Hundreds of thousands of Thais have lined the streets of Bangkok to pay their last respects to the late king.

A symbolic funeral urn was taken by chariot to the cremation site, in a procession marked by drums, flute music and an artillery salute, as the main part of a five-day funeral ceremony.

Many buildings are draped in yellow marigolds, while crowds of mourners are dressed in black as a mark of respect.

The revered king Bhumibol Adulyadej died in October 2016 aged 88.

Dozens die in explosions at Indonesia fireworks factory

Around 46 people have died, 46 are injured, and 10 are unaccounted for after explosions at a fireworks factory in Indonesia.

The blaze took hold at around 09:00 local time, at an industrial complex in Tangerang, west of the capital Jakarta.

"We are still evacuating victims… there are 46 body bags," Tangerang Kota police chief told AFP.

The fire has been brought under control.

Forensic officers are at the scene and the wounded have been taken to three hospitals.

ट्रम्प जापान भ्रमणमा आउँदै, उत्तर कोरिया मुख्य वार्ताको बिषय

टोकियो ।

५ नोभेम्बर देखि ८ सम्म तीन दिन जापानको भ्रमणमा आउन लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले यहाँ मुख्य समाचारको विषय बन्न थालेका छन् ।

उत्तर कोरियाले जापानको आकाश हुँदै दुई क्षेप्यास्त्र प्रहार गरेपछि सुरक्षा चुनौतिमा परेको जापानी प्रधानमन्त्री शिन्जो आवेले यसबिच दुई पटक ट्रम्पसँग भेटवार्ता गरिसकेका छन् ।

दुई देश प्रमुखबिच हुने जापानको शिखर वार्ता उत्तर कोरियाको सुरक्षा चुनौतिकमा केन्द्रित रहने भन्दै जापानी मिडियाहरुले वार्ताले ठोस निर्णय गर्ने अनुमान लगाउन थालेका छन् ।

गत मंगलबार अमेरिकाको मन्त्रिमण्डलले पनि यहि कुरालाई पुष्टि गर्दै ट्रम्पको जापान भ्रमण तय गरेको छ ।

पहिलो पटक जापान भ्रमणमा आउन लागेका ट्रम्पले यहाँ रहँदा सम्राट आकिहितो र साम्राज्ञी मिचिको सहित उत्तर कोरियाद्वारा अपहरण भएका जापानिज परिवारसंग भेट्ने बताइएको छ ।

मुख्य सचिव योशिहिदे सुगाले कोरियाली प्रायद्धिपमा बढ्दै गएको सुरक्षा स्थितिको सन्दर्भमा ट्रम्पको भ्रमण महत्वपूर्ण रहेको बताएका छन् ।

यस भ्रमणमा दुई नेताहरूबीच विश्वका अन्य मुद्दाहरूको विषयमा छलफल हुनुका साथै जापान र अमेरिकाको द्विपक्षीय गठबन्धनको महत्व दर्शाउने एक राम्रो अवसर रहेको सुगाले बताएका छन् ।

अमेरिकासम्म क्षेप्यास्त्र प्रहार गर्नसक्ने उत्तरको दाबी, आणविक तथा हाइडेजन बम परिक्षण लगायतले अमेरिकाले उत्तरमाथि राष्टसंघमा दबाव बढाएर विभिन्न नाकाबन्दी लगाउँदै आएको छ ।

यसका बावजुद निरन्तर क्षेप्यास्त्र परिक्षण तथा आणविक बमको बिकास गरिरहँदा दक्षिण कोरियासँगको सहकार्यमा अमेरिकाले युद्ध अभ्यास अघि बढाउँदा कोरियाली प्रायद्धिपमा विवाद बढ्दो छ ।

नुवाकोटमा प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा ११ जनाले उम्मेद्धारी फिर्ता लिए, ४६ जनाबिच प्रतिस्पर्धा

बिदुर ।

मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा ४६ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धामा हुने भएको छ ।

आइतबार उम्मेदवारी मनोनयन गर्ने समयमा ५७ जना उम्मेदवार भएपनि ११ जनाले नाम फिर्ता लिएसँगै अन्तिम चुनावी प्रतस्पर्धामा ४६ जना उम्मेदवार प्रतिस्पर्धा गर्ने भएका हुन् ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ताको समयमा आज नुवाकोटको प्रतिनिधि सभा सदस्यको दुई निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यको चार निर्वाचन क्षेत्रबाट ११ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिनुभयो ।

काठमाडौंमा विद्यालय बस चलाउनेले अनिवार्य पोशाक लगाउनुपर्ने

काठमाडौं ।

काठमाडौँ उपत्यकामा विद्यालयका बस चलाउने सवारी चालकले आगामी मंसिर १ गतेदेखि अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्याब्सन, एनप्याब्सन, हिसान, अभिभावक संघलगायत विभिन्न संघसंस्थाको आज महाशाखामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रकाशकुमार सुवेदी अष्ट्रियाका लागि राजदूत नियुक्त

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि प्रकाशकुमार सुवेदीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा '१' बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

७०२ जनाले पाए निर्वाचन चिन्ह, सय जनाले उम्मेद्धारी फिर्ता लिए, एकको रद्द

काठमाडौं ।

निर्वाचन आयोगले मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जम्मा ७०२ जना उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

सय जनाको उम्मेदवारी फिर्ता भएको छ भने एक जनाको उम्मेदवारी रद्द भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

कात्तिक ५ गते ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ पदका लागि जम्मा ८ सय ३ जना उम्मेदवारको उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।

बुधवार सम्बन्धित जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको हो ।

आयोगको सूचना प्रविधि महाशाखाबाट प्राप्त जानकारीअनुसार, प्रदेशसभातर्फ ४८१ र प्रतिनिधिसभातर्फ ३२२ उम्मेदवारमध्ये प्रदेशसभाका ६० र प्रतिनिधिसभाका ४० जनाको उम्मेदवारी फिर्ता भएको छ भने प्रदेशसभातर्फ एक जनाको उम्मेदवारी रद्द भएको छ ।

दोलखा जिल्लाका प्रदेशसभातर्फका जनसमाजवादी पार्टीका उम्मेदवार लक्ष्मण विश्वकर्माको उम्मेदवारी रद्द भएको आयोगले जनाएको छ ।

चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

चितवन ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । ती कार्यालयहरुको चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले आज उद्घाटन गर्नु भएको हो ।

यस अघि स्थानिय तहको निर्बाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयको भवनमा नै ती तीन कार्यालय स्थापना गरिएको हो । चितवनमा तीनवटा क्षेत्र रहेको छ ।

कार्यालयको उद्घाटन गर्दै शर्माले निर्वाचन सफल बनाउन सबैको सहयोगको खाँचो रहने बताउनु भयो । शान्तिपूर्ण वातावरणमा भयरहित तवरले निर्वाचन सम्पन्न गर्न आफुहरु गम्भिर रहेको उहाँको भनाई छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापा, क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत परमेश्वर पराजुली, क्षेत्र नम्बर तीनका निर्वाचन अधिकृत शम्भूराज रेग्मी लगाएतको उपस्थिति रहेको थियो । जिल्लामा तीन निर्बाचन क्षेत्र रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर दुईमा परेकाले यस क्षेत्रको निर्वाचन अधिकृतको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने छ ।

जिल्लाका ३ लाख ५४ हजार ३६ जना मतदाता छन् ।

आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घय दिईंदै, छठको महत्व र नेताका शुभकामना यस्तो छ

काठमाडौं ।

विशेषगरि तराईका जिल्लाहरुमा र पछिल्लो समय काठमाडौं उपत्यका सहित देशभर मनाउन थालिएको पवित्र छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घय दिइँदैछ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व गत मंगलबारबाट शुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआरधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । बिहीबार बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वले नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल रहोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

यसैगरि उपराष्ट्रपति नन्दबहादुर पुनले पनि छठ पर्वको पावन अवसरमा शुभकामना दिनुहुँदै पवित्र छठ पर्वको माध्यमबाट नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र बलियो एकता अभिवृद्धि हुँदै जाने बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै पधानमन्त्री देउवाले छठ प्रेस, स्नेह र समाजिक सद्भाव बोकेको नेपालीहरूको महान चाड भएको बताउँदै उहाँले यो पर्व तराईमा मात्र नभएर हिमाल, पहाड र विधि सांस्कृतिक धनी सबै नेपालीले अपनत्व गरेको पर्वको रुपमा विकसित भएको उल्लेख गर्नुभएको छ ।

यस पर्वलाई सम्पूर्ण नेपालीबीचको भावनात्मक एकता र सहकार्यको समारात्मक सन्देश दिने पर्वको रुपमा लिएको बताउँदै प्रम देउवाले छठ पर्वले नेपालीबीचको आपसी सम्बन्धलाई झनै मजबूत बनाउँदै राष्ट्रिय समृद्धि र एकतामा बल पु¥याउने कार्य गर्न सबैलाई प्रेरणा देओस् भन्ने कामनासमेत गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले देश लोकतन्त्रको उत्सवको रुपमा रहेको निर्वाचनतर्फ उन्मुख भएको उल्ल्ेख गर्दै निर्वाचन लोकतन्त्रको जगलाई दरिलो बनाउँदै राजनीतिक स्थायित्व आर्थिक समृद्धि हासिल गर्ने हाम्रो चाहनालाई मतपत्रमार्फत अभिव्यक्ति गर्ने सुअवसर भएको पनि सन्देशमा उल्लेख गरिएको छ ।

शुभकामना सन्देशमा उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म संस्कृतिले अत्यन्त धनी रहेको उल्लेख गर्दै अनेक संस्कार संस्कृतिले प्राकृतिक रुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाएको बताउनुभएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यको उपासना गरेर मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा भातृत्व, भगिनित्व, एकता र आत्मियताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश दिँदै उहाँले नेपालमा राजनीतिक संघर्षको युग सकिएकाले अबको यात्रा विकास र समृद्धितर्फको हुने पनि उल्लेख गर्नु भएको छ ।

यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विविध जाति, भाषा, चाडपर्व र परम्परा रहेको हाम्रो देशमा यस प्रकारका पर्वले आपसी प्रेम, सद्भाव र मित्रता बढाउँदै सामाजिक एवम राष्ट्रिय एकतालाई बलियो बनाउनसमेत प्रेरणा दिने बताउनुभएको छ ।

राससको भवन शिलान्यास गर्दै प्रधानमन्त्रीले भने-‘संविधान कार्यान्वयन गर्न निर्वाचन महत्वपूर्ण’

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सघाउ पु¥याउन सबै पक्षसँग आग्रह गर्नुभएको छ ।

राष्ट्रिय समाचार समितिको नयाँ बनाउन थालिएको भवनको शिलान्यास गर्ने क्रममा आज प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

वर्तमान संविधान कार्यान्वयन गर्न निर्वाचन महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

लोकतन्त्रको विकास र गणतन्त्रलाई संस्थागत गर्न निर्वाचनले ठूलो सघाउ पु¥याउने पनि उहाँले बताउनु भयो ।

प्रधानमन्त्री देउवाले समाचार संप्रेशण र सुचना प्रवाहमा राष्ट्रिय समाचार समितिको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।

कार्यक्रममा सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्टले निश्पक्ष र विश्वसनिय समाचार उत्पादनमा राष्ट्रिय समाचार समितिको जिम्मेवारी गहन रहेको बताउनुभयो ।

Chhath festival being observed today

The Chhath festival is celebrated as per religious tradition and much fanfare.

The main ritual of the four-day Chhath festival is being observed today.

The day comes to an end by worshipping and making offerings to the setting sun.

The festive fanfare can be seen in different parts of the country mainly the Terai region including Ranipokhari, Gaurighat, Kupondole of Kathmandu Valley as well.

The festival is dedicated to the Sun God, with offerings made to the rising and setting Sun.

It is observed for four days, from Kartik Shukla Chaturthi to Kartik Shukla Saptami as per the lunar calendar.

SC directs EC to furnish written response on ballot paper printing

The Supreme Court (SC) has sought written response from the Election Commission (EC) for the assurance of separate ballot papers for the elections to the House of Representatives and State Assemblies.

A single bench of Justice Dambar Bahadur Shahi yesterday issued a directive in the name of EC asking to furnish a written response within three days regarding the progress of printing separate ballot paper for the elections of House of Representatives and State Assemblies.

Rastriya Janata Party (RJP) Nepal leader Sarbendra Nath Shukla had filed a writ petition at the SC, demanding separate ballot papers for the House of Representatives and State Assemblies.

22.12¡ÆC