काँग्रेस नेता रावलद्धारा पार्टि परित्याग, एमाले माओवादी गठबन्धनलाई सघाउने घोषणा

बाजुरा ।

बाजुराका प्रभावशालि काँग्रेस जिल्ला नेता तथा नेपाली कांग्रेस बाजुरका पूर्वसभापति मानबहादुर रावलले नेपाली काँग्रेस परित्याग गर्दै बाम गठबन्धनलाई सघाउने घोषणा गरेका छन् ।

गत संविधानसभामा प्रत्यक्ष उम्मेदवार समेत बनेका नेता रावलले आसन्न निर्वाचनमा वामपन्थी गठबन्धनलाई समर्थन जनाउँदै कांग्रेस परित्याग गरेका हुन् ।

बुधवार विज्ञप्ति जारी गरी कांग्रेस नेता रावलले आफूमाथि कांग्रेस नेतृत्वले अन्याय गरेकाले विद्रोह गर्नुपरेको बताए । ‘आफैं अन्यायमा परी अरुलाई न्याय दिन सकिँदैन भन्ने याथर्थलाई आत्मसाथ गरी यो निर्णय लिएको छु’ रावलले भनेका छन् ।

उनले आफू कांग्रेसबाट अलग भए पनि राजनीतिबाट अलग नरहने भन्दै आसन्न निर्वाचनमा बाजुरा जिल्लामा वाम गठबन्धनलाई सघाई राजनीतिक रुपमा अघि बढ्ने निर्णय गरेको बताएका छन् ।

उनले आफ्ना समर्थक र शुभेच्छुकलाई वामपन्थी गठबन्धनलाई सहयोग गर्न आह्वानसमेत गरेका छन् । रावल ०४७ सालदेखि लगातार कांग्रेसको जिल्ला सभापति रहँदै आएका थिए । उनी गत संविधानसभा निर्वाचनमा एमालेका कर्णबहादुर थापासँग थोरै मतान्तरले पराजित भएका थिए ।

यसपटक समेत सांसदका दाबेदार रहेका रावललाई बाइपास गर्दै काँग्रेसले निकटताका आधारमा टिकट वितरण गरेपछि असन्तुष्ट रावल छिट्टै नेकपा एमाले प्रवेश गर्ने तयारीमा छन् ।

म्यादीमा भर्ना हुन गएका युवकको दौडिने क्रममा मृत्यु

मकवानपुर ।

म्यादी प्रहरीमा भर्ना हुन गएका मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ का २४ वर्षीय प्रेमप्रसाद घिमिरेको दौडिने क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–४, हुप्रचौरमा म्यादी प्रहरी भर्ना छनौट कार्य गरिरहेको अवस्थामा उनको ज्यान गएको हो ।

मिथिलाञ्चलमा विधिवत् छठपर्व शुरु

सप्तरी । मिथिलाञ्चल क्षेत्रमा विधिवत रुपमा छठपर्व शुरु भएको छ ।

४ दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अर्थात् आज अरबा–अरबाइन, दोश्रो दिन खरना, तेश्रो दिन बेलुकी अस्ताउन लागेको सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरी छठ सम्पन्न हुने परम्परा छ ।

छठपर्व मनाउनका लागि विभिन्न जलाशय सजाउने कार्यसमेत शुरु भइसकेको छ ।

शुरुमा तराइबासीले मात्र मनाउने यो पर्व हिजोआज अन्य जाति एवं राजधानी लगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएपछि सरकारले छठपर्वको अवसरमा सार्वजनिक बिदासमेत दिने गरेको छ ।

निर्धनता र निःसन्तान हुनुबाट मुक्ति पाउन एवं मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ ।

मुलुकी ऐन प्रतिस्थापन गरी मुलुकी देवानी निमार्ण

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी ऐनलाई प्रतिस्थापन गरी मुलुकी देवानी निमार्ण गरेको छ ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले मुलुकी देवानी संहितालाई कानूनको रुपमा व्यवस्था गरेको जानकारी दिनुभयो ।

संहितामा कुनै ब्यक्तिले जीवित छँदै आफ्नो शरीरको अङग दान दिन सक्ने, गल्ती गर्नेले क्षति व्यहोर्नुपर्ने, अरुलाई दुःख दिने गरी काम गर्न नहुने र गल्तीको फाइदा लिन नपाउने जस्ता व्यवस्था गरिएको छ ।

नेपाल बाहिर कुसुर गरेमा नेपालमा सजाँय हुने र कसुरको प्रकृति र गम्भीरताको आधारमा जन्मकैद, निश्चित अवधिको कैद, जरिवाना, कैद र जरिवाना वा दुवै हुने पनि मुलुकी देवानी संहितामा व्यवस्था गरिएको छ ।

मुलुकी देवानी संहिता २०७५ भदौदेखि लागु गरिने जानकारी पत्रकार सम्मलेनमा गराइएको थियो ।

सबैभन्दा बढी उच्च रक्तचापका बिरामीले सेवा लिए

काठमाडौं । सामाजिक स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सबैभन्दा बढी उच्च रक्तचापका बिरामीले सेवा लिएका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.भुवन पौडेलले हालसम्म ७ हजार ७५१ जनाले उच्च रक्तचापको उपचार सेवा लिएको जानकारी दिनुभयो ।

समितिका अनुसार रक्तचाप पछि पेट, ग्यास्ट्राटिस, दाँत, नियमित चेकअप, मधुमेह र श्वासप्रश्वासको समस्या भएका बिरामीले उपचार सेवा लिएका छन् ।

सरकारले हाल २२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

एनआइसी एसिया बैंकबाट ४० करोड बढी ह्याक गरेर चोरी

काठमाडौं ।

बैंकको कारोबार प्रणालीमा ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा अवैध रुपमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण भएको ४० करोडभन्दा बढी रकम फिर्ता हुने क्रममा रहेको हो ।

ह्याकरले विदेशका विभिन्न ६ मुलुकका ८ बैंकमा रकम सारेको थियो । बैंकले प्रयोग गर्दै आएको स्वीफ्ट प्रणालीमा ह्याक गरी रकम स्थानान्तरण गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले केन्द्रीय बैंकमार्फत तत् देशका बैंकलाई नेपालबाट स्थानान्तरण भएको रकम फिर्ता गर्न पहल गरिएको बताउनुुभयो ।

राष्ट्र बैंकले सूचना प्रविधिलाई विशेष ध्यान दिन सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै आएको पनि सहप्रवक्ता पण्डितले बताउनुुभयो ।

सोमबार राष्ट्र बैंकले सबै बैंकका सूचना प्रविधि विभागका प्रमुखलाई बोलाएर यस सम्बन्धी निर्देशन दिएको थियो ।

इन्भेष्टमेन्ट बैंकले १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभाले असार मसान्तसम्म कायम शेयर पूँजीको १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

इन्भेष्टमेन्ट बैंकको मंगलबार सम्पन्न साधारणसभाले यो प्रस्ताव पारित गरेको हो । यससहित बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड पुगेको छ । यो चुक्ता पूँजी नेपालका बैंकहरुमध्ये सबैभन्दा बढी हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ११ करोड खुद नाफा गरेको थियो ।

साधारणसभाले ४ जना नयाँ सञ्चालक समेत चयन गरेको छ । सञ्चालकमा कविकुमार टिवरेवाला, प्रजन्य राजभण्डारी, सूर्यप्रकाश लाल श्रेष्ठ र पृथ्वीबहादुर पाँडे रहनुुभएको नेपाल इन्भेष्टमेन्ट बैंकले जनाएको छ ।

अन्तर क्लब भारोत्तोलनका लागि नेपाली टोली कोरिया प्रस्थान

काठमाडौं ।

एसिया कप तथा अन्तर क्लब भारोत्तोलन च्याम्पियनसीपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार दक्षिण कोरियाको योङगु प्रस्थान गरेको छ ।

अक्टोबर २८ देखि नोभेम्बर २ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट २ जना महिला र २ जना पुरुष खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगिता अगाडि नेपाली खेलाडीहरु कोरियामा ४ दिनको प्रशिक्षणमा सहभागी हुने नेपाल भारोत्तोलन संघले जनाएको छ ।

पुरुषमा दक्षिण एसियाली खेलकुद 'साग' अन्तर्गत भोरोत्तोलनका एक मात्र नेपाली स्वर्ण विजेता खेलाडी कमलबहादुर अधिकारीले ७७ केजी तथा प्रकाश केसीले ६९ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

महिलाको ५३ केजीमा सन्जु चौधरी तथा ५८ केजीमा कमला श्रेष्ठले आ–आफ्नो क्षमता प्रदर्शन गर्नेछन् ।

प्रकाश केसी बाहेक बाँकि सबै खेलाडीहरुले राष्ट्रिय कीर्तिमान राखेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सातदोबाटोमा मंगलबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो ।

रोनाल्डो फिफा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं । क्रिस्चियानो रोनाल्डो यस वर्षको फिफा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

लण्डनमा सोमबार राति भएको कार्यक्रममा पोचुर्गल र रियल म्याड्रिडका स्ट्राईकर रोनाल्डोले मेस्सी र नेईमारलाई पछि पार्दै सन् २०१७ का लागि विश्वको उत्कृष्ट फुटबल खेलाडीको उपाधि जितेका थिए ।

निदेरल्याडस् र बार्सीलोना क्लबकी लिकि मार्टिन्स् फिफा उत्कृष्ट महिला खेलाडी घोषित भएकी थिईन् ।

रियल म्याड्रिडका जिनादेन जिदान उत्कृष्ट पुरुष प्रशिक्षक र नेदरल्याड्स्की सारिना विगम्यान उत्कृष्ट महिला प्रशिक्षक घोषित भएका थिए ।

यसैगरी, आरसनल क्लबका ओलिभर ग्राउडले क्रिस्टल प्यालेस विरुद्ध गरेको गोलले यस वर्षको उत्कृष्ट गोलको लागि पुरुस्कार प्राप्त गरेको थियो ।

Chhath festival begins in Terai

The four-day long Chhath festival, a religious and cultural festival of worshipping and offering homage to the nature and the sun god has begun from today.

As part of the main rituals of the festival, what is called the 'arawa-arawaen' ritual is being observed on the first day today.

and it concludes with  making offerings and paying homage to the rising sun.

807 Candidates’ final lists publishing Wednesday

The Election Commission is all set to publish final lists of the nominated candidates of first round of the federal and provincial elections scheduled for November 26.

The EC will provide poll symbols and publish the final list of the candidates tomorrow.

According to EC, a total of 807 candidates including 323 for the House of Representatives and 484 for State Assemblies have filed their candidacies.

The second-phase of elections to House of Representatives and State Assemblies is taking place in 45 districts of Tarai-Madhes area on December 7.

Filing of nomination of the candidates for second-phase of election is scheduled on November 2.

Positive message from media must to make election free, fair: EC Dahal

Election Commissioner Narendra Dahal has said that dissemination of positive news from media is necessary to make the upcoming elections free, fair and cost-free.

At a concluding ceremony of the training on 'Election and Media' in Kathmandu today, Commissioner Dahal said, the role of media is significant for boosting people's mandate.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web