एजेन्सी ।

प्रधानमन्त्रीबाट अदालतले बर्खास्त गरिदिएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ भ्रष्टाचारी ठहर भएका छन् ।

पानामा पेपर प्रकरणमा परेका सरिफलाई जेल सजाँय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जनाएका छन् ।

‘नवाज सरिफसहित उनकी छोरी र ज्वाँईलाई पनि अदालतले दोषी ठहर गरेको छ । छोरी र ज्वाँईलाई लण्डनको सम्पत्ति सम्वन्धी विवादमा दोषी ठहर गरिएको हो,’अदातल स्रोतले भने ।

दोषी ठहर गरिएकी सरिफकी छोरी मार्यामले भने अदालतको फैसलाको अस्वीकार गरेकी छिन् । ‘अदालतको फैसला निराधार मात्रै छैन, निकै तुच्छ पनि छ, निश्पक्ष न्याय पाउने हाम्रो अधिकार हो, पुर्वाग्रही फैसला हामी मान्दैनौं,’उनले भनिन् ।

भ्रष्टाचारको मुद्धामा छानविन गर्नका लागि भन्दै अदालतले गत जुलाईको अन्त्यतिर सरिफलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेको थियो ।

19.12¡ÆC