काठमाडौं । सामाजिक स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सबैभन्दा बढी उच्च रक्तचापका बिरामीले सेवा लिएका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.भुवन पौडेलले हालसम्म ७ हजार ७५१ जनाले उच्च रक्तचापको उपचार सेवा लिएको जानकारी दिनुभयो ।

समितिका अनुसार रक्तचाप पछि पेट, ग्यास्ट्राटिस, दाँत, नियमित चेकअप, मधुमेह र श्वासप्रश्वासको समस्या भएका बिरामीले उपचार सेवा लिएका छन् ।

सरकारले हाल २२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

23.12¡ÆC