Xi Jinping has been elected general secretary of the Communist Party of China (CPC) Central Committee for the second term at the first plenary session of the 19th Central Committee. His name and doctrine have been written into the constitution.

He's now likely the most powerful leader this country's known since Mao Zedong.

As he stepped out to unveil his seven-member leadership team of the party's politburo standing committee, which the official party voice People's Daily called a "dream team" — it was clear he had manoeuvred well.

Prime Minister of Nepal and President of the Nepali Congress, Sher Bahadur Deuba, sent a congratulatory message to President of the People's Republic of China and General Secretary of the Communist Party of China, Xi Jinping, on the successful holding of the 19th National Congress of the Communist Party of China, and his re-election as the General Secretary of the Party on Wednesday.

According to a press release issued by the Ministry of Foreign Affairs, PM Deuba said the re-election of Xi is an indication of the great confidence that the Chinese people and the Communist Party of China have placed in his dynamic leadership.

Noting unprecedented strides made by China in socio-economic and technological development and in improving the quality of life of the Chinese people, PM Deuba has applauded Xi's vision of 'global community of common destiny for all humankind' and greater cooperation among nations for economic prosperity.

Moreover, the PM also expressed his confidence that Nepal-China bilateral relations would continue to grow in multiple dimensions and reach a new level in the days to come.

Meanwhile, US President Donald Trump has congratulated Chinese counterpart Xi Jinping on his "extraordinary elevation" after his election.

The two leaders are due to hold talks at a state visit to China next month, having met at the G20 summit in July.

The pair also discussed North Korea and trade, President Trump said in a tweet.

बर्दिया ।

मिथिला सांस्कृतिक प्रतिष्ठानले गुलरियामा बिबिध कार्यक्रम गरि छठ पर्व मनाउँदैछ । प्रतिष्ठानका सल्लाहकार सुधाकर मिश्राका अनुसार विगत बर्षझै यस बर्षपनि गुलरियास्थित सरयुनदीको किनारमा मुक्तिनारायण भादाघाटमा सांस्कृतिक कार्यक्रम,पुजाआजा लगायतका विविध कार्यक्रम गरि छठ पर्व मनाउन शुरु भएको छ ।

बुधवार सांझ छठपर्वको मुख्यदिन अर्थात तेस्रो दिनको अवसरमा गुलरियाको सरयुबबई नदी किनारमा पर्ने मुक्तिनारायण भादाघाटघाटलाई बेहुली झै सिंगारेर पानीसमेत नपिई निराहार बसेका ब्रतालुहरूले बुधवार साँझपख सरयुनदीकोमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्ने , प्रसाद चढाउने र रातभर भजन किर्तन गरेको आयोजकले जनाएको छ ।

छठपर्वको चौथोदिन बिहीबार बिहान उदाउँदो सूर्यको पूजाआजा गरि ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्ने र घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्ने मिथिला सास्कृतिक प्रतिष्ठानका सल्लाहकार मिश्राले बताए। महाभारतकालमा द्रौपद्रीसहित पाण्डवहरु अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको समयदेखि छठ पर्व मनाउने परम्पराको रहेको छ ।

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ । आजको दिन गाईको गोबरले घर लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार व्रत बस्ने गर्दछन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन् ।

छठको पहिलो दिन कार्तिक शुक्ल चतुदर्शीका दिनलाई नहान खान भनिन्छ । यस दिन ब्रतालुहरू बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् ।

काठमाडौं ।

आज तराईका जिल्लाहरुमा हर्सोल्लास पूर्वक छठ पर्व मनाईदैछ । छठ पर्व विशेषगरि नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नागरिकले मनाउने प्रमुख चाड हो ।

यसै अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक शुभकामना सन्देश दिएका छन् ।

प्रचण्डले विज्ञप्ति मार्फत मधेशी समुदायको यस ऐतिहासिक पर्व छठको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु उल्लेख गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअन्तर्गत तीनै तहको निर्वाचन सम्पन्न गरी संविधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु, हिमाल, पहाड, तराई, सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धि हासिल गर्नु र संविधानद्वारा निर्देशित समाजवादउन्मूख राज्यको दिशामा अगाडि बढ्नु राष्ट्रिय प्राथमिकता भएको भन्दै नेपालका सम्पूर्ण बामपन्थी, प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिहरुको व्यापक ध्रुवीकरणका बलमा समाजवादको आधार तयार पार्न सकिन्छ भन्ने तथ्यमा हाम्रो पार्टी स्पष्ट रहँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

छठ पर्वको अवसरमा संविधानको कार्यान्वयनमार्फत् समाजवादको आधार तयार पार्ने राष्ट्रिय अभियानमा हातेमालो गर्न मधेशी समुदाय लगायत सम्पूर्ण नेपालीहरुमा हार्दिक अपील गर्दछु । विज्ञप्तिमा उल्लेख छ ।

हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित छैनन् । बरु, राष्ट्रिय एकता, पारस्पारिक सद्भाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएका छन् । नेपालको यस ऐतिहासिक बिरासतप्रति गर्व गर्दै सम्पूर्ण मधेशी जनसमुदायमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु । दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मकवानपुर ।

मकवानपुरमा स्थानीय निर्वाचनको तुलनामा २७ हजार ८ सय ४५ जना मतदाता थपिएका छन् ।

प्रतिनिधि तथा प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा अब २ लाख ५५ हजार ६ सय ४ जनाले मतदानमा सहभागिता जनाउन पाउने भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय मकवानपुरले हिजो हेटौँडामा गरेको अन्तरक्रिया कार्यक्रममा मकवानपुरमा अब ३ सय २४ वटा मतदान केन्द्र रहने जानकारी दिइएको छ ।

कार्यक्रममा बोल्दै निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द प्रसाद पौडेलले थपिएको मतदाताको आधारमा स्थानीय तहको निर्वाचनमा भन्दा २९ स्थानमा थप मतदान केन्द्रहरु तय गरिएको बताउनुभयो ।

बुटवल ।

बुटवलमा डेंगुको संक्रमण बढेपछि बुटवल उपमहानगरपालिकाले त्यसका नियन्त्रणका लागि ५दिने बिशेष अभियान सञ्चालन गर्ने भएको छ ।

बुटवल उपमहानगरपालिका बिपत्त वयवस्थापन समितिको आकस्मिक बैठकले एक महिनादेखि फैलिएको डेंगू नियन्त्रणका लागि ५ दिने सचेतना कार्यक्रम र डेंगू सार्ने लामखुट्टे खोज र नष्ट गर अभियान चलाउदा पनि नियन्त्रण नभएपछी थप ५ दिने बिशेष अभियान सञ्चालन गर्न लागेको उपमहानगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले ५ दिनसम्म बुटवलका सबै बिद्यालयमा स्वास्थ्यकर्मीहरुबाट डेंगुका सम्वन्धमा बिद्यार्थीलाई जानकारी गराएर घर तथा टोलमा जम्मा भएको पानी नष्ट गर्न अभिभावकलाई उत्प्रेरित गर्ने, टायर पसल, होटल तथा अन्य पानीको बढी खपत हुने उद्योग व्यवसायमा २ जना स्वास्थ्यकर्मी र प्रहरी सहितको टोली परिचालन गरी लामो समयदेखि जम्मा भएको पानी नष्ट गर्न लगाउने र डेंगुको बारेमा जानकारी गराउने, ढल नाली तथा अन्य पानी जमेका स्थानको पानी खाली गर्ने, ठाउ ठाउमा औषधि छर्कने छ ।

त्यस्तै टायर, गहिरो भाँडाकुँडामा लामो समयसम्म पानी नराख्न सुझाव आग्रह गर्दै डेंगु रोग र बँच्ने उपायका बारे उपमहानगर क्षेत्रभित्र माइकिङ गर्ने निणर्य पनि बैठकले गरेको छ ।

बुटवल उपमहानगरपालिकामा अहिलेसम्म १ सय ३६ जनामा डेगूको संक्रमण भेटिएको छ ।

बाँके ।

वश्वशान्तिको कामना गर्दै दाउते इस्लामी नेपालको आयोजना नेपालगंजमा अन्तरराष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रचवन कार्यक्रम आज बिहीबारबाट सञ्चालन हुने भएको छ ।

विश्वमा बढ्दै गइरहेको बेरोजगारी अमानवियता र अशान्तिविरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाइचारा, अमनचयन, शान्ति कायम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारी,केन्द्रीय सदस्य अब्दुल हबीब अत्तारीले कार्यक्रमलाई सम्बोधन गर्ने अन्तरराष्ट्रिय धार्मिक कार्यक्रमका संयोजक सैयद रिहान अत्तारीले बताउनु भयो ।

भारत, बंगलादेश, पाकिस्तानका साथै ८ वटा देशका मुस्लिमहरुको धार्मिक प्रवचन कार्यक्रममा सहभागिता रहने दाउते इस्लामी नेपालका अध्यक्ष रमजान मियाले बताए ।

मिया अनुसार ४ दिन सम्म चल्ने धार्मिक प्रवचनका लागि सम्पूर्ण तयारी पूरा भएको बताउदै बाहिरी देशबाट आउने धार्मिक गुरुहरुका लागि स्थानीय प्रशासनले सुरक्षा प्रदान गरेको बताउनु भयो ।

हजारौको संख्यामा भारतबाट दाउते इस्लामीका सदस्यहरु भारतीय प्रह्रीको कडा चेकजाँच पश्चात मंगलबार नेपालगंज आइपुगेको छन् । आज बिहिबार १ बजे देखि धार्मिक प्रवचन सुरु हुदै छ ।

उक्त धार्मिक प्रचवन इस्लामिक धार्मिक मदनी च्यानल पाकिस्तानबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

काठमाडौं ।

गोरखा जिल्लामा क्रियाशील नयाँ शक्ति पार्टी नेपालका दुई दर्जन नेताहरु नेकपा 'माओवादी केन्द्र' मा प्रवेश गरेका छन् । नयाँ शक्तिका नेताहरु बिहीबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुमा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य जीत बहादुर घले, तमु परिषद्का केन्द्रीय सह–ईन्चार्ज आनन्द बहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा। जीत बहादुर घले, बल बहादुर घले, बाम बुद्धिजीवी खड्क बहादुर गुरुङ लगायत रहेका छन् ।

पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा जिल्ला बामपन्थीहरुको किल्ला भएको बताउनु भयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘गोरखा जिल्ला बामपन्थीहरुको किल्ला हो । गोरखा जिल्लाको राजनीतिक सङ्घर्ष जहिले पनि कम्युनिष्ट र कांग्रेसका बीचमा नै रह्यो ।

जनयुद्धदेखि सम्पूर्ण राजनीतिक र सामाजिक आन्दोलनमा गोरखा जहिले पनि अग्रगमन र प्रगतिको पक्षमा उभिएको छ । तपाईहरुको पार्टी प्रवेशले गोरखामा प्रतिगामी शक्ति र प्रवृत्ति परास्त हुने र अग्रगामी सोंच र विचारले जित्ने मैले विश्वास लिएको छु ।’

माओवादी केन्द्र प्रवेश गर्ने नयाँ शक्तिका गोरखाली नेताहरुले साना पार्टी र समूहबाट नेपालको आर्थिक समृद्धि सम्भव नभएको र नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाएर मात्र समाजवादमा जान सकिने निष्कर्षसहित आफूहरु माओवादी केन्द्रमा आएको बताउनुभयो ।

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं–२ का उम्मेद्वार नारायणकाजी श्रेष्ठ, क्षेत्र नं–१ का उम्मेद्वार हरिराज अधिकारी लगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

खोटाङ ।

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मनोनयन दर्ता भएसंगै खोटाङमा चुनावी माहोल बढेको छ ।

प्रतिनिधि सभा सदस्यमा चुनिने एक जना र प्रदेशसभामा चुनिने दुई जना सदस्यका लागि १२ दलका १९ उम्मेद्धवारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता भएसंगै सबै दल चुनावी कार्यतालिका बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

नेपाली कांग्रेसले मनोनयन दर्ता गरेसंगै जिल्लाका ७९ वटै वडामा चुनावी प्रचारप्रसारको अभियानलाई तीब्रता दिइएको जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताउनुभयो ।

नेकपा एमाले र माओवादी केन्द्रको संयूक्त गठबन्दनले कार्तिक १३ र १४ गते जिल्लामा संयूक्त कार्यक्रम गर्ने निर्णय गरेको र सोही अनुरुपको चुनावी कार्यतालिका तय भएको नेकपा एमालेका उपसचिव कुमार आचार्यले बताउनुभयो ।

चुनावमा जुनसुकै पार्टी तथा विचारधाराको भएपनि खोटाङको समग्र विकासका सशक्त उम्मेदवार बिजय हुनेपर्ने रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलका स्थानीय समुन्द्रप्रसाद जोशीले बताउानुभयो ।

यस्तै, दिप्रुङ गाउँपालिका १ याम्खाका स्थानीय दिनेश पौडेल निर्वाचनमा जनताको भावना बुझ्ने र विकासप्रेमी उम्मेदवार निर्वाचित हुनेपर्ने बताउँछन् ।

जिल्लाका सवै दलले आचासंहिताको अधिकतम पालना गर्नका लागि राजनैतिक दलहरु पनि सहमत भएकोले अनिवार्य आचासंहिता उनिहरुले पालाना गर्नुपर्ने र नगरेको खण्डमा कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित बनाउँन शान्ति सुरक्षाको लागि शुरक्षा निकायलाई तैनाथ रहन निदर्शेन गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो ।

जिल्लामा १३६ मतदानस्थल तथा १७९ मतदान केन्द्र रहेका छन् । निर्वाचनमा १ लाख २५ हजार १ सय ८ जना मतदाता मदतानमा सहभागी हुनेछन् ।

तुलसीपुर ।

तुलसीपुर उप महानगरपालिका ८ मायालु सामुदायिक वनमा भेटिएको शवको सनाखत भएको छ ।

तुलसीपुर उप महानगरपालिका ६ गोलौरा निवासी खुमबहादुर विकले मृतक संगिता विक आफनो श्रीमती भएको बताए पछि शवको सनाखत भएको हो । तिहारको भाइटीको दिन देखि हराइरहेकी संगिताको शव बुधबार स्थानियले देखे पछिे प्रहरीलाई खबर गरेका थिए ।

शव नजिकै किटनासक औषधिको सीसी र सुसाइट नोट समेत फेला परेको थियो । सुसाइट नोटमा छोरीहरु तुलसा, तुला, तिला र श्रीमान खुमबहादुरको नाम लेखेर संसारबाट विदा भएर जानलागेको बताइएको छ ।

माइती पक्षले बर्षौ देखि चरम मानिसक र शारिरीक याताना दिदै आएका श्रीमानले हत्या गरेको बताएका छन् । श्रीमति हराए पनि खोजतलास नगर्नुले त्यसको पुष्टि भएको भन्दै मृतक संगिताका दाइ कृष्णबहादुर विकले घटना खुमबहादुरले नै घटाएको दाबी गरे ।

गौलौरा र मायालु सामुदायिक वन नजिकै भए पनि हराएकी श्रीमती आफनो होकि भनेर खोज्न समेत नजानुले आम्तहत्या नभई हत्या भएको बताए । माइती पक्षले बिहीबार विहान इलाका प्रहरीमा गएर जानकारी लिएपछि स्वंम माइती पक्ष नै श्रीमानलाई बोलाउन गौलौरा घरमा पुगेका थिए ।

माइती घरमा जाँदा श्रीमान खुमबहादुर खाना खाएर आँछु भन्दै पन्छिएका थिए । यद्यपी केहि समय पछि उनी इलाका प्रहरी कार्यालयको सम्पर्कमा आएको प्रहरीले बताएको छ ।

टोकियो ।

अध्ययनका लागी जापान आएका नेपाली बिद्यार्थीहरुको समस्यामा साथ दिनका लागी बिगत साढ़े २ बर्ष पहिला स्थापना भएको नेपाल जापान बिद्यार्थी समाज को अध्यक्षमा संस्थापक महासचिब चेतन पौडेल सर्बसहमत अध्यक्षमा चुनिएका छन् ।

निवर्तमान अध्यक्ष समिर देब खनालले अध्यक्षका लागी प्रस्ताव गरेपछि उपाध्यक्ष बिष्णु माया सिग्देलले वर्तमान समयलाई सकृय बनाउन पौडेल को बिकल्प नरहेको जनाउदै समर्थन जनाएकी थिइन ।

त्यस्तै अर्का उपाध्यक्ष ईश्वर भट्टराईले बिद्धमान परिस्थितीमा संस्था अगाडि बढाउन एक ढिक्का हुनुको बिकल्प छैन मेरो पूर्ण समर्थन छ भन्दै सबैलाई समर्थन गर्न अनुरोध गरेका थिए । पौडेल संस्थामा नयाँ सोच ल्याउने सकृयता संगै बोलेको कुरा पुरा गर्ने ब्यक्तिको रुपमा चिनिन्छन ।

जापानमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको संख्या बृद्धि संगै बिद्यार्थीका समस्याहरु पनि बढेको देखिन्छ । तिनै समस्याहरुको सक्दो सहयोग गर्दै निरन्तर सक्रिय यस समाजले बेला बेलामा बिभीन्न नयाँ नयाँ कार्यक्रमहरु गरेर बिद्यार्थीहरुसगँ नजिक रहदै आएको छ ।

उर्जावान तथा नयाँ सोच भएका बिद्यार्थीहरुलाई समाजमा लाग्नका लागी नवनियुत्त अध्यक्ष पौडेलले जापानमा अध्ययन बिद्यार्थीहरुलाइ आग्रह गरेका छन् ।

भैरहवा ।

कैदीबन्दीले लागि सहुलियत दरमा सरकारले उपलब्ध गराएको चामल भैरहवा कारगारले अवैध रुपमा विक्री गरेको पाइएको छ ।

बुधबार कारगारले भैरहवाको गल्लामण्डीस्थित नव शुभ गल्ला भण्डारमा १ सय ६१ बोरा मन्सुली चामल विक्री गर्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

भैरहवा कारागारका प्रमुख टेकप्रसाद देवकोटा नेपाल खाद्य संस्थानको चामल विक्री गर्न ल्याएको र आफुले खरिद गरेको सञ्चालक हिरालाल गुप्ताले बताए ।

नेपाल खाद्य संस्थानबाट कैदीबन्दीको लागि सहुलियत दर आएको चामल कारगारका स्टोर किपर राकेश गुरुङले लु १ त ६४१५ नम्बर ट्याक्टरमा लोड गरेर बेच्न ल्याएका छन् ।

बरामद भएको १ सय ६१ बोरा चामल ४८ क्विन्टल ३० किलो रहेको प्रहरीले जनाएको छ ।

भैरहवा कारागरले कैदीबन्दीको लागि बुधार मात्र ४ लाख ४१ हजार एक सय ८० रुपैयाँको ९१ क्वीन्टल २० किलो चामल नेपाल खाद्य संस्थानबाट मगाएको थियो । जसमध्ये ४८ क्वीन्टल ३० किलो चामल विक्री गर्दा गर्दै बरामद भएको छ ।

कारागार प्रमुख देवकोटा र स्टोर किपर गुरुङको मिलामतोमा चामल विक्री गरिएको प्रहरीले बताएको छ ।

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा नेपाली सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिएकी छन् ।

अन्य सुरक्षा निकायसँग एकीकृत तथा समन्वयात्मक रुवमा सेना परिचालन गर्न मन्त्रिपरिषद्ले सोमबार सिफारिस गरे अनुसार यस्तो स्विकृती दिइएको हो ।

त्यसअनुसार राष्ट्रपतिले संविधानको धारा ६६ को उपदफा २ बमोजिम सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् ।