छठपर्व धुमधामका साथ मनाईदै

कार्तिक ९, २०७४ मा प्रकाशित | 843 views

बर्दिया ।

मिथिला सांस्कृतिक प्रतिष्ठानले गुलरियामा बिबिध कार्यक्रम गरि छठ पर्व मनाउँदैछ । प्रतिष्ठानका सल्लाहकार सुधाकर मिश्राका अनुसार विगत बर्षझै यस बर्षपनि गुलरियास्थित सरयुनदीको किनारमा मुक्तिनारायण भादाघाटमा सांस्कृतिक कार्यक्रम,पुजाआजा लगायतका विविध कार्यक्रम गरि छठ पर्व मनाउन शुरु भएको छ  ।

बुधवार सांझ छठपर्वको मुख्यदिन अर्थात तेस्रो दिनको अवसरमा गुलरियाको सरयुबबई नदी किनारमा पर्ने मुक्तिनारायण भादाघाटघाटलाई बेहुली झै सिंगारेर पानीसमेत नपिई निराहार बसेका ब्रतालुहरूले बुधवार साँझपख सरयुनदीकोमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्ने , प्रसाद चढाउने  र रातभर भजन किर्तन गरेको आयोजकले जनाएको छ ।

छठपर्वको चौथोदिन बिहीबार बिहान उदाउँदो सूर्यको पूजाआजा गरि ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्ने र  घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्ने मिथिला सास्कृतिक प्रतिष्ठानका सल्लाहकार मिश्राले बताए। महाभारतकालमा द्रौपद्रीसहित पाण्डवहरु अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको समयदेखि छठ पर्व मनाउने परम्पराको रहेको छ ।

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ । आजको दिन गाईको गोबरले घर लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार व्रत बस्ने गर्दछन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन् ।

छठको पहिलो दिन कार्तिक शुक्ल चतुदर्शीका दिनलाई नहान खान भनिन्छ । यस दिन ब्रतालुहरू बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web