बुटवलमा डेंगुको संक्रमण बढेपछि ५ दिने विशेष अभियान

कार्तिक ९, २०७४ मा प्रकाशित | 890 views

बुटवल ।

बुटवलमा डेंगुको संक्रमण बढेपछि बुटवल उपमहानगरपालिकाले त्यसका नियन्त्रणका लागि ५दिने बिशेष अभियान सञ्चालन गर्ने भएको छ ।

बुटवल उपमहानगरपालिका बिपत्त वयवस्थापन समितिको आकस्मिक बैठकले एक महिनादेखि फैलिएको डेंगू नियन्त्रणका लागि ५ दिने सचेतना कार्यक्रम र डेंगू सार्ने लामखुट्टे खोज र नष्ट गर अभियान चलाउदा पनि नियन्त्रण नभएपछी थप ५ दिने बिशेष अभियान सञ्चालन गर्न लागेको उपमहानगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले ५ दिनसम्म बुटवलका सबै बिद्यालयमा स्वास्थ्यकर्मीहरुबाट डेंगुका सम्वन्धमा बिद्यार्थीलाई जानकारी गराएर घर तथा टोलमा जम्मा भएको पानी नष्ट गर्न अभिभावकलाई उत्प्रेरित गर्ने, टायर पसल, होटल तथा अन्य पानीको बढी खपत हुने उद्योग व्यवसायमा २ जना स्वास्थ्यकर्मी र प्रहरी सहितको टोली परिचालन गरी लामो समयदेखि जम्मा भएको पानी नष्ट गर्न लगाउने र डेंगुको बारेमा जानकारी गराउने, ढल नाली तथा अन्य पानी जमेका स्थानको पानी खाली गर्ने, ठाउ ठाउमा औषधि छर्कने छ ।

त्यस्तै  टायर, गहिरो भाँडाकुँडामा लामो समयसम्म पानी नराख्न सुझाव आग्रह गर्दै डेंगु रोग र बँच्ने उपायका बारे उपमहानगर क्षेत्रभित्र माइकिङ गर्ने निणर्य पनि बैठकले गरेको छ ।

बुटवल उपमहानगरपालिकामा अहिलेसम्म १ सय ३६ जनामा डेगूको संक्रमण भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web