अन्तर क्लब भारोत्तोलनका लागि नेपाली टोली कोरिया प्रस्थान

कार्तिक ७, २०७४ मा प्रकाशित | 855 views

काठमाडौं ।

एसिया कप तथा अन्तर क्लब भारोत्तोलन च्याम्पियनसीपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार दक्षिण कोरियाको योङगु प्रस्थान गरेको छ ।

अक्टोबर २८ देखि नोभेम्बर २ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट २ जना महिला र २ जना पुरुष खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगिता अगाडि नेपाली खेलाडीहरु कोरियामा ४ दिनको प्रशिक्षणमा सहभागी हुने नेपाल भारोत्तोलन संघले जनाएको छ ।

पुरुषमा दक्षिण एसियाली खेलकुद 'साग' अन्तर्गत भोरोत्तोलनका एक मात्र नेपाली स्वर्ण विजेता खेलाडी कमलबहादुर अधिकारीले ७७ केजी तथा प्रकाश केसीले ६९ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

महिलाको ५३ केजीमा सन्जु चौधरी तथा ५८ केजीमा कमला श्रेष्ठले आ–आफ्नो क्षमता प्रदर्शन गर्नेछन् ।

प्रकाश केसी बाहेक बाँकि सबै खेलाडीहरुले राष्ट्रिय कीर्तिमान राखेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सातदोबाटोमा मंगलबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web