रुकुम ।
आगामी प्रदेश तथा प्रतिनीधि सभा निर्बाचनका लागि रुकुम पश्चिम जिल्लामा मतदाता स्वयमसेवकहरुलाई दिईने प्रशिक्षण शुरु गरिएको छ । आज र भोली गरेर २ दिन प्रशिक्षण दिन लागिएको हो । प्रशिक्षणमा जिल्लाका १ सय ११ जना मतदाता स्वयमसेवकहरु सहभागी रहेका छन । सदरमुकाम मुसिकोट खलंगाको बालमन्दिरमा प्रशिक्षण संचालन भैरहेको छ ।
प्रत्येक मतदान केन्द्रका लागि १ जना मतदाता स्वयमसेवकहरुलाई प्रशिक्षणमा सहभागी गराईएको जिल्ला निर्बाचन अधिकारी कमलमणी देवकोटाले जानकारी दिए । उनका अनुसार उनीहरुलाई आईतबार देखि नै गाउँगाउँमा खटाईने छ । जिल्लामा ८४ हजार ३० जना मतदाता रहेका छन । जसमा ४२ हजार ५० महिला, ४१ हजार ९ सय ७९ पुरुष र १ जना तेस्रो लिंगी रहेका छन । ७६ वटा मतदान स्थल रहेको जिल्लामा १ सय ११ वटा मतदान केन्द्र छन ।
कुनै पनि राजनीतिक आस्था संग नजिक नरहेर सत्य र निश्पक्ष तरिकाले मत मदर नहुने किसमले गाउँगाउँका जनताहरुलाई मतदान गर्ने तरिका सिकाउन रुकुम प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले स्वयमसेवकहरुलाई निर्देशन दिए ।
मुस्ताङ लोमान्थाङमा रिसोर्ट खुल्यो
मुस्ताङ ।
मुस्ताङको लोमान्थाङ गाउँपालीका ५ मा आधुनिक सुबिधा सहितको रिसोर्ट सञ्चालन भएको छ ।
पुर्व मुस्ताङी राजकुमार जिग्मे सिङ पलवर बिष्टले लोमान्थाङमा आमा पाल रोयल मुस्ताङ रिसोट सञ्चालनमा ल्याउनुभएको हो । गणतन्त्र स्थापना भएपछि निश्क्रिय बनेका राजपरिवार होटल व्यवसायमा लागेका छन् ।
उपल्लो मुस्ताङ भ्रमणमा आउने आन्तरीक तथा बाह्य पर्यटकहरुको सुबिधाका लागि रिसोर्ट स्थापना गरेको सञ्चालक बिष्टले बताउनुभयो । उहाँका अनुसार गत असोज महिनादेखि सञ्चालनमा आएको रिसोर्ट स्थापना गर्न नौ करोड रुपैया लगानी भएको छ ।
उक्त रिसोर्टमा तिब्बती शैलीका भवन रहेको छ । केही निर्माण सामाग्री तिब्बत बाट समेत ल्याइएको थियो । एक दिनमा पचास जना पाहुना बास बस्न सक्ने क्षमत्ताको उक्त रिसोर्टमा सात जनाले रोजगारी पाएका छन् ।
सो रिसोर्ट उपल्लो मुस्ताङको पहिलो हो । ईन्टरनेट, हिटर, तातोपानी लगायत पोखरा, काठमाडौ, चितवनका होटल सरहको सुबिधा उपलब्ध छ । सडक सुबिधाको पहुँच पुगेपछि उपल्लो मुस्ताङको भ्रमणमा जाने आन्तरीक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको छ ।
माटोको पर्खालले घेरीएको, माटोकै घर, पृथक भुगोल, मनोरम देखिने प्राकृतिक दृष्य, गुफाहरु उपल्लो मुस्ताङको आकर्षण हो । पुर्व राजपरिवार बस्दै आएको लोमान्थाङ दरबार भने भुकम्पले क्षत्ती पु¥याएपछि पुननिर्माणको काम भैरहेको छ ।
ऐतिहाँसीक महत्वको लोमानथाङ दरवार पनि त्यहाँको थप आकर्षण हो । दालोमे गाउँपालीकाका अध्यक्ष राजु बिष्टले पुर्व राजपरिवारले सञ्चालन गरेको रिसोर्टले उपल्लो मुस्ताङको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले पर्यटकलाई आवास सुबिधामा सहज हुने बताउनुभयो ।
पर्वत फलेवासका किसानको दुधले बजार नपाउँदा समस्या

कुश्मा ।

फलेवास नगरपालिका ५ देविस्थानका कृषकले उत्तपादन गरेको दुधले बजार पाउँन नसक्दा किसानहरु निराश बनेका छन, व्यवसाईक रुपमा गाईपालन गरेका कृषक द्धारा उत्पादित दुध विक्रिको लागि कुस्माबजारमा लगिए पनि सवै दुध बजारमा खपत हुन नसकेको भन्दै फिर्ता अएपछि यहाँका किसान मर्कामा परेका हुन ।

देविस्थान स्थित फलेवास दुग्ध सहकारी सस्थामा आवद्ध ४५ जना कृषकले दैनिक उत्पादन गर्ने २०० लिटर दुध मध्ये जम्मा ५० लिटर दुध मात्र बजारमा पठाउने गरीएको र बाकि १ सय ५० लिटर दुध त्यसै खेरा गैरहेको सहकारीका निर्वतमान अध्यक्ष तथा अगुवाँ कृषक भरत श्रेष्ठले बताउनु भयो ।

त्यस्तै आफ्नो जिविकोपार्जनको लागि गाई पालन व्यवसाय अगाँलेका देविस्थानका एकै घरका कृषकहरुले आफुले दैनिक २० लिटर दुध उत्तपादन गर्ने गरेको भय पनि दुध डेरीले ४ लिटर मात्र लिने गर्दा अरु वाकि सवै दुध त्यसै खेरा गैरहेको भन्दै दुखेसो गरेका छन ।

यसरी दैनिक उत्पादित दुध मध्ये आधा पनि दुधले बजार नपाउदा लगानी उठाउन समेत समस्या परेको कृषकहरुको गुनासो रहेको छ ।
उत्पादित दुधवाट अन्य दुग्ध जन्य परीकारहरु बनाउन प्रविधिक सहयोग जिल्ला पशुसेवा कार्यलयवाट हुन सके केहिमात्रामा भए पनि अफुहरुलाई राहात हुने किसानहरुको भनाई रहेको छ ।

एक त उत्पादित दुधले बजार नपाउनु र अर्को तर्फ कृषकले अगाँलेको पेशाप्रति सरकारी निकायवाट चासो कम हुदा व्यवसायनै परिर्वतन गर्नुपर्ने बाध्यता समेत आएको उनिहरुको गुनासो रहेको छ ।

जाजरकोटमा दशैं तिहारलाई बिदामा गएका शिक्षक अझै आएनन्

जाजरकोट ।
जाजरकोट जिल्लाका हजारौं विद्यार्थी पढाईबाट बिन्चत भएका छन् । दशैं तिहार विदा सकिएको ३ साता वितिसक्दा पनि शिक्षकहरु विद्यालयमा उपस्थित नहु“दा विद्यार्थी पढाईबाट बन्चित भएका हुन् ।

सदरमुकाम आसपास बाहेकका विद्यालयमा पठनपाठन सुचारु हुन सकेको छैन । ग्रामीण क्षेत्रका अधिकांश विद्यालयका शिक्षकहरु चुनावी प्रचारप्रसार, खेतीपाती, मेलापर्व लगाएत कार्यमा ब्यस्त ह“ुदा विद्यार्थीको पठनपाठनमा बाधा पुगेको हो ।

यतिवेला जिल्लाका दर्जनौं विद्यालयमा दलका चुनावी आमसभा हुने गरेका छन् । चुनावी आमसभाका कारण पनि विद्यार्थीको पढाईमा वाधा पुगेको त्रिवेणी नलगाड नगरपालिका २ अभिभावक टीकाराम जैसीले बताउनु भयो ।

दशैं तिहार पर्व मनाउन घर हिंडेका जिल्लाका बाहिरका शिक्षक नफर्कंदा र स्थानीय शिक्षक चुनावी प्रचार, नेता कार्यकर्तासगको भेटघाट तथा बैठक, खेतीपाती, मेला पर्व मनाउन लगाएतमा ब्यस्त भएकाले विद्यालयमा पठनपाठ सुचारु नभएको हो ।

शैक्षिक सत्र शुरु भएको ७ महिना विती सक्दा पनि कतिपय विद्यालयमा अंग्रजी, गणित, सामाजिक, विज्ञान लगाएत विषयको १/२ एकाई पनि पढाई नभएको जैसीले बताउनु भयो ।
एसईई परीक्षा आउन ४ महिना बा“की रह“दा समेत पढाईले गति लिएको छैन ।

जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक, श्रोतब्यक्ति लगाएतले नियमित निरीक्षण तथा अनुगमन नगर्दा शिक्षकहरु विद्यालयमा मनोमानी अनुपस्थित हुने गरेका हुन् । लामो समयसम्म विद्यालयमा उपस्थित नहुने र चुनावी प्रचारमा लाग्ने शिक्षकलाई आवश्यक कारबाहीको प्रकृया अघि बढाउने जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले बताउनु भयो ।

विद्यालयहरुमा पठनपाठन नभएको भन्ने गुनासो आएकोले विद्यालय निरीक्षक, श्रोतब्यक्ति लगाएतलाई निरीक्षण तथा अनुगमनका लागि परिचालन गरेको जिशिअ सिंहले बताउनु भयो ।

जाजरकोटमा केन्द्र परिवर्तनको विरोधमा ताला बन्दी र सडक अवरुद्ध
जाजरकोट ।
जाजरकोट स्थित छेडागाड नगरपालिकाको केन्द्र परिवर्तन गर्न लागेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । राजपत्र अनुसार मनघाटका कायम भएको नगरपालिकाको केन्द्र थलहबजार आसपास सार्न लागेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
३ दिन देखि आन्दोलनमा उत्रिएका स्थानीयले नगरपालिकाको कार्यालयमा ताला बन्दी गर्नुका साथै सडक यातायात तथा संघ संस्था र बजार बन्द समेत गरेका छन् । जस्का कारण विद्यार्थी पढाईबाट बन्चित भएका छन् भने जनजीवन प्रभावित बनेको छ । आन्दोलनकारीले रुख ढालेर छेडा थलह सडक बन्द गरेपछि यात्रु अलपत्र परेका छन् । उनीहरुले मनघाट, थलह लगाएत बजार बन्द गरेका छन् ।
केन्द्र सार्न लागिएको भन्दै नगरपालिका १, २, ३, १२ र १३ वडाका स्थानीयबासिन्दा आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाको विशेष नगरसभाले केन्द्र परिवर्तनको निर्णय गर्न लागेकोले आन्दोलनमा उत्रिएको कार्कीगाउका जयबहादुर कार्कीले बताउनु भयो ।
नगरसभाको निर्णय अनुसार नै केन्द्रको टुङ्गो लाग्ने नगरप्रमुख लालबहादुर महताराले बताउनु भएको छ । राजपत्रमा साविक कार्कीगाउ गाविसको मनघाटलाई केन्द्र लाई कायम भए पनि भूगोल अनुसार उक्त स्थान पायक नपर्ने नगरप्रमुख महताराको भनाइ छ । नगरवासी सबैलाई पायक पर्ने स्थानमा केन्द्र कायम हुने बताउनु भयो । एमालेबाट निर्वाचित नगरप्रमुख महतारा केन्द्र सार्ने पक्षमा र उप्रमुख सरीता वली भने मनघाटमै कायम गर्ने पक्षमा लबीङ्ग गरीरहेका छन् ।
भक्तपुरमा सवारी दुर्घटनामा एकको मृत्यु

भक्तपुर ।

भक्तपुरको सानोठिमी स्थित बिश्वबिद्यालय अनुदान आयोग चोकमा गए राती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बिपरीत दिशाबाट आउँदै गरेका बा ४९ प १५४९ नम्बरको मोटरसाईकल र बा ९० प ३९६५ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा बा ४९ प १५४९ नम्बरको मोटरसाईकल चालक धादिङ केवलपुर १० घर भई हाल कुलेश्वर काठमाडौं बस्ने बर्ष ४२ का सानुकाजी श्रेष्ठ रहेका छन् ।

दुर्घटनामा घाईते भएका श्रेष्ठको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाईकल पछाडि सवार घाईते धादिङकै कमलबहादुर बास्कोटाको भने मध्यपुर अस्पतालमा उपचार भैरहेको छ ।

बा ९० प ३९६५ नम्बरको मोटरसाईकल र त्यसका चालक मथिनपा ७ नगदेश बस्ने बर्ष १८ का रोहित बाडेलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले बताउनुभयो ।

सोलुखुम्बुमा भालुको आक्रमणबाट गम्भीर घाइते

सोलुखुम्बु ।

सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते हुनु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ गार्मा नाजिङका ३५ बर्षिया टीकाबहादुुर लामिछाने भालुको आक्रमणबाट घाईते हुनुभएको हो ।

लामिछानेलाई बिहीबार अपरान्ह दुई ओटा भालुले एकै पटक आक्रमण गरेको थियोे । जङ्गलमा सोतर सोर्ने क्रममा उहाँलाई भालुले आक्रमण गरेको बताइएको छ । घाइते लामिछानेको घाँटी, आँखा र खुट्टाको फिलामा गम्भिर चोट लागेको स्थानीय पासाङकाजी शेर्पाले जानकारी दिनुभयो ।

घाइतेको जिल्ला अस्पताल फाप्लुमा उचार भईरहेको छ भने थप उपचारका लागि राजधानी लैजाने तयारी भइरहेको छ । यसअघि पनि सोलुखुम्बुमा भालुको आक्रमणबाट वर्षेनि केही व्यक्ति घाईते हुने गरेका छन् ।

जिल्लाको नगरपालिका तथा आसपासका क्षेत्रमा भालुको आतंक बढ्दै गएपछि स्थानीयमा त्रास छाएको छ । स्थानीयहरुले भालुको आतंक बढेपछि यसको नियन्त्रणका लागि नगरपालिकामा निवेदन समेत दिने गरेका छन् ।

नारायणगढ–मुग्लिन सडक बिस्तार आइतबारदेखि

चितवन ।

नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आउँदो आइतबारदेखि पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने भएको छ ।

वर्षा र चाडपर्वको समय परेका कारण भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिँदै आएको थियो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्र नारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको छ ।

बिहान ७ बजेदेखि ८ बजेर ३०मिनेटसम्म, ११ बजेदेखि १२ बजेसम्म, दिउँसो १ बजेदेखि २ बजेसम्म र दिउँसो ३ बजेदेखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने सहमति गरिएको यादवले बताउनुभयो ।

स्थानीय प्रशासन, प्रहरी, आयोजना र ठेकेदार कम्पनीहरूका बीचमा भएको संयुक्त छलफलपछि छोटो समय सवारी रोकर भित्तो काट्ने कामलाई निरन्तरता दिने सहमति भएको यादवले बताउनुभयो ।

जाजरकोटका स्थानीयतहमा बैंक नहुँदा स्थानीय समस्यामा

जाजरकोट ।

जाजरकोट जिल्लाका ७ स्थानीय तहमध्ये ६ स्थानीयतहमा बैंक तथा वित्तीय संस्था नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ ।

जिल्लामा कायम रहेका ७ मध्ये त्रिवेणी नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिबालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका, कुशे गाउँपालिका र बारेकोट गाउँपालिका स्थानीय तहमा बैंक स्थापना नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीयतहका कर्मचारी र जनप्रतिनिधि लगाएत मर्कामा परेका छन् ।

सरकारले सबै स्थानीयतहमा एउटा वाणिज्य बैंक स्थापना गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा आर्थिक तथा वित्तीय कारोबार गर्नको लागि जिल्लाको सदरमुकाम धाउनु पर्ने समस्या रहेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनु भएको छ ।

भौगोलिक विकट्ताका कारण सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने सरकारी नारा, नारामै सिमित भएको अध्यक्ष बस्नेतको भनाइ छ ।

जाजरकोटको ७ स्थानीय तहमध्य सदरमुकाम स्थित भेरी नगरपालिकामा मात्र बैंकको सुविधा उपलब्ध छ । बैंकको काम लिएर दुर्गमका स्थानीयवासी २÷३ दिनको बाटो हिँडेर सदरमुकाम खलंगा धाउन बाध्य भएका छन् ।

जिल्लामा रहेका निजी क्षेत्रका अधिकांश बैंक सदरमुकाममा केन्द्रित भएका छन् । सस्तो ब्याजदरमा निक्षेप संकलन गरी महङ्गो ब्याजदरमा कर्जा प्रवाह गरी सेवा प्रवाह भन्दा नाफामुखी कार्य गर्ने गरेका छन् ।

रुकुममा बिप्लवमा २ जना कार्यकर्ता पक्राउ

रुकुम ।
नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमका २ जना कार्यकर्तालाई रुकुम प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश तथा प्रतिनिधीसभा निर्बाचन बिरुद्धका बिभिन्न गतिबिधीमा सक्रिय रहेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नेकपाका मोतीराम खड्का र दिपक बिष्ट रहेका छन ।

उनीहरुलाई पक्राउ गरि सार्बजनिक अपराधमा मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रबक्ता थमन बहादुर रजाँलीले जानकारी दिए ।

बिप्लवका कार्यकर्ताहरुले केहि दिन अघि नेकपा माओबादी केन्द्रका नेता तथा बिनाबिभागिय मन्त्री जनार्दन शर्माको घरमा दलाल संसदिय व्यवस्था मुर्दावाद लेखिएको कालो व्यानर झुण्ड्याईको थियो । निबार्चन बिरोधी गतिबिधि गर्न सक्ने भन्दै नेकपाका बिभिन्न गतिबिधिलाई नजिकबाट नियाली रहेको प्रहरीको भनाई छ ।

निबार्चनको बेला जिल्लाको शान्ति सुरक्षामा असर पर्ने कुनै पनि गर्न नपाइने र त्यस्ता गतिबिधिमा संलग्नलाई कानुन अनुसार कार्वाही हुने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको छ ।

यसअघि स्थानीयतह निर्बाचनमा पनि बिप्लवका १ दर्जन बढी कार्यकर्ताहरुलाई निर्बाचन अबधिभर प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो । रुकुमको आठबिसकोटमा चुनाबी बिरोधी गतिबिधीमा संलग्न भएको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरि सार्बनजिक अपराधको मुद्धा चलाएको थियो ।

पाल्पामा चुनावी चहलपहल बढ्यो

पाल्पा ।

आगामी मंसिर २१ गते हुने प्रनितिधिसभा र प्रदेशसभा निर्वाचनले पाल्पामा चहलपहल बढ्न थालेको छ । विकास र समृद्धिका नारा बोकेर दलहरु गाउँ केन्द्रित भएपछि चुनावी चहलपहल बढेको छ ।

भोट आफुनो पक्षमा पार्न दलहरु चुनावी कसरतमा जुटका छन् । यतिबेला पाल्पामा दलहरु सभा, पार्टी कार्यालय स्थापना देखि घरदैलो अभियान र प्रचारप्रसार गर्ने कार्य तीव गतिमा अघि बढेका हुन । दलका नेता तथा कार्यकर्ताहरु गाउँ पसेर पार्टी बैठक, चुनावी कार्यालय स्थापना र कोणसभामा जुटिरहेका छन् ।

भोट माग्न हुल भएर दल आएपछि चुनावी गतिविधि शहरमा भन्दा गाउघरतिर बढी चहलपहल भएको मतदाताहरु बताउँछन् । दलका उम्मेदवार सहित वडा, गाउपालिका, निर्वाचन र जिल्ला तहका नेता तथा कार्यकर्ताहरु भोट माग्न पसेपछि बस्तीहरु चुनावी चहलपहल देखिन थालेको हो ।

नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी जिल्लाका सवै तहमा चुनावी प्रचारमा जुटेपनि साना दलहरु समेत चुनावी चिन्ह, झण्डा र प्रचार साम्रगी बोकेर गाउ पसेका छन् । नौ दलले चुनावी मैदानमा होमिएपछि यतिबेला गाउघरमा चुनावी गतिविधि बढेको स्थानीयबासिन्दा बताउछन् ।

नेपाली काँग्रेस जिल्ला सचिव झपिन्द्र गहिरेका अनुसार गाउतहमा बैठक, कोणसभा, पार्टी कार्यालय स्थापना, घरदैलो कार्यक्रम भइरहेको र पार्टी सचिव अजय कम्रचार्यको नेतृत्वमा प्रसारप्रसार समिति गठन, अर्का सचिव गहिरेको नेतृत्वमा अनुगमन समिति गठन गरी काम अघि बढेको बताउनुभयो । बाम गठबन्धनका निर्वाचन प्रचारप्रसार समितिका उपसंयोजक तथा माओवादी नेता राजेन्द्र विश्वकर्माले संयुक्त कार्यकर्ता भेला, बैठक, कार्यालय स्थापना गरी जनतासँग घरदैलो अभियान चलिरहेको बताउनुभयो ।

नेपाली काँग्रेसका निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा उम्मेदवार विजयराज घिमिरे, निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभाका उम्मेदवार हरि प्रसाद नेपाल र विजयराज घिमिरे बाम गठबन्धनका तर्फबाट एमालेका केन्द्रीय सदस्य निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभाका उम्मेदवार दलबहादुर राना र निर्वाचन क्षेत्र २ मा सोमप्रसाद पाण्डेय जिल्ला, निर्वाचन क्षेत्र, गाउँपालिका र वडास्तरमा पार्टी कार्यकर्ताका साथ चुनावी मैदानमा होमिएका छन् । पाल्पामा लोकतान्त्रिक गठबन्धनका तर्फ नेपाली काँग्रेस र बाम गठबन्धनतर्फबाट कडा प्रतिष्पर्धा हुनेछ ।

मध्यपश्चिमका ८० प्रतिशत खेतीयोग्य जमिन सिँचाइविहीन

सुर्खेत ।

मध्यपश्चिममा साढे चार लाख हेक्टर भन्दा बढी खेतीयोग्य जमिन अझैं सिँचाइविहीन छन् । कूल खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिन सिँचाइ सुविधाबाट वञ्चित भएको पाइएको छ ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयको तथ्यांक अनुसार यस क्षेत्रमा पाँच लाख ८५ हजार दुई सय ३९ हेक्टर जमिन खेतीका लागि योग्य छ ।

तर त्यसमध्ये चार लाख ६६ हजार नौ सय ३७ हेक्टर जमिनमा भने अझै पनि सिँचाइ पुग्नसकेको छैन ।

जसले गर्दा खेतीयोग्य जमिनमध्ये एक लाख ३५ हजार सात सय ७० हेक्टर जमिनमा खेती नै हुनसकेको छैन भने खेती गरिएको जमिनमा पनि सिँचाइ अभावले लगानी अनुसारको उत्पादन लिन नसकिएको बताईएकोे छ ।

कूल खेती योग्य जमिनमध्ये हाल चार लाख ४९ हजार चार सय ६९ हेक्टर जमिनमा मात्र खेती गरिएको छ ।

सिँचाइ अभाव भएका ठाउँमा खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको छ ।

19.12¡ÆC