फूलको र १ लाख वटा गोदावरी फूलको माला खपत हुन्छ । यस करिब ३० प्रतिशत फूलको माला भारतबाट आयात गरिएको छ ।

नेपालमा फूलखेती व्यावसायिक ढंगले शुरुवात भएको २३ वर्ष पुगिसक्दा पनि परनिर्भरता घटेको छैन ।

नेपालमा २०११ सालबाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्य स्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७२–७३ सम्म आइपुग्दा ४० जिल्लामा विस्तार भएको छ ।

करिब ६७८ फूल व्यवसायी यसमा संलग्न छन् । लगभग २ हजार ९६० रोपनीमा ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा फूलखेतीबाट लाभान्वित भएका छन् ।

आर्थिक वर्ष २०७२–७३ मा १ अर्ब ५२ करोडभन्दा बढी फूलको कारोबार भएको थियो ।  गत बर्ष नेपालबाट ३ करोड २५ लाख रुपैया बराबरको फूल निर्यात भएको र आयात ९ करोडको भएको एशोसिएसनले जनाएको छ ।

पूजाका सामान र सुख्खा फलफूलको आयातमा दोब्बर वृद्धि

वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज नाकाबाट गत वर्षको तिहारमा भन्दा यस वर्ष पूजाका सामान तथा सुख्खा फलफूलको आयातमा दोब्बर वृद्धि भएको छ ।

तिहारलाई लक्षित गर्दै चालू आर्थिक वर्षको तिहारका लागि वीरगञ्ज भन्सारबाट ५८ करोड ६० लाख ४९ हजार मुल्य बराबरको समान नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयको प्रमुख सेवन्त पोख्रेलले बताउनुभयो ।

गत आर्थिक वर्ष ०७३–०७४ मा ३२ करोड २ लाख ६८ हजार मूल्य बराबरको पूजा सामग्री, टीका तथा फलफूल नेपाल भित्रिएको थियो ।

गत वर्षभन्दा यस वर्ष सुख्खा फलफूल काजु, बदाम, ओखर, पिस्ता, सुपारी, किसमिस, दालचिनी, ल्वाङ्ग आयातमा दोब्बरले बृद्धि भएको र सप्तरंङ्गी टीकाहरुको आयातमा समेत बृद्धि भएको प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

चितवनमा नुहाउने क्रममा डुबेर दाजुभाइ बेपत्ता

चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा श्राद्ध गर्न पुगेका दुई दाजुभाइ नुहाउने क्रममा आज दिउँसो नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् ।

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उनका भाई २८ वर्षीय राजकुमार श्रेष्ठ बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार बेपत्ता श्रेष्ठ दाजुभाईको खोजी कार्य जारी छ ।

लक्ष्मीको आराधना र दीपावली गरि लक्ष्मीपूजा पर्व मनाइयो, गाईतिहार सम्पन्न

काठमाडौं ।

तिहारको तेस्रो दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी घर, कार्यालय तथा घरदेखी टाढा रहेकाव्यक्तिहरुले कोठामा श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाएका छन् ।

हिन्दू धर्मअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा लक्ष्मिपूजाको दिन बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि विधिपूर्वक लक्ष्मी पूजा गरिन्छ ।

विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सर सफाइ गरी दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास रहिआएको छ ।

लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाउने परम्परा छ ।

गाईतिहारः गाईको पूजा गरी मनाइयो

लक्ष्मिपुजाको दिन गाईको पूजा गरी गाईतिहार पर्व मनाइएको छ ।

हिन्दुहरु गाईलाई लक्ष्मीको प्रतीकका रुपमा पूजा गर्दछन् । गाईलाई सिंगारपटार र पूजाआजा गरी माला लगाई मीठो खानेकुरा खुवाइन्छ ।

मृत्युपछिको कष्टमय सागरबाट मूक्ति पाउने धार्मिक विश्वासका साथ रक्षाबन्धनका दिन बाँधेको डोरोलाई आजै गाईको पूच्छरमा बाँधिन्छ ।

लक्ष्मिपूजाकै दिन विष्णुका परम भक्त बलिबाट विष्णुलाई लक्ष्मीले मूक्त पारेको सम्झनास्वरुप महिलाहरु साँझमा घर–घरमा भई भैलो खेली सुख, शान्ति र सम्पन्नताको कामना गर्ने गर्दछन् ।

नयाँ रेकर्ड । रुपन्देहीको सडकमा बनाइयो विश्वकै लामो रंगोली

रुपन्देही ।

तिहारको तेस्रो दिन लक्ष्मिपुजाको अवसरमा रुपन्देहीमा विश्वकै सबैभन्दा लामो रंगोली बनाइएको छ ।

सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था बागेश्वरी असलशासन 'बास' रुपन्देही र हाटी अमुवा युवा क्लबको आयोजनामा अहिलेसम्मकै लामो रंगोली बनाइएको हो ।

युवा क्लबले कला संस्कृति तथा पहिचानको जर्गेर्ना, पर्यटकलाई आकर्षित गर्न र गिनिज बुकमा नाम लेखाउने गरी विश्वकै ठूलो रंगोली बनाइएको बास रुपन्देहीका अध्यक्ष विजया खत्रीले जानकारी दिएका छन् ।

विश्वमा अहिलेसम्म ठूला आकारका दुई वटा रंगोली बनाइएको छ । भारतमा १ दशमलव ३ किलोमिटर र बंगलादेशमा १ दशमलव ४ किलोमिटरको रंगोली बनाइएको रेकर्ड छ ।

नेपालको भैरहवामा भने १ दशमलव ५ किलोमिटरको रंगोली बनाइएको हो । उक्त रंगोली भैरहवा क्षेत्रको लखन चोकदेखि हाटी अमवासम्मको सडकमा बनाईएको हो ।

उक्त रंगोली सेतो, पहेंलो, रातो, निलो र हरियो गरी ५ प्रकारका रंग प्रयोग गरिएको बास रुपन्देहीले जनाएको छ ।

रंगोली बनाउन ३ सय भन्दा बढी कलाकार सहभागी भएका थिए भने साढे ५ लाख रुपैयाँ खर्च लागेको पनि बास रुपन्देहीले जानकारी दिएको छ ।

आज महाकवि देवकोटाको १०८ औँ जन्मजयन्ती

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाईदैछ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौं डिल्लीबजारमा भएको थियो ।

दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

भारतका महापण्डित राहुल साँकृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्तरूपसँग तुलना गरेका थिए भने नाट्य सम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए ।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र संख्यात्मक योगदान आज पनि अद्वितीय छ ।

विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन् ।

तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिंदै

काठमाडौं ।

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

आज विशेषगरि सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज साँझ घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो बनाउने गरिन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन रहिआएको छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास रहि आएको छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर लक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस् भनी कामना गर्ने शास्त्रीय विधि रहेको छ ।

आज साँझ गाउँघर तथा शहरहरुमा कन्याहरुको समूहले घरघरमा भैलो खेल्ने गर्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको बताइन्छ ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ ।

शास्त्रीयरुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख छ ।

डोटी बस दुर्घटनामा तीन जनाको निधन, दुईको सनाखत

डोटी ।

डोटीको बडीकेदार गाउँपालिका २ खडेउलीमा भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।

दुई जनाको ज्यान जाने गरी भएको सडक दुर्घटनाको तेश्रो दिन बिहीवार बिहान डोटीमा अर्को दुर्घटना भएको हो ।

अत्तरकाँडाबाट कैलालीको धनगढीका लागि छुटेको ना ३ ख ५६४८ नं को सुदूरपश्चिम यातायातको बस दुर्घटना हुँदा बडीकेदार गाउँपालिका ४ मान्नाकापडीका अन्दाजी ४५ बर्षीय जगदीश चन्द र सोही गाउँका ३५ बर्षीय निर्मला पुन मगरको घटनास्थलमै मृत्यु भएको हो ।

अर्का मृतक सोही गाउँका तीन बर्षीया बालिका रहेको तर उनको सनाखत नभएको स्थानीयवासीले जानकारी दिएका छन् ।

दुर्घटनामा १२ जना घाईते भएका छन् । घाईतेहरुलाई कर्णाली रिभरसाईडको बसबाट उपचारका लागि धनगढीतर्फ लगिएको स्थानीयहरुले जानकारी दिए ।

१५ जना यात्रु बोकेर हिडेको उक्त बस सडकबाट करीव एक सय मिटर तल खोलामा खसेको छ ।

७ नम्वर प्रदेशमा एमाले माओवादी सिट बाँडफाँड, देउवा बिरुद्ध खगराज

काठमाडौं ।

बाम गठबन्धनको मुख्य दुईदल नेकपा एमाले र माओवादी केन्द्रले ७ नम्बर प्रदेशका सबै जिल्लामा उम्मेद्धारहरुको टुंगो लगाएको छ ।

जस अनुसार प्रतिनिधिसभाका १६ मध्ये ६ सिट माओवादीले मागेकोमा ५ सिटमा टुंगो लागेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँडमा प्रदेशसभामा माओवादीले १२ सिट मागेकोमा ११ सिट पाउने भएको छ ।

प्राप्त विवरण अनुसार कैलालीमा प्रतिनिधिसभाका ५ मध्ये २ सिट माओवादीले पाउनेछ । माओवादी नेता लेखराज भट्ट कैलाली ४ बाट लड्नेछन् भने ३ नम्बर निर्वाचन क्षेत्र पनि माओवादीले पाउनेछ ।

त्यस्तै कञ्चनपुरमा प्रतिनिधिसभाका तीन सिटमध्ये माओवादीले क्षेत्र नम्बर १ पाउने निश्चित भइसकेको छ । सो क्षेत्रबाट प्रचण्डकी बुहारी बिना मगर चुनाव लड्ने चर्चा छ ।

एमाले र माओवादीबीच भएको तालमेलको सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा माओवादीले पाउने भएको छ । सो क्षेत्रबाट माओवादी नेता खगराज भट्ट उम्मेदवार बन्नेछन् । डडेल्धुरामा राम्रो प्रभाव रहेका भट्टको उम्मेद्धारी र बाम गठबन्धनपछि शेरबहादुर देउवालाई कडा टक्कर हुने निश्चित बनेको छ ।

त्यस्तै माओवादीले अछाम २ पनि पाउने भएको छ ।

प्रतिनिधिसभातर्फ एमालेले कैलालीमा ३ सिट, कञ्चनपुरमा २ सिट पाउने भएको छ ।

त्यस्तै बैतडी, दार्चुला, बझाङ, बाजुरा र डोटीमा पनि प्रतिनिधिसभातर्फको सिट एमालेले पाउने भएको छ । यी सबै जिल्लामा प्रतिनिधिसभा एक सिट मात्र रहेको छ ।

त्यस्तै ७ नम्बर प्रदेशका पहाडी जिल्लामध्ये २ निर्वाचन क्षेत्र रहेको एकमात्र जिल्ला अछामको क्षेत्र नम्बर १ एमालेले पाएको छ । त्यहाँ एमालेका उपाध्यक्ष तथा ७ नम्बर प्रदेश संयोजक भीम रावल उम्मेदवार बन्नेछन् ।

प्रतिनिधिसभाका १६ सिटमध्ये एमालेले ११ र माओवादीले ५ सिट पाउने मोटामोटी सहमति भएको छ ।

७ नम्बर प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये माओवादीले १२ सिट पाउने भएको छ । एमालेले १२ सिट भने पनि माओवादीले १३ को दावी छाडेको छैन । एमालेले २० सिट पाउने भएको छ ।

स्रोतका अनुसार माओवादीले कैलालीमा प्रदेशसभाका १० सिटमध्ये ३ पाउने भएको छ । कञ्चनपुरमा ६ मध्ये २ सिट पाउनेछ । त्यस्तै डडेलधुरा, डोटी, बैतडी, दार्चुला, अछाम र बझाङमा पनि एक एक सिट पाउने भएको छ ।

एमालेले कैलालीमा ७, कञ्चनपुरमा ३ सिट पाउने भएको छ । माओवादीले कैलालीमा एक सिट थप पाए एमालेले ६ सिट पाउनेछ ।

एमालेले बैतडी, दार्चुला, डोटी, बझाङ र डडेलधुरामा एक एक सिट पाउने छ भने अछाममा ३ र बाजुरामा २ सिट पाउने भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका सिट बाँडफाँड टुंगोमा पुग्दै गर्दा ७ नम्बर प्रदेशको भावी मुख्यमन्त्रीमा वामपन्थी गठबन्धनबाट एमाले पोलिटव्यूरो सदस्य कर्णबहादुर थापालाई अगाडि सारिएको छ ।

एमाले र माओवादीका मुख्य नेताहरु सबै प्रतिनिधिसभाको उम्मेवार बनेपछि कर्ण थापा मुख्यमन्त्रीका बलिया दाबेदार देखिएका हुन् ।

एमालेका भीम रावल, भानुभक्त जोशी लगायतका नेता प्रतिनिधिसभाको उम्मेदवार बन्दैछन् । त्यस्तै माओवादीका लेखराज भट्ट, खगराज भट्ट लगायतका नेता पनि प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

बाजुराबाट प्रत्यक्ष चुनाव जितेर उद्योगमन्त्री बनेका थापा यसपटक प्रदेशसभा तर्फ समानुपातिकमा बसेका छन् ।

एमाले ७ नम्बर प्रदेश सहसंयोजक रहेका थापालाई एमालेका शीर्ष नेता तहमै मुख्यमन्त्रीको उम्मेदवार बनाउने समझदारी भएको ठानिएको छ ।

विपन्नलाई विद्युत जडानमा अनुदान

कुश्मा ।

पर्वतको कुश्मानगरपालिका १४ आर्थरडाँडाखर्कले विपन्न परिवारलाई विदुत जडानमा अनुदान दिने निर्णय गरेको छ । विपन्न संग विद्युत जडानका लागि रकम नभएका कारण विजुली वाल्न नपाएको महसुस गरि अनुदान दिने निर्णय गरेको वडाधयक्ष भीमप्रसाद गुरुङले वताउनुभयो ।

वडाले गरिव ररर दलित परिवारलाई तार खरिद, मिटरवक्स खरिद र वायरिङमा अनुदान दिने भएको हो । वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘पैसा नभएर सय घरले विजुली वाल्न पाएनन्,‘त्यहि भएर वडाले अनुदान दिन लागिएकोे हो ।’

अधिकाँश दलित र जनजाती समुदाय वसोवार रहेको कुश्मा १४ मा विपन्न परिवारले विजुली वाल्न नपाएको भन्दै वडामा निवेदन दिएका थिए । निवेदन आएपछि लक्षित वर्गको वजेटले त्यस्ता दलित र विपन्नलाई मिटर, वायरिङ र तार खरिदमा लाग्ने खर्च दिने निर्णय गरका वडासदस्य होमनाथ रिमालले वताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबैको पहिचान गरेर प्रत्येकलाई अनुदान दिने निर्णय भएको छ ।’ साबिक आर्थर गाविसको ६ वडामा सामुदायिक र ३ वडामा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गरिएको छ ।

निर्वाचित जनप्रतिनिधिले जनतालाई गाउँमै प्रत्यक्ष राहत दिने प्रतिबद्धता कार्यान्वयन गर्न यस्तो निर्णय गरिएको वडा सदस्य रिजालले बताउनुभयो । वडा समितिको मंगलवारको वैठकले उक्त निर्णय लिएको हो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web