काठमाडौं ।

गैह्र आवासीय नेपाली संघको नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले ‘उज्यालो नेपाल’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

मुलुकभर १ करोड एलइडी बल्ब निःशुल्क वितरण गर्ने सर्वसम्मत निर्णय भएको गैह्र आवासीय नेपाली संघका नव निर्वाचित उपाध्यक्ष कुल आचार्यले जानकारी दिनुभयो ।

गैह्र आवासीय नेपाली संघको १ करोड एलइडी बल्बको वितरणबाट वर्षमा ३०० मेगावाट विद्युत बचत हुने दाबी गरेको छ ।

गैह्र आवासीय नेपाली संघले नेपालको आर्थिक विकासमा सहयोग गर्नका लागि इन्भेष्टमेण्ट कम्पनी स्थापना गरी सोही कम्पनी मार्फत लगानी गरिरहेको छ ।

हाल कम्पनीले जलविद्युत र बैङ्किङ क्षेत्रमा लगानी गरिरहेको र आगामी दिनमा रोजगारमुलक तथा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने तयारी भएको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

18.12¡ÆC