७०२ जनाले पाए निर्वाचन चिन्ह, सय जनाले उम्मेद्धारी फिर्ता लिए, एकको रद्द

कार्तिक ९, २०७४ मा प्रकाशित | 803 views

काठमाडौं ।

निर्वाचन आयोगले मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जम्मा ७०२ जना उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

सय जनाको उम्मेदवारी फिर्ता भएको छ भने एक जनाको उम्मेदवारी रद्द भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

कात्तिक ५ गते ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ पदका लागि जम्मा ८ सय ३ जना उम्मेदवारको उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।

बुधवार सम्बन्धित जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको हो ।

आयोगको सूचना प्रविधि महाशाखाबाट प्राप्त जानकारीअनुसार, प्रदेशसभातर्फ ४८१ र प्रतिनिधिसभातर्फ ३२२ उम्मेदवारमध्ये प्रदेशसभाका ६० र प्रतिनिधिसभाका ४० जनाको उम्मेदवारी फिर्ता भएको छ भने प्रदेशसभातर्फ एक जनाको उम्मेदवारी रद्द भएको छ ।

दोलखा जिल्लाका प्रदेशसभातर्फका जनसमाजवादी पार्टीका उम्मेदवार लक्ष्मण विश्वकर्माको उम्मेदवारी रद्द भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web