मकवानपुरमा स्थानिय चुनाव भन्दा २७ हजार बढी मतदाता

कार्तिक ९, २०७४ मा प्रकाशित | 740 views

मकवानपुर ।

मकवानपुरमा स्थानीय निर्वाचनको तुलनामा २७ हजार ८ सय ४५ जना मतदाता थपिएका छन् ।

प्रतिनिधि तथा प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा अब २ लाख ५५ हजार ६ सय ४ जनाले मतदानमा सहभागिता जनाउन पाउने भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय मकवानपुरले हिजो हेटौँडामा गरेको अन्तरक्रिया कार्यक्रममा मकवानपुरमा अब ३ सय २४ वटा मतदान केन्द्र रहने जानकारी दिइएको छ ।

कार्यक्रममा बोल्दै निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द प्रसाद पौडेलले थपिएको मतदाताको आधारमा स्थानीय तहको निर्वाचनमा भन्दा २९ स्थानमा थप मतदान केन्द्रहरु तय गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web