एनआइसी एसिया बैंकबाट ४० करोड बढी ह्याक गरेर चोरी

कार्तिक ७, २०७४ मा प्रकाशित | 918 views

काठमाडौं ।

बैंकको कारोबार प्रणालीमा ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा अवैध रुपमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण भएको ४० करोडभन्दा बढी रकम फिर्ता हुने क्रममा रहेको हो ।

ह्याकरले विदेशका विभिन्न ६ मुलुकका ८ बैंकमा रकम सारेको थियो । बैंकले प्रयोग गर्दै आएको स्वीफ्ट प्रणालीमा ह्याक गरी रकम स्थानान्तरण गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले केन्द्रीय बैंकमार्फत तत् देशका बैंकलाई नेपालबाट स्थानान्तरण भएको रकम फिर्ता गर्न पहल गरिएको बताउनुुभयो ।

राष्ट्र बैंकले सूचना प्रविधिलाई विशेष ध्यान दिन सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै आएको पनि सहप्रवक्ता पण्डितले बताउनुुभयो ।

सोमबार राष्ट्र बैंकले सबै बैंकका सूचना प्रविधि विभागका प्रमुखलाई बोलाएर यस सम्बन्धी निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web