सर्वोच्चद्धारा कारवाहीको चेतावनी सहित छुट्टा छुट्टै मतपत्र छाप्न आदेश, निर्वाचन सर्ने निश्चित !

काठमाडौं ।

सर्वोच्च अदालतले मतपत्र छाप्न दिएको आदेश कार्यान्वयन नगरेकोमा कारवाही गर्नुनपर्ने के कारण भन्दै चेतावनी सहित केन्द्र र प्रदेशको छुट्टा छुट्टै मतपत्र छाप्न आदेश दिएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ अलग-अलग मतपत्र छाप्नैपर्ने सर्वोच्चले बताएको हो । यसबारे तीन दिनभित्र प्रगति विवरण पेश गर्न समेत अदालतले बुधबार निर्वाचन आयोगलाई आदेश दिएको छ ।

निर्वाचन आयोगले एउटै मतपत्र छाप्ने निर्णय गरेकै दिन सर्वोच्चले प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अलग(अलग मतपत्र छाप्नु बाध्यात्मक व्यवस्था भएको बताएको हो ।

फरक-फरक मतपत्र माग गर्दै राजपा नेता सवेन्द्रनाथ शुक्लले दायर गरेको रिटमा सर्वोच्चले २९ असोज गते पहिलो आदेश दिएको थियो । समानुपातिकतर्फ मतपत्र छापिसकेकाले अदालतले अन्तरिम आदेश दिएन । सो आदेशमा प्रदेश र प्रतिनिधिसभामा अलगअलग मतपत्र छाप्नुपर्ने व्यवस्था भएको र १० गतेबाट मतपत्र छापिने भएकाले संवैधानिक र कानुनी प्रावधान गम्भीरतापूर्वक लिई विचार गर्ने भएकाले अन्तरिम आदेश दिनुपरेन भनिएको थियो ।

तर, सर्वोच्चको आदेश पालना नभएको भन्दै राजपा नेता शुक्लले आयोगविरुद्ध अदालतमा अपहेलनाको मुद्दा हालेका थिए ।

अवहेलना मुद्दामा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अलग-अलग मतपत्र छपाईमा के प्रगति भएको छ, यसको लिखित जानकारी दिन आदेश दिएको छ ।

आदेशमा भनिएको छ, ‘अघिल्लो आदेशमा उल्लेख भएको ‘गम्भीरतापूर्वक लिई विचार गर्ने नै हुँदा’ भन्ने शब्दावलीको मर्म र भावना अनुकुल भिन्न भिन्ना ऐन बमोजिम प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि अलगअलग मतपत्र छाप्नु पर्ने बाध्यात्मक कानुनी व्यवस्थाअनुरुप यस्तो मतपत्र छाप्ने कार्यमा के कति प्रगति भएको छ ?’

आदेशमा अघि भनिएको छ, ‘यसमा भएको प्रगति वा उक्त आदेशमा १० गतेदेखि मतपत्र छपाई सुरु गर्ने भन्ने उल्लेख भएकाले यसरी छपाई गर्दा अलग अलग मतपत्र छपाई ग र्ने सम्बन्धमा गरिएको सुनिश्चितताको कार्य प्रगतिसहितको लिखित जवाफ पेश गर्नू ।’

बेग्लाबेग्लै मतपत्र छाप्न भ्याइन्नः निर्वाचन आयोग

समयको अभावले बेग्लाबेग्लै मतपत्र छाप्न नसकिने निश्कर्षमा निर्वाचन आयोग पुगिसकेको छ । असोज २९ गतेको अदालतको आदेशपछि निर्वाचन आयोगले मतपत्र छपाइबारे अध्ययन गर्न एउटा आन्तरिक समिति नै गठन गरेको थियो । सो समितिले मंसिर १० को चुनावका लागि बेग्लाबेग्लै मतपत्र छाप्न नभ्याइने निश्कर्ष निकालेको थियो ।

सोही निश्कर्षका आधारमा बुधबार निर्वाचन आयोगले यसपालिको चुनाव एउटै मतपत्रबाट चुनाव गराउने निर्णय गरेको छ । आयोगको निर्णयमा भनिएको छ, निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशको सम्मान गर्छ । तर, यसपटक समय अभावका कारण बेग्लाबेग्लै मतपत्र छाप्न नभ्याइने भएका कारण एउटै मतपत्रबाट चुनाव गर्ने र आगामी दिनमा बेग्लाबेग्लै मतपत्रबाट चुनाव गराउने ।

तर, निर्वाचन आयोगले यस्तो निर्णय गरेको केही घण्टा पनि बित्न नपाउँदै सर्वोच्च अदालतले दुईवटा मतपत्र छाप्नै पर्ने बाध्यकारी प्रावधान रहेको व्यहोरा आयोगलाई सम्झाएपछि अब मंसिर १० को चुनाव तोकिएको समयमा हुन सक्छ या सक्दैन भन्ने गम्भीर प्रश्न पैदा भएको छ ।

अघिल्लो आदेशमा सर्वोच्चले समानुपातिमा छुट्टा छुट्टै मतपत्र छाप्न नपर्ने आदेश दिएपनि शुक्लले मुद्दा दायर गरेपछि सर्वोच्चले मतपत्र छुट्टा छुट्टै छाप्न आदेश दिने, आयोगले समय नपुग्ने कारण बताउने र मंसिर १० गतेको निर्वाचन सार्ने सरकारको पूर्ण योजना अनुसार भएको सार्वजनिक रुपमा चर्चा र प्रतिपक्षि दल सहित सरकारमै रहेको माओवादीका मन्त्रीले पत्रकार सम्मेलन गरेरै बताएका थिए ।

PM Deuba congratulates Xi Jinping

Prime Minister and President of the Nepali Congress Party, Sher Bahadur Deuba,  has sent a congratulatory message to President of the People's Republic of China and General Secretary of the Communist Party of China, Xi Jinping, on the successful holding of the 19th National Congress of the Communist Party of China, and his re-election as the General Secretary of the Party on Wednesday.

According to a press release issued by the Ministry of Foreign Affairs, PM Deuba said the re-election of Mr Xi is an indication of the great confidence that the Chinese people and the Communist Party of China have placed in his dynamic leadership.

Noting unprecedented strides made by China in socio-economic and technological development and in improving the quality of life of the Chinese people, PM Deuba has applauded Mr Xi's vision of 'global community of common destiny for all humankind' and greater cooperation among nations for economic prosperity.

Moreover, the PM also expressed his confidence that Nepal-China bilateral relations would continue to grow in multiple dimensions and reach a new level in the days to come.

Another Donor Meet if post-quake rebuild drive faces financial crunch: NRA CEO Bhusal

The newly appointed Chief Executive Officer at the National Reconstruction Authority (NRA) Yubaraj Bhusal reasoned that post-quake reconstruction efforts were still lagging behind in lack of adequate technical human resources.

At an interaction programme held by the Reporters' Club  today, CEO Bhusal pledged to recruit and train technicians as required by the rural municipalities and municipalities across the country for the same.

The newly appointed CEO of NRA clarified that the reconstruction drive would not be affected due to financial constraints but due to failure to mobilize the resources in the Authority.

Eleciton commission provides elctions symbols

The election commission has provided election symbols to the candidates contesting for the house of representatives and the province elections slated for November 26.

According to the commission's spokesperson Nawaraj Dhakal, of the total 803 candidacies, 97 candidates have withdrawn their candidacies and one's candidacy has been cancelled.

Meanwhile the commission decided to print signal  ballot paper for both elections.

British Council launches ‘Dakchyata: TEVT Practical Partnership’

The British Council Nepal has launched a new project 'Dakchyata: TEVT Practical Partnership' aimed at bringing reforms in Nepal's technical and vocational education.

Under the four-year project supported by the European Union (EU) and coordinated by the Education Ministry and the Council for Technical Education and Vocational Training,  technical education and training courses will be run for the target organisations working in the areas of agriculture, construction and tourism and technical human resources.

At a press meet here today, project team chief Sean Curley said the specific objective of such courses is to create better job employment opportunities within the country, suggesting that Nepal should increase investment in human capital to achieve inclusive and sustainable economic development.

The total budget of the project launched as per the tri-partite agreement reached in last December is 20.61 million euros.

NC intensifies discussion to select candidates for 2nd round of election

Nepali Congress (NC), the major ruling party, has intensified the discussions for selection of the candidates to contest the second round of elections to the House of Representatives and State Assemblies.

The meeting of the Central Parliamentary Committee chaired by Prime Minister and NC President Sher Bahadur Deuba today discussed on choosing the candidates from the lists which was recommended by the NC's district chapters.

NC's leader Dr Prakash Sharan Mahat said that the meeting also dwelt on holding consultations with the political parties forging electoral alliance with the NC and fielding the candidates accordingly. According to him, the candidates will be chosen soon.

The party has also expedited the election campaign to attract voters, forming central publicity committee chaired by Bal Krishna Khand.

New Chief Secretary vows to make civil service committed to statute execution

Newly-appointed Chief Secretary of the Government, Lok Darshan Regmi has said that the attention will be focused on making the civil service committed to constitution implementation as per its letter and spirit.

Taking charge of his office today, Regmi said he will remain dedicated to facilitate the implementation of the government's policies and decisions.

बागलुङमा एमाले, माओवादी र जनमोर्चाका ४ जना बागीको उम्मेद्धाद्धारी फिर्ता

बागलुङ ।

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि स्वतन्त्र रुपमा उमेदवारी दिएका ४ जनाले उमेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी दिएका ३१ जना मध्य ४ जनाले आफ्नो उमेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताउनुभयो ।

नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सम्मिलित बाम गठबन्धन गर्दा उमेदवार छनौटमा कमजोरी देखाएको भन्दै ४ जनाले स्वतन्त्र रुपमा उमेदवारी दिएका थिए । तर उनीहरुले बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत विद्याराज पौडेलले बताउनुभयो ।

बागलुङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका गंगा थापा, पूर्णबहादुर क्षेत्री पौडेल क्षेत्री र क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दिएका धनबहादुर वि.क. ‘बाबुराम’ र प्रदेशसभा (ख)मा उम्मेदवारी दर्ता गराएका दधिराम शर्माले उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचनको कार्यालय बागलुङले जनाएको छ ।

पार्टीसँगको छलफल र जिल्लामा बाम गठबन्धनलाई बहुमतले जिताउने निर्णय अनुसार उम्मेदवारी फिर्ता गरेको स्वतन्त्र उम्मेदवारी दिएका राष्ट्रय जनमोर्चाका युवा नेता गंग थापाले बताउनुभयो । उनीहरुले उमेदवारी फिर्ता गरेसंगै आगामी चुनावमा २७ जना प्रतिष्पर्धामा उत्रिने भएका छन् ।

बागलुङको प्रतिनिधिसभाका २ निर्वाचन क्षेत्र र प्रदेश सभाका ४ निर्वाचन क्षेत्रमा बामपन्थी गठबन्धन र प्रजातान्त्रिक गठबन्धनबाट उमेदवारी दिएका छन् । नेकपा एमाले, माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा गरी ३ शक्तिले दुई दुई सिट लिएर तालमेल गरेका छन् । नेपाली काङ्ग्रेसले आफ्नै उमेदवार उठाएको छ भने राप्रपाले नेपाली काङ्ग्रेसलाई सघाउने भन्दै आफ्नो उमेदवार दिएको छैन ।

बागलुङ जिल्लामा २०६४ सालको संबिधान सभाको निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले एक एक सिट र २०७० सालको निर्वाचनमा जिल्लाको ३ सिट नेपाली काङ्ग्रेसले जितेको थियो  ।

स्कटल्याण्डमा सगरमाथा आरोहीहरु सम्मानित

स्कटल्याण्ड ।

स्कटल्याण्डको आबर्डिनमा  दुई  सागरमाथा आरोहीहरुलाई नेपाल स्कटल्याण्ड मैत्री सम्बन्ध बिषयक कार्यक्रममा सम्मान गरिएको छ ।

स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था अर्गनाईजेसन फोर नेपलिज कल्चर एण्ड वेलफेयरले  ८८४८ रेस्टुरेन्ट को सहकार्यमा आयोजना गरेको कार्यक्रममा  नेपाली सगरमाथा आरोही दावा शेर्पा र स्कटिस सगरमाथा आरोही मार्क क्याडमेन लाई   बेलायतका लागि नेपाली राजदूत डा  दुर्गाबहादुर सुबेदी र आबर्डिन शहरका लड  प्रोबस्टको प्रतिनिधि काउन्सिलर क्ल्येर इम्रीले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो ।

उक्त समारोहमा बोल्दै नेपाली सगरमाथा आरोही दावा शेर्पाले आफुले औपचारिक रुपमा तीन पटक  र धेरै पटक आरोही सहयोगीको रुपमा सगरमाथा आरोहण  गरेको बताउनु भयो।   पर्बतारोहण सहयोगीको रुप एक स्कटिस महिला आरोहीलाई मृत्युको मुखबाट बचाएको र पछि पुनर्जीवन पाएको भन्दै आफु र परिवारलाई स्कटल्याण्ड ल्याएर स्थापित गरेको शेर्पाले बताउनु भयो ।

यस्तै अर्का आरोही स्कटिस सगरमाथा आरोही  मार्क क्याडमेनले २०१५को  महाभूकम्पको क्रममा सगरमाथा आरोहण बिचमै छाड्नु परे पनि केहि महिना अघि मात्र सगरमाथा सफलता पुर्वक आरोहण  गरको बताउनु भयो।

सो समारोहमा बोल्दै  बेलायतका लागि नेपाली राजदूत डा सुबेदीले स्कटल्याण्ड र नेपालबिचको सम्बन्ध २०० वर्ष पुरानो रहेको र अहिले नेपाली समुदाय स्कटल्याण्डमा राम्रोसङ्ग स्थापित  भएको देख्दा आफुलाई निकै खुशी लागेको बताउनुभयो।  सो अवसरमा आबर्डिन शहरका लड  प्रोबस्टको प्रतिनिधि काउन्सिलर क्ल्येर ईर्मीले नेपाली समुदायले स्कटल्याण्डमा गरेको योगदानको प्रशंसा गर्दै नेपाली समुदायलाई धन्यवाद ब्यक्त गर्नु भयो ।

कार्यक्रम आयोजक संस्था अर्गनाईजेसन फोर नेपलिज कल्चर एण्ड वेलफेयरका अध्यक्ष प्रकाश अर्यालले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सचिब सन्तोष गैरेले यस्ता कार्यक्रमहरुले जनस्तरमा नेपाल र स्कटल्याण्ड सम्बन्ध सुमधुर राख्न सहयोग गर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा सोहन घिमिरेले बाँसुरी बजाएर नेपाली  धुनहरुको परिचय दिनु भएको थियो भने अनुसुया  बोहोरा र आध्या रेग्मीले नेपाली नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा सम्पूर्ण  सहभागीहरुलाई पन्चकन्याले  नेपाली ढाकाटोपी लगाईदिएर  स्वागत गरेका थिए।   कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, सामाजिक सेवा , प्राज्ञिक, ब्यबसायी, नेपाल संग सम्बन्धित व्यक्तिहरु र नेपाली समुदायका अगुवा व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कहीं प्रजातान्त्रिक अभ्यास आफ्नैलागि पासो नवनोस्…. :गोविन्द उपाध्याय

नेपालको जनसंख्याअनुसार यो वर्ष करिव १ करोड ६० लाख मान्छेहरूले भोट खसाल्न पाउने छन् |  यी मध्ये कतिले भोट खसाल्ने छन् ठ्याक्क भन्न सकिन्न तर अहिलेसम्मको मतदानको इतिहासमा सरदार ४७.३% भोटदाताले आफ्नो मतको प्रयोग गरेका छन् |

यी मतहरू सबै पार्टीका लागि खसालिएका हुन् |  खसेको भोटका आधारमा नेपालमा  बामपन्थीहरूका लागि मत दिने बढी छन् | भनिन्छ, यो प्रतिशत कूलमतको ६०% रहेको छ |

नेपालमा सरकार बनाउनेहरूले आजसम्मको इतिहासमा कूल मतसंख्याको २७% भन्दा बढी प्राप्त गरेका छैनन् | २७.८% मत वि.स. २०५१ सालको चुनावमा कृष्णप्रसाद भट्टराईको सरकारले प्राप्त गरेको थियो |

त्यसपछिका सरकारहरू सरदारमा २३% मतले १००% जनताका शासक बनेका छन् | प्रजातन्त्रको नाममा यो भन्दा ठूलो बेइमानी र धोकाधडी केही हुनैसक्दैन | नेपालमा बनेका सरकारहरूलाई न प्रजातान्त्रिक भन्न मिल्छ न जननिर्वाचित नै |

एउटा संस्था चलाउन त समस्त सदस्यहरूको ५१% बहुमत हुनैपर्छ भने सरकार बनाउने पार्टीका लागि समस्त भोटदाताको ५१% मत किन चाहिन्न ?  यो कुराको जवाफ अमेरिकी, युरोपेलीआदिले दिंदैनन् न नेपालको चुनाव आयोगले नै जवाफ दिन्छ |

नेपालको संविधानमात्र प्रजातान्त्रिक छ तर यहाँका राजनैतिक प्रणालीहरू नितान्त सिन्डिकेट प्रणालीमा विश्वास गर्छन् | यिनीहरूका लागि आफ्नो र आफन्तको भलो हुने विषयहरू प्रजातान्त्रिक हुन्छन् अर्कोको भलाई हुने देखियो भने अप्रजातान्त्रिक |

मलाई लाग्छ, जुन दिन विश्वले कूल मताधिकारप्राप्त जनसंख्याको ५१% भोट प्राप्त गर्न सक्ने पार्टीले मात्र सरकार निर्माण गर्ने ब्यबस्था अङ्गिकार गर्छ, त्यो दिन मात्र "प्रजातन्त्र" घनिभूत हुन्छ | अन्यथा, प्रजातन्त्रको नाटक मंचन गर्ने कलाकारहरूको मात्र भलो हुन्छ |

प्रजात्रन्त्रलाई व्यक्तिको लोकप्रियता नापिने अवस्थाका रुपमा पनि अमेरिकी र युरोपेलीहरूले उचालेको देखिन्छ | यो पनि असत्य र छल, र धोकाको पुलिन्दामात्र हो | किनभने सीमित संख्या भएको एउटा चूनाव क्षेत्रले कसैको लोकप्रियता नाप्न सक्दैन |

यदि साँच्चिकै लोकप्रियताको प्रजातान्त्रिक पद्यति स्वीकार गर्ने हो भने चुनावमा उठ्ने हरेक व्यक्तिले राष्ट्रियतह (१ करोड ६० लाख) जनताको अभिमत पाउनुपर्छ | चितवनको सीमित भोट पाएका व्यक्ति प्रधानमन्त्री बन्नु प्रजातन्त्रको हत्या हो |

नेपाल र नेपालजस्ता राजनैतिक सिन्डिकेट भएका देशमा मताधिकार र मत ब्यबस्था हलिवुडको महँगो चलचित्रको छायांकन नै हो | जहाँ नेताहरू एकआपसमा हिरो र भिलेन दूबै हुन्छन् | यिनै व्यक्तिहरू पालैपालो हिरो-भिलेन र हिरोइनका रोलमा हुन्छन् |

जनताहरू अध्यारो हलमा बसेर विद्युतीय किरणहरूमा रेकर्ड गरिएको "प्रजातान्त्रिक लीला"हरू हेरेर दुखि-खुसी हुन्छन् | अचम्मको कुरा त के भने आफैले भोट दिएर बनाएको प्रजातान्त्रिक चलचित्र हेर्न पैसा तिर्नुपर्छ र रेकर्ड भएका सबै कुराहरू नबोलिकन टुलुटुलु हेरेर वाहिर निस्कनुपर्छ | त्यहाँ हेर्नेमात्र स्वतन्त्रता हुन्छ, बोल्ने, परिवर्तन गर्ने, रायसुझावका लागि कुनै स्पेस हुँदैन |

प्रजातान्त्रिक सिद्धान्तप्रति मेरो अनास्था छैन | तर नेपालमा मंचन गरिने प्रजातान्त्रिक अभ्यासमा विश्वास र आस्था गर्नु पर्ने कुनै पनि बलियो कारण मसंग छैन | नमीठो शब्दमा मुखै फोरेर भन्ने हो भने नेपालमा मताधिकार र मतप्रयोगको ब्यबस्था विदेशीशक्तिलाई रिझाउन गरिन्छ, नेपालीहरूलाई रिझाउन र यिनको भलो गर्न होइन |

जुन प्रजातान्त्रिक ब्यबस्थाको सैद्धान्तिक आधार नै विदेशी छ, जुन सिद्धान्तका प्लेयरहरू नै "विदेशीका लागि हाम्रो प्रजातन्त्र पत्यारिलो हुनुपर्छ" भन्ने मानसिक जगमा लडिन्छ, हरेक चुनावी गतिविधिको विदेशी दुतावासमा रिपोरटिंग हुन्छ र उनीहरूले "ठीक भने ठीक र वेठीक भने वेठीक" हुन्छ | यसमा मेरो आस्था नहुनु नै वेस ठहर्छ |

सबै अमेरिकी, युरोपेलीहरू नकारात्मक र गलत छन् भन्ने मूर्खतापूर्ण सिद्धान्त मैले प्रतिपादन गर्दिन तर युरोप-केन्द्रित राजनैतिक, शैक्षिक, धार्मिक, मानवाधिकारवादी पूर्वाग्रहका आधारमा विकसित भएका नेपालका प्रारूपहरू फेर्नै पर्ने भएका छन् | यी प्रारूपहरू नेपालको अग्रगमनमा सधैं तगारो बनिरहेका छन् |

विश्वमा एउटा पनि सफल मुलुक छैन जसले युरोपेली प्रतिमानहरू स्वीकार गरेर सफल बनेको होस् | युरोपेली प्रतिमान स्वीकारर्ने सबै देशहरू द्वन्दमा छन्, गरिवीमा छन् र भ्रष्टाचार तिनको पर्यायवाची बनेको छ | नेपालले पनि सन्यु १९५२ रोपकेन्द्रित प्रजातान्त्रिक ब्यबस्था अवलम्वन गरेकै हो – खै निकास ? खै विकास ? यसको जवाफ राजावादी, साम्यवादी र प्रजातन्त्रवादी सबैले दिनुपर्छ |

यसमा जनताको कुनै दोष छैन | किनभने रंगमंचका प्लेयरहरूले उनीहरूलाई यसरी दिग्भ्रमित गरेका छन् कि उनीहरूले यी प्लेयर बाहेकका विकल्प देख्न, बुझ्न नै सक्दैनन् | उनीहरूलाई "प्रजातान्त्रिक ब्यबस्था निर्विकल्प छ" भनेर भ्रमित गरिएको छ | अर्को शब्दमा, प्लेयरहरूले जनतालाई प्रजातन्त्र र साम्यवादका नाममा ब्याकमेलिंग गरिरहेका छन् |

ब्याक-मेलिंग वा सम्मोहन सधैं रहन्न | एस्तो ब्याकमेलिंगको अन्त्य गर्न "राज्यराष्ट्र"को रैथाने  राजनैतिक विकल्प अगाडी आएको छ | यो एस्तो राजनैतिक ब्यबस्था हो -जसले पश्चिमाहरूले तयार पारेको "प्रजातान्त्रिक इन्द्रजाल"को भ्रमलाई सजिलै समाप्त पर्छ |

यो ब्यबस्थामा चुनाव पनि हुन्छ, नेतृत्व पनि चुनिन्छन् तर आफ्नै रैथाने सिद्धान्तका आधारमा उत्तरदायी नेतृत्वले जनताको सेवा गर्छन् | पश्चिमा प्रजातान्त्रिक ब्यबस्थामा सेवकको नाटक गरेर मालिकहरू चुनिन्छन् तर राज्यराष्ट्रको ब्यबस्थामा सेवक वा मालिक होइन, उत्तरदायी नेतृत्व चुनिन्छ | उत्तरदायी नेतृत्व न सेवक नै न मालिक नै | उसको काम भनेको आफुले प्राप्त गरेको उत्तरदायित्वलाई न्यायपूर्वक सम्पादन गर्नुमात्र लक्ष हुन्छ |

चुनावमा उठ्नु, भोट खसाल्नु र नेतृत्वका लागि उम्मेदवार बन्नु तपाईंको आफ्नो रोजाई हो तर के तपाईंको यस रोजाईले "उत्तरदायी नेतृत्व" प्रदान गर्ने ग्यारेन्टी गर्छ त ? एक पटक अवश्य विचार गर्नुहोला | कहीं आफुले प्रयोग गरेको मताधिकार आफ्नै घांटीको पासो नवनोस् |

माओवादीका बागी उम्मेद्धार हेलिकोप्टर चार्टर गरेर उम्मेदवारी फिर्ता गर्न पुगे

काठमाडौं ।

बागी उम्मेद्धारी दिएका माओवादी रामेछापमा उम्मेद्धारहरुले हेलिकोप्टर चार्टर गरेर हतारमा उम्मेद्धारी फिर्ता लिएका छन् ।

नेतृत्वबाट चर्को दबाव आएपछि वामपन्थी गठबन्धन बिरुद्ध सबै पदमा बागी उम्मेदारी दिएका माओवादी नेताहरु अन्ततःपछि हटेका हुन् ।

पार्टीको ३ नम्बर प्रदेश हेडक्वार्टरसँगको वार्तापछि उम्मेदवारी फिर्ता लिन तीनैजना बागी उम्मेवार हेलिकोप्टरबाट मन्थली पुगेका छन् ।

टिकट वितरण र सिट बाँडफाँडप्रति अशन्तुष्टि जनाउँदै पूर्व सभासद लक्ष्मी गुरुङले प्रतिनिधिसभामा माओवादी नेता तथा राज्यमन्त्री श्यामकुमार श्रेष्ठ विरुद्ध उम्मेदवारी दिएकी थिइन् । उनी माओवादीबाट २०६४ मा समानुपातिक सभासद थिइन् भने २०७० मा प्रत्यक्ष चुनाव लडेकी थिइन् ।

त्यस्तै जिल्ला सचिवालय सदस्य हेमन्त पौडेल निकासले प्रदेश क मा एमाले जिल्ला अध्यक्ष शान्ति पौडेल विरुद्ध उम्मेदवारी दिएका थिए भने माओवादी पोलिटव्यूरो सदस्य मैनकुमार मोक्तानले प्रदेश ख मा एमाले नेता कैलाश ढुंगेल विरुद्ध उम्मेदवारी दिएका थिए ।

पार्टी नेताहरुले अशन्तुष्ट माओवादी नेता युवराज चौलागाई सहित बागी उम्मेदवारहरुसँग छलफल गरेपछि उनीहरुलाई समानुपातिक लगायत अन्य ठाउँमा न्याय गर्ने आश्वासन दिइएको स्रोतले जनाएको छ ।

पार्टीमा छलफल गर्दा ढिलो भएको र उम्मेवारी फिर्ता लिने समय सकिने भएकाले बागी बागी उम्मेदवारलाई हेलिकोप्टरबाट मन्थली लगिएको हो । बागीलाई मन्थली लैजान प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका गृहराज्यमन्त्रीबाट बिनाबिभागीय भएका श्याम श्रेष्ठले हेलिकोप्टर व्यवस्था गर्नुका साथै उनि आफुपनि पुगेका थिए

टिकट नपाउनेभएपछि भ्रष्टचारी गोविन्दराज जोशि भन्छन्-कांग्रेसले सत्ताप्राप्तिको लागि गठबन्धन गर्यो

पोखरा ।

भ्रष्टाचारी ठहर काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशिले सत्ताप्राप्तिका लागि काँग्रेसले साना दलसँग गठबन्धन गरेको आरोप लगाएका छन् ।

बुधबार तनहुँको दमौलीमा आयोजित पत्रकार सम्मेलनमा नेता जोशीले विभिन्न दलसँग गठबन्धन गरेर नेतृत्वले पार्टीलाई कमजोर बनाएको आरोप समेत लगाए ।

कांग्रेसले राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायतसँग दलसँग मिलेर चुनाव लड्न लागेको नीतिगत रुपमा नभई सत्ता प्राप्तिको लागि भएको जोशिको ठहर छ ।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको लागि टिकट दाबी गर्दै आएका जोशीको दाबी गरेको ठाउँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उठ्दैछन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web